भ्रष्ट मानवजातिलाई देहधारी परमेश्‍वरबाट प्राप्त हुने मुक्तिको अझ बढी खाँचो छ भनी किन भनिन्छ

14 अगस्ट 2021

परमेश्‍वरका प्रासंगिक वचनहरू:

परमेश्‍वरले मानिसलाई मुक्ति दिने काम सोझै आत्माको विधि र आत्माको पहिचानको माध्यमबाट गरिँदैन, किनकि उहाँका आत्मालाई मानिसले न त छुन सक्छ न त देख्न नै सक्छ, न त मानिस नजिक जान नै सक्दछ। यदि उहाँले मानिसलाई सीधा आत्माको दृष्टिकोण प्रयोग गरी मुक्ति दिन खोज्नुभयो भने, मानिस उहाँको मुक्ति प्राप्त गर्न असमर्थ बन्‍नेथियो। यदि परमेश्‍वरले सृष्टि गरिएको मानिसको बाहिरी रूप धारण गर्नुभएको थिएन भने, मानिसले यो मुक्ति पाउने कुनै उपाय हुनेथिएन। किनकि जसरी यहोवाको बादलको नजिक कोही पनि जान सकेन त्यसरी नै मानिस उहाँको नजिक आउने कुनै उपाय छैन। केवल एक सृष्टि गरिएको एक प्राणी बनेर अर्थात् उहाँको वचनलाई उहाँ बन्न लाग्नुभएको मासुको शरीरमा राखेर मात्र उहाँले आफ्नो पछि लाग्नेहरूमा व्यक्तिगत तवरले वचनअनुसार काम गर्न सक्नुहुन्छ। तब मात्र मानिसले व्यक्तिगत रूपमा उहाँको वचनलाई देख्न र सुन्न सक्दछ, र यसरी मात्र उसले पूर्ण रूपमा मुक्ति पाउन सक्छ। यदि परमेश्‍वर मानिस बन्नुभएको थिएन भने, मासु र रगत हुने कसैले पनि त्यस्तो ठूलो उद्धार प्राप्त गर्न सक्नेथिएन, न त एकै जना व्यक्तिले समेत मुक्ति पाउनेथियो। यदि परमेश्‍वरका आत्माले मानवजातिको माझ प्रत्यक्ष रूपमा काम गर्नुभएको भए, सम्पूर्ण मानवजाति नै नष्ट हुनेथियो, अन्यथा, परमेश्‍वरको सम्पर्कमा आउनै नसक्‍ने गरी तिनीहरू पूर्ण रूपले शैतानको कैदमा पर्नेथिए। पहिलो देहधारण मानिसलाई पापबाट छुटकारा दिनका लागि, मानिसलाई येशूको मासुको शरीरको माध्यमबाट छुटकारा दिनु थियो, अर्थात्, उहाँले मानिसलाई क्रूसबाट बचाउनुभयो, तर मानिसभित्र भ्रष्ट शैतानिक स्वभाव अझै रहिरह्यो। दोस्रो देहधारण पापको बलिदानको रूपमा सेवा गर्नु होइन, तर पापबाट छुटकारा पाएकाहरूलाई पूर्ण रूपमा बचाउनका लागि हो। यो यसकारण गरिएको हो, कि क्षमा गरिएकाहरूले तिनीहरूको पापबाट छुटकारा पाऊन् र पूर्ण रूपमा शुद्ध पारिऊन्, र स्वभावमा परिवर्तन प्राप्त गरेर शैतानको अन्धकारको प्रभावबाट मुक्त हुन सकून् र परमेश्‍वरको सिंहासनको अगाडि फर्कन सकून्। यस तरिकाले मात्र मानिस पूर्ण रूपमा पवित्र हुन सक्छ। व्यवस्थाको युग समाप्त भएर अनुग्रहको युगबाट परमेश्‍वरले मुक्तिको कामको सुरु गर्नुभयो, जुन आखिरी दिनहरूसम्म जारी रहन्छ, जब मानवजातिलाई उनीहरूको विद्रोहका लागि न्याय गर्ने र सजाय दिने क्रममा, उहाँले मानवजातिलाई पूर्ण रूपमा शुद्ध पार्नुहुनेछ। त्यसबेला मात्र परमेश्‍वरले आफ्नो मुक्तिको कामलाई समाप्त गर्नुहुनेछ र विश्राममा प्रवेश गर्नुहुनेछ। त्यसकारण, कामका तीन चरणमा, परमेश्‍वर आफैले मानिसहरूको बीचमा काम गर्नका निम्ति केवल दुई पटक मात्र देहधारी बन्नुभयो। किनभने कामका तीन चरणमध्ये एउटा मानिसलाई उनीहरूको जीवनमा डोऱ्याउनु थियो, अनि अन्य दुईवटा मुक्तिको काम गर्नका निम्ति हो। केवल मानिस बनेर मात्र परमेश्‍वर मानिससँग बस्न, संसारको दु:ख अनुभव गर्न, र मानिसको सामान्य मासुको शरीरमा जिउन सक्नुहुन्छ। केवल यस तरिकाले मात्र उहाँले मानिसलाई सृष्टि गरिएका प्राणीहरूको रूपमा चाहिने कुराहरू व्यावहारिक तरिकाले प्रदान गर्न सक्नुहुन्छ। परमेश्‍वरको देहधारणद्वारा मानिसले परमेश्‍वरबाट पूर्ण मुक्ति पाउँछ, उसको प्रार्थनाको जबाफ स्वरूप सीधै स्वर्गबाट होइन। किनकि मानिस देह भएकोले ऊसँग परमेश्‍वरका आत्मालाई कुनै पनि तरिकाले देख्‍न सक्दैन, उहाँको आत्माको नजिक जाने कुरा त परै जाओस्। मानिस केवल परमेश्‍वरले देहधारण गर्नुभएको शरीरसित सम्पर्कमा आउन सक्छ, र केवल यस तरिकाले मात्र मानिसले सबै मार्गहरू र सबै सत्यताहरू बुझ्न सक्दछ, र पूर्ण मुक्ति प्राप्त गर्दछ।

वचन देहमा देखा पर्नुहुन्छको “देहधारणको रहस्य (४)” बाट उद्धृत गरिएको

परमेश्‍वर देह बन्‍नुभयो किनभने उहाँको कामको पात्र शैतानको आत्मा, वा कुनै पनि अमूर्त कुरा होइन, तर मानिस हो, जो देहको हो र जसलाई शैतानले भ्रष्ट तुल्याएको छ। मानिसको देह भ्रष्ट तुल्याइएको कारणले नै परमेश्‍वरले देहको मानिसलाई आफ्‍नो कामको पात्र बनाउनुभयो; यसको साथै, मानिस भ्रष्टताको पात्र भएकोले, परमेश्‍वरले मानिसलाई नै आफ्‍नो मुक्तिको कार्यको सबै चरणहरूको एक मात्र पात्र बनाउनुभयो। मानिस मरणशील प्राणी हो, ऊ देह र रगतले बनिएको छ, र मानिसलाई मुक्त गर्न सक्‍ने परमेश्‍वर मात्रै हुनुहुन्छ। यसरी, आफ्‍नो काम गर्नको लागि परमेश्‍वर मानिसको जस्तै गुणहरू भएको देह बन्‍नुपर्छ, ताकि उहाँको कामले अझै उत्तम प्रभावहरू हासिल गर्न सकोस्। मानिस देहको हो, र ऊ पापमाथि विजय प्राप्त गर्न र आफैलाई देहबाट मुक्त गर्नको लागि असक्षम छ, ठीक यही कारणले गर्दा आफ्‍नो काम गर्नको लागि परमेश्‍वर देह बन्‍नैपर्छ। देहधारी परमेश्‍वरको सार र पहिचान मानिसको सार र पहिचानबाट निकै फरक भए तापनि, उहाँको स्वरूप मानिसको जस्तै छ; उहाँमा सामान्य मानिसको जस्तो स्वरूप छ, र उहाँले सामान्य मानिसको जीवन जिउनुहुन्छ, र उहाँलाई देख्‍नेहरूले उहाँलाई सामान्य मानिसबाट अलग गर्न सक्दैनन्। यो सामान्य स्वरूप र सामान्य मानवता नै उहाँको लागि सामान्य मानवतामा आफ्‍नो ईश्‍वरीय काम गर्न पर्‍याप्त छन्। उहाँको देहले उहाँलाई सामान्य मानवतामा आफ्‍नो काम गर्न दिन्छ, र मानिसको बीचमा उहाँको काम गर्न यसैले सहायता गर्छ, यसको साथै, उहाँको सामान्य मानवताले मानिसको बीचमा मुक्तिको काम गर्न सहायता गर्छ। उहाँको सामान्य मानवताले मानिसको बीचमा निकै कोलाहल पैदा गरेको भए तापनि, त्यस किसिमको कोलाहलले उहाँको कार्यको सामान्य प्रभावहरूलाई असर गरेको छैन। छोटकरीमा, उहाँको सामान्य देहको काम मानिसको लागि निकै फाइदाजनक छ। धेरैजसो मानिसहरूले उहाँको सामान्य मानवतालाई स्वीकार नगरे तापनि, उहाँको कार्यले परिणामहरू पैदा गर्न सक्छ, र उहाँको सामान्य मानवताले गर्दा नै यी परिणामहरू हासिल गरिन्छ। यसमा कुनै शङ्का छैन। देहमा उहाँले गर्ने कार्यद्वारा, मानिसले उसको सामान्य मानवताको बारेमा मानिसको बीचमा रहेका धारणाहरूभन्दा दशौं वा दर्जनौं गुणा बढी कुराहरू प्राप्त गर्छ, र त्यस्ता धारणाहरू सबैलाई आखिरीमा उहाँको कार्यले निलिदिनेछन्। अनि उहाँको कार्यले हासिल गरेको प्रभाव, भन्‍नुको अर्थ, उहाँको विषयमा मानिससँग भएको ज्ञान उहाँको बारेमा मानिसमा भएका धारणाहरूभन्दा निकै बढी हुन्छ। देहमा उहाँले गर्नुहुने कामको कल्‍पना गर्ने वा नाप्‍ने कुनै तरिका छैन, किनभने उहाँको देह कुनै पनि देहको मानवजस्तो छैन; बाहिरी भेष समान भए पनि, सार भने समान छैन। उहाँको देहले मानिसको बीचमा परमेश्‍वर सम्‍बन्धी अनेक धारणाहरू उत्पन्‍न गर्छ, तैपनि उहाँको देहले मानिसलाई अझै बढी ज्ञान प्राप्त गर्न दिन्छ, र त्यस्तै बाहिरी भेष भएको कुनै पनि व्यक्तिलाई विजय समेत गर्नसक्छ। किनभने उहाँ मानव मात्रै हुनुहुन्‍न, तर मानवको बाहिरी भेष भएको ईश्‍वर हुनुहुन्छ, र कसैले पनि उहाँलाई पूर्ण रूपमा जान्‍न वा बुझ्‍न सक्दैन। अदृश्य र अस्पृश्य परमेश्‍वरलाई सबैले प्रेम र स्वागत गर्छन्। यदि परमेश्‍वर मानिसको लागि अदृश्य आत्मा मात्रै हुनुहुन्छ भने, मानिसलाई परमेश्‍वरमा विश्‍वास गर्न निकै सहज हुन्छ। मानिसहरूले आफ्‍ना कल्‍पनालाई बेलगाम छोडिदिन सक्छन्, आफैलाई प्रसन्‍न पार्न र आफूलाई खुसी तुल्याउनको लागि तिनीहरूले परमेश्‍वरको स्वरूपको रूपमा जेसुकैलाई चुन्‍न सक्छन्। यसरी, मानिसहरूले निस्सङ्कोच तिनीहरूका आफ्‍नै परमेश्‍वरले के गरेको मन पराउँछन् र चाहन्छन् त्यही गर्न सक्छन्। यति मात्र कहाँ हो र, मानिसहरू परमेश्‍वरप्रति तिनीहरू जत्तिको निष्ठावान र भक्त कोही पनि छैन, र अरू सबै अन्यजाति कुकुरहरू हुन्, र परमेश्‍वरप्रति विश्‍वासघातीहरू हुन् भन्‍ने विश्‍वास गर्छन्। परमेश्‍वरमाथिको जसको विश्‍वास अस्पष्ट र सिद्धान्तमा आधारित छ, तिनीहरूले खोज्‍ने यही नै हो भनेर भन्‍न सकिन्छ; तिनीहरूले सिक्‍ने कुरा पनि लगभग उस्तै हुन्छ, त्यसमा अलिकति मात्रै अन्तर हुन्छ। तिनीहरूका कल्‍पनामा भएका परमेश्‍वरका स्वरूपहरू फरक मात्रै छन्, तैपनि तिनीहरूको सार वास्तवमा उस्तै छन्।

