परमेश्‍वरले मानवजातिको जीवनको निम्ति सृष्टि गर्नुहुने आधारभूत वातावरण: वायुप्रवाह

13 अगस्ट 2021

परमेश्‍वरले मानवजातिको जीवनको निम्ति सृष्टि गर्नुहुने आधारभूत वातावरण: वायु-प्रवाह

पाँचौ कुरा के हो? यो कुरा हरेक व्यक्तिको प्रत्येक दिनसँग घनिष्ट रूपमा सम्बन्धित छ। मानव जीवनसँग यसको सम्बन्ध यति नजिक छ कि यसको अभावमा मानव शरीर यस भौतिक संसारमा बाँच्‍नै सक्दैन। यो वायुप्रवाह हो। सायद यो “वायुप्रवाह” भन्‍ने नामपदलाई सुन्‍ने जोकोहीले पनि यसलाई बुझ्‍न सक्छ। त्यसो भए, वायुप्रवाह के हो त? “वायुप्रवाह” भनेको त वायुको बहने चाल त हो नि भनेर तिमीहरू भन्‍न सक्छौ। वायुप्रवाह मानव आँखाले देख्‍न नसकिने हावाको बहाव हो। यो ग्याँसहरू चल्ने एक तरिका पनि हो। तापनि, यस कुराकानीमा “वायुप्रवाह” ले मुख्य रूपमा केलाई जनाउँछ त? मैले भन्‍नेबित्तिकै तिमीहरूले बुझ्‍नेछौ। पृथ्वीले आफू घुम्दा पर्वत, समुद्र र सृष्टिका सबै थोक बोक्छ र यो घुम्दा गतिसहित घुम्छ। तैँले यस घुमाइलाई महसुस गर्न नसके तापनि पृथ्वीको परिक्रमा अस्तित्वमा छ। यस परिक्रमाले के पैदा गर्छ? जब तँ दौडन्छस्, तेरा कानको छेउबाट हावा बहँदैन र? यदि तँ दौडिँदा हावा उत्पन्‍न हुन्छ भने पृथ्वीले परिक्रमा गर्दा बतास किन चल्दैन र? जब पृथ्वीले परिक्रमा गर्छ, सबै थोक चलायमान हुन्छन्। पृथ्वी आफै चलायमान छ र यसले निश्‍चित गतिमा परिक्रमा गरिरहेको छ, र यसमा भएका हरेक थोक पनि निरन्तर वृद्धि र विकास भइरहेका छन्। यसर्थ, कुनै निश्‍चित गतिको चालले स्वभाविक रूपमा वायुप्रवाह उत्पन्‍न गर्छ। “वायुप्रवाह” को बारेमा मैले भन्‍न खोजेको अर्थ यही हो। यस वायुप्रवाहले मानव शरीरलाई केही हदसम्म प्रभाव पार्दैन र? तुफानलाई नै लिऔं: सामान्य तुफानहरू त्यति शक्तिशाली हुँदैनन्, तर जब तिनीहरू आउँछन्, मानिसहरू सिधा खडा हुन पनि सक्दैनन् र तिनीहरूलाई बतासमा हिँड्न कठिन हुन्छ। एक पाइला चाल्‍न पनि कठिन हुन्छ र केही मानिसहरूलाई त यसले हिँड्नै नसक्‍ने गरी कुनै कुरामा चेप्ट्याएर राख्छ। वायुप्रवाहले मानवजातिलाई प्रभाव पार्ने तरिकामध्ये एउटा यही हो। यदि सारा पृथ्वी समथर जमिनले ढाकेको भए, पृथ्वी र सबै थोकले परिक्रमा गर्दा मानव शरीरले त्यसबाट उत्पन्‍न वायुप्रवाहलाई पूर्ण रूपमा धान्‍न नसक्‍नेथियो। यस्तो परिस्थितिप्रति प्रतिक्रिया जनाउन अत्यन्तै कठिन हुन्छ। यदि वास्तवमा यस्तै हुँदो हो त यस्तो वायुप्रवाहले मानवजातिमाथि हानि मात्र पुर्‍याउँदैनथ्यो, यसले त पूर्ण विनाश नै गर्नेथियो। मानव यस्तो वातावरणमा बाँच्‍न सक्‍नेथिएन। यसैले परमेश्‍वरले त्यस्तो वायुप्रवाहको समाधानको निम्ति विभिन्‍न भौगोलिक वातावरणहरू बनाउनुभयो—विभिन्‍न वातावरणमा वायुप्रवाह कमजोर हुन्छ, यसको दिशा परिवर्तन हुन्छ, यसको गति बदलिन्छ र यसको तागत हेरफेर हुन्छ। त्यसैले मानिसहरूले पर्वत, ठूला हिमशृङ्खला, समथर जमिन, पहाड, बेँसी, उपत्यका, पठार र ठूला नदीहरूजस्ता फरकफरक भौगोलिक विशेषताहरू देख्‍न सक्छन्। यस्ता फरकफरक भौगोलिक विशेषताहरूको माध्यमद्वारा परमेश्‍वरले वायुप्रवाहको गति, दिशा र तागतलाई बदल्‍नुहुन्छ। यस विधिको माध्यमद्वारा उहाँले वायुप्रवाहलाई परिवर्तन वा हेरफेर गरी उचित गति, दिशा र तागत भएको हावामा परिणत गर्नुहुन्छ, ताकि मानवले जिउनको निम्ति सामान्य वातावरण पाउन सकोस्। के यसको आवश्यकता छ? (छ।) यसो गर्नु मानवको लागि कठिन देखिन्छ तर परमेश्‍वरको निम्ति यो सजिलो छ किनकि उहाँले सबै कुराहरूको अवलोकन गर्नुहुन्छ। उहाँको निम्ति, मानवको निम्ति सुहाउँदो वातावरणको सृजना गर्न योभन्दा सरल वा सहज हुनेथिएन। यसैले, परमेश्‍वरले सृजना गर्नुभएको यस्तो वातावरणमा उहाँको सृष्टिभित्रका हरेक कुराहरू अपरिहार्य छन्। हरेक कुराको अस्तित्वको मूल्य र आवश्यकता छ। तथापि, शैतान वा भ्रष्ट पारिएको मानवजातिले यस सिद्धान्तलाई बुझ्दैन। तिनीहरूले निरन्तर पर्वतहरूलाई समथर जमिनमा परिवर्तन गर्ने, गल्छीहरू पुर्ने र सिमेन्टको जङ्गल सृजना गर्नको निम्ति समथर जमिनमा गगनचुम्बी महलहरू बनाउने व्यर्थको सपना देख्दै विनाश, विकास र शोषण गर्ने काम गरिरहन्छन्। परमेश्‍वरको के आशा छ भने उहाँले तिनीहरूको निम्ति तयार पार्नुभएको यो सबैभन्दा सुहाउँदो वातावरणमा मानवजाति खुसीसाथ बाँच्‍न, खुसीसाथ वृद्धि हुन र हरेक दिन खुसीसाथ बिताउन सकोस्। यसैले मानवजाति बस्‍ने यो वातावरणलाई व्यवहार गर्ने कुरामा परमेश्‍वरले कहिल्यै पनि लापरवाही गर्नुभएको छैन। तापक्रमदेखि लिएर वायुसम्म, ध्वनिदेखि लिएर ज्योतिसम्म परमेश्‍वरले जटिल योजना र बन्दोबस्तहरू गर्नुभएको छ, ताकि मानिसहरूका शरीर र तिनीहरू बाँच्‍ने वातावरणलाई प्राकृतिक परिस्थितिहरूले बाधा नदेओस्, बरु यसको सट्टा, मानवजाति सामान्य तवरले अन्य कुराहरूसँग सामञ्‍जस्यपूर्ण सहअस्तित्वमा जिउन र वृद्धि हुन सकोस्। यी सबै कुराहरू परमेश्‍वरले यावत् थोक र मानवजातिको लागि उपलब्ध गराउनुभएको छ।

