परमेश्‍वरद्वारा गरिएको र बाइबलमा भएको अय्यूबको मूल्याङ्कन

13 अगस्ट 2021

अय्यूब १:१ ऊज देशमा एक जना मानिस थिए, जसको नाम अय्यूब थियो; र त्यस मानिस सिद्ध र धर्मी थिए अनि तिनी परमेश्‍वरको भय मान्थे र दुष्टताबाट अलग बस्थे।

अय्यूब १:५ अनि भोजका दिन सकिएपछि अय्यूबले तिनीहरूलाई शुद्ध पार्थे, अनि बिहान सबैरै उठ्थे र ती सबैका सङ्ख्याबमोजिम होमबली चढाउँथे: किनकि अय्यूबले भन्थे, मेरा छोराहरूले पाप गरे होलान् र तिनीहरूका हृदयमा परमेश्‍वरलाई सरापे होलान्। अय्यूबले निरन्तर यसो गर्थे।

अय्यूब १:८ अनि यहोवाले शैतानलाई भन्नुभयो, के तैँले मेरो सेवक अय्यूबलाई विचार गरेको छस्, त्योजस्तो सिद्ध र सोझो, परमेश्‍वरको भय मान्ने र दुष्टताबाट दूर रहने पृथ्वीमा कोही पनि छैन?

तिमीहरूले यी खण्डहरूमा देख्ने मुख्य बुँदा के छ? धर्मशास्त्रका यी तीन संक्षिप्त खण्डहरू सबै अय्यूबसँग सम्बन्धित छन्। संक्षिप्त भए पनि, तिनी कस्ता किसिमका व्यक्ति थिए भनी यी खण्डहरूले स्पष्ट रूपमा बताउँछन्। अय्यूबको दैनिक व्यवहार र तिनको आचरणको विवरणमार्फत यी खण्डहरूले सबैलाई के कुरा बताउँछन् भने परमेश्‍वरले अय्यूबको बारेमा गर्नुभएको मूल्याङ्कन आधारहीन थिएन तर राम्रो जगमाथि बसालिएको थियो। यी खण्डहरूले हामीलाई चाहे अय्यूबको बारेमा मानिसले गरेको मूल्याङ्कन होस् (१:१), वा तिनको बारेमा परमेश्‍वरले गर्नुभएको मूल्याङ्कन (अय्यूब १:८), ती अय्यूबले परमेश्‍वर र मानिस, दुवैको अगि गरेका कार्यहरूका परिणाम हुन् (अय्यूब १:५) भन्‍ने कुरा बताउँछन्।

पहिले हामी यो खण्ड पढौं: “ऊज देशमा एक जना मानिस थिए, जसको नाम अय्यूब थियो; र त्यस मानिस सिद्ध र धर्मी थिए अनि तिनी परमेश्‍वरको भय मान्थे र दुष्टताबाट अलग बस्थे।” यो अय्यूबको बारेमा बाइबलमा गरिएको पहिलो मूल्याङ्कन हो, र यो वाक्य, लेखक आफैले गरेको अय्यूबको मूल्याङ्कन हो। स्वाभाविक रूपमा, यसले मानिसले गरेको अय्यूबको मूल्याङ्कनको पनि प्रतिनिधित्व गर्दछ, जुन हो “त्यस मानिस सिद्ध र धर्मी थिए अनि तिनी परमेश्‍वरको भय मान्थे र दुष्टताबाट अलग बस्थे।” अर्को, हामी परमेश्‍वरले गर्नुभएको अय्यूबको मूल्याङ्कन पढौं: “तिनी जस्तो सिद्ध र सोझो, परमेश्‍वरको भय मान्ने र दुष्टताबाट दूर रहने पृथ्वीमा कोही पनि छैन” (अय्यूब १:८)। ती दुईमध्ये एउटा मानिसबाट आयो, र अर्को परमेश्‍वरबाटको थियो; ती एउटै विषयवस्तु भएका दुईवटा मूल्याङ्कन हुन्। त्यसैले यो देख्न सकिन्छ, कि अय्यूबको व्यवहार र आचरण मानिसले जान्दथ्यो र परमेश्‍वरद्वारा प्रशंसा गरिएको थियो। अर्को शब्दमा भन्दा, मानिसको अगि र परमेश्‍वरको अगि अय्यूबको आचरण एकसमान थियो; तिनले हरसमय आफ्नो व्यवहार र अभिप्राय सधैँ परमेश्‍वरको सामु राख्थे, यसैले कि ती परमेश्‍वरले अवलोकन गर्नुभएको होस्, र तिनी यस्तो व्यक्ति थिए जसले परमेश्‍वरको भय मान्थे र जो खराबीबाट टाढा बस्थे। यसरी, परमेश्‍वरको नजरमा, पृथ्वीका मानिसहरूमा अय्यूब मात्र सिद्ध र सोझा थिए, जसले परमेश्‍वरको भय मान्थे र जो खराबीबाट टाढा बस्थे।