वचन देहमा देखा पर्नुहुन्छको “भ्रष्ट मानवजाति देहधारी परमेश्‍वरको मुक्तिको अझै बढी खाँचोमा छ” बाट उद्धृत गरिएको

मानिस परमेश्‍वरमाथिको उसको लापरवाही विश्‍वासप्रति शान्त छ र उसले जस्तो मन लाग्यो त्यस्तै किसिमले परमेश्‍वरमा विश्‍वास गर्छ। यो “मानिसका अधिकारहरू र स्वतन्त्रताहरू मध्येको” एउटा हो, जसलाई कसैले पनि हस्तक्षेप गर्नु हुँदैन, किनभने मानिसहरूले तिनीहरूका आफ्‍नै परमेश्‍वरमा विश्‍वास गर्छन्, अरू कसैको परमेश्‍वरमा होइन; यो तिनीहरूको आफ्‍नै निजी सम्पत्ति हो, र लगभग हरेकसँग नै यस प्रकारको निजी सम्‍पत्ति हुन्छ। मानिसहरूले यो सम्पत्तिलाई बहुमूल्य खजानाको रूपमा लिन्छन्, तर परमेश्‍वरको लागि योभन्दा नीच वा बेकम्‍मा केही पनि छैन, किनभने मानिसको यो निजी सम्पत्ति जत्तिको परमेश्‍वरको विरोधको स्पष्ट सङ्केत अरू केही छैन। देहधारी परमेश्‍वरको कामको कारणले गर्दा नै परमेश्‍वर भौतिक स्वरूप सहितको देह बन्‍नुहुन्छ, र जसलाई मानिसले देख्‍न र छुन सक्छ। उहाँ स्वरूपविनाको आत्मा हुनुहुन्‍न, तर मानिसले देख्‍न सक्‍ने र सम्पर्क गर्न सक्‍ने देह हुनुहुन्छ। तैपनि, परमेश्‍वरका मानिसहरूमध्ये धेरैजसोले विश्‍वास गर्ने भनेका देहहीन ईश्‍वरहरू हुन् जसको कुनै आकार हुँदैन, जसको स्वरूप पनि हुँदैन। यसरी, देहधारी परमेश्‍वर, परमेश्‍वरमा विश्‍वास गर्ने धेरैजसो मानिसहरूको शत्रु बन्‍नुभएको छ, त्यसरी नै, परमेश्‍वरको देहधारणको तथ्यलाई स्वीकार गर्न नसक्‍नेहरू, परमेश्‍वरका विरोधीहरू बनेका छन्। उसको सोच्‍ने शैलीको कारणले वा उसको विद्रोहीपनको कारणले गर्दा होइन, तर मानिसको यो निजी सम्पत्तिको कारणले गर्दा मानिसमा अनेक धारणाहरू हुन्छन्। यी सम्पत्तिको कारण नै धेरैजसो मानिसहरू मर्छन्, र छुन नसकिने, देख्‍न नसकिने, र वास्तविकतामा अस्तित्वमा नभएका यही अस्पष्ट परमेश्‍वरले नै मानिसको जीवनलाई बरबाद गर्छ। देहधारी परमेश्‍वरले होइन, स्वर्गका परमेश्‍वरले त झन् हुँदै होइन, तर मानिसको आफ्‍नै कल्‍पनाको परमेश्‍वरले मानिसको जीवनलाई जफत गर्छ। देहधारी परमेश्‍वर देहमा आउनुको एउटै मात्र कारण भनेको भ्रष्ट मानिसहरूको आवश्यकताको कारणले गर्दा मात्रै हो। परमेश्‍वरको होइन, तर मानिसका आवश्यकताहरूको कारणले नै यसो भएको हो, र उहाँका सबै बलिदानहरू र दु:खकष्टहरू मानवजातिको खातिर हुन्, परमेश्‍वर स्वयमको फाइदाको लागि होइन। परमेश्‍वरको लागि कुनै फाइदा र बेफाइदा वा इनाम छैन; उहाँले कुनै भविष्यको कटनी होइन, तर जुन कुरा मूल रूपमा उहाँको थियो त्यसको कटनी गर्नुहुन्छ। उहाँले मानवजातिको लागि गर्ने र बलिदान दिने सबै कुराहरू उहाँले ठूलो इनामहरू प्राप्त गर्न सक्‍नुभएको होस् भनेर होइन, तर पूर्ण रूपमा मानवजातिकै खातिर गरिन्छन्। देहमा परमेश्‍वरले गर्नुहुने कार्यमा विभिन्‍न अकल्‍पनीय कठिनाइहरू समावेश भए तापनि, यसले आखिरमा हासिल गर्ने प्रभावहरू आत्माले प्रत्यक्ष रूपमा गर्नुभएको कामभन्दा बढी हुन्छ। देहको कार्यमा धेरै कठिनाइ समावेश छ, र देहले आत्माले जस्तै महान् पहिचान प्राप्त गर्न सक्दैन, उहाँले आत्माले जस्तै अलौकिक कार्यहरू गर्न सक्‍नुहुन्‍न, उहाँले आत्माको जस्तै अख्तियार पाउन सक्‍ने कुरा त परै जाओस्। तैपनि उहाँको साधारण देहले गर्ने कार्यको सार आत्माले प्रत्यक्ष रूपमा गर्ने कामभन्दा धेरै नै श्रेष्ठ हुन्छ, र सारा मानवजातिको आवश्यकताहरूको उत्तर यही देह स्वयम् नै हुनुहुन्छ। मुक्त गरिनेहरूका लागि, आत्माको उपयोगी मूल्य देहको भन्दा निकै कम हुन्छ: आत्माको कामले सारा ब्रह्माण्ड, सारा हिमाल, नदीहरू, तालतलैयाहरू, अनि समुद्रहरूलाई समावेश गर्न सक्‍ने भए तापनि, देहको काम उहाँ सम्पर्कमा आउने हरेक व्यक्तिसँग अझै प्रभावकारी रूपमा सम्‍बन्धित हुन्छ। यति मात्र होइन, परमेश्‍वरको देहको मूर्त रूपलाई मानिसले अझै राम्ररी बुझ्‍न र भरोसा गर्न सक्छ, र यसले परमेश्‍वर सम्‍बन्धी मानिसको ज्ञानलाई अझै थप रूपमा गहन तुल्याउन सक्छ, र परमेश्‍वरका वास्तविक कार्यहरूका बारेमा मानिसमा अझै प्रगाढ छवि छोड्न सक्छ। आत्माको कामलाई रहस्यले ढाकेको हुन्छ; मरणशील प्राणीको लागि यो बुझ्‍न कठिन छ, र तिनीहरूले यसलाई देख्‍न अझै कठिन छ, त्यसकारण तिनीहरू खोक्रा कल्‍पनाहरूको मात्रै भर पर्न सक्छन्। तैपनि, देहको काम सामान्य, र वास्तविकतामा आधारित छ, अनि यसमा प्रशस्त बुद्धि छ, साथै यो मानिसको भौतिक आँखाले देख्‍न सक्‍ने तथ्य हो; परमेश्‍वरको कामको बुद्धिलाई मानिसले व्यक्तिगत रूपमा नै अनुभव गर्न सक्छ, र उसको प्रशस्त कल्‍पनाहरूको प्रयोग गर्ने कुनै आवश्यकता हुँदैन। देहमा परमेश्‍वरले गर्नुहुने कामको यथार्थता र वास्तविक मूल्य यही नै हो। आत्माले मानिसको लागि अदृश्य र उसलाई कल्‍पना गर्न कठिन हुने कुराहरू मात्रै गर्न सक्‍नुहुन्छ, उदाहरणको लागि आत्माको अन्तर्दृष्टि, आत्माको हलचल, र आत्माको अगुवाइ, तर मन भएको मानिसको लागि, यिनले कुनै पनि स्पष्ट अर्थ प्रदान गर्दैन। तिनीहरूले स्पर्श, वा वृहत् अर्थ मात्रै प्रदान गर्न सक्छन्, र शब्‍दहरूद्वारा निर्देशन दिन सक्दैनन्। तैपनि, देहमा परमेश्‍वरले गर्नुहुने कार्य निकै फरक छ: यसमा शब्‍दहरूको यथार्थ निर्देशन संलग्‍न हुन्छ, यसको स्पष्ट इच्‍छा हुन्छ, र यसमा आवश्यक उद्देश्यहरू स्पष्ट हुन्छन्। त्यसकारण मानिसले छामछुम गरिहिँड्नु वा आफ्‍नो कल्‍पनाको प्रयोग गर्नु आवश्यक हुँदैन, अनुमानहरू गर्नु पर्ने त परै जाओस्। देहको कामको स्पष्टता यही हो, र यो आत्माको कामभन्दा निकै फरक छ। सीमित क्षेत्रको लागि मात्रै आत्माको काम उपयुक्त हुन्छ र यसले देहको कामलाई प्रतिस्थापन गर्न सक्दैन। देहको कार्यले मानिसलाई आत्माको कार्यले भन्दा धेरै यथार्थ र आवश्यक लक्ष्यहरू र अझै वास्तविक, बहुमूल्य ज्ञान दिन्छ। भ्रष्ट मानिसको लागि सबैभन्दा मूल्यवान् काम भनेको त्यही हो जुन कामले सटीक शब्‍दहरू, पछ्याउनको लागि स्पष्ट लक्ष्यहरू प्रदान गर्न सक्छ, जसलाई देख्‍न र छुन सकिन्छ। मानिसको स्वादको लागि वास्तविक काम र समय अनुसारको अगुवाइ मात्रै उपयुक्त छन्, र वास्तविक कार्यले मात्रै मानिसलाई उसको भ्रष्ट र पतित स्वभावबाट मुक्त गर्न सक्छ। यसलाई देहधारी परमेश्‍वरले मात्रै हासिल गर्न सक्‍नुहुन्छ; देहधारी परमेश्‍वरले मात्रै मानिसलाई उसको पहिलेको भ्रष्ट र पतित स्वभावबाट मुक्त गर्न सक्‍नुहुन्छ। आत्मा परमेश्‍वरको अन्तर्निहित सार भए तापनि, यस प्रकारको कामलाई उहाँको देहले मात्र गर्न सक्‍नुहुन्छ। यदि आत्माले एकलै काम गर्नुभयो भने, उहाँको काम प्रभावकारी हुनु सम्‍भव हुनेथिएन—यो स्पष्ट सत्यता हो। यो देहको कारण धेरैजसो मानिसहरू परमेश्‍वरका शत्रुहरू बनेका भए पनि, जब उहाँले आफ्‍नो काम समाप्त गर्नुहुन्छ, तब उहाँका विरुद्धमा हुनेहरू उहाँका शत्रुहरू बन्‍न छोडेका मात्र हुनेछैनन्, तर यसको विपरीत तिनीहरू उहाँका साक्षीहरू बन्‍नेछन्। तिनीहरू उहाँले विजय गर्नुभएका साक्षीहरू, उहाँको लागि अनुकूल र उहाँबाट अलग गर्न नसकिने साक्षीहरू बन्‍नेछन्। उहाँले मानिसलाई मानिसको निम्ति देहमा उहाँको कार्यको महत्त्वलाई जान्‍ने तुल्याउनुहुन्छ, र मानिसको अस्तित्वको लागि मानिसले उहाँको देहको महत्त्वलाई जान्‍नुपर्छ, मानिसको जीवनको वृद्धिको लागि उहाँको वास्तविक मूल्यलाई जान्‍नुपर्छ, यति मात्र होइन, यो देह जीवनको जीवित जग बन्‍नेछ जसबाट मानिस अलग हुन सक्‍दैन भन्‍ने पनि जान्‍नुपर्छ। परमेश्‍वरको देहधारी शरीर परमेश्‍वरको पहिचान र स्थानसँग मिल्दै नमिल्‍ने, र मानिसको लागि यो उहाँको वास्तविक स्थितिसँग अमेल देखिने भए तापनि, परमेश्‍वरको साँचो स्वरूप वा परमेश्‍वरको साँचो पहिचान नभएको यो देहले त्यो काम गर्न सक्‍नुहुन्छ जुन काम गर्न परमेश्‍वरको आत्मा असमर्थ छ। परमेश्‍वरको देहधारणको साँचो महत्त्व र मूल्य यही हो, र मानिसले कदर गर्न र स्वीकार गर्न नसक्‍ने भनेको यही महत्त्व र मूल्य नै हो। सबै मानवजातिले परमेश्‍वरको आत्मालाई आदरका साथ हेर्ने र परमेश्‍वरको देहलाई हेलाको साथ हेर्ने भए तापनि, तिनीहरूले जसरी हेरे पनि वा विचार गरे पनि, देहको वास्तविक महत्त्व र मूल्य आत्माको भन्दा बढी नै छ। अवश्‍य नै, यो भ्रष्ट मानिसको लागि मात्रै हो। सत्यको खोजी गर्ने र परमेश्‍वरको प्रकटको लागि तृष्णा गर्ने हरेकको लागि, आत्माको कामले स्पर्श वा प्रेरणा, अनि अवर्णनीय र अकल्‍पनीय आश्‍चर्यको आभास, अनि यो महान्, श्रेष्ठ, र प्रशंसनीय छ, तैपनि सबैको लागि यो प्राप्त गर्न र भेट्टाउन नसकिने छ भन्‍ने भाव मात्रै दिन्छ। मानिस र परमेश्‍वरका आत्माले एक-अर्कालाई टाढाबाट मात्रै हेर्न सक्‍नुहुन्छ, मानौं उहाँहरूको बीचमा ठूलो दूरी छ, र उहाँहरू कहिल्यै उस्तै बन्‍न सक्‍नुहुन्‍न, मानौं मानिस र परमेश्‍वरलाई अदृश्य पर्खालले अलग गरेको छ। वास्तवमा, यो आत्माले मानिसलाई दिनुभएको एउटा भ्रम मात्रै हो, किनभने आत्मा र मानिस उस्तै प्रकारको हुनुहुन्‍न र उहाँहरू एउटै संसारमा सँगै अस्तित्वमा कहिल्यै रहन सक्‍नुहुन्‍न, किनभने आत्मामा मानिसको केही पनि छैन। त्यसकारण मानिसलाई आत्माको खाँचो छैन, किनभने मानिसलाई सबैभन्दा बढी आवश्यक पर्ने काम आत्माले प्रत्यक्ष रूपमा गर्न सक्‍नुहुन्‍न। देहको कामले मानिसलाई पछ्याउनको लागि वास्तविक उद्देश्यहरू, स्पष्ट शब्‍दहरू र उहाँ वास्तविक र सामान्य हुनुहुन्छ, उहाँ नम्र र सर्वसाधारण हुनुहुन्छ भन्‍ने आभास दिन्छ। मानिसले उहाँको डर मान्‍न सक्‍ने भए तापनि, धेरैजसो मानिसहरूका लागि उहाँ सजिलै सम्‍बन्धित हुन सकिने हुनुहुन्छ: मानिसले उहाँको मुहारलाई हेर्न सक्छन्, र उहाँको आवाजलाई सुन्‍न सक्छन्, र उसले उहाँलाई टाढाबाट हेर्नु पर्दैन। यो देह मानिसले पहुँच गर्न सकिने हुनुहुन्छ, टाढा, बुझ्‍न नसकिने होइन, तर देख्‍न सकिने र छुन सकिने हुनुहुन्छ, किनभने यो देह मानिसकै संसारमा हुनुहुन्छ।

