सबै थोकप्रतिको परमेश्‍वरका नियमहरू अपरिहार्य रूपमा नै मानवजातिको अस्तित्वसँग जोडिएका छन्

13 अगस्ट 2021

यी कुराहरूको बारेमा केही बताइसकेपछि, के तिमीहरूले अहिले हामीले भर्खरै छलफल गरेको मुख्य विषयको बारेमा केही कुरा सिक्यौ? के तिमीहरूले यो कुरा बुझ्न सुरु गर्दै छौं भन्ने तिमीहरूलाई लाग्छ? मलाई विश्‍वास छ, किन मैले फराकिलो विषयअन्तर्गत यी पक्षहरूको बारेमा कुरा गर्ने निर्णय गरेँ भन्ने बारेमा अहिले तिमीहरूलाई मोटामोटी थाहा भइसकेको हुनुपर्छ। के तिमीहरूलाई मोटामोटी थाहा भएको छ त? सायद तिमीहरूले यसलाई कति बुझ्यौ भन्नेबारेमा अलिअलि कुरा गर्न सक्छौ। (मानवजाति सबैले परमेश्‍वरले यावत् थोकको लागि निर्धारण गर्नुभएको नियम-व्यवस्थाहरूद्वारा नै पोषण प्राप्त गर्दै आएको छ। जब परमेश्‍वरले यी नियम-व्यवस्थाहरू निर्धारण गर्दैहुनुहुन्थ्यो, तब उहाँले फरक-फरक जातिलाई फरक-फरक वातावरणहरू, फरक-फरक जीवनशैलीहरू, फरक-फरक खानाहरू र फरक-फरक हावापानी र तापक्रमहरू प्रदान गर्नुभयो। उहाँले यस्तो गर्नुभयो ताकि सम्पूर्ण मानवजाति पृथ्वीमा बसोबास गर्न र बाँच्न सकून्। यसबाट म मानवजातिको अस्तित्वको लागि परमेश्‍वरले बनाउनुभएका योजनाहरू एकदमै सटीक छन् भन्ने देख्न सक्छु, अनि म उहाँको बुद्धि र सिद्धता र मानिसहरूको लागि उहाँको प्रेम देख्न सक्छु।) (परमेश्‍वरले निर्धारित गर्नुभएको व्यवस्था र सीमाहरूलाई कुनै व्यक्ति, घटना वा अन्य कुराहरूले परिवर्तन गर्न सक्दैन। यो सबै उहाँको नियमअन्तर्गत पर्छ।) यावत् थोकको वृद्धिको लागि परमेश्‍वरले निर्धारण गर्नुभएको नियम-व्यवस्थाको दृष्टिकोणबाट हेर्दा के सम्पूर्ण मानवजातिलाई तिनीहरूको सारा विविधताहरूमा परमेश्‍वरद्वारा नै आपूर्ति र पोषण प्रदान गरिएको छैन र? यदि यी नियम-व्यवस्थाहरूलाई नष्ट गरियो वा यदि परमेश्‍वरले मानवजातिका लागि यी नियम-व्यवस्थाहरूलाई स्थापित नगर्नुभएको भए, मानवजातिको भविष्य कस्तो हुन्थ्यो? मानिसहरूले अस्तित्वको लागि आफ्नो आधारभूत वातावरणलाई गुमाएपछि, के तिनीहरूसँग खानाको कुनै स्रोत हुनेथियो र? खानाका स्रोतहरू समस्या बन्ने सम्भावना हुनेथियो। यदि मानिसहरूले आफ्नो खानाको स्रोत गुमाए भने, अर्थात्, यदि तिनीहरूले केही पनि खाने कुरा भेट्टाउन सकेनन् भने, तिनीहरू कति दिनसम्म निरन्तर बाँच्न सक्थे? सम्भवतः तिनीहरू एक महिना पनि टिक्न सक्‍नेथिएनन्, र तिनीहरूको अस्तित्व नै समस्या बन्‍नेथियो। त्यसकारण, मानिसहरू जीवित रहनको लागि, तिनीहरूको निरन्तर अस्तित्व, प्रजनन र जीविकाको लागि, परमेश्‍वरले गर्नुहुने हरेक काम एकदमै महत्वपूर्ण छ। परमेश्‍वरले उहाँको सृष्टिका वस्तुहरूमाझ गर्नुहुने हरेक काम मानवजातिको अस्तित्वसँग निकट रूपमा सम्बन्धित र अभिन्न छ। यदि मानवजातिको अस्तित्व समस्या बन्यो भने, के परमेश्‍वरको व्यवस्थापन निरन्तर रहन सक्थ्यो त? के परमेश्‍वरको व्यवस्थापन अझै अस्तित्वमा रहिरहन सक्थ्यो त? परमेश्‍वरको व्यवस्थापन उहाँले पोषण प्रदान गर्नुहुने सम्पूर्ण मानवजातिको अस्तित्वसँग सह-अस्तित्वमा रहन्छ, त्यसकारण उहाँले उहाँको सृष्टिका यावत् थोकमाझ जे-जस्तो तयारी गर्नुभए पनि र मानिसहरूको लागि जेसुकै गर्नुभए पनि, यी सबै कुरा उहाँको लागि आवश्यक छन् र ती कुराहरू मानवजातिको अस्तित्वको लागि अत्यावश्यक छन्। यदि यावत् थोकको लागि परमेश्‍वरले निर्धारित गर्नुभएका नियम-व्यवस्थाहरूलाई छोडियो भने, यदि यी नियम-व्यवस्थाहरूलाई उल्लंघन वा भङ्ग गरियो भने, सारा सृष्टि यसउप्रान्त अस्तित्वमा रहनेथिएन, मानवजाति जीवित रहनको लागि रहेको वातावरण निरन्तर अस्तित्वमा हुनेथिएन, न त तिनीहरूको दैनिक भरणपोषण न त मानवजाति आफै नै अस्तित्वमा रहन सक्‍नेथियो। यही कारणले गर्दा, परमेश्‍वरले गर्नुहुने मानवजातिको मुक्तिको व्यवस्थापन पनि अस्तित्वबाट हराउनेथियो।

