देहधारी परमेश्‍वर र परमेश्‍वरले प्रयोग गर्नुहुने व्यक्तिहरूबीचका आधारभूत भिन्नताहरू

14 अगस्ट 2021

परमेश्‍वरका प्रासंगिक वचनहरू:

देहधारी परमेश्‍वरलाई ख्रीष्‍ट भनिन्छ, र परमेश्‍वरका आत्माले ख्रीष्‍टलाई देहधारण गर्नुभयो। यो देह कुनै पनि देहको मानिसजस्तो छैन। यस भिन्‍नताको कारण के हो भने ख्रीष्‍ट देह र रगतले बनिनुभएको हुनुहुन्‍न; उहाँ आत्माको देहधारण हुनुहुन्छ। उहाँमा सामान्य मानवता र पूर्ण ईश्‍वरत्व दुवै छ। उहाँको ईश्‍वरत्व कुनै पनि मानिसमा छैन। उहाँको सामान्य मानवताले देहमा हुने उहाँका सबै सामान्य क्रियाकलापहरूलाई सञ्चालन गर्छ, र उहाँको ईश्‍वरत्वले परमेश्‍वर स्वयमको कार्यलाई अघि बढाउँछ। चाहे यो उहाँको मानवता होस् वा ईश्‍वरत्व होस्, यी दुवै नै स्वर्गमा बस्‍नुहुने पिताको इच्छामा समर्पित हुन्छन्। ख्रीष्‍टको सार भनेको आत्मा नै हो, जुन ईश्‍वरत्व हो। त्यसकारण, परमेश्‍वर स्वयम्‌को सार नै उहाँको सार हो; यो सारले उहाँको आफ्नै कार्यलाई बाधा दिँदैन, र उहाँको आफ्नै कार्यलाई नष्‍ट गर्ने कुनै पनि कार्य उहाँले गर्न सक्‍नुहुन्‍न, न त उहाँको आफ्नै इच्छा विरुद्ध जाने कुनै पनि वचन उहाँले कहिल्यै बोल्‍नुहुन्छ। त्यसकारण, देहधारी परमेश्‍वरले आफ्नै व्यवस्थापनलाई अवरोध गर्ने कुनै पनि काम कहिल्यै गर्नुहुन्‍न। सबै मानिसहरूले यही कुरालाई बुझ्‍नुपर्छ।

वचन देहमा देखा पर्नुहुन्छको “स्वर्गीय पिताको इच्छा पालन गर्नु नै ख्रीष्‍टको आधारभूत स्वभाव हो” बाट उद्धृत गरिएको

उहाँ परमेश्‍वरको सारसहितको मानिस हुनुभएकोले, उहाँ सृष्टि गरिएका सारा मानिसहरूभन्दा माथि, परमेश्‍वरको काम गर्न सक्‍ने कुनै पनि मानिसभन्दा माथि हुनुहुन्छ। अनि त्यसैले, उहाँको जस्तो मानव भेष सहितका सबैमध्ये, मानवता सहितका सबैमध्ये, उहाँ मात्रै देहधारी परमेश्‍वर स्वयम् हुनुहुन्छ—अरू सबै सृष्टि गरिएका मानव हुन्। तिनीहरू सबैमा मानवता भए तापनि, सृष्टि गरिएका मानवमा मानवता बाहेक केही पनि हुँदैन, जबकि देहधारी परमेश्‍वर फरक हुनुहुन्छ: उहाँको देहमा उहाँमा मानवता मात्रै होइन, तर अझै महत्त्वपूर्ण कुरा, उहाँमा ईश्‍वरीयता छ। उहाँको देहको बाहिरी रूपमा र उहाँको दैनिक जीवनमा उहाँको मानवतालाई देख्‍न सकिन्छ, तर उहाँको ईश्‍वरीयतालाई बुझ्‍न गाह्रो छ। उहाँमा मानवता भएको बेला मात्रै उहाँको ईश्‍वरीयतालाई व्यक्त गरिने हुँदा, र मानिसहरूले यसलाई कल्‍पना गरे जत्तिको यो अलौकिक नभएको हुँदा, मानिसहरूले यसलाई देख्‍न निकै कठिन हुन्छ। आज पनि, देहधारी परमेश्‍वरको साँचो सारलाई बुझ्‍न मानिसहरूलाई अत्यन्तै कठिन भएको छ। यसको बारेमा यति लामो मैले बोलिसकेपछि पनि, तिमीहरूमध्ये धेरैको लागि यो अझै पनि रहस्य नै छ भन्‍ने म अपेक्षा गर्छु। वास्तवमा, यो विषय अत्यन्तै सरल छ: परमेश्‍वर देह बन्‍नुहुने भएकोले, उहाँको सार मानवता र ईश्‍वरीयताको संयोजन हो। यस संयोजनलाई परमेश्‍वर स्वयम्, पृथ्वीमा परमेश्‍वर स्वयम् हो भनी भनिन्छ।

वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरद्वारा बास गरिएको देहको सार” बाट उद्धृत गरिएको

यदि उहाँ शरीरमा आउनुहुँदा, परमेश्‍वरले ईश्‍वरत्वको काम मात्र गर्नुभयो, र उहाँसँग काम गर्नका लागि उहाँका हृदयअनुसारका मानिसहरू यदि उहाँसँग थिएनन् भने, परमेश्‍वरको इच्छा बुझ्न वा परमेश्‍वरसँग संलग्न हुन मानव असक्षम हुनेथियो। यस काम पूरा गर्न, मण्डलीहरूमाथि देखरेख गर्न र हेरचाह वा गोठालो गर्न परमेश्‍वरले आफ्नो हृदयअनुसारका सामान्य मानिसहरूलाई प्रयोग गर्नैपर्छ, यसरी मानवका मानसिक प्रक्रियाहरू, उसको दिमाग, कल्पना गर्न सक्ने क्षमताको तहलाई प्राप्त गर्न सकिन्छ। अरू शब्दहरूमा भन्नुपर्दा, परमेश्‍वरले आफ्नो ईश्‍वरत्वभित्र गर्नुहुने कामलाई “रूपान्तरण” गर्न आफ्ना हृदयअनुसारका मानिसहरूको सानो सङ्ख्यालाई प्रयोग गर्नुहुन्छ, ताकि ईश्‍वरीय भाषालाई मानवीय भाषामा परिवर्तन गर्नको लागि यसलाई खुला गर्न सकियोस्, यसरी मानिसहरूले यसलाई जान्न र बुझ्न सक्छन्। यदि परमेश्‍वरले त्यसो नगर्नुभएको भएको भए, कसैले पनि परमेश्‍वरको ईश्‍वरीय भाषा बुझ्न सक्नेथिएनन्, किनकि परमेश्‍वरको हृदयअनुसारका मानिसहरू आखिर अल्पसंख्यक नै छन्, र मानवको बुझ्न सक्ने क्षमता कमजोर छ। त्यसैले त देहधारी शरीरमा काम गर्नुहुँदा मात्र परमेश्‍वरले यस तरिकालाई छान्नुहुन्छ। यदि त्यहाँ ईश्‍वरीय काम मात्र थियो भने, मानिसले परमेश्‍वरलाई चिन्ने वा उहाँसँग संलग्न हुने कुनै उपाय हुने थिएन, किनकि मानवले परमेश्‍वरको भाषा बुझ्दैन। परमेश्‍वरका वचनहरूलाई स्पष्ट पार्ने उहाँका हृदयअनुसारका मानिसहरूका प्रतिनिधित्वद्वारा मात्र मानवले यो भाषालाई बुझ्न सक्छ। तथापि, मानवताभित्र काम गर्ने त्यस्ता मानिसहरूमात्र त्यहाँ थिए भने, त्यसले मानवको सामान्य जीवनलाई मात्र कायम राख्न सक्थ्यो; यसले मानवको स्वभावलाई परिवर्तन गर्न सक्दैनथियो। परमेश्‍वरको कामको नयाँ सुरुवात विन्दु हुन सक्दैनथ्यो; त्यहाँ उही पुराना गीतहरू, उही पुराना सामान्य विवरणहरू मात्र हुन्थे। उहाँको देहधारणको समयावधिमा भन्नुपर्ने सबै कुराहरू भन्ने र गर्नुपर्ने सबै कुराहरू गर्ने, त्यसपछि उहाँका वचनहरू अनुसार मानिसहरूले काम गर्ने र अनुभव गर्ने, देहधारी परमेश्‍वरका प्रतिनिधिद्वारा मात्र तिनीहरूका जीवन स्वभाव परिवर्तन हुनसक्थे, र यसरी तिनीहरू समयहरूसँग बग्न सक्थे। ईश्‍वरत्वभित्र काम गर्नुहुनेले परमेश्‍वरको प्रतिनिधित्व गर्नुहुन्छ, मानवताभित्र काम गर्नेहरूचाहिँ परमेश्‍वरले प्रयोग गर्नुभएका मानिसहरू हुन्। यसो भन्नुको तात्पर्य, देहधारी परमेश्‍वरचाहिँ परमेश्‍वरद्वारा प्रयोग गरिएका मानिसहरूबाट खास रूपमा भिन्न हुनुहुन्छ। देहधारी परमेश्‍वरले ईश्‍वरीय काम गर्न सक्नुहुन्छ भने परमेश्‍वरद्वारा प्रयोग भएका मानिसहरूले गर्न सक्दैनन्। प्रत्येक युगको सुरुमा, परमेश्‍वरका आत्मा व्यक्तिगत रूपमा बोल्नुहुन्छ र मानवलाई नयाँ सुरुवातमा ल्याउनका लागि नयाँ युगको उद्घाटन गर्नुहुन्छ। उहाँले बोलिसक्नुभएपछि, उहाँको ईश्‍वरत्वभित्रको परमेश्‍वरको काम पूरा भएको छ भनी यसले सङ्केत गर्छ। त्यसकारण, आफ्ना जीवन अनुभवमा प्रवेश गर्नका लागि परमेश्‍वरद्वारा प्रयोग गरिएकाहरूका अगुवाइलाई मानिसहरूले पछ्याउँछन्।