मानव अस्तित्वको निम्ति परमेश्‍वरले यी पाँच आधारभूत परिस्थितिहरूको बन्दोबस्त जुन तरिकाले गर्नुभएको छ त्यसमा के तिमीहरू परमेश्‍वरले कसरी मानवजातिलाई आवश्यक कुराहरू उपलब्ध गराउनुहुन्छ भन्‍ने कुरा देख्‍न सक्छौ? (सक्छौं।) भन्‍नुको तात्पर्य, मानव अस्तित्वको निम्ति चाहिने सबै आधारभूत परिस्थितिहरूको सृष्टिकर्ता परमेश्‍वर नै हुनुहुन्छ र परमेश्‍वरले यी कुराहरूको बन्दोबस्त र नियन्त्रण पनि गर्दै हुनुहुन्छ; अहिले, मानव अस्तित्वको हजारौँ वर्षपछि पनि तिनीहरूलाई सबैभन्दा राम्रो र सबैभन्दा सुहाउँदो वातावरण प्रदान गर्दै परमेश्‍वरले अझ पनि तिनीहरू जिउने वातावरणमा निरन्तर फेरबदल गर्दै हुनुहुन्छ ताकि तिनीहरूको जीवन नियमित तरिकाले कायम राख्‍न सकियोस्। यस्तो परिस्थितिलाई कति लामो समयसम्म कायम राखिराख्‍न सकिन्छ? अर्को शब्दमा, परमेश्‍वरले कहिलेसम्म यस्तो वातावरण निरन्तर उपलब्ध गराइरहनुहुनेछ? परमेश्‍वरले आफ्नो व्यवस्थापनको कामलाई पूर्ण समापन नगरुञ्‍जेलसम्‍म यो जारी रहनेछ। त्यसपछि, परमेश्‍वरले मानवजातिको जिउने वातावरण परिवर्तन गर्नुहुनेछ। परमेश्‍वरले यी परिवर्तनहरू उही विधिहरूद्वारा वा फरक विधिहरूद्वारा गर्न सक्‍नुहुनेछ। तर अहिले मानिसहरूले जान्‍नुपर्ने कुरा के हो भने मानवजातिका आवश्यकताहरूको निम्ति परमेश्‍वरले निरन्तर विभिन्‍न कुराहरू उपलब्ध गराइरहनुभएको छ; मानव जिउने वातावरणको व्यवस्थापन गरिरहनुभएको छ; र त्यस वातावरणलाई संरक्षण, सुरक्षा र मर्मतसम्भार गर्ने कार्य गर्दै आइरहनुभएको छ। यस्तो वातावरण भएको हुँदा, परमेश्‍वरका चुनिएका मानिसहरू नियमित रूपले जिउन र परमेश्‍वरको मुक्ति, सजाय र न्याय स्वीकार गर्न सक्षम भएका छन्। परमेश्‍वरको सार्वभौमिकताको कारण सबै थोक निरन्तर अस्तित्वमा रहेका छन् र परमेश्‍वरका यस्तै प्रावधानहरूको कारण सारा मानवजाति निरन्तर अगाडि बढिरहेका छन्।