अय्यूबले तिनको दैनिक जीवनमा परमेश्‍वरको भय मानेका र खराबीबाट टाढा बसेका सम्‍बन्धी विशेष प्रकटीकरणहरू

परमेश्‍वरद्वारा गरिएको र बाइबलमा भएको अय्यूबको मूल्याङ्कन

यसपछि, हामी अय्यूबले परमेश्‍वरको भय मानेका र खराबीबाट टाढा रहेका सम्‍बन्धी विशेष प्रकटीकरणहरूलाई हेरौं। यसभन्दा अघि र पछिका खण्डहरू बाहेक हामी अय्यूब १:५ पनि पढौं, जुन अय्यूबले परमेश्‍वरको भय मानेका र खराबीबाट टाढा बसेका बारेमा रहेको एउटा विशेष अभिव्यक्ति हो। यो कुरा तिनले आफ्नो दैनिक जीवनमा कसरी परमेश्‍वरसँग डराउँथे र खराबीबाट टाढा बस्थे भन्ने कुरासित सम्बन्धित छ; सबैभन्दा मुख्य कुरा, तिनले परमेश्‍वरको भय मान्न र खराबीबाट टाढा बस्नका लागि जे गर्नुपर्थ्यो त्यो मात्र गरेनन्, तर आफ्ना छोराछोरीहरूका लागि नियमित रूपमा परमेश्‍वरलाई होमबलि पनि चढाए। तिनीहरूले भोज खाँदा “पाप गरे होलान् र तिनीहरूका हृदयमा परमेश्‍वरलाई सरापे होलान्” कि भनी तिनी डराउँथे। अय्यूबमा यो डर कसरी प्रकट भयो? मूल पाठले निम्न विवरण दिन्छ: “अनि भोजका दिन सकिएपछि अय्यूबले तिनीहरूलाई शुद्ध पार्थे, अनि बिहान सबैरै उठ्थे र ती सबैका सङ्ख्याबमोजिम होमबली चढाउँथे।” अय्यूबको आचरणले हामीलाई के देखाउँछ भने, परमेश्‍वरप्रतिको तिनको भय तिनको बाहिरी आचरणमा प्रकट हुनुको सट्टामा तिनको हृदय भित्रबाट आएको थियो र परमेश्‍वरप्रतिको तिनको भय तिनको दैनिक जीवनको हरेक पक्षमा हरसमय पाउन सकिन्थ्यो, किनकि तिनले आफैलाई खराबीबाट अलग मात्र राखेनन्, तर आफ्ना छोराछोरीहरूको पक्षमा होमबलिहरू पनि चढाउँथे। अर्को शब्दमा भन्दा, अय्यूब परमेश्‍वरको विरुद्धमा पाप गर्ने र आफ्नै हृदयमा परमेश्‍वरलाई इन्कार गर्ने बारेमा गहन रूपमा डराउने मात्र होइन, तर तिनका छोराछोरीहरूले परमेश्‍वरको विरुद्धमा पाप गरे होलान् र उनीहरूका हृदयमा उहाँलाई इन्कार गरे होलान् भनेर पनि चिन्तित हुन्थे। यसबाट देख्न सकिन्छ, कि परमेश्‍वरप्रतिको अय्यूबको भयको सत्यता जाँचमा खडा हुन्छ, र यो कुनै पनि मानिसको शङ्काभन्दा पर छ। तिनले यो काम कहिलेकहीँ गर्थे वा बारम्बार गर्थे? पाठको अन्तिम वाक्य यस्तो छ, “अय्यूबले निरन्तर यसो गर्थे।” यी शब्दहरूको अर्थ यो हो कि अय्यूबले कहिलेकहीँ वा तिनलाई मन लागेका बेला मात्र गएर आफ्ना छोराछोरीहरूलाई हेर्दैनथे, न त तिनले प्रार्थनामार्फत परमेश्‍वरको सामने स्वीकार नै गर्थे। बरु, तिनले आफ्ना छोराछोरीहरूलाई नियमित रूपमा पवित्र हुन पठाउँथे र तिनीहरूका लागि होमबलि चढाउँथे। यहाँ “निरन्तर रूपमा” भन्ने शब्दको अर्थ तिनले एक वा दुई दिन, वा एक क्षणका लागि त्यसो गर्थे भन्ने हुँदैन। यसले के भनिरहेको छ भने परमेश्‍वरप्रतिको अय्यूबको डर अस्थायी थिएन, र यो ज्ञान वा बोलेका वचनहरूमा सीमित थिएन; त्यसको साटो, परमेश्‍वरको भय मान्ने र खराबीबाट टाढा बस्ने मार्गले तिनको हृदयलाई मार्गनिर्देशित गरेको थियो, त्यसले तिनको