ख्रीष्ट नै सत्यता, बाटो र जीवन हुनुहुन्छ भनेर कसरी जान्ने

14 अगस्ट 2021

सन्दर्भका लागि बाइबल पदहरू:

“प्रारम्‍भमा वचन हुनुहुन्थ्यो, र वचन परमेश्‍वरसँग हुनुहुन्थ्यो, र वचन नै परमेश्‍वर हुनुहुन्थ्यो। उहाँ प्रारम्भमा परमेश्‍वरसँग हुनुहुन्थ्यो” (यूहन्ना १:१-२)

“येशूले उसलाई भन्‍नुभयो, म बाटो, सत्य र जीवन हुँ। मद्वारा बाहेक कुनै पनि मानिस पिताकहाँ आउँदैन” (यूहन्‍ना १४:६)

“मैले तिमीहरूलाई भनेका वचनहरू, ती आत्मा हुन्, र ती जीवन हुन्” (यूहन्‍ना ६:६३)

परमेश्‍वरका प्रासंगिक वचनहरू:

आखिरी दिनहरूका ख्रीष्‍टले जीवन ल्याउनुहुन्छ, अनि सत्यको नित्य रहने र अनन्‍त बाटो ल्याउनुहुन्छ। मानिसले जीवन प्राप्त गर्ने मार्ग यही सत्य नै हो, र यो एक मात्र मार्ग हो जसद्वारा मानिसले परमेश्‍वरलाई चिन्‍नेछ र परमेश्‍वरद्वारा स्वीकार गरिनेछ। यदि तँ आखिरी दिनहरूका ख्रीष्‍टले प्रदान गर्नुभएको जीवनको खोजी गर्दैनस् भने, तैँले कहिल्यै पनि येशूको स्वीकृती प्राप्त गर्नेछैनस्, र स्वर्गको राज्यको ढोकामा प्रवेश गर्न कहिल्यै पनि योग्य हुनेछैनस्, किनभने तँ इतिहासको कठपुतली र कैदी दुवै होस्। नियमहरूको, अक्षरहरूको नियन्त्रणमा हुनेहरू, र इतिहासको बन्धनमा बाँधिनेहरूले कहिल्यै पनि जीवन प्राप्त गर्न सक्‍नेछैनन् न त जीवनको अनन्त बाटोलाई नै पाउनेछन्। यो यसैले हो किनभने तिनीहरूसँग सिंहासनबाट बग्‍ने जीवनको पानी होइन तर हजारौं वर्षदेखि जमेर बसेको धमिलो पानी मात्रै छ। जसलाई जीवनको पानी दिइएको छैन तिनीहरू सदासर्वदा नै लासहरू, शैतानका खेलौनाहरू, अनि नरकका पुत्रहरू रहनेछन्। त्यसोभए, तिनीहरूले परमेश्‍वरलाई कसरी देख्‍न सक्छन्? यदि तँ विगतलाई मात्रै पक्रिराख्‍ने प्रयास गर्छस्, ठिङ्ग उभिएर काम-कुराहरूलाई यथास्थितिमा राख्‍ने प्रयास मात्रै गर्छस्, र यथास्थितिलाई परिवर्तन गर्ने र इतिहासलाई त्याग्‍ने प्रयास गर्दैनस् भने, के तँ सँधै परमेश्‍वरकै विरुद्धमा हुनेछैनस् र? परमेश्‍वरको कार्यका चरणहरू उर्लेर आउने छालहरू अनि बेरिएर आउने चट्याङहरूजस्तै गहन र शक्तिशाली छन्—तैपनि तँ आफ्‍नो मुर्खतामा टाँसिदै र केही पनि नगरिकन, विनाशको प्रतीक्षा गर्दै निष्क्रिय रूपमा बस्छस्। यसरी, तँलाई थुमाका पाइलाहरू पछ्याउने व्यक्तिको रूपमा कसरी लिन सकिन्छ? तैँले पक्रेर बसेको परमेश्‍वर सँधै नयाँ र कहिल्यै पुरानो नहुने परमेश्‍वर हुनुहुन्छ भनेर तैँले कसरी पुष्टि गर्न सक्छस्? अनि तेरा पहेँलो भइसकेका पुस्तकहरूले तँलाई कसरी नयाँ युगमा लैजान सक्छ? तिनले कसरी तँलाई परमेश्‍वरको कार्यका चरणहरूको खोजी गर्न अगुवाइ गर्न सक्छन्? अनि के तिनले तँलाई स्वर्ग लैजान सक्छ? तैँले तेरो हातमा जे लिएको छस् ती तँलाई अस्थाई सान्त्वना दिने अक्षरहरू मात्र हुन्, जीवन दिन सक्‍ने सत्यताहरू होइनन्। तैँले पढ्ने धर्मशास्‍त्रका खण्डहरूले तेरो जिब्रोलाई मात्रै समृद्ध तुल्याउन सक्छ र ती मानव जिन्दगी जान्‍न तँलाई सहयोग गर्न सक्‍ने बुद्धिका शब्‍दहरू होइनन्, ती तँलाई सिद्धतामा लैजान सक्‍ने मार्गहरू हुने कुरा त परै जाओस्। के यो विसंगतिले तँलाई प्रतिबिम्बित गर्ने तुल्याउँदैन? के यसले तँलाई आफैभित्र समावेश रहेका रहस्यहरूलाई महसुस गर्ने तुल्याउँदैन र? के तँ परमेश्‍वरलाई भेट्नको लागि आफैले आफैलाई स्वर्ग लैजान सक्छस्? परमेश्‍वरको आगमनविना, के तँ परमेश्‍वरसँग पारिवारिक खुशीको आनन्द लिन आफैलाई स्वर्ग लैजान सक्छस्? के तँ अझै पनि सपना देखिरहेको छस्? त्यसो भए, मेरो सुझाव छ, तँ सपना देख्‍न छोड् अनि अहिले कसले काम गरिरहनुभएको छ हेर्—अहिले आखिरी दिनहरूमा मानिसलाई मुक्ति दिने काम कसले गर्दै हुनुहुन्छ त्यो देख्‍नको लागि हेर्। यदि तँ त्यसो गर्दैनस् भने, तैँले कहिल्यै सत्यता प्राप्त गर्नेछैनस्, र कहिल्यै जीवन प्राप्त गर्नेछैनस्।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आखिरी दिनहरूका ख्रीष्‍टले मात्रै मानिसलाई अनन्त जीवनको बाटो दिन सक्‍नुहुन्छ