हामीले छलफल गरेका हरेक कुरा, हरेक चीज, हरेक वस्तु हरेक व्यक्तिको अस्तित्वसँग घनिष्ठ रूपमा जोडिएको छ। तिमीहरूले भन्छौ होला, “तपाईंले भनिरहनुभएको कुरा अत्यन्तै विशाल छ, यो कुरा हामीले देख्न सक्ने कुरा होइन,” र सायद यसो भन्‍ने मानिसहरू पनि छन् होला, “तपाईंले जे भनिरहनुभएको छ त्यससँग मेरो कुनै सम्बन्ध छैन।” तथापि, यो कुरा नबिर्सी कि तँ यावत् थोकको एउटा भागको रूपमा बाँचिरहेको छस्; तँ परमेश्‍वरको शासनअन्तर्गत सृष्टि गरिएका यावत् थोकहरूमध्येको एक होस्। परमेश्‍वरका सृष्टिका कुराहरू उहाँको नियमबाट अलग गर्न सकिन्‍नन् र कुनै पनि व्यक्तिले आफैलाई उहाँको नियमबाट अलग गर्न सक्दैन। उहाँको नियम गुमाउनु र उहाँको प्रबन्ध गुमाउनुको अर्थ मानिसहरूका जीवनहरू, मानिसहरूका देहीय जीवनहरू गायब हुनु हो। मानवजातिको अस्तित्वको निम्ति परमेश्‍वरले वातावरणहरू स्थापना गर्नुको महत्त्व यही हो। तँ कुन जातिको होस् वा तँ कुन जमीनको टुक्रामा बस्छस् भन्‍ने कुराले केही महत्त्व राख्दैन, चाहे पश्‍चिम होस् वा पूर्व—तैँले परमेश्‍वरले मानवजातिको अस्तित्वको निम्ति स्थापना गर्नुभएको वातावरणबाट आफैलाई अलग गर्न सक्दैनस् र मानवहरूको अस्तित्वको निम्ति उहाँले स्थापना गर्नुभएको पालनपोषण र वातावरणको प्रबन्धदेखि तैँले आफैलाई अलग गर्न सक्दैनस्। तेरो जीविकोपार्जनको माध्यम जे सुकै भए तापनि, बाँच्‍नको निम्ति तैँले जेमा भर परे तापनि र देहमा तेरो जीवन धान्‍नको निम्ति तैँले जेमा भर परे तापनि, तैँले परमेश्‍वरको नियम र उहाँको व्यवस्थापनदेखि आफैलाई अलग गर्न सक्दैनस्। कतिपय मानिसहरूले भन्छन्: “म किसान होइन; म बाँच्नको लागि बाली लगाउँदिन। म आफ्नो खानाको लागि स्वर्गमा निर्भर हुँदिन, त्यसकारण परमेश्‍वरले स्थापना गर्नुभएको जीवन-अस्तित्वको वातावरणभित्र मेरो जीवनको अस्तित्व रहेको छैन। मलाई त्यस प्रकारको वातावरणले केही पनि दिएको छैन।” के त्यो सही हो? तँ भन्छस् कि तँ बाँच्नको लागि बाली लगाउँदैनस्, तर के तँ अन्न खाँदैनस् त? के तँ मासु र अण्डा खाँदैनस् त? अनि के तँ सागसब्जी र फलफूल खाँदैनस् त? तैँले खाने हरेक कुरा, तँलाई आवश्यक पर्ने सबै कुरा परमेश्‍वरले मानवजातिको लागि स्थापना गर्नुभएको जीवन-अस्तित्वको वातावरणसँग अभिन्न छन्। अनि मानवजातिलाई आवश्यक पर्ने सबै कुराहरूको स्रोत परमेश्‍वरले सृष्टि गर्नुभएका यावत् थोकहरूसँग अभिन्न छन्, र समग्र रूपमा यी सबै कुराहरू मिलेर तेरो जीवन-अस्तित्वको वातावरण बन्छ। तैँले पिउने पानी, तैँले लगाउने वस्‍त्र र तैँले प्रयोग गर्ने सबै कुराहरू—यीमध्ये कुनचाहिँ परमेश्‍वरको सृष्टिका कुराहरूबाट प्राप्त गरिँदैनन्? कतिपय मानिसहरू भन्छन्: “परमेश्‍वरको सृष्टिका कुराहरूबाट प्राप्त नगरिने कुराहरू पनि छन्। तपाईं हेर्नुस् न, प्लास्टिक तीमध्ये एउटा हो। यो रासायनिक पदार्थ हो, मानिसले बनाएको कुरा हो।” के त्यो सही हो? प्लास्टिक वास्तवमा मानिसले बनाएको हो, र यो एक रासायनिक पदार्थ हो, तर प्लास्टिक बन्ने मूल तत्वहरू कहाँबाट आए? ती मूल तत्वहरू परमेश्‍वरले सृष्टि गर्नुभएका पदार्थहरूबाट प्राप्त गरिएका थिए। तैँले देख्ने र आनन्द लिने कुराहरू, तैले प्रयोग गर्ने हरेक कुराहरू, ती सबै परमेश्‍वरले सृष्टि गर्नुभएका पदार्थहरूबाट प्राप्त गरिन्छन्। भन्नुको अर्थ, मानिस जुनसुकै जातिमा पर्ने भए पनि, तिनीहरूको जीविका जस्तोसुकै भए पनि वा तिनीहरू जुनसुकै प्रकारको जीवन-अस्तित्वको वातावरणमा बाँचे पनि, तिनीहरूले परमेश्‍वरले उपलब्ध गराउनुभएका कुराहरूबाट आफूलाई अलग्याउन सक्दैनन्। त्यसो भए, हामीले आज छलफल गरेका यी कुराहरू “सबै थोकका लागि जीवनको स्रोत परमेश्‍वर नै हुनुहुन्छ” भन्ने हाम्रो विषयसँग सम्बन्धित छन् त? के हामीले आज छलफल गरेका यी कुराहरू यो बृहत् विषयअन्तर्गत पर्छन्? (पर्छन्।) सायद मैले आज बताएकामध्ये केही कुराहरू अलि अमूर्त र छलफल गर्न गाह्रो होलान्। तथापि, मलाई लाग्छ, तिमीहरूले अहिले यसबारेमा अलि बढी बुझिसकेका छौ।