वचन देहमा देखा पर्नुहुन्छको “भ्रष्ट मानवजाति देहधारी परमेश्‍वरको मुक्तिको अझै बढी खाँचोमा छ” बाट उद्धृत गरिएको

जब परमेश्‍वर अझै देहधारी भइसक्नुभएको थिएन, त्यो बेला उहाँले भन्नुभएको अधिकांश कुरा मानिसहरूले बुझेनन्, किनकि उहाँका वचनहरू पूर्ण ईश्‍वरत्वबाट आएका थिए। उहाँले भन्नुभएको कुराको दृष्टिकोण र सन्दर्भ मानवजातिको लागि अदृश्य र अगम्य थियो यो आत्मिक क्षेत्रबाट व्यक्त गरिएको थियो जसलाई मानिसहरूले देख्न सक्दैनथे। देहमा जिउने मानिसहरू आत्मिक क्षेत्रबाट भएर जान सक्दैनथिए। तर परमेश्‍वर देह बनिसक्‍नुभएपछि उहाँले मानवजातिको दृष्टिकोणबाट बोल्नुभयो, अनि उहाँ आत्मिक क्षेत्रको सीमादेखि बाहिर आउनुभयो र त्यसलाई नाघ्नुभयो। मानवजातिले परमेश्‍वरलाई बुझ्न र चिन्न सकून्, उहाँको अभिप्राय तथा उहाँको अपेक्षित स्तरहरूलाई तिनीहरूको क्षमताको सीमाभित्र तथा तिनीहरूले सक्ने स्तरसम्म आत्मसात् गर्न सकून् भनेर आफ्नो ईश्‍वरीय स्वभाव, इच्छा तथा धारणालाई मानवले कल्पना गर्न सक्ने कुराहरू, तिनीहरूले आफ्‍नो जीवनमा देखेका तथा सामना गरेका कुराहरूद्वारा अनि मानिसहरूले स्वीकार गर्न सक्ने विधिहरू प्रयोग गरेर तिनीहरूले बुझ्न सक्ने ज्ञानद्वारा व्यक्त गर्न सक्नुभयो। मानवजातिमा उहाँको कामको विधि तथा सिद्धान्त यही नै थियो। देहमा काम गर्ने परमेश्‍वरका धेरैजसो तरिका तथा उहाँका सिद्धान्तहरू मानवताको माध्यमले वा मानवताद्वारा हासिल गरिएको भए तापनि, यसले प्रत्यक्ष रूपमा ईश्‍वरत्वद्वारा काम गरेर हासिल गर्न नसकिने परिणामहरू हासिल गर्न सक्यो।

वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् ३” बाट उद्धृत गरिएको

अहिले मानिसले देहधारी परमेश्‍वरको काम वास्तवमै असाधारण छ, र यसमा मानिसले प्राप्त गर्न नसक्‍ने, र रहस्य र अचम्‍मका कुराहरू धेरै कुराहरू छन् भन्‍ने देख्‍न सक्छ। त्यसैकारण धेरै जना अधीनमा बसेका छन्। कोही-कोही तिनीहरूका जन्मदेखि नै कहिल्यै कसैको अधीनमा बसेका छैनन्, तापनि तिनीहरूले आजको दिनमा परमेश्‍वरका वचनहरू देख्दा तिनीहरूले थाहै नपाई तिनीहरू अधीनमा बसेका हुन्छन्, अनि तिनीहरू जाँच्ने वा अरू कुनै कुरा गर्ने आँट गर्दैनन्। मानवता वचनको अधीनमा परेको छ र वचनको न्यायको मुनि लम्पसार परेको छ। यदि परमेश्‍वरका आत्माले मानिससँग सीधै बोल्नुहुन्थ्यो भने मानवजाति सबै त्यो आवाजको अधीनमा बस्‍नेथिए, अनि जसरी पावल दमस्कसको बाटोको ज्योतिले गर्दा भुइँमा लडेका थिए त्यसरी नै तिनीहरू प्रकाशको वचनविना नै लड्नेथिए। यदि परमेश्‍वरले यस प्रकारले काम गरिरहनुभएको भए, मानिसले कहिल्यै पनि वचनको न्यायद्वारा आफ्नो भ्रष्टतालाई जान्न र त्यसबाट मुक्ति प्राप्त गर्न सक्दैनथियो। केवल मानिस बनेर मात्र परमेश्‍वरले प्रत्येक र सबै मानवजातिको कानमा उहाँका वचनहरू पुर्‍याउन सक्नुहुन्छ, यसरी जसको कान छ ती सबैले उहाँको वचन सुन्न र वचनद्वारा न्यायको कामलाई स्वीकार गर्न सक्छन्। यो आत्मा प्रकट भएर मानिसलाई अधीनमा बस्न डर देखाएर होइन, बरु उहाँको वचनद्वारा प्राप्त गरिने परिणाम हो। यस्तो व्यावहारिक र अझ असाधारण कार्यको माध्यमबाट मात्रै धेरै वर्षदेखि भित्र लुकेको मानिसको पुरानो स्वभावलाई पूर्ण रूपमा प्रकट गर्न सकिन्छ, यसरी मानिसले त्यसलाई चिन्न र परिवर्तन गर्न सक्दछ। यी सबै देहधारी परमेश्‍वरका व्यावहारिक कार्यहरू हुन्, जसमा व्यावहारिक रूपमा बोलेर अनि न्याय कार्यान्वयन गरेर उहाँले वचनद्वारा मानिसमा न्यायको परिणाम प्राप्त गर्नुहुन्छ। देहधारी परमेश्‍वरको अधिकार र परमेश्‍वरको देहधारणको महत्त्व यही हो। यो देहधारी परमेश्‍वरको अधिकार जनाउन, वचनको कामले हासिल गरेका परिणामहरू जनाउन र आत्मा देहमा आउनुभएको छ भनी बताउन र वचनद्वारा मानिसको न्याय गरी उहाँको अधिकार प्रदर्शन गर्नका निम्ति गरिन्छ। उहाँको शरीर एक साधारण र सामान्य मानवताको बाहिरी रूप भए पनि उहाँका वचनहरूले प्राप्त गरेका परिणामहरूले मानिसलाई उहाँ अधिकारले पूर्ण हुनुहुन्छ, उहाँ स्वयम् परमेश्‍वर हुनुहुन्छ र उहाँका वचनहरू स्वयम् परमेश्‍वरका अभिव्यक्ति हुन् भनी देखाउँछ। यस माध्यमद्वारा सबै मानवजातिलाई उहाँ स्वयम् परमेश्‍वर हुनुहुन्छ, उहाँ देह बन्‍नुभएका परमेश्‍वर हुनुहुन्छ, उहाँलाई कसैले उल्‍लङ्घन गर्नु हुँदैन, र अनि कसैले पनि वचनद्वारा गरिने उहाँको न्यायलाई उछिन्न सक्दैन, अन्धकारको कुनै शक्ति उहाँको अख्तियारमाथि विजयी हुन सक्दैन भनी देखाइन्छ। उहाँ देहधारी हुनुभएका वचन हुनुहुन्छ, त्यसकारण र उहाँको अधिकारको कारण र वचनद्वारा उहाँले गर्ने न्यायको कारण मानिस पूर्ण रूपमा उहाँको अधीनमा बस्छ। उहाँको देहधारी शरीरद्वारा ल्याइएको काम उहाँसित भएको अधिकार हो। शरीरले पनि अख्तियार प्राप्त गर्न सकोस् भनेर उहाँ देह बन्नुको हो, र उहाँ मानिसले देख्न र अनुभव गर्न सक्‍ने गरी मानिसमा व्यावहारिक ढङ्गले काम गर्न सक्षम हुनुहुन्छ। यो काम परमेश्‍वरका आत्माले सीधै गर्नुभएको कामभन्दा धेरै यथार्थ परक हुन्छ, जोसँग सबै अधिकार छ, र यसका परिणामहरू पनि स्पष्ट हुन्छन्। किनकि देहधारी परमेश्‍वर व्यावहारिक रूपमा बोल्न र काम गर्न सक्नुहुन्छ। उहाँको देहको बाहिरी रूपको कुनै अधिकार हुँदैन, र मानिस त्यसको नजिक जान सक्छ, जबकी उहाँको अस्तित्वले अख्तियार बोक्दछ, तर उहाँको अख्तियारलाई कसैले देख्न सक्दैन। जब उहाँ बोल्नुहुन्छ र काम गर्नुहुन्छ, मानिसले उहाँको अख्तियारको अस्तित्व पत्ता लगाउन सक्दैन; यसले उहाँलाई व्यावहारिक प्रकृतिको काम गर्न सहयोग पुर्‍याउँछ। यो सबै व्यावहारिक कार्यले परिणामहरू प्राप्त गर्न सक्छ। कुनै मानिसले उहाँमा अधिकार छ भन्‍ने महसुस नगरे पनि, वा उहाँलाई दुःखी बनाउनु हुँदैन भनी नबुझे पनि, वा उहाँको क्रोध नदेखे पनि, उहाँले उहाँको गुप्त अख्तियार, उहाँको लुकेको क्रोध र उहाँले खुल्लमखुल्ला बोल्नुहुने वचनबाट आफ्ना वचनहरूद्वारा आफूले चाहनुभएको परिणाम प्राप्त गर्नुहुन्छ। अर्को शब्दमा, उहाँको आवाजको सुर, उहाँको बोलीको कठोरता, र उहाँको वचनका सबै बुद्धिद्वारा मानिस पूर्ण रूपले विश्‍वस्त हुन्छ। यस प्रकारले, मानिस देहधारी परमेश्‍वरको अधीनमा बस्छ, जसको कुनै अधिकार छैन जस्तो देखिन्छ, यसरी मानिसलाई बचाउने परमेश्‍वरको उद्देश्य पूरा हुन्छ। यो उहाँको देहधारणको महत्त्वको अर्को पक्ष हो: अझ बढी यथार्थतापूर्वक बोल्नु र उहाँको वचनको वास्तविकतालाई मानिसमा प्रभाव पार्ने तुल्याउनु, यसैले कि मानिसले परमेश्‍वरको वचनको शक्तिलाई देख्न सकोस्। त्यसकारण, यदि देहधारणको माध्यमद्वारा यो काम गरिएको थिएन भने, त्यसले थोरै परिणामहरू पनि प्राप्त गर्न सक्दैनथियो र पापीहरूलाई पूर्ण रूपमा मुक्ति दिन सक्ने थिएन। यदि परमेश्‍वर मानिस नबन्नुभएको भए उहाँ आत्मा नै रहनुहुने थियो, जो मानिसका निम्ति अदृश्य र अनुभव गर्न नसकिने दुवै हुनेथियो। मानिस शारीरिक प्राणी भएकोले ऊ र परमेश्‍वर दुई फरक संसारका हुनुहुन्छ र जसका विभिन्न प्रकृतिहरू छन्। मानिस देह भएकोले परमेश्‍वरका आत्मा ऊसित सँगै रहन सक्दैन, र तिनको बीचमा सम्बन्ध स्थापित गर्ने कुनै उपाय छैन, अनि मानिस आत्मामा परिवर्तन हुनु त झन् हुनै नसक्ने कुरा हो। यस्तो भएकोले, आफ्‍नो मूल कार्यलाई गर्नको लागि परमेश्‍वरका आत्मा सृष्टि गरिएको प्राणी हुनु नै पर्दछ। परमेश्‍वर उच्च स्थानमा चढ्न र मानव प्राणी बन्नका निम्ति आफूलाई नम्र तुल्याउन, दुवै कार्य गर्न सक्‍ने हुनुहुन्छ, यसरी उहाँले मानवजातिका माझमा काम गर्न र तिनीहरूका बीचमा सक्‍नुहुन्छ, तर मानिस उच्च स्थानमा उक्लिन र आत्मा बन्न सक्दैन, र ऊ तल्लो स्थानमा त झनै ओर्लन सक्दैन। यसैले गर्दा परमेश्‍वर आफ्नो काम पूरा गर्न मानिस बन्नुपर्छ। यसरी नै, पहिलो देहधारणको अवधिमा देहधारी परमेश्‍वरको शरीरले मात्रै उहाँको क्रूसीकरणद्वारा मानिसलाई छुटकारा दिन सक्यो, नत्र भने परमेश्‍वरका आत्मा मानिसको पापबलिको रूपमा क्रूसमा टाँगिने कुनै उपाय हुनेथिएन। परमेश्‍वर मानिसको पापबलि हुनका निम्ति सीधै मानिस बन्न सक्नुहुन्थ्यो, तर मानिस परमेश्‍वरले उसको निम्ति तयार पार्नुभएको पापबलि बोकेर सीधै स्वर्गमा उक्लिन सक्दैनथ्यो। यस्तो भएकोले, परमेश्‍वरलाई स्वर्ग र पृथ्वीको बीचमा केही पल्ट आउने र जाने गर्न लाउनु मात्र सम्भव हुन्थ्यो, मानिसलाई मुक्ति पाउनका निम्ति स्वर्गमा उक्लिन लगाउनु सम्भव भएन, किनकि मानिस पतित भएको थियो, साथै मानिस यसै पनि स्वर्गमा उक्लिनु सक्दैन, झन् पापबलि प्राप्त गर्न सक्‍नु त कुरै नगरौं। त्यसकारण, येशू मानवजातिको बीचमा आउनु र कुनै मानिसले गर्न नसक्ने काम व्यक्तिगत रूपमा गर्नु आवश्यक थियो। हरेक चोटि परमेश्‍वर अति आवश्यक परेकोले गर्दा मात्रै मानिस बन्नुहुन्छ। यदि कुनै पनि चरणहरू प्रत्यक्ष रूपमा परमेश्‍वरका आत्माद्वारा पूरा गर्न सकिन्थ्यो भने उहाँ देहधारी हुने अपमानजनक कार्यमा समर्पित बन्नुहुने थिएन।