परमेश्‍वर स्‍वयम् नै जीवन, र सत्य हुनुहुन्छ, र उहाँको जीवन र सत्य सह-अस्तित्वमा रहन्छ। सत्यलाई प्राप्त गर्न नसक्‍नेहरूले जीवनलाई कहिल्यै पनि प्राप्त गर्नेछैनन्। सत्यको मार्गदर्शन, सहयोग, र प्रावधानविना, तैँले अक्षरहरू, धर्मसिद्धान्तहरू, र, सबैभन्दा माथि, मृत्युलाई मात्रै प्राप्त गर्नेछस्। परमेश्‍वरको जीवन सदा-उपस्थित छ, र उहाँको सत्य र जीवन सह-अस्तित्वमा रहन्छ। यदि तैँले सत्यको स्रोत भेट्टाउन सक्दैनस् भने, तैँले जीवनको पालनपोषण प्राप्त गर्नेछैनस्; यदि तैँले जीवनको प्रावधानलाई प्राप्त गर्न सक्‍दैनस् भने, तैँले अवश्य नै सत्य प्राप्त गर्नेछैनस्, र त्यसैले कल्‍पना र धारणाहरू बाहेक, तेरो शरीरको सम्पूर्णता तेरो देह—तेरो दुर्गन्धित देह बाहेक केही पनि हुनेछैन। पुस्तकका शब्‍दहरू जीवनको रूपमा गन्ती हुँदैनन्, इतिहासका अभिलेखहरूलाई सत्यको रूपमा स्वीकार गर्न सकिँदैन, र विगतका नियमहरूले वर्तमानमा परमेश्‍वरले बोल्‍नुभएका वचनहरूको विवरणको रूपमा काम गर्न सक्दैनन्। पृथ्वीमा आएर मानिसहरूको बीचमा बस्दा परमेश्‍वरले व्यक्त गर्नुहुने कुरा मात्रै सत्य, जीवन, परमेश्‍वरको इच्‍छा, अनि उहाँको काम गर्ने वर्तमान शैली हो।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आखिरी दिनहरूका ख्रीष्‍टले मात्रै मानिसलाई अनन्त जीवनको बाटो दिन सक्‍नुहुन्छ

