परमेश्‍वरले मानवजातिको जीवनको निम्ति सृष्टि गर्नुहुने आधारभूत वातावरण: हावा

13 अगस्ट 2021

परमेश्‍वरले मानवजातिको जीवनको निम्ति सृष्टि गर्नुहुने आधारभूत वातावरण: हावा

हामीले “सबै थोकका लागि जीवनको स्रोत परमेश्‍वर नै हुनुहुन्छ” भन्‍ने वचनसँग सम्बन्धित विभिन्‍न विषयहरू र धेरै विषयवस्तुको बारेमा छलफल गरेका छौँ, तर तिमीहरूलाई आफ्नो वचन उपलब्ध गराउने र तिमीहरूमाथि आफ्नो सजाय र न्यायको काम गर्नेबाहेक परमेश्‍वरले मानवजातिलाई के कुराहरू प्रदान गर्नुहुन्छ भन्‍नेबारेमा के तिमीहरूलाई हृदयदेखि नै थाहा छ? केही मानिसहरूले भन्‍न सक्छन्, “परमेश्‍वरले मलाई अनुग्रह र आशिष्‌हरू प्रदान गर्नुहुन्छ; उहाँले मलाई अनुशासन र आराम दिनुहुन्छ, अनि उहाँले मलाई हरसम्भव तरिकाले वास्ता र सुरक्षा प्रदान गर्नुहुन्छ।” अरूले भन्‍नेछन्, “परमेश्‍वरले मलाई दैनिक भोजन र पिउने कुरा प्रदान गर्नुहुन्छ”, अनि अरूले यसो समेत भन्‍नेछन्, “परमेश्‍वरले मलाई सबै कुरा प्रदान गर्नुभएको छ।” मानिसहरूले आफ्नो दैनिक जीवनमा सामना गर्ने यी कुराहरूप्रति तिमीहरूले तिमीहरूका आफ्नै शारीरिक जीवनका अनुभवसँग जोडेर प्रतिक्रिया दिन सक्छौ। परमेश्‍वरले हरेक व्यक्तिलाई धेरै कुराहरू प्रदान गर्नुहुन्छ, यद्यपि हामीले यहाँ छलफल गरिरहेको कुरा मानिसहरूका दैनिक आवश्यकताका दायरामा सीमित छैनन्, यसको उद्देश्य त हरेक व्यक्तिको दृष्टिकोणलाई विस्तार गर्न र परिस्थितिलाई बृहत् दृष्टिकोणबाट हेर्न लगाउनु हो। सबै थोकका लागि जीवनको स्रोत परमेश्‍वर नै हुनुहुन्छ भने उहाँले सबै थोकको जीवन कसरी कायम राख्‍नुहुन्छ? अर्को शब्दमा भन्दा, आफ्ना सृष्टिका सबै थोकको अस्तित्व र यसलाई टेको दिने व्यवस्थाहरू कायम राख्‍नको निम्ति परमेश्‍वरले तिनीहरूलाई के दिनुहुन्छ, ताकि तिनीहरू निरन्तर अस्तित्वमा रहिरहून्? आजको हाम्रो छलफलको मुख्य बुँदा त्यही हो। मैले भनेको कुरा तिमीहरूले बुझ्यौ? तिमीहरूलाई यो विषय अत्यन्तै अपरिचित लाग्‍न सक्छ तर म अत्यन्तै गहन कुनै पनि धर्मसिद्धान्तहरूको बारेमा कुरा गर्नेछैनँ। म तिमीहरूले मेरा वचनहरू सुन र तीबाट समझ प्राप्त गर्न सक भन्‍ने कुरालाई सुनिश्‍चित गर्ने कोसिस गर्नेछु। तिमीहरूले कुनै बोझको अनुभव गर्नु आवश्यक छैन—तिमीहरूले ध्यान दिएर सुने पुग्छ। तथापि, यहाँ मैले फेरि एकपटक जोड दिनुपर्छ: मैले कुन विषयको बारेमा बोलिरहेको छु? मलाई भन। (सबै थोकका लागि जीवनको स्रोत परमेश्‍वर नै हुनुहुन्छ।) त्यसो भए परमेश्‍वरले सबै थोकका निम्ति कसरी आवश्यक कुराहरू उपलब्ध गराउनुहुन्छ? “सबै थोकका लागि जीवनको स्रोत परमेश्‍वर नै हुनुहुन्छ” भनेर भन्‍नको निम्ति परमेश्‍वरले सबै थोकलाई के कुरा उपलब्ध गराउनुहुन्छ? के तिमीहरूसँग यसको बारेमा केही अवधारणा र विचारहरू छन्? यस्तो देखिन्छ कि मैले तिमीहरूका मन र मस्तिष्कमा तिमीहरूलाई बिलकुल थाहा नभएको विषयमा छलफल गरिरहेको छु। तर म आशा गर्छु तिमीहरूले यस विषयलाई मैले परमेश्‍वरको बारेमा भन्‍ने कुरासँग जोड्न सक्‍नेछौ, अरू कुनै पनि ज्ञान, मानवीय संस्कृति वा अनुसन्धानसँग होइन। म परमेश्‍वरको बारेमा, परमेश्‍वर स्वयम्‌को बारेमा मात्र कुरा गर्दै छु। यो तिमीहरूलाई मेरो सल्लाह हो। म ढुक्‍क छु, तिमीहरू यो कुरा बुझ्छौ, होइन त?