सबै थोकप्रतिको परमेश्‍वरका नियमहरू अपरिहार्य रूपमा नै मानवजातिको अस्तित्वसँग जोडिएका छन्

सङ्गतिका यी पछिल्ला केही समयहरूमा, हामीले सङ्गति गरेका विषयहरूको श्रृंखला अलि फराकिलो र तिनीहरूको क्षेत्र व्यापक रहँदै आएका छन्, त्यसैले तिमीहरूले यी सबैलाई बुझ्‍नको लागि केही प्रयत्न लगाउनुपर्ने हुन्छ। किनभने यी विषयहरू परमेश्‍वरप्रतिको मानिसहरूको विश्‍वासमा पहिले कहिल्यै पनि व्याख्या-विवेचना नगरिएका कुराहरू हुन्। केही मानिसहरूले यी कुराहरूलाई रहस्यको रूपमा सुन्दै आएका छन् अनि केही मानिसहरूले चाहिँ यिनलाई कथाको रूपमा सुन्दै आएका छन्—कुन दृष्टिकोणचाहिँ सही छ त? यी सबै कुरालाई तिमीहरूले कुन दृष्टिकोणबाट सुन्दै आएका छौ त? (हामीले देखेका छौं कि परमेश्‍वरले कति विधिवत् रूपमा उहाँको सृष्टिका यावत् थोकलाई व्यवस्थित रूपमा मिलाएर राख्नुभएको छ, र यावत् थोकको नियम-व्यवस्था छ, र यी वचनहरूमार्फत हामीले परमेश्‍वरका कार्यहरू र मानवजातिको मुक्तिको लागि उहाँका सावधानीपूर्ण बन्दोबस्तहरूलाई बुझ्न सक्छौं।) सङ्गतिका यी समयहरूमार्फत, के तिमीहरूले यावत् थोकमाथिको परमेश्‍वरको व्यवस्थापनको क्षेत्र कति टाढासम्म फैलिन्छ भन्ने देख्यौ त? (सम्पूर्ण मानवजातिमाथि, सबै कुरामाथि।) के परमेश्‍वर एउटा जातिको मात्रै परमेश्‍वर हुनुहुन्छ? के उहाँ एक प्रकारका मानिसहरूको मात्र परमेश्‍वर हुनुहुन्छ? के उहाँ मानवजातिको एक सानो भागको मात्र परमेश्‍वर हुनुहुन्छ? (होइन, उहाँ त्यस्तो हुनुहुन्न।) त्यस्तो अवस्था नभएको हुनाले, यदि परमेश्‍वरबारेको तिमीहरूको ज्ञानअनुसार उहाँ मानवजातिको एक सानो भागको मात्र परमेश्‍वर हुनुहुन्छ भने वा उहाँ केवल तिमीहरूको मात्र परमेश्‍वर हुनुहुन्छ भने, के यो दृष्टिकोण सही हुन्छ त? परमेश्‍वरले यावत् थोकको व्यवस्थापन र तीमाथि शासन गर्नुहुने भएकोले, मानिसहरूले यावत् थोकमाथिको उहाँको शासनमा प्रकट हुने उहाँका कार्यहरू, उहाँको बुद्धि, र उहाँको सर्वशक्तिमान्‌तालाई देख्नुपर्छ। यो कुरा मानिसहरूले जान्नुपर्ने कुरा हो। यदि तैँले परमेश्‍वरले यावत् थोकको व्यवस्थापन र सम्पूर्ण मानवजातिमाथि शासन गर्नुहुन्छ भनेर भन्छस् तर तँसँग मानवजातिमाथिको उहाँको शासनको बारेमा कुनै अन्तर्दृष्टि छैन भने, के तैँले परमेश्‍वरले यावत् थोकमाथि शासन गर्नुहुन्छ भनी साँचो रूपले स्वीकार गर्न सक्छस् र? तैँले आफ्नो हृदयमा सोच्न सक्छस्, “म सक्छु, किनभने मैले मेरो जीवनलाई सम्पूर्ण