राज्यको युगमा, परमेश्‍वरले नयाँ युगको प्रारम्भ गर्न, आफूले गर्ने कामका साधनहरू परिवर्तन गर्न, र सम्पूर्ण युगको काम गर्न वचनहरू प्रयोग गर्नुहुन्छ। वचनको युगमा परमेश्‍वरले यही सिद्धान्तद्वारा काम गर्नुहुन्छ। फरक-फरक दृष्टिकोणहरूबाट बोल्न उहाँ देह बन्‍नुभयो, ता कि मानिसले देहमा वचनको रूपमा प्रकट हुनुभएको परमेश्‍वरलाई साँच्चिकै हेर्न सकून्, र उहाँको बुद्धि र आश्‍चर्यजनकता देख्न सकून्। यस्ता काम मानिसलाई जित्‍ने, मानिसलाई सिद्ध पार्ने, र मानिसलाई हटाउने लक्ष्यहरू अझै राम्ररी प्राप्त गर्नलाई गरिन्छ, जुन वचनको युगमा काम गर्न गरिने वचनको प्रयोगको सही अर्थ हो। यी वचनहरूद्वारा मानिसहरूले परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव, मानिसको सार, र मानिस जेमा प्रवेश गर्नु पर्ने हो त्यो थाहा पाउँछन्। वचनहरूद्वारा परमेश्‍वरले वचनको युगमा गर्ने चाहना गर्नुभएको कामलाई यसको पूर्णतामा साकार बनाइन्छ। यी वचनहरूद्वारा, मानिसहरूलाई पर्दाफास गरिन्छ, हटाइन्छ, र जाँचिन्छ। मानिसहरूले परमेश्‍वरका वचनहरू देखेका छन्, यी वचनहरू सुनेका छन्, र यी वचनहरूको अस्तित्व चिनेका छन्। परिणामस्वरूप, उनीहरूले परमेश्‍वरको अस्तित्वमा, परमेश्‍वरको सर्वव्यापकता र बुद्धिमा, साथै मानिसको लागि परमेश्‍वरको प्रेममा र मानिसलाई मुक्ति दिने उहाँको इच्‍छामा विश्‍वास गर्न थालेका छन्। “वचनहरू” भन्ने शब्द सरल र सामान्य हुन सक्ला, तर देहधारी परमेश्‍वरका मुखबाट बोलिएका वचनहरूले ब्रह्माण्ड हल्लाउँछन्, तिनीहरूले मानिसहरूका हृदय बदलिदिन्छन्, उनीहरूका धारणाहरू र पुराना स्वभावहरू बदलिदिन्छन्, र सम्पूर्ण संसार प्रकट हुने तरिकालाई बदलिदिन्छन्। युगौँ-युगदेखि, आजका परमेश्‍वरले मात्र यस प्रकारले काम गर्नुभएको छ, र केवल उहाँ मात्रै यसप्रकारले बोल्नुहुन्छ र यसप्रकार मानिसलाई मुक्ति दिन आउनुहुन्छ। यो समयबाट अगाडि मानिस परमेश्‍वरका वचनहरूद्वारा निर्देशित र पोषित भएर उहाँका वचनहरूको मार्गदर्शनको अधीनमा जिउँछ। मानिसहरू परमेश्‍वरका वचनहरूको संसारमा, परमेश्‍वरका वचनहरूको श्रापहरू र आशीर्वादहरूको माझ जिउँछन्, र अझ धेरै मानिसहरू त उहाँका वचनहरूका न्याय र सजाय अन्तर्गत जिउन थालेका छन्। यी वचनहरू र यो काम पूर्ण रूपमा मानिसको छुटकाराको लागि, परमेश्‍वरको इच्छालाई पूरा गर्नको लागि, र पुरानो सृष्टिको संसारको मूल स्वरूप परिवर्तन गर्नको लागि हुन्। वचनहरू प्रयोग गरेर परमेश्‍वरले संसारको सृष्टि गर्नुभयो, वचनहरू प्रयोग गरेर नै उहाँले मानिसहरूलाई ब्रह्माण्डभरि अगुवाई गर्नुहुन्छ, र वचनहरू प्रयोग गरेर नै उहाँले उनीहरूलाई जित्‍नुहुन्छ र मुक्ति दिनुहुन्छ। अन्ततः, उहाँले पुरानो सम्पूर्ण संसारलाई अन्त्य गर्न वचनहरू प्रयोग गर्नुहुनेछ र उहाँको व्यवस्थापन योजनाको सम्पूर्णतालाई पूरा गर्नुहुनेछ।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। राज्यको युग नै वचनको युग हो