परमेश्‍वरले मानवजातिलाई धेरै कुरा प्रदान गर्नुभएको छ। म मानिसहरूले देख्‍न सक्‍ने अर्थात् तिनीहरूले अनुभव गर्न सक्‍ने कुराबाट सुरु गर्नेछु। यी कुराहरूलाई मानिसहरूले आफ्नो हृदयले ग्रहण गर्न र बुझ्‍न सक्छन्। यसैले सर्वप्रथम, भौतिक संसारको बारेमा छलफल गर्दै परमेश्‍वरले मानवजातिको निम्ति उपलब्ध गराउनुभएका कुराहरूको बारेमा कुरा गर्दै सुरु गरौं।

क. हावा

सर्वप्रथम, मानिसले सास फेर्न सकोस् भनेर परमेश्‍वरले हावाको सृष्टि गर्नुभयो। हावा मानवजातिले दैनिक रूपमा सम्पर्क गर्न सक्‍ने पदार्थ हो र यो यस्तो कुरा हो जसमाथि मानव पलपल निर्भर हुन्छ, चाहे त्यो तिनीहरू सुतेको समय नै किन नहोस्। परमेश्‍वरले सृष्टि गर्नुभएको हावा मानवजातिको निम्ति अत्यन्तै महत्त्वपूर्ण छ: यो तिनीहरूको हरेक सास र जीवन स्वयम्‌को निम्ति अत्यावश्यक छ। महसुस गर्न मात्र सकिने र देख्‍न नसकिने यो पदार्थ आफ्नो सृष्टिका सबै थोकको निम्ति परमेश्‍वरले दिनुभएको पहिलो उपहार थियो। तर हावाको सृष्टि गर्नुभएपछि मेरो काम सकियो भनेर के परमेश्‍वर रोकिनुभयो? कि हावा कति सघन हुनुपर्छ भनेर उहाँले ध्यान दिनुभयो? हावामा के-के कुराहरू हुनुपर्छ भनेर के उहाँले ध्यान दिनुभयो? हावालाई बनाउँदा परमेश्‍वरले के सोच्दै हुनुहुन्थ्यो? परमेश्‍वरले हावा किन बनाउनुभयो र उहाँका तर्क के थियो? मानवलाई हावा चाहिन्छ—तिनीहरूले सास फेर्नुपर्छ। पहिलो कुरा, हावाको घनत्व मानव फोक्सोको निम्ति उपयुक्त हुनुपर्छ। कसैलाई हावाको घनत्व थाहा छ? वास्तवमा, मानिसहरूले यस प्रश्‍नको जवाफ सङ्ख्या वा तथ्याङ्कमा दिनुपर्ने कुनै खास आवश्यकता छैन र वास्तवमा जवाफ जान्‍नु पनि त्यति आवश्यक छैन—सामान्य जानकारी मात्र हुनु पर्याप्त छ। परमेश्‍वरले मानव फोक्सोले सास फेर्नको निम्ति सबैभन्दा उपयुक्त घनत्व भएको हावा बनाउनुभयो। अर्थात्, उहाँले हावा बनाउनुभयो ताकि सास फेर्दा त्यो मानव शरीरमा सजिलै पसोस् र सास फेर्दा त्यसले शरीरलाई असर नगरोस्। परमेश्‍वरले हावा बनाउँदा ध्यान दिनुभएका कुराहरू यिनै थिए। अब हामी हावामा के-के हुन्छन् भनेर कुरा गर्छौं। यसमा मानवको निम्ति विषालु कुराहरू मिसिएका छैनन् र यसले फोक्सो वा शरीरको कुनै पनि अङ्गलाई नोक्सान पुर्‍याउँदैन। परमेश्‍वरले यी सबै कुरामा ध्यान पुर्‍याउनुपरेको थियो। मानवले सास फेरेको हावा शरीरमा सजिलै छिरोस् र बाहिर निस्कोस् अनि सास भित्र तानेपछि हावाभित्र भएका तत्वहरूको गुण यस्तो किसिमको होस् कि त्यसले रगत र फोक्सोमा र समग्र शरीरमा भएको बेकार हावा उचित तरिकाले पाचन हुन सकोस् भन्‍ने कुरामा परमेश्‍वरले ध्यान दिनुपरेको थियो। यसका अतिरिक्त, हावामा कुनै पनि किसिमका विषालु तत्वहरूको मिसावट नहोस् भन्‍ने कुरामा पनि उहाँले ध्यान दिनुपरेको थियो। मैले यी दुई मानकहरूबारे तिमीहरूलाई बताउनुको लक्ष्य तिमीहरूलाई कुनै खास ज्ञान दिनु होइन, तर परमेश्‍वरले आफ्नो सृष्टिको हरेक थोक उहाँको आफ्नै सोचविचारअनुसार बनाउनुभयो र उहाँले सृष्टि गर्नुभएको हरेक कुरा सबैभन्दा उत्तम छ भनेर तिमीहरूलाई देखाउनको निम्ति हो। यसका अतिरिक्त, हावामा भएको धूलोको परिमाण; र पृथ्वीमा भएको धूलो, बालुवा र माटोको परिमाण; यसका साथै आकाशदेखि पृथ्वीमा झर्ने धूलोको परिमाणको सन्दर्भमा भन्दा—यी कुराहरूको व्यवस्थापन गर्ने, तिनीहरूलाई हटाउने वा तिनीहरूलाई विभाजन गर्ने पनि परमेश्‍वरका आफ्नै तरिकाहरू छन्। केही परिमाणको धूलो भए तापनि त्यसले मानिसको शरीरलाई हानि नपुर्‍याउने वा मानिसको सास फेर्ने कार्यलाई खतरा नपुर्‍याउने तरिकाले परमेश्‍वरले बनाउनुभएको छ र उहाँले धूलोका कणहरूलाई शरीरलाई हानि नहुने किसिमले बनाउनुभएको छ। के परमेश्‍वरले गर्नुभएको हावाको सृष्टि रहस्यमय छैन र? के यो उहाँको मुखबाट हावाको सास फुक्‍नुजस्तो सामान्य कुरा थियो र? (थिएन।) उहाँले सबैभन्दा सामान्य कुराको सृष्टि गर्नुहुँदा पनि परमेश्‍वरको रहस्य, उहाँको मनमस्तिष्कको कार्य गर्ने शैली र उहाँको सोच्‍ने तरिका र उहाँको बुद्धि, सबै कुरा समावेश भएको स्पष्ट देखिन्छ। के परमेश्‍वर व्यावहारिक हुनुहुन्‍न त? (हो, उहाँ व्यावहारिक हुनुहुन्छ।) यसको अर्थ यही हो कि सामान्य कुराहरूको सृष्टि गर्दा पनि परमेश्‍वरले मानवजातिको बारेमा सोचिरहनुभएको थियो। पहिलो कुरा, मानवले सास फेर्ने हावा सफा छ र यसमा भएका कुराहरू मानवलाई सास फेर्नको निम्ति उपयुक्त छन्, विषालु र मानवलाई हानि पुर्‍याउने किसिमका छैनन्; त्यसरी नै हावाको घनत्व पनि मानिसलाई सास फेर्नको निम्ति उपयुक्त छ। मानिसले निरन्तर तान्‍ने र छोड्ने यो हावा मानव शरीर, मानव देहको निम्ति आवश्यक छ। यसैले मानिसले स्वतन्त्र भएर अवरोध र चिन्ताविना नै सास फेर्न सक्छ। यसैले तिनीहरूले सामान्य रूपमा सास फेर्न सक्छन्। परमेश्‍वरले सुरुमा सृष्टि गर्नुभएको कुरा हावा नै हो, अनि यो मानव स्वासप्रश्‍वासको निम्ति अपरिहार्य छ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ८

