परमेश्‍वरले मानवजातिको जीवनको निम्ति सृष्टि गर्नुहुने आधारभूत वातावरण: तापक्रम

13 अगस्ट 2021

हामीले छलफल गर्ने दोस्रो कुरा तापक्रम हो। तापक्रम के हो भन्‍ने कुरा सबैलाई थाहा छ। तापक्रम मानव अस्तित्वको निम्ति चाहिने सुहाउँदो वातावरणको लागि आवश्यक कुरो हो। उदाहरणको लागि, यदि तापक्रम धेरै उच्च अर्थात् मानौँ तापक्रम चालीस डिग्री सेल्सियसभन्दा माथि छ भने के यसले मानवलाई धेरै कमजोर बनाउने थिएन र? के मानव यस्तो परिस्थितिमा जिउनु थकाइ लाग्दो कुरा हुने थिएन र? अनि यदि तापक्रम अति निम्‍न थियो भने के हुनेथियो। मानौँ तापक्रम ऋणात्मक चालीस डिग्री सेल्सियस पुग्यो—मानवले यस्तो परिस्थितिलाई पनि सामना गर्न सक्दैन। यसैले, तापक्रमको दायरा मानव शरीर अनुकूल हुने गरी, तापक्रमको दायरा मिलाउने कुरामा परमेश्‍वरले विशेष ध्यान दिनुभयो, जुन लगभग ऋणात्मक तीस डिग्री सेल्सियस र चालीस डिग्री सेल्सियसको बीचमा पर्छ। उत्तरदेखि दक्षिणसम्मका भूभागहरूको तापक्रमहरू मूलभूत रूपमा यही दायरामा पर्छन्। धेरै ठन्डा क्षेत्रहरूको तापक्रम ऋणात्मक पचास वा साठी डिग्री सेल्सियसमा झर्न सक्छ। परमेश्‍वरले मानिसहरूलाई यस्ता क्षेत्रहरूमा बसाउनुहुन्‍न। त्यसो भए यी बरफिला क्षेत्रहरू किन अस्तित्वमा छन्? परमेश्‍वरसँग उहाँको आफ्नै बुद्धि छ र यसका निम्ति उहाँका आफ्नै अभिप्रायहरू छन्। उहाँले तँलाई ती ठाउँहरूको नजिक जान दिनुहुनेथिएन। धेरै ताता र धेरै चिसा ठाउँहरूलाई परमेश्‍वरले सुरक्षा दिनुभएको छ, अर्थात् परमेश्‍वरले मानिसलाई त्यहाँ बसोबास गराउने योजना बनाउनुभएन। यी ठाउँहरू मानवजातिका निम्ति होइनन्। तर परमेश्‍वरले पृथ्वीमा यस्ता ठाउँहरूलाई अस्तित्वमा किन ल्याउनुभयो? यदि यी ठाउँहरूमा परमेश्‍वरले मानिसहरूलाई बसोबास गराउनुहुन्‍न वा मानिसहरू बाँच्‍दैनन् पनि भने परमेश्‍वरले किन ती ठाउँहरूको सृष्टि गर्नुभयो। परमेश्‍वरको बुद्धि यहीँ छ। त्यो हो, परमेश्‍वरले मानव जीवित रहने वातावरणको तापक्रमको दायरा उचित तवरले अङ्‍कित गर्नुभएको छ। यहाँ प्राकृतिक नियमले पनि काम गर्छ। परमेश्‍वरले तापक्रमलाई कायम राख्‍न र नियन्त्रण गर्न केही कुराहरूको सृष्टि गर्नुभयो। तिनीहरू के हुन् त? सबैभन्दा पहिलो, सूर्यले मानिसहरूलाई न्यानो पार्छ, तर यो न्यानोपन अत्यन्तै धेरै भयो भने मानिसहरूले सहन सक्छन् र? के कुनै व्यक्तिले सूर्यमा पुग्‍ने हिम्मत गर्छ? सूर्यसम्म पुग्‍ने कुनै वैज्ञानिक उपकरण पृथ्वीमा छ? (छैन।) किन छैन? सूर्य अत्यन्तै तातो छ। त्यसको धेरै नजिक जाने कुनै पनि कुरा पग्लन्छ। यसैले, परमेश्‍वरले विशेषगरी मानवजातिमाथिको सूर्यको उचाइ र त्यसको दूरीलाई आफ्नो सावधानीपूर्वक गणना र आफ्नो मापदण्डअनुसार निर्धारण गर्ने काम गर्नुभयो। त्यसपछि, पृथ्वीका दक्षिणी र उत्तरी ध्रुव निर्धारण