रूपमा परमेश्‍वरले शासन गर्नुभएको देख्छु।” तर के परमेश्‍वर साँच्‍चै त्यति सानो हुनहुन्छ? होइन, उहाँ सानो हुनुहुन्न! तैँले केवल तेरो निम्ति परमेश्‍वरले प्रदान गर्नुहुने मुक्ति देख्छस्, तँमा उहाँले गर्नुहुने काम देख्छस् र तैँले यी कुराहरूबाट मात्रै उहाँको शासनलाई देख्छस्। यो त क्षेत्रको हिसाबमा अति सानो छ र यसले परमेश्‍वरबारेको साँचो ज्ञानको लागि तेरा भावी सम्भावनाहरूमा हानिकारक प्रभाव पार्छ। यसले यावत् थोकमाथिको परमेश्‍वरको शासनबारेको तेरो साँचो ज्ञानलाई पनि सीमित तुल्याउँछ। यदि तैँले परमेश्‍वरबारेको तेरो ज्ञानलाई परमेश्‍वरले तेरो लागि प्रबन्ध गर्नुहुने कुराहरू र तँलाई उहाँले प्रदान गर्नुहुने मुक्तिमा मात्रै सीमित गर्छस् भने, उहाँले हरेक कुरामाथि शासन गर्नुहुन्छ, उहाँले यावत् थोकमाथि शासन गर्नुहुन्छ र उहाँले सम्पूर्ण मानवजातिमाथि शासन गर्नुहुन्छ भन्ने कुरालाई तैँले कहिल्यै पनि पहिचान गर्न सक्नेछैनस्। जब तैँले यी सबै कुराहरूलाई पहिचान गर्न असफल हुन्छस्, तब के साँच्चै नै तैँले तेरो नियतिमाथि परमेश्‍वरले शासन गर्नुहुन्छ भन्ने तथ्यलाई पहिचान गर्न सक्छस् त? अहँ, तैँले सक्दैनस्। तेरो हृदयमा तैँले कहिल्यै पनि त्यो पक्षलाई पहिचान गर्न सक्नेछैनस्—तँ कहिल्यै पनि बुझाइको त्यति उच्च तहमा पुग्न सक्नेछैनस्। मैले जे भनिरहेको छु त्यो तैँले बुझ्दैछस्, हो? वास्तवमा, तिमीहरूले यी विषयहरूको बारेमा, मैले बोलिरहेको यो विषयवस्तुको बारेमा, कति हदसम्म बुझ्न सक्छौ भन्ने मलाई थाहा छ, त्यसो भए म किन यसबारेमा निरन्तर बोलिरहेको छु त? किनभने यी विषयहरू परमेश्‍वरलाई पछ्याउने हरेक व्यक्तिले, परमेश्‍वरबाट मुक्ति प्राप्त गर्न चाहने हरेक व्यक्तिले बुझ्‍नुपर्ने कुराहरू हुन्—यी विषयहरूलाई बुझ्नु अत्यावश्यक छ। यस क्षणमा तैँले यी कुराहरूलाई नबुझ्ने भए पनि, कुनै दिन जब तेरो जीवन र सत्यता सम्‍बन्धी तेरो अनुभव कुनै निश्चित तहमा पुग्छ, जब तेरो जीवन स्वभावको परिवर्तन कुनै निश्चित तहमा पुग्छ र तैँले कुनै निश्चित कद हासिल गर्छस्, तब मात्र सङ्गतिमा मैले कुरा गरिरहेका यी विषयहरूले परमेश्‍वरबारेको ज्ञानको तेरो खोजीलाई साँचो रूपले भरणपोषण र परिपूर्णता प्रदान गर्छन्। यसकारण, यी वचनहरू यावत् थोकमाथि परमेश्‍वरले शासन गर्नुहुन्छ भन्नेबारे तिमीहरूको भावी बुझाइको लागि र परमेश्‍वर स्‍वयम्‌बारेको तिमीहरूको बुझाइको लागि जग बसाल्न र तिमीहरूलाई तयार गर्नको लागि हुन्।