के हाम्रो सङ्गतिको यो अन्तिम भागले तिमीहरूमा केही नयाँ विचारहरू ल्यायो? के तिमीहरूलाई अब परमेश्‍वर र मानवजातिबीचको सबैभन्दा ठूलो भिन्‍नताको बारेमा थाहा भयो? अन्ततः सबै थोकको मालिक को हो? के त्यो मानिस हो? (होइन।) त्यसो भए, परमेश्‍वर र मानिसले सारा सृष्टिलाई गर्ने व्यवहारमा के फरक छ? (परमेश्‍वरले सबै थोकमाथि शासन गर्नुहुन्छ र सबै थोकको बन्दोबस्त गर्नुहुन्छ, जबकि मानिसले ती कुराहरूको उपभोग गर्छ।) के तिमीहरू यसमा सहमत छौ? परमेश्‍वर र मानिसबीचको सबैभन्दा ठूलो भिन्‍नता यही हो कि परमेश्‍वरले सारा सृष्टिमाथि राज्य गर्नुहुन्छ र सारा सृष्टिको लागि आवश्यक कुराहरू उपलब्ध गराउनुहुन्छ। उहाँ सबै थोकको स्रोत हुनुहुन्छ र परमेश्‍वरले सारा सृष्टिलाई आवश्यक कुराहरू उपलब्ध गराउनुहुँदा मानवजातिले त्यसको आनन्द उठाउँछ। भन्‍नुको तात्पर्य, मानिसले परमेश्‍वरले सबै थोकलाई प्रदान गर्नुहुने जीवन स्वीकार गर्दा, उसले सृष्टिका सबै थोकहरूको आनन्द उठाउँछ। परमेश्‍वर मालिक हुनुहुन्छ र मानवजातिले परमेश्‍वरले सबै थोक सृष्टि गर्नुहुँदा उत्पन्‍न फलहरूको आनन्द लिन्छ। त्यसो भए, परमेश्‍वरको सृष्टिका सबै थोकको दृष्टिकोणबाट हेर्दा, परमेश्‍वर र मानिसबीचको भिन्‍नता के हो त? परमेश्‍वरले सबै थोक कसरी वृद्धि हुन्छन् भन्‍ने नियमलाई स्पष्टसँग देख्‍न सक्‍नुहुन्छ र उहाँले ती नियमहरूमाथि नियन्त्रण र प्रभुत्व कायम गर्नुहुन्छ। यसर्थ, सबै थोक परमेश्‍वरको नजरभित्र छन् र उहाँको निगरानीको दायराभित्र छन्। के मानवजातिले यी सबै थोक देख्‍न सक्छ? मानवजातिले देख्‍न सक्‍ने कुरा उसको प्रत्यक्ष अगाडि भएको कुरामा सीमित छ। यदि तैँले पर्वत चढिस् भने तैँले त्यो पर्वत मात्र देख्छस्। तैँले त्यस पर्वतको अर्कोतिर के छ भन्‍ने देख्‍न सक्दैनस्। यदि तँ समुद्रको किनारामा गइस् भने तैँले समुद्रको एक छेउ मात्र देख्छस् र त्यस समुद्रको अर्को छेउ कस्तो देखिन्छ भन्‍ने तैँले थाहा पाउन सक्दैनस्। यदि तँ वनमा गइस् भने तैँले तेरो अगाडि र वरिपरि भएका वनस्पतिहरू देख्छस्, तर त्यसभन्दा पर के छ त्यो देख्‍न सक्दैनस्। मानवले माथि, टाढा र गहिराइमा भएका कुराहरू देख्‍न सक्दैनन्। तिनीहरूले प्रत्यक्ष आफूअगाडिका, तिनीहरूका दृष्टिक्षेत्रभित्रका कुराहरू मात्र देख्‍न सक्छन्। वर्षका चार ऋतुहरूलाई नियन्त्रण गर्ने नियम वा सबै थोक कसरी वृद्धि हुन्छन् भन्‍ने नियमको बारेमा मानवलाई थाहा भए तापनि तिनीहरूले सबै थोकको प्रबन्ध गर्न वा तिनलाई नियन्त्रण गर्न सक्दैनन्। तथापि परमेश्‍वरले आफ्नो सारा सृष्टिलाई त्यसरी नै हेर्नुहुन्छ जसरी उहाँ आफैले बनाउनुभएको यन्त्रलाई हेर्नुहुन्छ। उहाँ हरेक भाग र हरेक जडानसँग गहिरो गरी परिचित हुनुहुन्छ, तिनका सिद्धान्तहरू के-के हुन्, तिनका ढाँचाहरू के-के हुन् र तिनका