वचन देहमा देखा पर्नुहुन्छको “देहधारणको रहस्य (४)” बाट उद्धृत गरिएको

न्याय गरिने भनेको मानिस अर्थात्, देहगत र भ्रष्ट तुल्याएको मानिस नै हो, र प्रत्यक्ष रूपमा न्याय गरिने शैतानको आत्मा होइन, त्यसकारण न्यायको काम आत्मिक संसारमा होइन, तर मानिसको बीचमा गरिन्छ। मानिसको देहको भ्रष्टतालाई न्याय गर्ने कामको लागि देहमा हुनुहुने परमेश्‍वर जत्तिको अरू कोही पनि उपयुक्त र योग्य छैन। यदि परमेश्‍वरका आत्माले प्रत्यक्ष रूपमा नै न्याय गर्नुभएको भए, यो सर्व-स्वीकार्य हुँदैनथियो। यसको साथै, मानिसले त्यस्तो कार्यलाई स्वीकार गर्नु कठिन हुनेथियो, किनभने आत्मा मानिससँग आमने-सामने हुन सक्‍नुहुन्‍न, र यस कारणले गर्दा, यसको प्रभाव तत्‍कालीन हुनेथिएन, मानिसले परमेश्‍वरको रिस उठाउन नसकिने स्वभावलाई अझै स्पष्ट रूपमा देख्‍न सक्‍नु त परै जाओस्। देहमा हुनुहुने परमेश्‍वरले मानिसको भ्रष्टतालाई न्याय गर्नुभयो भने मात्रै शैतान पूर्ण रूपमा हार्न सक्छ। मानिसजस्तै सामान्य मानवता धारण गर्नुभएको हुनाले, देहमा हुनुहुने परमेश्‍वरले मानिसको अधार्मिकतालाई प्रत्यक्ष रूपमा न्याय गर्न सक्‍नुहुन्छ; यो उहाँको अन्तर्निहित पवित्रता, र उहाँको असाधारणताको चिन्‍ह हो। मानिसलाई न्याय गर्नको लागि परमेश्‍वर मात्रै योग्य, र यसो गर्ने स्थानमा हुनुहुन्छ, किनभने उहाँमा सत्यता, र धार्मिकता छ, त्यसैले उहाँले मानिसलाई न्याय गर्न सक्‍नुहुन्छ। सत्यता र धार्मिकता विहीनहरू अरूलाई न्याय गर्न योग्य छैनन्। यदि यो काम परमेश्‍वरका आत्माले गर्नुभयो भने, यसको अर्थ शैतानमाथिको विजय हो भन्नेथिएन। आत्मा अन्तर्निहित रूपमा मरणशील प्राणीहरूभन्दा उच्‍च हुन्छ, र परमेश्‍वरका आत्मा अन्तर्निहित रूपमा नै पवित्र, अनि देहमाथि विजयी हुनुहुन्छ। यदि यो काम आत्माले प्रत्यक्ष रूपमा गर्नुभयो भने, उहाँले मानिसका सारा अनाज्ञाकारितालाई न्याय गर्न सक्‍नुहुनेथिएन र मानिसको सबै अधार्मिकतालाई प्रकट गर्न सक्‍नुहुनेथिएन। किनभने न्यायको काम परमेश्‍वर सम्‍बन्धी मानिसको धारणाद्वारा पनि अघि बढाइन्छ, र आत्माको बारेमा मानिससँग कुनै धारणा कहिल्यै थिएन, त्यसकारण मानिसको अधार्मिकतालाई अझै राम्ररी प्रकट गर्न आत्मा असक्षम हुनुहुन्छ, त्यस्तो अधार्मिकतालाई पूर्ण रूपमा खुलासा गर्ने कुरा त परै जाओस्। देहधारी परमेश्‍वर उहाँलाई नचिन्‍नेहरू सबैका शत्रु हुनुहुन्छ। मानिसका धारणाहरूलाई र उहाँ प्रतिको विरोधलाई न्याय गरेर, उहाँले मानवजातिका सारा अनाज्ञाकारीतालाई खुलासा गर्नुहुन्छ। देहमा उहाँले गर्नुहुने कामका प्रभावहरू आत्माका कामभन्दा अझै स्पष्ट हुन्छन्। त्यसैले, सारा मानवजातिको न्याय प्रत्यक्ष रूपमा आत्माले गर्नुहुन्‍न, तर यो देहधारी परमेश्‍वरको काम हो। देहमा हुनुहुने परमेश्‍वरलाई मानिसले देख्‍न र छुन सक्छ, र देहमा हुनुहुने परमेश्‍वरले मानिसलाई पूर्ण रूपमा विजय गर्न सक्‍नुहुन्छ। देहमा हुनुहुने परमेश्‍वरसँगको आफ्‍नो सम्‍बन्धमा, मानिस विरोधबाट आज्ञापालनमा, सतावटबाट स्वीकारमा, धारणाहरूबाट ज्ञानमा, अनि इन्कारबाट प्रेममा उन्नत हुन्छन्—यी देहधारी परमेश्‍वरको कामका प्रभावहरू हुन्। उहाँको न्यायलाई स्वीकार गरेर मात्रै मानिस मुक्त हुन सक्छ, उहाँको मुखका वचनहरूद्वारा मात्रै मानिसले बिस्तारै उहाँलाई चिन्दै जान्छ, उहाँप्रतिको उसको विरोधको अवधिमा उहाँले मानिसलाई विजय गर्नुहुन्छ, र उहाँको सजायको स्वीकारको अवधिमा उसले उहाँबाट जीवनको आपूर्ति प्राप्त गर्छ। यी सबै काम देहमा हुनुहुने परमेश्‍वरको काम हो, र आत्माको रूपमा आफ्ना पहिचानमा हुनुभएका परमेश्‍वरको काम होइन। देहधारी परमेश्‍वरले गर्नुभएको काम नै सबैभन्दा ठूलो, र सबैभन्दा उल्‍लेखनीय काम हो, र परमेश्‍वरको कार्यका तीन वटा चरणहरूको मुख्य भाग भनेको देहधारणको कार्यका दुई वटा चरणहरू हुन्। मानिसको गहन भ्रष्टता देहधारी परमेश्‍वरको कामको निम्ति ठूलो बाधा हो। निश्‍चित रूपमा, आखिरी दिनहरूका मानिसहरूमा गरिने काम निकै कठिन छ, र वातावरण शत्रुवत छ, अनि हरेक प्रकारका व्यक्तिको क्षमता निकै कमजोर छ। तैपनि यो कामको अन्त्यमा, यसले कुनै पनि त्रुटिहरूविना नै उचित प्रभाव हासिल गर्नेछ; देहको कामको प्रभाव यही नै हो, र आत्माको कामभन्दा यो प्रभाव अझै विश्‍वस्त तुल्याउने किसिमको हुन्छ। परमेश्‍वरको कार्यका तीन वटा चरणहरूलाई देहमा समाप्त गरिनेछ, र तिनलाई देहधारी परमेश्‍वरले नै समाप्त गर्नुपर्छ। सबैभन्दा महत्त्वपूर्ण र निर्णायक कार्य देहमा गरिन्छ, र मानिसको मुक्ति देहमा हुनुहुने परमेश्‍वरले व्यक्तिगत रूपमा नै अघि बढाउनुहुन्छ। देहमा हुनुहुने परमेश्‍वर मानिससँग सम्‍बन्धित देखिँदैन भन्‍ने मानिसले ठाने पनि, वास्तवमा यो देहले सारा मानवजातिको गन्तव्य र अस्तित्वसँग सम्‍बन्ध राख्छ।

वचन देहमा देखा पर्नुहुन्छको “भ्रष्ट मानवजाति देहधारी परमेश्‍वरको मुक्तिको अझै बढी खाँचोमा छ” बाट उद्धृत गरिएको

देहमा जिउने सबैका लागि, तिनीहरूको स्वभावलाई परिवर्तन गर्नको लागि लक्ष्यहरूको पछि लाग्‍न आवश्यकता पर्छ, र परमेश्‍वरलाई चिन्‍नको लागि परमेश्‍वरको वास्तविक कार्यहरू र वास्तविक मुहारलाई हेर्नु आवश्यक हुन्छ। यी दुवै कुरा परमेश्‍वरको देहधारी शरीरले मात्रै हासिल गर्न सक्‍नुहुन्छ, र यी दुवै कुरा सामान्य र वास्तविक देहले मात्रै पूरा गर्न सक्‍नुहुन्छ। यही कारणले देहधारण अत्यावश्यक छ, र यसै कारणले सारा भ्रष्ट मानवजातिलाई यसको खाँचो छ। मानिसहरूले परमेश्‍वरलाई जान्‍नु आवश्यक भएकोले, तिनीहरूका हृदयबाट अस्पष्ट र अलौकिक ईश्‍वरहरूका स्वरूपहरूलाई हटाइनै पर्छ, अनि तिनीहरूले आफ्‍ना भ्रष्ट स्वभावलाई त्याग्‍नु आवश्यक भएकोले, तिनीहरूले सुरुमा आफ्‍ना भ्रष्ट स्वभावलाई चिन्‍नैपर्छ। यदि मानिसले मानिसहरूका हृदयबाट अस्पष्ट ईश्‍वरहरूका स्वरूपहरूलाई हटाउने काम मात्रै गर्‍यो भने, ऊ उचित प्रभाव हासिल गर्न असफल हुनेछ। मानिसहरूको हृदयमा भएको अस्पष्ट ईश्‍वरहरूका स्वरूपहरूलाई वचनहरूले मात्रै खुलासा गर्न, हटाउन, वा पूर्ण रूपमा निकाल्‍न सक्दैन। यसो गर्ने क्रममा, आखिरमा अझै मानिसहरूका हृदयबाट जरा गाडेर बसेका यी कुराहरूलाई हटाउन सम्‍भव हुनेछैन। यी अस्पष्ट र अलौकिक कुराहरूलाई व्यवहारिक परमेश्‍वर र परमेश्‍वरको साँचो स्वरूपले प्रतिस्थापन गरेर, अनि मानिसहरूलाई बिस्तारै ती चिनाएर मात्रै, उचित प्रभाव हासिल गर्न सकिन्छ। विगतमा उसले खोजेको परमेश्‍वर अस्पष्ट र अलौकिक छ भन्‍ने कुरालाई मानिसले पहिचान गर्छ। यो प्रभाव हासिल गर्न सक्‍ने आत्माको प्रत्यक्ष नेतृत्व होइन, निश्‍चित व्यक्तिको शिक्षाहरूको त कुरै छाँडौ, तर यो त देहधारी परमेश्‍वर नै हुनुहुन्छ। जब देहधारी परमेश्‍वरले आधिकारिक रूपमा आफ्‍नो काम गर्नुहुन्छ तब मानिसका धारणाहरूलाई नाङ्गेझार पारिन्छ, किनभने देहधारी परमेश्‍वरको सामान्यता र वास्तविकता नै मानिसको कल्‍पनामा भएको अस्पष्ट र अलौकिक ईश्‍वरलाई हटाउने प्रतिपक्ष हो। मानिसको मूल धारणाहरूलाई देहधारी परमेश्‍वरको विरुद्धमा तुलना गरियो भने मात्रै खुलासा गर्न सकिन्छ। देहधारी परमेश्‍वरसँगको तुलनाविना, मानिसका धारणाहरूलाई खुलासा गर्न सकिँदैन; अर्को शब्‍दमा भन्दा, प्रतिभारको रूपमा रहेको वास्तविकताविना, अस्पष्ट कुराहरूलाई प्रकट गर्न सकिँदैन। यो कार्य गर्नको लागि वचनहरूको प्रयोग गर्न सक्‍ने कोही छैन, र वचनहरूको प्रयोग गरी यो स्पष्ट पार्न सक्‍ने कोही पनि छैन। परमेश्‍वर स्वयमले मात्रै उहाँको आफ्‍नो काम गर्न सक्‍नुहुन्छ, र कसैले पनि उहाँको तर्फबाट यो काम गर्न सक्दैन। मानिसको भाषा जति नै सम्‍पन्‍न भए तापनि, परमेश्‍वरको वास्तविकता र सामान्यतालाई स्पष्ट रूपमा व्यक्त गर्न ऊ सक्षम छैन। यदि परमेश्‍वरले व्यक्तिगत रूपमा मानिसको बीचमा काम गर्नुभयो र आफ्‍नो स्वरूप र आफ्‍नो अस्तित्वलाई पूर्ण रूपमा देखाउनुभयो भने मात्रै, मानिसले अझै व्यवहारिक रूपमा परमेश्‍वरलाई चिन्‍न सक्छ, र उहाँलाई अझै स्पष्ट रूपमा चिन्‍न सक्छ। यो प्रभावलाई देहका कुनै पनि मानिसले हासिल गर्न सक्दैन। अवश्‍य नै, यो प्रभाव हासिल गर्न परमेश्‍वरका आत्मा असमर्थ हुनुहुन्छ। परमेश्‍वरले भ्रष्ट मानिसलाई शैतानको प्रभावबाट मुक्त गर्न सक्‍नुहुन्छ, तर यो काम परमेश्‍वरका आत्माले प्रत्यक्ष रूपमा पूरा गर्न सक्‍नुहुन्‍न; बरु, यो परमेश्‍वरका आत्माले धारण गर्नुहुने देहले, अर्थात् परमेश्‍वरको देहधारी शरीरले मात्रै पूरा गर्न सक्छ। यो देह मानिस हो र परमेश्‍वर पनि हुनुहुन्छ, यो सामान्य मानवता भएको मानिस अनि पूर्ण ईश्‍वरीयता भएको परमेश्‍वर पनि हुनुहुन्छ। त्यसकारण, यो देह परमेश्‍वरका आत्मा हुनुहुन्‍न, र आत्माभन्दा निकै फरक हुनुहुन्छ, तैपनि मानिसलाई मुक्ति दिनुहुने देहधारी परमेश्‍वर स्वयम् नै हुनुहुन्छ, जो आत्मा हुनुहुन्छ र देह पनि हुनुहुन्छ। उहाँलाई जसरी कहलाइए तापनि, आखिरमा मानवजातिलाई मुक्ति दिनुहुने परमेश्‍वर स्वयम् नै हुनुहुन्छ। परमेश्‍वरका आत्मा देहबाट अविभाज्य छ, र देहको काम परमेश्‍वरका आत्माको काम पनि हो; यति मात्रै हो कि यो काम आत्माको पहिचान प्रयोग गरेर गरिँदैन, तर देहको पहिचान प्रयोग गरेर गरिन्छ। आत्माले प्रत्यक्ष रूपमा गर्नु पर्ने कामको लागि देहधारणको आवश्यकता पर्दैन, र देहले गर्नु पर्ने कामलाई आत्माले प्रत्यक्ष रूपमा गर्न सक्‍नुहुन्‍न, र देहधारी परमेश्‍वरले मात्रै यो गर्न सक्‍नुहुन्छ। यो कामको लागि आवश्यक पर्ने कुरा यही हो, र भ्रष्ट मानवजातिलाई आवश्यक पर्ने कुरा यही नै हो। परमेश्‍वरको कार्यका तीन चरणहरूमा, एउटै चरणलाई मात्रै पवित्र आत्माले प्रत्यक्ष रूपमा गर्नुभयो, र बाँकी दुई वटा चरणहरूलाई देहधारी परमेश्‍वरले गर्नुहुन्छ, प्रत्यक्ष रूपमा आत्माले होइन। आत्माले गर्नुभएको व्यवस्थाको युगको कार्यमा मानिसको भ्रष्ट स्वभावलाई परिवर्तन गर्ने कार्य समावेश थिएन, न त परमेश्‍वरसँग सम्‍बन्धित मानिसको ज्ञानसँग नै यसको कुनै सम्‍बन्ध थियो। अनुग्रहको युग र राज्यको युगको परमेश्‍वरको देहको काममा मानिसको भ्रष्ट स्वभाव र परमेश्‍वर सम्‍बन्धी उसको ज्ञान संलग्‍न छ, र यो मुक्तिको कामको महत्त्वपूर्ण र निर्णायक भाग हो। त्यसकारण, भ्रष्ट मानवजाति देहधारी परमेश्‍वरको मुक्तिको अझै बढी खाँचोमा छ, र देहधारी परमेश्‍वरको प्रत्यक्ष कार्यको अझै बढी खाँचोमा छ। उसलाई गोठाला गर्न, उसलाई सहयोग गर्न, उसलाई पानी दिन, उसलाई खुवाउन, उसलाई न्याय गर्न र सजाय दिनको लागि मानवजातिलाई देहधारी परमेश्‍वर चाहिन्छ, र देहधारी परमेश्‍वरबाट उसलाई अझै बढी अनुग्रह र अझै बढी छुटकाराको खाँचो छ। देहमा हुनुहुने परमेश्‍वर मात्रै मानिसको सहयोगी, मानिसको गोठालो, सँधै उपलब्ध हुने सहयोग हुन सक्‍नुहुन्छ, र आज र विगतको समय दुवैमा देहधारणको आवश्यकता यी सबै हो।