मानिसहरूका हृदयहरूमा परमेश्‍वरबारेको बुझाइ जति धेरै हुन्छ, उहाँको स्थान पनि तिनीहरूको हृदयहरूमा त्यति नै मात्रामा रहन्छ। तिनीहरूका हृदयहरूमा परमेश्‍वर बारेको ज्ञानको परिमाण जति ठूलो हुन्छ, परमेश्‍वर पनि तिनीहरूको हृदयहरूमा त्यति नै ठूलो हुनुहुन्छ। यदि तैँले जानेको परमेश्‍वर खाली र अस्पष्ट हुनुहुन्छ भने तैँले विश्‍वास गरेको परमेश्‍वर पनि खाली र अस्पष्ट नै हुनुहुन्छ। तैँले जानेको परमेश्‍वर तेरो आफ्नै व्यक्तिगत जीवनको आयाममा सीमित हुनुहुन्छ र साँचो परमेश्‍वर स्वयम्‌सँग त्यसको कुनै सम्बन्ध नै छैन। त्यसैले, परमेश्‍वरका व्यवहारिक कार्यहरू जान्‍नु, परमेश्‍वरको वास्तविकता र उहाँको सर्वशक्तिमान्‌ता जान्‍नु, परमेश्‍वर स्वयम्‌को साँचो पहिचान जान्‍नु, उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ सो जान्‍नु, उहाँका सृष्टिका सबै थोकहरूको माझमा उहाँले प्रकट गर्नुभएका कार्यहरू जान्‍नु—यी कुराहरू परमेश्‍वरको ज्ञानलाई पच्छ्याउने हरेक व्यक्तिको निम्ति धेरै महत्त्वपूर्ण छन्। मानिसहरू सत्य वास्तविकतामा प्रवेश गर्न सक्छन् कि सक्दैनन् भन्‍ने बारेमा तिनीहरूको प्रत्यक्ष सम्बन्ध छ। यदि तैँले परमेश्‍वरबारेको तेरो बुझाइलाई वचनहरूमा मात्र सीमित गरिस् भने, यदि तैँले यसलाई तेरो आफ्नै थोरै अनुभवहरूमा, परमेश्‍वरको अनुग्रह के हो भनेर तैँले ठानेको कुरामा वा परमेश्‍वरबारेको तेरो थोरै गवाहीहरूमा सीमित गरिस् भने, म त भन्छु तैँले विश्‍वास गरेको परमेश्‍वर कदापि साँचो परमेश्‍वर स्वयम्‌ हुनुहुन्‍न। यति मात्र होइन, बरु यसो पनि भन्‍न सकिन्छ कि तैँले विश्‍वास गरेको परमेश्‍वर काल्पनिक परमेश्‍वर हुनुहुन्छ, साँचो परमेश्‍वर हुनुहुन्न। यो यस कारणले हो कि साँचो परमेश्‍वर उहाँ नै हुनुहुन्छ जसले हरेक थोकमाथि शासन गर्नुहुन्छ, हरेक थोकको माझमा हिँड्नुहुन्छ र हरेक थोकको व्यवस्थापन गर्नुहुन्छ। सारा मानवजाति र उहाँका हातमा भएका हरेक थोकको नियति सम्हाल्‍ने उहाँ नै हुनुहुन्छ। मैले बताइरहेको परमेश्‍वरका काम र कार्यहरू मानिसहरूको सानो हिस्सामा मात्र सीमित छैनन्। अर्थात्, ती अहिले उहाँलाई पच्छ्याउने मानिसहरूमा मात्र सीमित छैनन्। उहाँका कार्यहरू सबै थोकहरूको माझमा, सबै थोकहरूको अस्तित्वमा र सबै थोकहरूको परिवर्तनको नियमहरूमा प्रकट गरिएका छन्।