उद्देश्यहरू के-के हुन्—परमेश्‍वरलाई यो सबै कुरा अत्यन्तै स्पष्टसँग थाहा छ। यसैले, परमेश्‍वर, परमेश्‍वर नै हुनुहुन्छ र मानिस, मानिस नै हो! मानिस विज्ञान र सारा कुराहरू नियमित गर्ने नियमहरूको बारेमा आफ्नो अनुसन्धानको गहिराइमा जान सक्‍ने भए तापनि, त्यो अनुसन्धानको दायरा सीमित छ, जबकि परमेश्‍वरले सबै कुराको नियन्त्रण गर्नुहुन्छ, जुन मानिसको निम्ति एक अनन्त नियन्त्रण हुन्छ। परमेश्‍वरको सबैभन्दा सानो कार्यको अनुसन्धान गर्दा पनि साँचो परिणामहरू प्राप्त नगरीकनै मानिसको सम्पूर्ण जीवन खर्च हुन सक्छ। यसैले, यदि तैँले परमेश्‍वरको अध्ययन गर्न आफ्नो ज्ञान र आफूले सिकेको कुरा मात्र प्रयोग गर्छस् भने तँ कहिल्यै पनि परमेश्‍वरलाई चिन्‍न वा बुझ्‍न सक्षम हुनेछैनस्। तर यदि तैँले सत्यको खोजी र परमेश्‍वरको खोजी गर्ने मार्गको छनोट गर्छस् र उहाँलाई चिन्‍ने दृष्टिकोणबाट परमेश्‍वरलाई हेर्छस् भने, तैँले एकदिन, परमेश्‍वरका कार्यहरू र बुद्धि एकैपटक सबैतिर छन् भन्‍ने पहिचान गर्नेछस् र परमेश्‍वरलाई किन सबै कुराहरूको मालिक र सबै कुराहरूको जीवनको स्रोत भनिएको हो भन्‍ने जान्‍नेछस्। तैँले जति धेरै यस्तो बुझाइ प्राप्त गर्छस्, त्यति नै धेरै परमेश्‍वरलाई सारा कुराहरूको मालिक किन भनिएको हो भन्‍ने बुझ्‍नेछस्। तँलगायत सारा कुराहरू र हरेक कुराले निरन्तर रूपमा परमेश्‍वरको भरणपोषणको स्थिर प्रवाह प्राप्त गरिरहेका छन्। तैँले यस संसारमा र यस मानवजातिमाझ सारा कुराहरूको अस्तित्वलाई शासन, व्यवस्थापन र कायम गर्ने क्षमता र सार परमेश्‍वरबाहेक अरू कोहीसँग छैन भन्‍ने पनि स्पष्ट रूपले महसुस गर्न सक्‍नेछस्। जब तँ यस बुझाइमा आइपुग्छस्, तैँले परमेश्‍वर तेरो परमेश्‍वर हुनुहुन्छ भनेर साँचो रूपले पहिचान गर्नेछस्। जब तँ यस बिन्दुमा आइपुग्छस्, तैँले साँचो रूपले परमेश्‍वरलाई स्वीकार गरेको र उहाँलाई तेरो परमेश्‍वर अनि तेरो मालिक हुन अनुमति दिएको हुनेछस्। जब तैँले यस्तो बुझाइ प्राप्त गरेको हुन्छस् र तेरो जीवन यस्तो बिन्दुमा पुगेको हुन्छ, परमेश्‍वरले अबउप्रान्त तेरो परीक्षा र न्याय गर्नुहुनेछैन, न त उहाँले तँलाई कुनै मापदण्ड नै दिनुहुनेछ, किनकि तैँले परमेश्‍वरलाई बुझ्‍नेछस्, उहाँको हृदयलाई चिन्‍नेछस् र तेरो हृदयमा परमेश्‍वरलाई साँचो रूपले स्वीकार गरेको हुनेछस्। सबै थोकमाथि परमेश्‍वरको प्रभुत्व हुन्छ र उहाँले ती सबैको व्यवस्थापन गर्नुहुन्छ भन्‍ने यी विषयहरूमा सङ्‍गति गर्नुपर्ने एउटा महत्त्वपूर्ण कारण यही हो। यसो गर्नुको अर्थ मानिसहरूलाई थप ज्ञान र बुझाइ दिनु हो—यो तिमीहरूलाई स्वीकार गर्न लगाउनु मात्र होइन, बरु तिमीहरूलाई परमेश्‍वरका कार्यहरूको बारेमा थप व्यावहारिक रूपले थाहा पाउन र बुझ्‍न लगाउनु हो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ८