वचन देहमा देखा पर्नुहुन्छको “भ्रष्ट मानवजाति देहधारी परमेश्‍वरको मुक्तिको अझै बढी खाँचोमा छ” बाट उद्धृत गरिएको

सम्पूर्ण व्यवस्थापन कार्यभरि, सबैभन्दा महत्त्वपूर्ण काम भनेको मानिसलाई शैतानको प्रभावबाट मुक्त गर्नु हो। मुख्य काम भनेको भ्रष्ट मानिसलाई पूर्ण रूपमा विजय गर्नु, यसरी विजय गरिएको मानिसको हृदयमा परमेश्‍वरप्रतिको मूल भक्तिलाई पुनर्स्थापित गर्नु, र मानिसलाई सामान्य जीवन, अर्थात्, परमेश्‍वरको सृष्टिको सामान्य जीवन हासिल गर्न दिनु हो। यो काम अत्यन्तै महत्त्वपूर्ण छ, र यो व्यवस्थापन कार्यको केन्द्रविन्दु हो। मुक्तिको कार्यको तीन चरणहरूमा, व्यवस्थाको युगको पहिलो चरणको कार्य व्यवस्थापन कार्यको केन्द्रविन्दुबाट निकै टाढा थियो; यसमा मुक्तिको कार्यको अलिकति स्वरूप मात्रै थियो, र यो मानिसलाई शैतानको अधिकार-क्षेत्रबाट मुक्त गर्ने परमेश्‍वरको कार्यको सुरुवात थिएन। कार्यको पहिलो चरण प्रत्यक्ष रूपमा आत्माले नै गर्नुभयो किनभने, व्यवस्थाको अधीनमा, व्यवस्थाको पालन गर्ने बारेमा मात्रै मानिसलाई थाहा थियो, र मानिससँग त्योभन्दा बढी सत्यता थिएन, किनभने व्यवस्थाको युगको कार्यमा मानिसको स्वभावलाई परिवर्तन गर्ने कार्य मुस्किलले संलग्न थिए, शैतानको अधिकार-क्षेत्रबाट मानिसलाई कसरी मुक्त गर्ने भन्ने कार्यसँग यो सम्‍बन्धित हुने कुरा त परै जाओस्। यसरी परमेश्‍वरका आत्माले कार्यको यो अत्यन्तै सरल चरणलाई पूरा गर्नुभयो, जसले मानिसको भ्रष्ट स्वभावसँग कुनै सम्‍बन्ध राखेन। कार्यको यो चरणले व्यवस्थापनको केन्द्रविन्दुसँग त्यति सम्‍बन्ध राखेन, र मानिसको मुक्तिको आधिकारिक कार्यसँग यसको त्यति धेरै परस्पर सम्बन्ध थिएन, त्यसकारण व्यक्तिगत रूपमा आफ्‍नो काम गर्नको लागि परमेश्‍वर देह बन्न आवश्यक तुल्याएन। आत्माले गर्नुभएको काम अन्तर्निहित र बुझ्‍न नसकिने छ, र यो मानिसको लागि गहन रूपमा डरलाग्दो र पहुँच गर्न नसकिने छ; मुक्तिको काम प्रत्यक्ष रूपमा गर्नको लागि आत्मा उपयुक्त हुनुहुन्‍न, र उहाँ मानिसलाई प्रत्यक्ष रूपमा जीवन दिन उपयुक्त हुनुहुन्‍न। मानिसको लागि सबैभन्दा उपयुक्त भनेको आत्माको कामलाई मानिसको नजिकको पहुंचमा रूपान्तरण गर्नु हो, भन्‍नुको अर्थ, आफ्‍नो काम गर्नको लागि परमेश्‍वर सामान्य, सर्वसाधारण व्यक्ति बन्‍नु नै मानिसको लागि सबैभन्दा उपयुक्त हो। यसको लागि आफ्‍नो काममा आत्माको स्थान लिन परमेश्‍वर देहधारी बन्‍नु आवश्यक हुन्छ, र मानिसको लागि, परमेश्‍वरले काम गर्ने योभन्दा अरू कुनै उपयुक्त तरिका छैन। कार्यका यी तीन वटा चरणहरूमध्ये, दुई चरणलाई देहले अघि बढाउनुहुन्छ, र यी दुई चरणहरू व्यवस्थापन कार्यका मुख्य अवस्थाहरू हुन्। दुई देहधारणहरू पारस्‍परिक रूपमा परिपूरक छन्, र तिनीहरूले एक-अर्कालाई सिद्ध रूपमा परिपूर्ण गर्छन्। परमेश्‍वरको देहधारणको पहिलो चरणले दोस्रो चरणको लागि जग बसाल्यो, र परमेश्‍वरका दुई देहधारणहरूले एउटै पूर्णतालाई निर्माण गर्छन् र तिनीहरू एक-अर्कासँग परस्पर-विरोधी छैनन् भनेर भन्‍न सकिन्छ। परमेश्‍वरको कार्यका यी दुई चरणहरूलाई परमेश्‍वरले आफ्‍नो देहधारी पहिचानमा अघि बढाउनुहुन्छ किनभने सम्पूर्ण व्यवस्थापन कार्यको लागि ती अत्यन्तै महत्त्वपूर्ण छन्। के सम्‍म भन्‍न सकिन्छ भने, परमेश्‍वरका दुई देहधारणहरूको कार्यविना, सम्पूर्ण व्यवस्थापन कार्य रोकिने थियो, र मानवजातिलाई मुक्त गर्ने कार्य बकम्फुसे गफ बाहेक केही पनि हुनेथिएन। यो कार्य महत्त्वपूर्ण छ कि छैन भन्‍ने कुरा मानवजातिका आवश्यकताहरू, मानवजातिको भ्रष्टताको वास्तविकता, र शैतानको अनाज्ञाकारिता र कामप्रतिको त्यसको बाधाको गम्‍भीरतामा आधारित हुन्छ। कुनै कामको लागि उपयुक्त व्यक्ति को छ त्यस कुरालाई काम गर्नेले गरेको कामको प्रकृति, र कामको महत्त्वको आधारमा पूर्वानुमान गरिन्छ। जब यो कामको महत्त्वको कुरा आउँछ, कार्यको कुन विधि अपनाउने हो त्यसको आधारमा—परमेश्‍वरका आत्माले प्रत्यक्ष रूपमा गर्नुभएको काम, वा देहधारी परमेश्‍वरले गर्नुभएको काम, वा मानिसद्वारा गरिने काम—सुरुमा हटाइने भनेको मानिसद्वारा गरिने कार्य हो, र, कामको प्रकृति, र देहको कामको विरुद्धमा आत्माको कामको प्रकृतिको तुलनाको आधारमा, मानिसको लागि आत्माले प्रत्यक्ष रूपमा गर्नुहुने कामभन्दा देहले गर्ने काम नै लाभदायक छ, र यसले अझै बढी फाइदाहरू प्रदान गर्छ भन्ने नै अन्तिम निर्णय हो। यो काम आत्माद्वारा गर्ने कि देहद्वारा गर्ने भन्‍ने बारेमा निर्णय गर्ने समयमा परमेश्‍वरले यही विचार गर्नुभयो। कार्यको हरेक चरणको महत्त्व र आधार छ। ती आधारहीन कल्‍पनाहरू होइनन्, न त ती मनोमानी ढङ्गले नै गरिन्छन्; तिनमा निश्‍चित बुद्धि छ। परमेश्‍वरको सबै कामको पछाडिको सत्यता यस्तै छ। निश्‍चित रूपमा, देहधारी परमेश्‍वरले मानिसको बीचमा व्यक्तिगत रूपमा काम गरिरहनुभएको बेलामा यति ठूलो काममा परमेश्‍वरको अझै धेरै योजना छ। त्यसकारण, परमेश्‍वरको बुद्धि र उहाँको अस्तित्वको सम्पूर्णता उहाँको कामको हरेक क्रियाकलाप, सोचाइ, र विचारमा प्रतिबिम्‍बित हुन्छ; यो परमेश्‍वरको अझै ठोस र व्यवस्थित अस्तित्व हो। यी सानातिना सोचाइ र विचारहरू मानिसले कल्‍पना गर्न कठिन छ, मानिसले विश्‍वास गर्न कठिन छ, यसको साथै, मानिसले जान्‍न कठिन छ।