गर्नुभयो। यी क्षेत्रहरू पूर्ण रूपमा जमेका र हिउँले ढाकिएका छन्। के मानवजाति हिउँले ढाकिएको क्षेत्रमा बस्‍नसक्छ? के यी क्षेत्रहरू मानव अस्तित्वका निम्ति उपयुक्त छन्? (छैनन्।) मानिसहरू यी ठाउँहरूमा जाँदैनन् किनकि बाँच्‍नको निम्ति यी ठाउँहरू उपयुक्त छैनन्। मानिसहरू दक्षिणी र उत्तरी ध्रुवमा नजाने हुनाले तिनका हिम नदीहरू संरक्षित छन् र तिनले तापक्रम नियन्त्रण गर्ने आफ्ना उद्देश्यअनुसार काम गर्न सक्छन्। तिमीहरूले बुझ्यौ, होइन त? यदि दक्षिणी ध्रुव र उत्तरी ध्रुव नहुने हो भने सूर्यको निरन्तर तापले पृथ्वीका मानिसहरूलाई नष्ट पार्नेथियो। तर के परमेश्‍वरले यी दुई कुराहरूबाट मात्र तापक्रमलाई मानव अस्तित्वको दायराभित्र राख्‍नुहुन्छ? होइन। सूर्यको तापलाई सोस्‍ने मैदानका घाँस, विभिन्‍न किसिमका रूखहरू, वनका सबै किसिमका बोट बिरुवाहरू जस्ता सबै किसिमका जीवित प्राणीहरू छन्, जसले सूर्यको तापीय ऊर्जालाई तटस्थ बनाइ मानवजाति बस्‍ने वातावरणको तापक्रमलाई नियन्त्रण गर्छ। नदी र तालहरू जस्ता पानीका स्रोतहरू पनि छन्। नदी र तालहरूले ओगट्ने क्षेत्रलाई कसैले पनि तय गर्दैन। पृथ्वीमा कति पानी छ भन्‍ने कुरालाई कसैले पनि नियन्त्रण गर्न सक्दैन, न त पानीको बहाव, त्यसको वहावको दिशा, त्यसको परिमाण वा त्यसको गतिलाई नै कसैले नियन्त्रण गर्न सक्छ। परमेश्‍वरलाई मात्र थाहा छ। जमिनको पानीदेखि लिएर नदेखिने नदीहरू र जमिनमाथिका तालहरू लगायत पानीका यी विविध स्रोतहरूले मानिस बस्‍ने वातावरणको तापक्रमको नियन्त्रण गर्न सक्छ। पानीका स्रोतहरू बाहेक पर्वत, समथर भूभाग, घाटी र सिमसारहरू जस्ता विभिन्‍न किसिमका भौगोलिक स्वरूपहरू पनि छन्, ती सबैले आफ्ना भौगोलिक दायरा र क्षेत्रको अनुपातअनुसार केही हदसम्म तापक्रमको नियन्त्रण गर्छन्। उदाहरणको लागि, यदि एउटा पर्वतको परिधि एक हजार किलोमिटर छ भने उक्त एक हजार किलोमिटरले एक हजार किलोमिटर बराबरको उपयोगिताको योगदान दिन्छ। परमेश्‍वरले पृथ्वीमा कति वटा पर्वत शृङ्खला र घाटीहरू सृष्टि गर्नुभयो, यो परमेश्‍वरले विचार गर्नुभएको सङ्ख्या हो। अर्को शब्दमा भन्दा, परमेश्‍वरले सृष्टि गर्नुभएका हरेक थोकको अस्तित्वका पछाडि एउटा कथा छ र हरेक थोकमा परमेश्‍वरको बुद्धि र योजना छ। उदाहरणको निम्ति वन-जङ्गल र विविध किसिमका सबै वनस्पतिलाई लिऔं—तिनीहरू अस्तित्वमा आउने र वृद्धि हुने दायरा र क्षेत्रको सीमा कुनै पनि मानवको नियन्त्रणभन्दा बाहिर छ र यी कुराहरूको बारेमा कसैले केही भन्‍न पाउँदैन। यसैगरी, तिनले कति पानी सोस्छन् भन्‍ने कुरा कुनै मानवले नियन्त्रण गर्न सक्दैन, न त तिनले सूर्यबाट कति तापीय ऊर्जा सोस्छन् भन्‍ने कुरा नै नियन्त्रण गर्न सक्छ। यी सबै थोक परमेश्‍वरले यावत् थोकको सृष्टि गर्नुहुँदा बनाउनुभएको योजनाको दायराभित्र पर्छन्।