व्यवहारलाई निर्देशित गरेको थियो, र उनको हृदयमा नै यो तिनको अस्तित्वको मूल थियो। तिनले निरन्तर यो कुरा गर्थे भन्‍ने तथ्यले के देखाउँदछ भने, तिनको हृदयमा प्रायजसो तिनी आफैले पनि परमेश्‍वरको विरुद्धमा पाप गर्लान् भनी डराउँथे र आफ्ना छोराछोरीहरूले पनि परमेश्‍वरको विरुद्ध पाप गर्छन् होला भनी डराउँथे। यसले तिनको हृदयमा परमेश्‍वरको भय मान्ने र खराबीबाट टाढा बस्ने कुराको वजन कति थियो भन्‍ने कुरालाई दर्साउँछ। तिनले निरन्तर यो काम गरे, किनकि तिनको हृदयमा भय र डर थियो—तिनले परमेश्‍वरको विरुद्धमा खराबी र पाप गरे कि अनि तिनी परमेश्‍वरको मार्गबाट तर्केर गए कि र त्यसरी परमेश्‍वरलाई सन्तुष्ट तुल्याउन सक्दैनन् कि भनी डराउँथे। यसको साथसाथै, तिनी आफ्ना छोराछोरीले परमेश्‍वरलाई रिस उठाए कि भनी तिनीहरूको विषयमा पनि चिन्तित हुन्थे। अय्यूबको दैनिक जीवनमा तिनको सामान्य आचरण यस्तो थियो। तिनको यही सामान्य आचरणले प्रमाणित गर्दछ कि अय्यूब परमेश्‍वरसँग डराउँथे र खराबीबाट अलग बस्थे भन्‍ने कुरा केवल खोक्रा शब्दहरू मात्र थिएनन्, अय्यूब वास्तवमा नै त्यस्तो वास्तविकतामा जिउँथे। “अय्यूबले निरन्तर यसो गर्थे”: यी शब्दहरूले हामीलाई परमेश्‍वरको सामु अय्यूबको दैनिक कार्यहरूको बारेमा बताउँछ। जब तिनले निरन्तर त्यसो गरे, के तिनको व्यवहार र तिनको हृदय परमेश्‍वरको सामने पुग्यो? अर्को शब्दमा, के परमेश्‍वर तिनको हृदय र तिनको व्यवहारबाट प्रायजसो प्रसन्न बन्‍नुहुन्थ्यो? त्यसोभए, अय्यूबले कुन अवस्थामा र कुन सन्दर्भमा निरन्तर त्यसो गरिरहे? केही मानिसहरूले भन्छन् कि परमेश्‍वर घरीघरी अय्यूबको सामु देखा पर्नुहुन्थ्यो त्यसैले तिनले त्यस्तो व्यवहार गर्थे; कोही भन्छन् तिनमा खराबीबाट अलग रहने इच्छा भएकोले तिनले निरन्तर त्यसो गरे; र कोही भन्छन् कि सायद तिनको धन-सम्पत्ति सजिलै प्राप्त भएको थिएन भन्‍ने तिनलाई लाग्थ्यो, र त्यो तिनलाई परमेश्‍वरले दिनुभएको हो भन्‍ने तिनी जान्दथे, त्यसैले उनी परमेश्‍वरको विरुद्ध पाप गर्दा वा उहाँलाई दुःखी बनाउँदा त्यो सम्पत्ति गुमाउनु पर्ला भनी साह्रै डराएका थिए। के यी दाबीहरूमध्ये कुनै सत्य छ? स्पष्ट छ, सत्य छैन। किनकि, परमेश्‍वरको नजरमा अय्यूबको बारेमा परमेश्‍वरले जे कुरालाई स्विकार्नुभयो र कदर गर्नुभयो त्यो तिनले सो निरन्तर गरे भन्‍ने तथ्य थिएन; त्यो भन्दा पनि बढी, तिनलाई शैतानको हातमा सुम्पिँदा र तिनको परीक्षा हुँदा परमेश्‍वर, मानिस र शैतानको सामु तिनको आचरण कस्तो थियो त्यही नै परमेश्‍वरले स्वीकार र कदर गर्नुभएको कुरा थियो। तलका खण्डहरूले अत्यन्त पत्यारिला प्रमाणहरू प्रदान गर्छन्, त्यस्ता प्रमाणहरू जसले हामीलाई परमेश्‍वरले गर्नुभएको अय्यूबको मूल्याङ्कनको सत्यता देखाउँदछ। यसपछि, हामी धर्मशास्त्रका निम्न खण्डहरू पढौं।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २” बाट उद्धृत गरिएको