वचन देहमा देखा पर्नुहुन्छको “भ्रष्ट मानवजाति देहधारी परमेश्‍वरको मुक्तिको अझै बढी खाँचोमा छ” बाट उद्धृत गरिएको

देहमा गरिने उहाँको कार्यको सबैभन्दा उत्तम कुरा भनेको उहाँले यथार्थ वचनहरू र अर्तीहरू, र मानवजातिप्रतिको उहाँको निश्‍चित इच्छालाई उहाँको पछि लाग्‍नेहरूमा छोड्न सक्‍नुहुन्छ, ताकि त्यसपछि उहाँका अनुयायीहरूले अझै यथार्थ रूपमा र अझै ठोस रूपमा देहमा गरिने उहाँको सारा काम, र सारा मानवजातिप्रति उहाँको इच्‍छालाई यो मार्ग स्वीकार गर्नेहरूमा हस्तान्तरण गर्न सक्‍नेछन्। मानिसको बीचमा देहमा गरिने परमेश्‍वरको कामले मात्रै परमेश्‍वर मानिससँगै रहनु र सँगै बस्‍नुको तथ्यलाई साँचो रूपमा पूरा गर्न सक्छ। यो कार्यले मात्रै परमेश्‍वरको मुहारलाई हेर्ने, परमेश्‍वरको कामलाई अवलोकन गर्ने, र परमेश्‍वरको व्यक्तिगत वचन सुन्‍ने मानिसको इच्‍छालाई पुरा गर्न सक्छ। यहोवाको फर्काइ मानवजातिकहाँ देखा परेको बेला मात्रै देहधारी परमेश्‍वरले त्यो युगलाई समाप्त गर्नुहुन्छ, र अस्पष्ट परमेश्‍वरमाथिको मानवजातिको विश्‍वासको युगलाई पनि उहाँले समाप्त गर्नुहुन्छ। निश्‍चित रूपमा, अन्तिम देहधारी परमेश्‍वरको कार्यले सारा मानवजातिलाई त्यो युगमा ल्याउँछ जुन अझै वास्तविक, अझै व्यवहारिक, र अझै सुन्दर हुन्छ। उहाँले व्यवस्था र धर्मसिद्धान्तको युगलाई समाप्त गर्ने मात्र होइन, तर अझै महत्त्वपूर्ण कुरा, उहाँले मानवजातिको निम्ति त्यो परमेश्‍वरलाई प्रकट गर्नुहुन्छ जो वास्तविक र सामान्य हुनुहुन्छ, जो धर्मी र पवित्र हुनुहुन्छ, जसले व्यवस्थापन योजनाको कार्य खुल्ला पार्नुहुन्छ, जसले मानवजातिको रहस्यहरू र गन्तव्यलाई प्रदर्शन गर्नुहुन्छ, जसले मानवजातिलाई सृष्टि गर्नुभयो र व्यवस्थापन कार्यलाई समाप्त गर्नुहुन्छ, अनि जो हजारौं वर्षसम्‍म गुप्त बस्‍नुभयो। उहाँले अस्पष्टताको युगलाई पूर्ण रूपमा समाप्त गर्नुहुन्छ, उहाँले त्यो युगलाई अन्त्य गर्नुहुन्छ जुन युगमा सारा मानवजातिले परमेश्‍वरको मुहारलाई हेर्ने इच्‍छा गर्छन् तर त्यसो गर्न सक्दैनन्, उहाँले त्यो युगलाई समाप्त गर्नुहुन्छ जुन युगमा सारा मानवजातिले शैतानको सेवा गरे, अनि उहाँले सारा मानवजातिलाई पूर्ण रूपमा नयाँ युगमा डोर्याउनुहुन्छ। यी सबै परमेश्‍वरको आत्माको स्थानमा देहमा हुनुहुने परमेश्‍वरको कामको परिणाम हो। जब परमेश्‍वरले देहमा काम गर्नुहुन्छ, उहाँलाई पछ्याउनेहरूले उप्रान्त त्यस्ता कुराहरूलाई खोजी गर्ने र छामछुम गर्ने गर्दैनन्, जुन अस्तित्वमा छ र अस्तित्वमा छैन जस्तो देखिन्छ, र तिनीहरूले अस्पष्ट परमेश्‍वरको इच्‍छाको बारेमा अनुमान गर्न छोड्छन्। जब परमेश्‍वरले देहमा गर्ने आफ्‍नो कामलाई फैलाउनुहुन्छ, उहाँलाई पछ्याउनेहरूले उहाँले देहमा गर्नुभएको कामलाई सारा धर्महरू र सम्प्रदायहरूमा फैलाउँछन्, र तिनीहरूले उहाँका सबै वचनहरूलाई सारा मानवजातिको कानमा सुनाउनेछन्। उहाँको सुसमाचारलाई ग्रहण गरेकाहरूले सुनेका सबै कुरा उहाँका कार्यका तथ्यहरू हुनेछन्, मानिसले व्यक्तिगत रूपमा देखेका र सुनेका कुराहरू हुनेछन्, र तथ्यहरू हुनेछन्, हल्‍ला मात्र होइन। यी तथ्यहरू त्यो सबुत हो जसद्वारा उहाँले काम फैलाउनुहुन्छ, र ती उहाँले काम फैलाउने क्रममा प्रयोग गर्नुहुने औजारहरू पनि हुन्। तथ्यहरूको अस्तित्वविना, उहाँको सुसमाचार सारा देशहरू र सबै स्थानहरूमा फैलने थिएनन्; तथ्यहरूविना तर मानिसहरूको कल्‍पनाहरूद्वारा मात्रै, उहाँले सारा ब्रह्माण्डलाई विजय गर्ने काम कहिल्यै गर्न सक्‍नुहुने थिएन। आत्मा मानिसको लागि अस्पृश्य छ, र मानिसको लागि अदृश्य छ, र मानिसको लागि गरिने परमेश्‍वरको कामको थप प्रमाण वा तथ्यहरूलाई छोड्न आत्माको काम असमर्थ छ। मानिसले परमेश्‍वरको वास्तविक मुहारलाई कहिल्यै हेर्नेछैन, उसले सँधै अस्तित्वमा नभएको अस्पष्ट परमेश्‍वरमा विश्‍वास गर्नेछ। मानिसले परमेश्‍वरको मुहारलाई कहिल्यै हेर्नेछैन, न त मानिसले कहिल्यै परमेश्‍वरले व्यक्तिगत रूपमा बोल्‍नुभएको वचनहरूलाई नै सुन्‍नेछ। आखिर, मानिसका कल्‍पनाहरू रित्तो छन्, र परमेश्‍वरको साँचो मुहारलाई प्रतिस्थापन गर्न सक्दैनन्; परमेश्‍वरको अन्तर्निहित स्वभाव, र परमेश्‍वर स्वयमको कामको नक्‍कल मानिसले गर्न सक्दैन। स्वर्गका अदृश्य परमेश्‍वर र उहाँको कार्यलाई देहधारी परमेश्‍वरले मात्रै पृथ्वीमा ल्याउन सक्‍नुहुन्छ जसले व्यक्तिगत रूपमै मानिसहरूको बीचमा आफ्‍नो काम गर्नुहुन्छ। परमेश्‍वर मानिसको बीचमा प्रकट हुने सबैभन्दा उत्तम तरिका यही नै हो, जसमा मानिसले परमेश्‍वरलाई देख्छ र परमेश्‍वरको साँचो मुहारलाई चिन्दछ, र गैर-देहधारी परमेश्‍वरले यो हासिल गर्न सक्‍नुहुन्‍न। आफ्‍नो कामलाई यो चरणसम्‍म अघि बढाइसकेपछि, परमेश्‍वरको कार्यले पहिले नै अधिकतम प्रभाव हासिल गरिसकेको छ, र यो पूर्ण रूपमा सफल भएको छ। देहमा परमेश्‍वरको व्यक्तिगत कामले उहाँको सम्पूर्ण व्यवस्थापन कार्यको नब्‍बे प्रतिशत काम पहिले नै पूरा गरिसकेको छ। यो देहले उहाँको सम्पूर्ण कामको निम्ति उत्तम सुरुवात, र उहाँको सम्पूर्ण कार्यको सारांश प्रदान गरेको छ, र उहाँले आफ्‍ना सारा कार्यलाई प्रकट गर्नुभएको छ, र यो सम्पूर्ण कार्यलाई अन्तिम रूपमा पूर्णता दिनुभएको छ। यसपछि, परमेश्‍वरको कार्यको चौथो चरण गर्नको लागि अर्का देहधारी परमेश्‍वर हुनुहुनेछैन, र परमेश्‍वरको तेस्रो देहधारणको कुनै पनि आश्‍चर्यजनक काम कहिल्यै हुनेछैन।

वचन देहमा देखा पर्नुहुन्छको “भ्रष्ट मानवजाति देहधारी परमेश्‍वरको मुक्तिको अझै बढी खाँचोमा छ” बाट उद्धृत गरिएको