यदि तैँले परमेश्‍वरका सृष्टिका सबै थोकहरूको माझमा उहाँका कार्यहरूलाई देख्‍न वा पहिचान गर्न सक्दैनस् भने, तँ उहाँका कुनै पनि कार्यहरूको गवाही बन्‍न सक्दैनस्। यदि तँ परमेश्‍वरको निम्ति गवाही बन्‍न सक्दैनस् भने, यदि तैँले आफूले जानेको, तेरो आफ्नै विचारहरूमा र तेरो मनको साँघुरो सिमानाभित्र सीमित, सानो “परमेश्‍वर” भनाउँदाको बारेमा निरन्तर बोल्छस् भने, यदि तैँले त्यस्तो परमेश्‍वरको बारेमा निरन्तर बोल्छस् भने, परमेश्‍वरले तेरो विश्‍वासको कहिले पनि प्रशंसा गर्नुहुनेछैन। जब तँ परमेश्‍वरको गवाही बन्‍छस्, यदि तैँले परमेश्‍वरको अनुग्रहमा कसरी आनन्द लिन्छस्, उहाँको अनुशासन र ताडनालाई तैँले कसरी स्वीकार गर्छस्, उहाँबारेको तेरो गवाहीमा उहाँका आशिष्‌हरूमा कसरी आनन्द लिन्छस् भन्‍ने आधारमा मात्र तैँले यसो गरिस् भने, तब त्यो कुनै पनि हालतमा यथेष्ट हुँदैन र उहाँलाई सन्तुष्टि दिने कुराको नजिक पनि हुँदैन। यदि तँ उहाँको इच्छासँग मेल खाने तवरले परमेश्‍वरको गवाही बन्‍न चाहन्छस भने, साँचो परमेश्‍वर स्वयम्‌को गवाही बन्‍न चाहन्छस् भने, तैँले उहाँका कार्यहरूबाट परमेश्‍वरसँग जे छ र परमेश्‍वर जो हुनुहुन्छ सो देख्‍नुपर्छ। उहाँले हरेक थोकलाई नियन्त्रणमा लिनुभएको कुराबाट तैँले परमेश्‍वरको अधिकार देख्‍नुपर्छ र उहाँले सारा मानवजातिको निम्ति कसरी प्रबन्ध गर्नुहुन्छ भन्‍ने सत्यता देख्‍नुपर्छ। तेरो दैनिक जीविका र तेरो जीवनका आवश्यकताहरू परमेश्‍वरबाट आउँछन् भन्‍ने कुरा मात्र तैँले स्वीकार गरिस्, तर परमेश्‍वरले सारा मानवजातिको प्रबन्धको निम्ति उहाँका सृष्टिका सबै थोकहरू लिनुभएको छ भन्‍ने सत्यता र सबै थोकहरूमाथि शासन गर्दै उहाँले सबै मानवजातिको नेतृत्व गर्दै हुनुहुन्छ भन्‍ने कुरालाई देख्‍दैनस् भने तैँले कहिल्यै पनि परमेश्‍वरको गवाही दिन सक्नेछैनस्। यो सबै भन्‍नु पछाडिको मेरो उद्देश्य के हो त? मैले यस्तो गरेँ ताकि तिमीहरूले यसलाई हलुका रूपमा नलेओ, मैले बोलेका यी विषयहरूलाई तिमीहरूका व्यक्तिगत जीवनमा प्रवेश सम्बन्धमा अप्रासंगिक छन् भनेर गलत तवरले विश्‍वास नगर र यी विषयहरूलाई एक किसिमको ज्ञान वा सिद्धान्तको रूपमा मात्र नलेओ। यदि मैले भनेको कुरालाई त्यस किसिमको मनोवृत्तिको साथ सुन्यौ भने, तिमीहरूले एउटा कुरा पनि प्राप्त गर्नेछैनौ। तिमीहरूले परमेश्‍वरलाई चिन्‍ने यो महान् मौकालाई गुमाउनेछौ।