वचन देहमा देखा पर्नुहुन्छको “देहधारी परमेश्‍वर र परमेश्‍वरद्वारा प्रयोग भएका मानिसहरूका बीचका अत्यावश्यक भिन्नता” बाट उद्धृत गरिएको

परमेश्‍वरद्वारा प्रयोग गरिएको व्यक्तिले गर्ने काम ख्रीष्ट वा पवित्र आत्माको काममा सहकार्य गर्नको लागि हुन्छ। यो मानिसलाई परमेश्‍वरले मानिसको माझमा खडा गर्नुभएको हुन्छ, ऊ परमेश्‍वरका सबै चुनिएकालाई अगुवाइ गर्न त्यहाँ हुन्छ, र मानव सहकार्य गर्नका निम्ति पनि उसलाई परमेश्‍वरले खडा गर्नुभएको हुन्छ। मानव सहकार्यको काम गर्न सक्ने यस्तो व्यक्तिको साथमा मानिसहरूबाट परमेश्‍वरले गर्नुभएका मागहरू र मानिसहरूका बीचमा पवित्र आत्माले गर्नुपर्ने काम उसैको माध्यमद्वारा हासिल गर्न सकिन्छ। यसलाई अर्को प्रकारले यसरी भन्न सकिन्छ: परमेश्‍वरले यस मानिसलाई प्रयोग गर्नुको लक्ष्य परमेश्‍वरको पछि लाग्ने सबैले परमेश्‍वरको इच्छा अझै राम्ररी बुझ्‍न सकून् र परमेश्‍वरका मागहरू अझै धेरै पूरा गर्न सकून् भन्ने हो। मानिसहरूले सोझै परमेश्‍वरका वचनहरू वा परमेश्‍वरको इच्छा बुझ्‍न नसक्‍ने भएकाले परमेश्‍वरले कसैलाई खडा गर्नुभएको हुन्छ, जसलाई त्यस्ता कामहरू गर्नका निम्ति प्रयोग गरिन्छ। परमेश्‍वरद्वारा प्रयोग गरिएको यस व्यक्तिलाई एक माध्यमको रूपमा वर्णन गर्न सकिन्छ, जसद्वारा परमेश्‍वरले मानिसहरूलाई डोऱ्याउनुहुन्छ, एक “अनुवादक” को रूपमा वर्णन गर्न सकिन्छ, जसले परमेश्‍वर र मानिस माझ कुराकानी गरिदिन्छ। यसैले, त्यस्ता व्यक्तिहरू परमेश्‍वरको घरमा काम गर्नेहरू वा उहाँका प्रेरितहरूजस्ता हुँदैनन्। तिनीहरूजस्तै, उसलाई पनि परमेश्‍वरको सेवा गर्ने व्यक्ति भन्न सकिन्छ, तर उसको कामको सार र परमेश्‍वरद्वारा प्रयोग गरिएको उसको पृष्ठभूमिको आधारमा ऊ अरू कामदारहरू र प्रेरितहरूभन्दा धेरै फरक हुन्छ। उसको कामको सार र उसको प्रयोगको पृष्ठभूमिको हिसाबमा परमेश्‍वरद्वारा प्रयोग गरिएको मानिसलाई उहाँले नै खडा गर्नुहुन्छ, उसलाई परमेश्‍वरको कामका लागि