वचन देह बन्नुभएको छ र सत्यका आत्मा शरीरमा प्रकट हुनुभएको छ—सत्य, बाटो र जीवन सबै देहमा आएका छन्, परमेश्‍वरका आत्मा साँच्चै पृथ्वीमा आउनुभएको छ र आत्मा देहमा आउनुभएको छ भन्‍ने कुरालाई पत्ता लगाउन सक्छस् कि सक्दैनस् भन्‍ने हो। बाहिरबाट हेर्दा, यो पवित्र आत्माको धारणभन्दा फरक देखिने भए पनि, यस काममा तैंले आत्मा पहिले नै देह बन्‍नुभएको छ, यसबाहेक, वचन देहधारी बन्नुभएको छ र वचन देहमा देखा पर्नुभएको छ भन्‍ने कुरालाई स्पष्ट रूपमा देख्‍न सक्छस्। तैँले यी वचनहरूको सही अर्थ बुझ्न सक्छस्: “प्रारम्‍भमा वचन हुनुहुन्थ्यो, र वचन परमेश्‍वरसँग हुनुहुन्थ्यो, र वचन नै परमेश्‍वर हुनुहुन्थ्यो।” यसबाहेक, तैंले आजको वचन परमेश्‍वर हुनुहुन्छ भन्‍ने बुझ्‍नुपर्छ, र वचन देहधारी बन्नुहुन्छ भन्‍ने कुरालाई देख्‍नुपर्छ। तैंले दिन सक्ने सर्वोत्तम गवाही यही हो। परमेश्‍वर देहधारी बन्नुभएको छ भन्‍ने बारेमा तँसँग सही ज्ञान छ भन्ने यसैले प्रमाणित गर्दछ—तँ उहाँलाई चिन्न मात्र सक्दैनस् तर आज तँ हिँडिरहेको बाटो जीवनको बाटो हो र सत्यको बाटो हो भनेर पनि जान्दछस्। येशूले गर्नुभएको कामको चरणले “वचन परमेश्‍वरसँग हुनुहुन्थ्यो” भन्ने सार मात्र पूरा गर्‍यो: परमेश्‍वरको सत्यता परमेश्‍वरसँग थियो, र परमेश्‍वरका आत्मा देहसँग हुनुहुन्थ्यो र त्यो देहबाट अलग गर्न नसकिने थियो। अर्थात्, देहधारी परमेश्‍वरको देह परमेश्‍वरका आत्माको साथमा हुनुहुन्थ्यो, जुन देहधारण गर्नुहुने येशू नै परमेश्‍वरको पहिलो देहधारण हुनुहुन्थ्यो भन्ने कुराको अझ ठूलो प्रमाण हो। कामको यो चरणले “वचन देह बन्नुहुन्छ” भन्ने वाक्यांशको सटीक रूपमा भित्री अर्थ पूरा गर्दछ, “वचन परमेश्‍वरसँग हुनुहुन्थ्यो, र वचन परमेश्‍वर हुनुहुन्थ्यो” भन्ने वाक्यांशमा गहिरो अर्थ थप्दछ र तँलाई “आदिमा वचन थियो” भन्ने वचनमा ठोस रूपमा विश्‍वास गर्ने तुल्याउँछ बनाउँछ। भन्नुको अर्थ के हो भने, सृष्टिको समयमा परमेश्‍वरसँग वचनहरू थिए, उहाँका वचनहरू उहाँसँगै थिए र उहाँबाट अलग हुन सक्दैनथे, अनि अन्तिम युगमा, उहाँले आफ्‍ना वचनहरूको शक्ति र अख्तियारलाई अझ स्पष्ट पार्नुहुन्छ र मानिसलाई उहाँका सबै मार्गहरू देख्ने—उहाँका सबै वचनहरू सुन्ने अनुमति दिनुहुन्छ। अन्तिम युगको काम यस्तै हो। तैँले यी कुराहरू सम्पूर्ण रूपमा बुझ्नुपर्छ। यो देहलाई जान्‍नुको सवाल होइन, तर तैँले देह र वचनलाई कसरी बुझ्छस् भन्ने कुराको सवाल हो। यो तैँले धारण गर्नुपर्ने, सबैले जान्‍नुपर्ने गवाही हो।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अभ्यास (४)