यी सबै कुराहरू बताउनुपछाडिको मेरो उद्देश्य के हो त? मेरो उद्देश्य भनेको मानिसहरूलाई परमेश्‍वर चिन्ने तुल्याउनु हो, मानिसहरूलाई परमेश्‍वरका व्यावहारिक कार्यहरू बुझ्ने तुल्याउनु हो। जब तैँले परमेश्‍वर र उहाँका कार्यहरूलाई बुझ्छस्, तब मात्र तैँले उहाँलाई चिन्ने अवसर पाउँछस् वा तैँले उहाँलाई चिन्ने सम्भावना हुन्छ। उदाहरणको लागि, यदि तैँले कुनै व्यक्तिलाई चिन्न चाहन्छस् भने, तैँले उसलाई कसरी बुझ्थिस्? के त्यो तिनीहरूको बाह्य रूपलाई हेरेर हुन्थ्यो? के त्यो तिनीहरूले के-कस्तो कपडा लगाउँछन् वा के-कसरी कपडा लगाउँछन् भनी हेरेर हुन्थ्यो? के यो तिनीहरू कसरी हिँड्छन् त्यसलाई हेरेर हुन्थ्यो? के त्यो तिनीहरूको ज्ञानको दायरालाई हेरेर हुन्थ्यो? (होइन।) त्यसो भए, तँ कुनै व्यक्तिलाई कसरी बुझ्छस्? तैँले व्यक्तिको बोली र व्यवहार, तिनीहरूको विचार र तिनीहरूले व्यक्त गर्ने वा तिनीहरू आफैले प्रकट गर्ने कुराहरूलाई हेरेर त्यसको आधारमा तिनीहरूको मूल्याङ्कन गर्छस्। यसप्रकार तैँले कुनै व्यक्तिलाई चिन्न पुग्छस्, कुनै व्यक्तिलाई बुझ्न पुग्छस्। त्यसै गरी, यदि तिमीहरूले परमेश्‍वरलाई चिन्न चाहन्छौ भने, यदि तिमीहरू उहाँको व्यावहारिक पक्ष, उहाँको साँचो पक्षलाई बुझ्न चाहन्छौ भने, तिमीहरूले उहाँलाई उहाँका कार्यहरूमार्फत र उहाँले गर्नुहुने हरेक व्यावहारिक कुराहरूमार्फत चिन्नुपर्छ। यो नै सर्वोत्तम तरिका हो, र यो एक मात्र तरिका हो।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वर स्वयम् अद्वितीय ९” बाट उद्धृत गरिएको