परमेश्‍वरले मानवजातिको जीवनको निम्ति सृष्टि गर्नुहुने आधारभूत वातावरण: तापक्रम

सबै कुरामा परमेश्‍वरले सावधानीपूर्वक योजना, विचार र प्रबन्ध गर्नुभएको कारणले मात्र मानिस यस्तो उचित तापक्रम भएको वातावरणमा बस्‍न सक्छ। यसैले, मानिसले आफ्ना आँखाले देख्‍ने हरेक कुरा, उदाहरणको लागि सूर्य, मानिसले प्रायजसो सुन्‍ने गरेका दक्षिणी र उत्तरी ध्रुवका साथै, जमिनमा र त्यसमुनि बस्‍ने तथा पानीमा बस्‍ने विविध प्रकारका जीवित प्राणीहरू, र वन-जङ्गल र अन्य प्रकारका वनस्पति र पानीका स्रोतहरूद्वारा ढाकिएका ठाउँको परिमाण, विविध प्रकारका पानीका भागहरू, समुद्री पानी र सफा पानीका परिमाणहरू र विभिन्‍न किसिमका भौगोलिक वातावरणहरू—मानिसको अस्तित्वको निम्ति सामान्य तापक्रम कायम राख्‍न परमेश्‍वरले यी सबै कुराको प्रयोग गर्नुहुन्छ। यो निरपेक्ष छ। परमेश्‍वरले यो सबैको बारेमा गहन तरिकाले सोच्‍नुभएको कारणले मात्र मानिस यस्तो सुहाउँदो तापक्रम भएको वातावरणमा जिउन सकेको छ। यो धेरै चिसो पनि हुनु हुँदैन, धेरै तातो पनि हुनु हुँदैन: धेरै ताता ठाउँहरू, जहाँको तापक्रम मानव शरीरले अनुकूल गर्न सक्‍नेभन्दा धेरै छ, ती ठाउँहरू निश्‍चय नै परमेश्‍वरले तिमीहरूका निम्ति छुट्याउनुभएको होइन। तापक्रम अत्यन्तै न्यून भएको अत्यन्तै चिसा ठाउँहरूमा पुगेपछि मानव केही मिनेटमा नै पूर्ण रूपमा जम्छन्, जसले गर्दा तिनीहरू बोल्‍न सक्दैनन्, तिनीहरूको मस्तिष्क जम्छ, तिनीहरूले सोच्‍न सक्दैनन् र तिनीहरू चाँडै निसासिन्छन्—यस्ता ठाउँहरूलाई पनि परमेश्‍वरले मानवजातिको लागि छुट्याउनुभएको छैन। मानवले जस्तोसुकै किसिमको अनुसन्धान गर्न चाहे तापनि, तिनीहरूले नवीन काम गर्न वा यस्ता सीमाहरूलाई तोड्न खोजे तापनि—मानिसहरूसँग जस्तोसुकै विचारहरू भए तापनि, तिनीहरू मानव शरीरले अनुकूल गर्न सक्ने सीमाहरूलाई नाघ्‍न सक्नेछैनन्। मानिसको निम्ति परमेश्‍वरले सृष्टि गर्नुभएका यी सीमाहरूलाई तिनीहरूले कदापि त्याग्‍न सक्नेछैनन्। किनभने परमेश्‍वरले मानवजातिलाई सृष्टि गर्नुभएको हो र मानव शरीरले अनुकूल गर्न सक्‍ने तापक्रम परमेश्‍वरलाई थाहा छ। तर मानव आफैलाई थाहा छैन। मानवलाई थाहा छैन भनेर म किन भन्छु। मानवले कस्ता मूर्ख कुराहरू गरेका छन्? के धेरै मानिसहरूले उत्तरी र दक्षिणी