यो समयको आसपास, परमेश्‍वर आत्मिक शरीरमा होइन तर अति साधारण शरीरमा काम गर्नको लागि आउनुहुन्छ। अझ, यो परमेश्‍वरको दोस्रो देहधारणको शरीर मात्र होइन, यो त्यो शरीर पनि हो जसबाट परमेश्‍वर देहमा फर्किनु हुन्छ। यो अति साधारण देह हो। तैँले उहाँलाई अरूबाट फरक बनाउने त्यस्तो कुनै कुरा पनि देख्न सक्दैनस्, तर तैँले उहाँबाट पहिले नसुनिएका सत्यहरूको लाभ पाउन सक्छस्। यो निरर्थक देहले परमेश्‍वरबाट सत्यका सबै वचनहरू मूर्तरूप दिन्छ, आखिरी दिनहरूमा परमेश्‍वरका कामको जिम्मा लिन्छ र मानिसको लागि बुझ्नको लागि परमेश्‍वरको स्वभावको सम्पूर्णता व्यक्त गर्छ। के तँ स्वर्गमा हुनुहुने परमेश्‍वरलाई देख्न बिछट्टै चाहना राख्दैनस्? के तँ स्वर्गमा हुनुहुने परमेश्‍वरलाई बुझ्न बिछट्टै चाहना राख्दैनस्? के तँ मानवजातिको गन्तव्य देख्न बिछट्टै चाहना राख्दैनस्? उहाँले तँलाई यी सबै रहस्यहरू बताउनु हुनेछ—यस्ता रहस्यहरू जुन कुनै पनि मानिसले तँलाई बताउन सकेको छैन, र उहाँले तँलाई सत्यहरू पनि बताउनु हुनेछ जुन सत्यहरू तैँले बुझ्दैनस्। उहाँ राज्यमा तेरो प्रवेशद्वार र नयाँ युगमा तेरो पथप्रदर्शक हुनुहुन्छ। यस्तो साधारण देहले बुझ्न नसकिने धेरै रहस्यहरू धारण गर्छ। उहाँका कार्यहरू तँलाई दुर्बोध हुन सक्छन्, तर उहाँले गर्नुभएका कामको सम्पूर्ण लक्ष्य तँलाई उहाँ मानिसहरूले विश्‍वास गरे जस्तो साधारण देह होइन भन्ने तँलाई हेर्न दिन पर्याप्त छ। किनकि उहाँले परमेश्‍वरको इच्छा र आखिरी दिनहरूमा मानवजातिप्रति परमेश्‍वरले देखाउनु हुने हेरविचारको उहाँ प्रतिनिधित्व गर्नुहुन्छ। तैँले उहाँका वचनहरू सुन्न नसके पनि जसले स्वर्गहरू र पृथ्वी हल्लाएको देखिन्छ, वा बलिरहेका ज्वालाहरू जस्ता उहाँका आँखाहरू हेर्न नसके पनि, र तैँले उहाँको फलामे डन्डाको अनुशासन अनुभव गर्न नसके पनि, तँ उहाँका वचनहरूबाट सुन्न सक्छस् कि परमेश्‍वर क्रोधी हुनुहुन्छ र थाहा पाउन सक्छस् कि परमेश्‍वरले मानवजातिको लागि करुणा देखाइरहनु भएको छ; तँ परमेश्‍वरको धर्मी स्वभाव र उहाँको बुद्धि देख्न सक्छस् र अझ, सबै मानवजातिको लागि परमेश्‍वरको व्यग्रता महसुस सक्छस्। आखिरी दिनहरूमा परमेश्‍वरको काम पृथ्वीका मानिसहरू माझ जिइरहनुभएको स्वर्गमा हुनुहुने परमेश्‍वर मानिसलाई हेर्न दिनु हो, र परमेश्‍वरलाई बुझ्न, उहाँको आज्ञा पालन गर्न, आदर गर्न र प्रेम गर्न मानिसलाई सक्षम बनाउनु हो। यसैको लागि उहाँ दोस्रो पटक देहमा फर्किनुभएको छ। हुन त यो दिनमा मानिसले देख्ने परमेश्‍वर मानिस जस्तै हुनुहुन्छ, एउटा नाक र दुई आँखा भएका परमेश्‍वर, र साधारण परमेश्‍वर, अन्त्यमा परमेश्‍वरले तिमीहरूलाई देखाउनु हुनेछ कि यदि यो मानिस अस्तित्वमा थिएन भने, स्वर्ग र पृथ्वीमा भयानक परिवर्तन भएर जाने थियो; यदि यो मानिस अस्तित्वमा थिएन भने, स्वर्गहरू फिका हुने थिए, यो पृथ्वी अस्तव्यस्ततामा जाकिने थियो, र सबै मानवजाति भोकमरी र विपत्तिहरूका माझमा जिउने थिए। तिमीहरूलाई उहाँले देखाउनुहुनेछ कि यदि तिमीहरूलाई आखिरी दिनहरूमा मुक्ति दिन देहधारी परमेश्‍वर आउनु भएन भने, त्यसबेला परमेश्‍वरले सबै मानवजातिलाई धेरै अघि नै नरकमा विनाश गरिसक्नु भएको हुने थियो; यदि यो देह अस्तित्वमा रहेको थिएन भने, तिमीहरू सधैँको लागि महापापीहरू हुने थियौ, र तिमीहरू सदैव लाशहरू हुने थियौ। तिमीहरूले थाहा पाउनुपर्छ कि यदि यो देह अस्तित्वमा रहेको थिएन भने, सबै मानवजातिले एक अपरिहार्य विपत्ति सामना गर्नु पर्ने थियो, र आखिरी दिनहरूमा मानवजातिलाई परमेश्‍वरले दिने त्यो भन्दा कठोर दण्डबाट बच्न उनीहरूलाई असम्भव हुने थियो। यदि यो साधारण देह जन्मिएको थिएन भने, तिमीहरू सबै त्यो स्थितिमा हुने थियौ जहाँ बाँच्न सक्षम नभएर तिमीहरू जीवनको लागि याचना गर्ने थियो र मर्न सक्षम नभएर मृत्युको लागि प्रार्थना गर्ने थियो; यदि यो देह अस्तित्वमा रहेको थिएन भने, त्यसपछि तिमीहरू सत्य प्राप्त गर्न र आज परमेश्‍वरको सिंहासनको सामुन्ने आउन सक्षम हुने थिएनौ, तर बरु, तेरो घोर पापहरूका कारणले परमेश्‍वरद्वारा तँ दण्डित हुने थिइस्। के तिमीहरूलाई थाहा थियो कि यदि यो देहमा परमेश्‍वरको पुनरागमनको लागि थिएन भने, कसैलाई पनि मुक्तिमा मौका हुने थिएन; र यदि यो देहको आगमनको लागि थिएन भने, परमेश्‍वरले धेरै अगाडि पुरानो युगलाई अन्त्य गरिसक्नुभएको हुने थिएन? यो यसो हुने हुनाले, के तिमीहरू परमेश्‍वरको दोस्रो देहधारणलाई अझसम्म इन्कार गर्न सक्षम छौ? यो साधारण मानिसबाट तिमीहरूले यति धेरै फाइदाहरू प्राप्त गर्न सक्ने भएकाले, किन तिमीहरूले उहाँलाई खुशीसाथ स्वीकार गरेनौ?