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरले मानवजातिको जीवनको निम्ति सृष्टि गर्नुहुने आधारभूत वातावरण: तापक्रम

हामीले छलफल गर्ने दोस्रो कुरा तापक्रम हो। तापक्रम के हो भन्‍ने कुरा सबैलाई थाहा छ। तापक्रम मानव अस्तित्वको निम्ति चाहिने सुहाउँदो वातावरणको...

परमेश्‍वरले मानवजातिको जीवनको निम्ति सृष्टि गर्नुहुने आधारभूत वातावरण: हावा

सर्वप्रथम, मानिसले सास फेर्न सकोस् भनेर परमेश्‍वरले हावाको सृष्टि गर्नुभयो। हावा मानवजातिले दैनिक रूपमा सम्पर्क गर्न सक्‍ने पदार्थ हो र यो...

मानवजातिका विभिन्न किसिमका जीवनशैलीहरूको कारणले सीमाहरू पैदा भएका हुन्

परमेश्‍वरले सबै थोकको सृष्टि गर्नुभयो र तिनीहरूको निम्ति सीमाहरू स्थापित गर्नुभयो; तीमध्येमा उहाँले सबै किसिमका जीवित प्राणीहरूको पालनपोषण...

परमेश्‍वरले विभिन्‍न चराचुरुङ्गी र जनावर, माछा, कीरा-फट्याङ्ग्रा, र सबै वनस्पतिहरूको लागि सीमाहरू तय गर्नुहुन्छ

परमेश्‍वरले तय गर्नुभएका यी सीमाहरूको कारण, विभिन्न भूभागहरूले अस्तित्वको निम्ति फरक किसिमका वातावरणहरू सृजना गरेका छन्, र अस्तित्वका लागि...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्