परमेश्‍वरले नै तयार गर्नुहुन्छ, र उसले स्वयम् परमेश्‍वरको काममा सहकार्य गर्दछ। कुनै पनि व्यक्तिले कहिल्यै पनि उसको सट्टामा आफ्नो काम गर्न सक्दैन—ईश्‍वरीय कार्यको साथमा हुनुपर्ने अपरिहार्य मानवीय सहकार्य हो। यस बीचमा अन्य कामदारहरू वा प्रेरितहरूले गरेका कामहरू, प्रत्येक युगको अवधिमा मण्डलीहरूका लागि गरिएको बन्दोबस्तका विभिन्न पक्षहरूको साधन र कार्यान्वयन मात्र हो, वा मण्डलीको जीवनलाई कायम राख्ने जीवनका केही सामान्य प्रबन्धको काम मात्र हो। यी कामदारहरू र प्रेरितहरू परमेश्‍वरद्वारा नियुक्त गरिएका होइनन्, तिनीहरूलाई पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसहरू भनेर भन्‍न सकिने त कुरै नगरौं। तिनीहरू मण्डलीहरूको बीचबाट चुनिन्छन् र तिनीहरूलाई केही समयसम्म तालिम दिएर विकास गरिसकेपछि योग्य ठहरिएकाहरूलाई राखिन्छ, अनि अयोग्य ठहरिएकाहरूलाई तिनीहरू जहाँबाट आएका थिए त्यहीँ फर्काइन्छ। यी व्यक्तिहरूलाई मण्डलीहरूको बीचबाट चुनिने हुनाले अगुवा बनेपछि कसै-कसैले आफ्नो वास्तविक रङ्ग देखाउँछन्, अनि कसैले त धेरै खराब कामहरू गर्छन् र पदबाट हटाइन्छन्। अर्कोतिर, परमेश्‍वरद्वारा प्रयोग गरिएको मानिस त्यस्तो व्यक्ति हो जसलाई परमेश्‍वर आफैले तयार पार्नुभएको हुन्छ, र जसको कुनै निश्चित क्षमता हुन्छ, र जोसँग मानवता हुन्छ। ऊ अघिबाटै पवित्र आत्माद्वारा तयार पारिएको र सिद्ध बनाइएको हुन्छ, र ऊ पूर्ण रूपमा पवित्र आत्माद्वारा डोऱ्याइन्छ, अनि, विशेष गरी जब उसको कामको कुरा आउँछ, उसले पवित्र आत्माद्वारा निर्देशन र आज्ञा पाएको हुन्छ—यसको फलस्वरूप परमेश्‍वरले चुन्नुभएका मानिसहरूलाई डोऱ्याउनका लागि बाटोमा कुनै बाधा हुँदैन, किनकि परमेश्‍वरले निश्चय आफ्नै कामको जिम्मेवारी लिनुहुन्छ, र परमेश्‍वरले हरसमय उहाँको आफ्नो काम गर्नुहुन्छ।

वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरले मानिसलाई प्रयोग गर्नुहुने सम्बन्धमा” बाट उद्धृत गरिएको