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरले मानवजातिको जीवनको निम्ति सृष्टि गर्नुहुने आधारभूत वातावरण: तापक्रम

हामीले छलफल गर्ने दोस्रो कुरा तापक्रम हो। तापक्रम के हो भन्‍ने कुरा सबैलाई थाहा छ। तापक्रम मानव अस्तित्वको निम्ति चाहिने सुहाउँदो...

परमेश्‍वरले सबैमाथि शासन गर्नुहुन्छ र सबैलाई भरणपोषण गर्नुहुन्छ, उहाँ सबै थोकका परमेश्‍वर हुनुहुन्छ

यी कुराहरूको बारेमा केही कुराकानी गरिसकेपछि, के तिमीहरूले अहिले हामीले भर्खरै छलफल गरेको मुख्य विषयको बारेमा केही थाहा पायौ? के तिमीहरूले...

परमेश्‍वरले मानवजातिको जीवनको निम्ति सृष्टि गर्नुहुने आधारभूत वातावरण: ध्वनि

तेस्रो कुरा के हो? यो पनि मानव अस्तित्वको सामान्य वातावरणको निम्ति आवश्यक हिस्सा हो र परमेश्‍वरले सबै थोकको सृष्टि गर्नुहुँदा यसको निम्ति...

परमेश्‍वरले मानवजातिको जीवनको निम्ति सृष्टि गर्नुहुने आधारभूत वातावरण: वायुप्रवाह

पाँचौ कुरा के हो? यो कुरा हरेक व्यक्तिको प्रत्येक दिनसँग घनिष्ट रूपमा सम्बन्धित छ। मानव जीवनसँग यसको सम्बन्ध यति नजिक छ कि यसको अभावमा...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्