… यो देहको कारणले तिमीहरू आजका दिनसम्म आइपुगेका छौ। परमेश्‍वर देहमा जिउनुहुने भएकाले तिमीहरूलाई जीवित रहने मौका छ। यो साधारण मानिसको कारणले यो सबै सौभाग्य प्राप्त भएको हो। यति मात्र होइन, तर अन्त्यमा, प्रत्येक राष्ट्रले यो साधारण मानिसलाई आराधना गर्नेछन्, साथै धन्यवाद दिनेछन् र यो महत्वहीन मानिसको आज्ञापालन गर्नेछन्, किनकि यो उहाँले ल्याउनुभएको सत्य, जीवन, र मार्ग हो जसले सबै मानवजातिलाई मुक्ति दिएको छ, परमेश्‍वर र मानिस बीचको द्वन्द्वलाई कम गरेको छ, उनीहरू बीचको दूरीलाई छोट्याएको छ र परमेश्‍वर र मानिसका बिचारहरू बीचको सम्बन्ध खुला गरेको छ। यो उहाँ नै हुनुहुन्छ जसले परमेश्‍वरको लागि अझ महान् महिमा प्राप्त गर्नुभएको छ। के यस किसिमको साधारण मानिस तेरो विश्‍वास र आराधनाको लागि अयोग्य छ? के यस किसिमको साधारण देह ख्रीष्ट भनिन अनुपयुक्त छ? के यस किसिमको साधारण मानिस मानिसहरूका माझ परमेश्‍वरको अभिव्यक्ति बन्न सक्दैन? के यस प्रकारको मानिस जसले मानवजातिलाई विपत्तिबाट जोगाएको छ, तिमीहरूको प्रेम र तिम्रो चाहना उहाँमा राख्न योग्य छैन? यदि तिमीहरूले उहाँको मुखबाट अभिव्यक्त सत्यहरू इन्कार गर्यौ र तिमीहरू माझ उहाँको अस्तित्व घृणा गर्यौ भने, त्यसपछि अन्त्यमा तिमीहरूको के हुनेछ?