देहको परमेश्‍वरको कार्य देहमा नै गरिनुपर्छ। यदि यो सीधै परमेश्‍वरका आत्माले गर्नुभएको भए, यसले कुनै प्रभाव पार्ने थिएन। यो आत्माले गर्नुभएको भए पनि, कामको त्यति ठूलो महत्त्व हुनेथिएन, र आखिरमा यो विश्‍वस्त तुल्याउने हुनेथिएन। सबै प्राणीहरूले सृष्टिकर्ताको कामको महत्त्व छ कि छैन, र यसले के प्रतिनिधित्व गर्छ, र यो केको खातिर गरिन्छ, र परमेश्‍वरको काम अख्तियार र बुद्धिले भरिपुर्ण छ कि छैन, र यो अत्याधिक मूल्य र महत्त्वको छ कि छैन भनेर जान्‍न चाहन्छन्। उहाँले गर्नुहुने काम सारा मानवजातिको मुक्तिको लागि, शैतानलाई हराउनको खातिर, र सबै थोकहरूका माझ उहाँ स्वयमको साक्षी दिनको लागि हो। त्यसैले, उहाँले गर्नुहुने काम ठूलो महत्त्वको हुनैपर्छ। मानिसको देह शैतानद्वारा भ्रष्ट तुल्याइएको छ, र यसलाई सबैभन्दा गहन रूपमा अन्धा तुल्याइएको, र अत्यन्तै उल्‍लेखनीय रूपमा हानी गरिएको छ। परमेश्‍वरले किन देहमा व्यक्तिगत रूपमा काम गर्नुहुन्छ त्यसको सबैभन्दा आधारभूत कारण उहाँको मुक्तिको पात्र मानिस भएकोले गर्दा नै हो, जो देह हो, र किनभने परमेश्‍वरको काममा वाधा दिनको लागि शैतानले पनि मानिसकै देहलाई प्रयोग गर्छ। शैतानसँगको युद्ध भनेको वास्तवमा मानिसलाई विजय गर्ने काम नै हो, र यसको साथै, मानिस पनि परमेश्‍वरको मुक्तिको पात्र हो। यसरी, देहधारी परमेश्‍वरको काम अत्यावश्यक छ। शैतानले मानिसको देहलाई भ्रष्ट तुल्यायो, र मानिस शैतानको मूर्तरूप बन्यो, अनि परमेश्‍वरद्वारा हराउने पात्र बन्यो। यसरी, शैतानसँग युद्ध गर्ने र मानिसलाई मुक्त गर्ने काम पृथ्वीमा हुन्छ, र शैतानसँग युद्ध गर्नको लागि परमेश्‍वर मानव बन्‍नैपर्छ। यो सबैभन्दा बढी व्यवहारिकता भएको काम हो। जब परमेश्‍वरले देहमा काम गरिरहनुभएको हुन्छ, उहाँले वास्तवमा देहमा शैतानसँग युद्ध गरिरहनुभएको हुन्छ। जब उहाँले देहमा काम गर्नुहुन्छ, उहाँले आत्मिक क्षेत्रमा आफ्‍नो काम गरिरहनुभएको हुन्छ, र उहाँले आफ्‍नो सम्पूर्ण कार्यलाई पृथ्वीमा आत्मिक क्षेत्रमा वास्तविक बनाउनुहुन्छ। विजय गरिने भनेको मानिस, उहाँप्रति अनाज्ञाकारी रहेको मानिस नै हो, र हराइने भनेको शैतानको मूर्तरूप हो (अवश्य नै, यो पनि मानिस नै हो), जो उहाँप्रति शत्रुतामा छ, र आखिरमा मुक्त गरिने पनि मानिस नै हो। यसरी, परमेश्‍वर सृष्टिको बाहिरी भेष भएको मानव बन्‍नु अझै बढी आवश्यक छ, ताकि उहाँले शैतानसँग वास्तविक लडाइ गर्न, उहाँप्रति अनाज्ञाकारी हुने र उहाँको जस्तै बाहिरी भेष भएको मानिसलाई विजय गर्न, र उहाँको जस्तै बाहिरी भेष भएको र शैतानद्वारा हानी गरिएको मानिसलाई मुक्त गर्न सक्‍नुभएको होस्। उहाँको शत्रु मानिस हो, उहाँको विजयको पात्र मानिस हो, र उहाँको मुक्तिको पात्र मानिस हो, जसलाई उहाँले नै सृष्टि गर्नुभएको थियो। त्यसकारण उहाँ मानव बन्‍नैपर्छ, र यसरी उहाँको काम निकै सहज बन्छ। उहाँले शैतानलाई हराउन र मानवजातिलाई विजय गर्न सक्‍नुहुन्छ, यसको साथै, उहाँले मानवजातिलाई मुक्त गर्न सक्‍नुहुन्छ। यो देह सामान्य र वास्तविक भए तापनि, उहाँ सामान्य देह हुनुहुन्‍न: उहाँ मानिस मात्रैको देह हुनुहुन्‍न, तर त्यो देह हुनुहुन्छ जुन मानवीय र ईश्‍वरीय दुवै हो। उहाँ र मानिसको बीचको भिन्‍नता यही नै हो, र परमेश्‍वरको पहिचानको चिन्‍ह यही नै हो। यस किसिमको देहले मात्रै उहाँले अभिप्राय राख्नुभएको काम गर्न सक्छ, र देहमा परमेश्‍वरको सेवकाइलाई पूरा गर्न, र मानिसको बीचमा उहाँको कामलाई पूर्ण रूपमा पूरा गर्न सक्छ। यस्तो नभएको भए, मानिसको बीचमा उहाँको काम सँधै रित्तो र त्रुटिपूर्ण हुनेथियो। परमेश्‍वरले शैतानको आत्मासँग युद्ध गरेर विजयी भएर निस्कन सक्‍नुहुने भए तापनि, भ्रष्ट मानिसको पुरानो प्रकृतिलाई कहिल्यै पनि समाधान गर्न सकिँदैन, र परमेश्‍वरप्रति अनाज्ञाकारी र उहाँको विरोध गर्नेहरू साँचो रूपमा उहाँको प्रभुत्वको अधीनस्थ कहिल्यै बन्‍न सक्दैनन्, भन्‍नुको अर्थ, उहाँले मानवजातिलाई कहिल्यै विजय गर्न सक्‍नुहुन्‍न, र सारा मानवजातिलाई कहिल्यै प्राप्त गर्न सक्‍नुहुन्‍न। यदि पृथ्वीमा उहाँको काम कहिल्यै समाधान गर्न सकिँदैन भने, उहाँको व्यवस्थापनलाई कहिल्यै पनि समाप्त गर्न सकिनेछैन, र सारा मानवजाति विश्राममा प्रवेश गर्न सक्‍नेछैन। यदि परमेश्‍वर आफ्‍ना सारा प्राणीहरूसँग विश्राममा प्रवेश गर्न सक्‍नुहुन्‍न भने, त्यस्तो व्यवस्थापन कार्यको परिणाम कहिल्यै हुनेछैन, र परिणामस्वरूप परमेश्‍वरको महिमा हराउनेछ। उहाँको देहमा कुनै अख्तियार नभए तापनि, उहाँले गर्ने कामले यसको प्रभाव हासिल गर्नेछ। उहाँको कामको अपरिहार्य दिशा यही नै हो। उहाँको देहमा अख्तियार भए पनि वा नभए पनि, जबसम्‍म उहाँ आफै परमेश्‍वरको काम गर्न सक्‍नुहुन्छ, तबसम्‍म उहाँ परमेश्‍वर स्वयम नै हुनुहुन्छ। उहाँको देह जति सामान्य र साधारण भए तापनि, उहाँले गर्नुपर्ने काम उहाँले गर्न सक्‍नुहुन्छ, किनभने यो देह परमेश्‍वर नै हुनुहुन्छ, मानव मात्रै होइन। यो देहले मानिसले गर्न नसक्‍ने काम गर्न सक्‍नुको कारण के हो भने, उहाँको भित्री सार कुनै पनि मानवको जस्तो छैन, र उहाँले मानिसलाई मुक्त गर्न सक्‍नुको कारण के हो भने, उहाँको पहिचान कुनै पनि मानिसको भन्दा फरक छ। यो देह मानवजातिको निम्ति महत्त्वपूर्ण छ किनभने उहाँ मानिस हुनुहुन्छ, र त्योभन्दा पनि बढी, उहाँ परमेश्‍वर हुनुहुन्छ, किनभने देहको साधारण मानिसले गर्न नसक्‍ने काम उहाँले गर्न सक्‍नुहुन्छ, किनभने उहाँले पृथ्वीमा उहाँसँग बस्‍ने भ्रष्ट मानिसलाई मुक्त गर्न सक्‍नुहुन्छ। उहाँ मानिस समान हुनुभए तापनि, देहधारी परमेश्‍वर मानवजातिको लागि कुनै पनि मूल्यवान् मानिसभन्दा बढी महत्त्वपूर्ण छ, किनभने उहाँले परमेश्‍वरका आत्माले गर्न नसक्‍ने काम गर्न सक्‍नुहुन्छ, परमेश्‍वर स्वयमको गवाही दिनको लागि परमेश्‍वरका आत्माभन्दा बढी सक्षम हुनुहुन्छ, र मानवजातिलाई पूर्ण रूपमा प्राप्त गर्नको लागि परमेश्‍वरका आत्माभन्दा बढी सक्षम हुनुहुन्छ। परिणामस्वरूप, यो देह सामान्य र साधारण भए तापनि, मानवजातिप्रति उहाँको योगदान र मानवजातिको अस्तित्वप्रति उहाँको महत्त्वले उहाँलाई अत्यन्तै बहुमूल्‍य तुल्याउँछ, र यो देहको वास्तविक मूल्य र महत्त्वलाई कुनै पनि मानवले नाप्‍न सक्दैन। यो देहले प्रत्यक्ष रूपमा शैतानलाई नष्ट गर्न नसके तापनि, उहाँले मानवजातिलाई विजय गर्न र शैतानलाई हराउन, र शैतानलाई उहाँको प्रभुत्वमा पूर्ण रूपमा समर्पित हुने तुल्याउनको लागि आफ्‍नो काम प्रयोग गर्न सक्‍नुहुन्छ। परमेश्‍वर देहधारी हुनुभएकोले उहाँले शैतानलाई हराउन सक्‍नुहुन्छ र मानवजातिलाई मुक्त गर्न सक्‍नुहुन्छ। उहाँले प्रत्यक्ष रूपमा शैतानलाई नष्ट गर्नुहुन्‍न, बरु शैतानद्वारा भ्रष्ट तुल्याइएका मानवजातिलाई विजय गर्ने काम गर्नको लागि उहाँ देह बन्‍नुहुन्छ। यसरी, उहाँ आफ्‍ना प्राणीहरूका माझ आफ्‍नो लागि गवाही दिन अझै बढी सक्षम हुनुहुन्छ, र भ्रष्ट मानिसलाई मुक्त गर्न उहाँ अझै सक्षम हुनुहुन्छ। परमेश्‍वरका आत्माद्वारा शैतानलाई प्रत्यक्ष रूपमा नष्ट गर्ने कार्यले भन्दा, देहधारी परमेश्‍वरको शैतानमाथिको विजयले अझै ठूलो गवाही दिन्छ, र यो अझै विश्‍वास दिलाउने हुन्छ। देहमा हुनुहुने परमेश्‍वर मानिसलाई सृष्टिकर्ता चिन्‍न सहायता गर्न अझै बढी सक्षम हुनुहुन्छ र उहाँका प्राणीहरूका बीचमा आफ्‍नो गवाही दिनको लागि अझै बढी सक्षम हुनुहुन्छ।

वचन देहमा देखा पर्नुहुन्छको “भ्रष्ट मानवजाति देहधारी परमेश्‍वरको मुक्तिको अझै बढी खाँचोमा छ” बाट उद्धृत गरिएको

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

देहधारण र यसका सारहरू के-के हुन्

परमेश्‍वरका प्रासंगिक वचनहरू: त्यो “देहधारण” परमेश्‍वर देहमा देखा पर्ने घटनाहो; परमेश्‍वरले सृष्टि गरिएको मानवजातिका बीचमा देहको प्रतिरूपमा...

आखिरी दिनहरूमा काम गर्नको लागि परमेश्‍वरले चीनमा देहधारण गर्नुको उद्देश्य र महत्त्व

परमेश्‍वरका प्रासंगिक वचनहरू: यहोवाको काम संसारको सृष्टि गर्नु थियो, त्यो सुरुआत थियो; कामको यो चरण कामको समाप्ति हो, अनि यो निष्कर्ष हो।...

देहधारी परमेश्‍वर र परमेश्‍वरले प्रयोग गर्नुहुने व्यक्तिहरूबीचका आधारभूत भिन्नताहरू

परमेश्‍वरका प्रासंगिक वचनहरू: देहधारी परमेश्‍वरलाई ख्रीष्‍ट भनिन्छ, र परमेश्‍वरका आत्माले ख्रीष्‍टलाई देहधारण गर्नुभयो। यो देह कुनै पनि...

आखिरी दिनहरूको न्यायको काम गर्न परमेश्‍वरले किन मानिसलाई प्रयोग गर्नुहुन्न, बरु देहधारी बन्नुहुन्छ र आफै यो काम गर्नुहुन्छ

परमेश्‍वरका प्रासंगिक वचनहरू: न्यायको काम परमेश्‍वरको आफ्नै काम भएको हुनाले, स्वाभाविक रूपमा नै यसलाई परमेश्‍वर आफैले नै कार्यान्वयन...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्