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

पहिलो भाग: परमेश्‍वरले हरप्रकारको भूभागको लागि सीमा निर्धारित गर्नुहुन्छ

आज म परमेश्‍वरले मानव जातिको पालन पोषणका लागि सबै थोकहरूमा तय गर्नुभएका यी सबै प्रकारका नियमहरू कसरी लागू हुन्छन् भन्‍ने विषयमा बताउन...

परमेश्‍वरले सबैमाथि शासन गर्नुहुन्छ र सबैलाई भरणपोषण गर्नुहुन्छ, उहाँ सबै थोकका परमेश्‍वर हुनुहुन्छ

यी कुराहरूको बारेमा केही कुराकानी गरिसकेपछि, के तिमीहरूले अहिले हामीले भर्खरै छलफल गरेको मुख्य विषयको बारेमा केही थाहा पायौ? के तिमीहरूले...

परमेश्‍वरले मानवजातिको जीवनको निम्ति सृष्टि गर्नुहुने आधारभूत वातावरण: ज्योति

चौथो कुरा मानिसहरूका आँखासँग सम्बन्धित छ: ज्योति। यो पनि धेरै महत्त्वपूर्ण छ। जब तैँले चम्किलो ज्योति देख्छस्, र त्यसको चमक निश्‍चित तहमा...

परमेश्‍वरले मानवजातिको लागि तयार गर्नुहुने दैनिक भोजन र पेयपदार्थ (भाग १)

हामीले भर्खरै वातावरणको एक भागको बारेमा, विशेष गरी, परमेश्‍वरले संसारको सृष्टि गर्नुहुँदा उहाँले तयार गर्नुभएको मानव अस्तित्वको निम्ति...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्