आखिरी दिनहरूमा परमेश्‍वरका सबै काम यही साधारण मानिसद्वारा गरिन्छ। उहाँले सबै कुरा तँलाई प्रदान गर्नुहुनेछ, र त्यो भन्दा बढी, तँसँग सम्बन्धित सबै कुराको निर्णय गर्न उहाँ सक्षम हुनुहुनेछ। के यस प्रकारको मानिस तिमीहरूले उहाँ जस्तो हुनुपर्ने हो विश्‍वास गर्छौ त्यस्तो हुन सक्छ: यति सामान्य मानिस कि उल्लेख गर्न नै अयोग्य? के उहाँको सत्य तिमीहरूलाई पूर्णरूपमा विश्‍वस्त तुल्याउन पर्याप्त छैन? के उहाँका कामहरूको साक्षी तिमीहरूलाई पूर्णरूपमा विश्‍वस्त तुल्याउन पर्याप्त छैन? अथवा के उहाँले तिमीहरूलाई डोर्याउनु हुने त्यो बाटो तिमीहरूको लागि हिँड्न योग्य छैन? जब सबै भनिन्छ र गरिन्छ, त्यस्तो के छ जसले तिमीहरूलाई उहाँलाई घृणा गर्न र उहाँलाई टाढा फाल्न र उहाँलाई फराकिलो स्थान दिन लगाउँछ? यो यही मानिस हो जसले सत्य अभिव्यक्त गर्छ, यो यही मानिस हो जसले सत्य प्रदान गर्छ, र यो यही मानिस हो जसले तिमीहरूलाई पछ्याउने मार्ग दिन्छ। के यो हुन सक्छ कि तिमीहरू यी सत्यहरूभित्र परमेश्‍वरको कामका चिन्हहरू भेट्न अझसम्म पनि असक्षम छौ? येशूको कामविना, मानवजाति क्रूसबाट ओर्लन सक्ने थिएनन्, तर आजको देहधारण बिना, क्रूसबाट ओर्लिएकाहरूले कहिल्यै परमेश्‍वरको समर्थन प्राप्त गर्न वा नयाँ युगमा प्रवेश गर्न सक्ने थिएनन्। यो साधारण मानिसको आगमनविना, तिमीहरूले परमेश्‍वरको सही मुखाकृति देख्ने अवसर कहिल्यै पाउने थिएनौ, न त तिमीहरू योग्य नै हुने थियौ, किनकि तिमीहरू सबै धेरै पहिले नष्ट गरिसक्नु पर्ने पात्रहरू हौं।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। के तँलाई थाहा थियो? परमेश्‍वरले मानिसहरूको बीचमा महान् कुरा गर्नुभएको छ

हामीले के गर्नुपर्छ भनी हामीलाई अर्ती दिन र उहाँको हृदयमा आवाज दिएर परमेश्‍वरले विभिन्न तरिकाहरू र दृष्टिकोणहरू प्रयोग गरेर आफ्ना वाणीहरूलाई निरन्तरता दिनुहुन्छ। उहाँका वचनहरूले जीवन शक्ति बोक्छन्, हामीले हिँड्नुपर्ने मार्ग हामीलाई देखाउँछन्, र सत्यता के हो भनी बुझ्न हामीलाई सक्षम बनाउँछन्। हामी उहाँका वचनहरूद्वारा खिँचिन थाल्छौं, हामी उहाँका बोलाइको सुर र तरिकामा ध्यान केन्द्रित गर्न सुरु गर्छौं, र यस अतुलनीय व्यक्तिका भित्री भावनाहरूमा अवचेतन रूपमा हामी चासो दिन सुरु गर्छौं। हाम्रा पक्षमा काम गर्न उहाँले आफ्नो जीवनधारी रगत बगाउनुहुन्छ, हाम्रो खातिर निद्रा र भोक गुमाउनुहुन्छ, हाम्रो निम्ति रुनुहुन्छ, हाम्रो निम्ति सुस्केरा हाल्नुहुन्छ, हाम्रो निम्ति शोक गर्नु, हाम्रो गन्तव्य र मुक्तिका खातिर अपमानित हुनुहुन्छ र हाम्रा संवेदन विहीनता र विद्रोहीपनले उहाँको हृदयबाट आँसु र रगत बगाउँछन्। हुने र लिने यो तरीका कुनै साधारण व्यक्तिको हुँदैन, नत कुनै पनि भ्रष्ट मानवजातिले नै यसलाई प्राप्त गर्न वा हासिल गर्न सक्छ। कुनै पनि साधारण व्यक्तिमा नभएको सहनशीलता र धैर्यता उहाँले देखाउनुहुन्छ, र उहाँको प्रेम कुनै सृजिएको प्राणीलाई दिइने कुरा होइन। उहाँ बाहेक अरू कसैले पनि हाम्रा विचारहरू जान्दैन, वा हाम्रा प्रकृति र सारलाई स्पष्ट र पूर्ण रूपमा बुझ्दैन, वा मानवजातिको विद्रोह र भ्रष्टता न्याय गर्दैन, वा हामीसँग बोल्दैन र स्वर्गका परमेश्‍वरका पक्षमा यसरी हाम्रा बीचमा काम गर्दैन र बोल्दैन। उहाँले बाहेक अरू कोहीले पनि अख्तियार, बुद्धि, र परमेश्‍वरको गरिमा दिँदैन; परमेश्‍वरको स्वभाव र परमेश्‍वरसँग के छ र उहाँ के हुनुहुन्छ भन्ने कुरालाई तिनीहरूका पूर्णतामा ल्याइन्छ। उहाँ बाहेक अरू कसैले पनि हामीलाई बाटो देखाउन र हामीलाई ज्योतिमा ल्याउन सक्दैन। सृष्टि भएदेखि आजसम्म पनि परमेश्‍वरले प्रकट नगर्नुभएको रहस्यलाई उहाँ बाहेक अरू कसैले प्रकट गर्न सक्दैन। उहाँ बाहेक अरू कसैले पनि हामीलाई शैतानको बन्धनबाट र हाम्रो आफ्नै भ्रष्ट स्वभावबाट मुक्ति दिन सक्दैन। उहाँले परमेश्‍वरको प्रतिनिधित्व गर्नुहुन्छ। उहाँले परमेश्‍वरको भित्री हृदय, परमेश्‍वरका अर्तीहरू, र सबै मानवजातिमाथि परमेश्‍वरका न्यायका वचनहरू व्यक्त गर्नुहुन्छ। उहाँले नयाँ युग, नयाँ कालखण्ड सुरु गर्नुभएको छ, र नयाँ स्वर्ग र पृथ्वी र नयाँ काम प्रारम्भ गर्नुभएको छ, र उहाँले अस्पष्टतामा लैजाने जीवनलाई अन्त्य गरी हामीमा आशा ल्याउनुभएको छ, र मुक्तिमा लैजाने मार्ग पूर्ण स्पष्टतामा हेर्न हाम्रो सम्पूर्ण अस्तित्वलाई सक्षम बनाउनुभयो। उहाँले हाम्रो सम्पूर्ण अस्तित्वलाई जित्नुभएको छ र हाम्रा हृदयहरूलाई प्राप्त गर्नुभएको छ। त्यस क्षणपछि, हाम्रा मन चेतनशील भए, र हाम्रा आत्मा पुनर्जीवित भए: यी साधारण, नगण्य व्यक्ति, जो हाम्रो बीचमा बस्नुहुन्छ र लामो समयदेखि हामीद्वारा तिरस्कृत हुनुभएको छ—के यो हाम्रा प्रभु येशू नै हुनुहुन्न र, जो जहिले पनि हाम्रा विचारहरूमा हुनुहुन्छ, बिउँझिँदा वा सपनामा हुँदा, र जसलाई हामी रात दिन चाह गर्छौं? यो उहाँ नै हुनुहुन्छ! के यो साँच्चै उहाँ नै हुनुहुन्छ! उहाँ हाम्रा परमेश्‍वर हुनुहुन्छ! उहाँ सत्य, बाटो, र जीवन हुनुहुन्छ! उहाँले हामीलाई फेरि जिउन र ज्योति देख्न सक्षम बनाउनुभएको छ र हाम्रा हृदयहरूलाई बहकिनबाट रोक्नुभएको छ। हामी परमेश्‍वरका घरमा फर्केका छौँ, हामी उहाँको सिंहासनको सामु फर्केका छौँ, हामी उहाँसँग आमने-सामने छौँ, हामीले उहाँको मुहार देखेका छौँ, र हामीले हाम्रो अगाडिको बाटो देखेका छौँ।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट ४: परमेश्‍वरको न्याय र सजायमा उहाँ देखा पर्नुभएको घटनालाई हेर्नु