ध्रुवलाई निरन्तर चुनौती दिने प्रयास गरेका छैनन् र? यस्ता मानिसहरूले सधैँ ती ठाउँहरूमा गएर जमिनलाई कब्जा गर्ने चाहना गरेका छन्, ताकि तिनीहरूले त्यहाँ जरा गाड्न सकून्। त्यो निरर्थक कार्य हुनेछ। यदि तैँले पूर्ण रूपले ध्रुवहरूको अनुसन्धान गरेको छस् भने पनि, तैँले त्यसपछि के गर्छस् र? यदि तँ उक्त तापक्रममा अनुकूल हुन सक्छस् र त्यहाँ बस्‍न सक्षम भइस् भने पनि, यदि तैँले दक्षिणी र उत्तरी ध्रुवहरूको वर्तमान वातावरण "सुधार गरिस्" भने, के यसले कुनै पनि तरिकाले मानवजातिलाई फाइदा पुर्‍याउँछ र? मानवजातिसँग ऊ बाँच्‍न सक्‍ने वातावरण छ, तापनि मानिसहरू चुपचाप र अधीनतामा बस्दैनन्, तर बरु आफू बाँच्‍न नसक्‍ने ठाउँहरूमा जाने जोखिम उठाउन जोड दिन्छन्। यसको अर्थ के हो? तिनीहरूलाई यस्तो सुहाउँदो तापक्रमको जीवनदेखि न्यास्रो लागेको छ र तिनीहरू अधीर भएका छन्, अनि तिनीहरूले अति नै धेरै आशिषहरू प्राप्त गरेका छन्। त्यसबाहेक, जीवनको लागि दिइएको यो नियमित वातावरणलाई मानवजातिले लगभग पूर्ण रूपमा नष्ट गरिसकेको छ, यसैले अब दक्षिणी ध्रुव र उत्तरी ध्रुवमा गएर अझ धेरै क्षति गर्न वा “नयाँ बाटो बनाउने‍” कुनै तरिका पत्ता लगाउने केही प्रकारको “अभियान” को खोजी गर्न सकिन्छ भन्‍ने तिनीहरूलाई लाग्छ। के यो मूर्खता होइन र? भन्‍नुको तात्पर्य, परमेश्‍वरले तिनीहरूका निम्ति सृष्टि गर्नुभएको सुन्दर घरलाई यस मानवजातिले तिनीहरूका पुर्खा शैतानको नेतृत्वमा लापर्बाही र स्वेच्छाचारी तरिकाले नष्ट गर्दै एकपछि अर्को गर्दै निरन्तर मूर्खतापूर्ण काम गर्छ। यो शैतानको काम हो। यसबाहेक, पृथ्वीमा मानवजातिको अस्तित्व केही हदसम्म खतरामा परेको देखेर, धेरै मानिसहरूले चन्द्रमामा गएर बाँच्‍ने उपाय स्थापित गर्ने चाहना गर्दै त्यहाँ जाने उपायहरूको खोजी गर्छन्। तर अन्ततः चन्द्रमामा अक्सिजनको अभाव छ। के मानवजाति अक्सिजनविना बाँच्‍न सक्छ? चन्द्रमामा अक्सिजनको अभाव भएको कारण मानिस त्यस ठाउँमा बस्‍न सक्दैन, तापनि मानिस त्यहाँ जाने चाहनामा दृढ छ। यस्तो व्यवहारलाई के भन्‍ने? यो पनि आत्म-विनाश हो, होइन र? चन्द्रमा हावाविनाको स्थान हो र यसको तापक्रम मानव अस्तित्वको निम्ति सुहाउँदो छैन—यसैले, यो परमेश्‍वरले मानिसको निम्ति छुट्याउनुभएको ठाउँ होइन।