तपाईं र तपाईंको परिवार बाँच्ने बारेमा एउटा ठूलो कुरा: के तपाईं ठूला विपत्तिहरूमा कसरी सुरक्षा प्राप्त गर्ने र बच्ने भनेर सोच्नुहुन्छ? तलको बटनमा क्लिक गर्नुहोस् र तपाईंले बाटो पाउनुहुनेछ।

सम्बन्धित विषयवस्तु

परमेश्‍वर मानिसबाट लुक्नुभएको भए पनि, सबै थोकमा भएका उहाँका कामहरू नै उहाँलाई जान्नका निम्ति पर्याप्त छन्

अय्यूबले परमेश्‍वरको अनुहार देखेका थिएनन् वा परमेश्‍वरले बोल्नुभएका वचनहरू सुनेका थिएनन्, व्यक्तिगत रूपमा तिनले परमेश्‍वरको कामको अनुभव...

अय्यूबले परमेश्‍वरको नाउँलाई धन्यको भन्छन् र आशिषहरू वा विपत्तिको बारेमा सोच्दैनन्

त्यहाँ एउटा तथ्य छ जुन तथ्यलाई धर्मशास्त्रमा उल्‍लेख गरिएको अय्यूबका कथाहरूमा कहीँ पनि समावेश गरिएको छैन, र आज हामी यही तथ्यमा ध्यान...

अय्यूबको विषयमा (भाग एक)

अय्यूबले कसरी परीक्षाहरूको सामना गरे भन्ने कुरा सिकिसकेपछि, तिमीहरूमध्ये धेरैले अय्यूबको बारेमा अझ बढी जानकारीहरू पाउन चाहनेछौ, विशेष गरी...

आफ्‍नो परीक्षापछि अय्यूब

अय्यूब ४२:७-९ अनि यस्तो भयो, यहोवाले अय्यूबसँग यी वचनहरू बोल्नुभएपछि, यहोवाले एलीपज तेमानीलाई भन्नुभयो, मेरो क्रोध तँ र तेरा मित्रहरूको...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्