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

देहधारी परमेश्‍वर र परमेश्‍वरले प्रयोग गर्नुहुने व्यक्तिहरूबीचका आधारभूत भिन्नताहरू

परमेश्‍वरका प्रासंगिक वचनहरू: देहधारी परमेश्‍वरलाई ख्रीष्‍ट भनिन्छ, र परमेश्‍वरका आत्माले ख्रीष्‍टलाई देहधारण गर्नुभयो। यो देह कुनै पनि...

परमेश्‍वरका दुई देहधारणहरूले देहधारणको महत्त्वलाई परिपूर्ण बनाउनुहुन्छ भनेर किन भनिन्छ

परमेश्‍वरका प्रासंगिक वचनहरू: पहिलो देहधारण मानिसलाई पापबाट छुटकारा दिनका लागि, मानिसलाई येशूको मासुको शरीरको माध्यमबाट छुटकारा दिनु थियो,...

आखिरी दिनहरूको न्यायको काम गर्न परमेश्‍वरले किन मानिसलाई प्रयोग गर्नुहुन्न, बरु देहधारी बन्नुहुन्छ र आफै यो काम गर्नुहुन्छ

परमेश्‍वरका प्रासंगिक वचनहरू: न्यायको काम परमेश्‍वरको आफ्नै काम भएको हुनाले, स्वाभाविक रूपमा नै यसलाई परमेश्‍वर आफैले नै कार्यान्वयन...

आखिरी दिनहरूमा काम गर्नको लागि परमेश्‍वरले चीनमा देहधारण गर्नुको उद्देश्य र महत्त्व

परमेश्‍वरका प्रासंगिक वचनहरू: यहोवाको काम संसारको सृष्टि गर्नु थियो, त्यो सुरुआत थियो; कामको यो चरण कामको समाप्ति हो, अनि यो निष्कर्ष हो।...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्