अहिलेको हाम्रो विषय, अर्थात् तापक्रम मानिसहरूले आफ्नो दैनिक जीवनमा सामना गर्ने कुरा हो। तापक्रम सबै मानव शरीरले अनुभव गर्ने कुरा हो, तर तापक्रमको सुरुवात कसरी भयो वा मानव अस्तित्वको निम्ति सुहाउँदो हुनेगरि यसको नियन्त्रण कसले गर्छ भनेर कसैले सोच्दैन। अहिले हामी यही कुरा सिकिरहेका छौँ। के यसभित्र परमेश्‍वरको बुद्धि छ? के यसभित्र परमेश्‍वरको कार्य छ? (छ।) परमेश्‍वरले मानव अस्तित्वको निम्ति सुहाउँदो तापक्रमसहितको वातावरण सृष्टि गर्नुभयो भन्‍ने कुरामा विचार गर्दा, के यो सबै थोकको निम्ति उपलब्ध गराउने परमेश्‍वरका तरिकाहरूमध्ये एउटा होइन र? (हो।) यो एउटा तरिका हो।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वर स्वयम् अद्वितीय ८” बाट उद्धृत गरिएको

तपाईं र तपाईंको परिवार बाँच्ने बारेमा एउटा ठूलो कुरा: के तपाईं ठूला विपत्तिहरूमा कसरी सुरक्षा प्राप्त गर्ने र बच्ने भनेर सोच्नुहुन्छ? तलको बटनमा क्लिक गर्नुहोस् र तपाईंले बाटो पाउनुहुनेछ।

सम्बन्धित विषयवस्तु

मानवजातिका विभिन्न किसिमका जीवनशैलीहरूको कारणले सीमाहरू पैदा भएका हुन्

परमेश्‍वरले सबै थोकको सृष्टि गर्नुभयो र तिनीहरूको निम्ति सीमाहरू स्थापित गर्नुभयो; तीमध्येमा उहाँले सबै किसिमका जीवित प्राणीहरूको पालनपोषण...

परमेश्‍वरले विभिन्‍न चराचुरुङ्गी र जनावर, माछा, कीरा-फट्याङ्ग्रा, र सबै वनस्पतिहरूको लागि सीमाहरू तय गर्नुहुन्छ

परमेश्‍वरले तय गर्नुभएका यी सीमाहरूको कारण, विभिन्न भूभागहरूले अस्तित्वको निम्ति फरक किसिमका वातावरणहरू सृजना गरेका छन्, र अस्तित्वका लागि...

परमेश्‍वरले विभिन्न जातिहरूको बीचमा सीमाहरू तोक्‍नुभयो

… परमेश्‍वरले किन यसरी सीमाहरू तय गर्नुभयो? यो सबै मानवजातिको निम्ति अत्यन्तै महत्त्वपूर्ण कुरा हो—वास्तवमा नै धेरै महत्त्वपूर्ण कुरा हो!...

परमेश्‍वरले सबै थोक प्रदान गर्न र मानवजातिको अस्तित्वलाई कायम राख्‍न आफ्‍नो सर्वशक्तिमान् र बुद्धिमानी मार्गको प्रयोग गर्नुहुन्छ

हामीले भर्खरै कुन-कुन विषयहरूमा छलफल गर्‍यौं? हामीले मानिसले बसोबास गर्ने वातावरण र परमेश्‍वरले त्यो वातावरणको लागि गर्नुभएको कुरा र उहाँले...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्