परमेश्‍वर पृथ्वीमा आउनुहुँदा, उहाँले ईश्‍वरत्व भित्रको उहाँको काम मात्र गर्नुहुन्छ, जुन कुरा स्वर्गीय आत्माले देहधारी परमेश्‍वरलाई जिम्मा दिनुभएको छ। जब उहाँ आउनुहुन्छ, उहाँले विभिन्न माध्यमहरू र विभिन्न दृष्टिकोणहरूद्वारा आफ्ना वाणीहरूमा आवाज दिनुभई पूरै देशमा बोल्नुहुन्छ। उहाँले मानवलाई जुटाउने र सिकाउने कार्यलाई मुख्य रूपमा आफ्ना लक्ष्यहरू र कार्य सिद्धान्तका रूपमा लिनुहुन्छ, र अव्यक्तिगत सम्बन्ध वा मानिसहरूका जीवनका विवरणहरूजस्ता कुराहरूमा उहाँले सरोकार राख्‍नुहुन्न। उहाँको मुख्य सेवकाइ भनेको आत्माको लागि बोल्‍नु हो। अर्थात्, परमेश्‍वरका आत्मा शरीरमा मूर्त रूपमा प्रकट हुनुहुँदा, उहाँले मानवको जीवनको लागि मात्र जुटाउनुहुन्छ र सत्यता प्रकट गर्नुहुन्छ। उहाँले आफूलाई मानवका काममा संलग्न गर्नुहुन्न, जसको अर्थ उहाँ मानवका कार्यमा सहभागी हुनुहुन्न। मानवले ईश्‍वरीय काम गर्न सक्दैन, परमेश्‍वरले मानवीय कार्यमा भाग लिनुहुन्न। परमेश्‍वर यस पृथ्वीमा आफ्नो काम गर्न आउनुभएका सबै वर्षहरूमा, उहाँले सधैँभरि मानिसहरूद्वारा यो गर्नुभएको छ। तथापि, यी मानिसहरूलाई देहधारी परमेश्‍वर भनी विचार गर्न सकिँदैन—तिनीहरू परमेश्‍वरद्वारा प्रयोग गरिएका मानिसहरू मात्र हुन्। यसैबीच, आजका परमेश्‍वरले आत्माको आवाज पठाएर र आत्माका पक्षमा काम गरेर, ईश्‍वरीय दृष्टिकोणबाट सीधै बोल्न सक्नुहुन्छ। यसरी नै, विभिन्न युगहरूमा परमेश्‍वरले प्रयोग गर्नुभएका सबै मानिसहरू, भौतिक शरीरभित्र परमेश्‍वरका आत्माले काम गर्नुभएका उदाहरणहरू हुन्—त्यसो हो भने किन तिनीहरूलाई परमेश्‍वर भन्न सकिँदैन? तर आजका परमेश्‍वर पनि शरीरमा सीधै काम गर्ने परमेश्‍वरका आत्मा हुनुहुन्छ, र येशू पनि शरीरमा काम गर्नुहुने परमेश्‍वरका आत्मा हुनुहुन्थ्यो; उहाँहरू दुवैलाई परमेश्‍वर भनिन्छ। तब भिन्नताचाहिँ के हो त? विभिन्न युगभरि परमेश्‍वरले प्रयोग गर्नुभएका मानिसहरूमा सामान्य विचार र तर्कहरूका क्षमता थिए। तिनीहरू सबैले मानव व्यवहारका सिद्धान्तहरू बुझेका थिए। तिनीहरूसँग सामान्य मानव विचारहरू थिए, र सामान्य मानिसहरूमा हुनुपर्ने सबै कुराहरू तिनीहरूमा थिए। तिनीहरूमध्ये धेरैजसोमा असाधारण खुबीहरू र जन्मजात बौद्धिकता थियो। यी मानिसहरूमा काम गर्नुहुँदा, परमेश्‍वरका आत्माले तिनीहरूका खुबीहरूलाई उपयोग गर्नुभयो, जुनचाहिँ परमेश्‍वरले तिनीहरूलाई दिनुभएका वरदानहरू थिए। परमेश्‍वरका आत्माले तिनीहरूका खुबीहरूलाई क्रियाशील बनाउनुभई, तिनीहरूका सामर्थ्यहरूलाई परमेश्‍वरको सेवामा प्रयोग गर्नुहुन्छ। तैपनि परमेश्‍वरको सारतत्त्वचाहिँ कुनै धारणा वा विचार विनाको हुन्छ, मानवीय अभिप्रायहरूले यसलाई परिवर्तन गर्न सक्दैनन्, र सामान्य मानवसँग भएका कुराहरू समेत यसमा हुँदैनन्। यसो भन्नुको तात्पर्यचाहिँ, उहाँ मानव व्यवहारका सिद्धान्तहरूसँग पनि परिचित हुनुहुन्न भन्‍ने हो। आजका परमेश्‍वर पृथ्वीमा आउनुहुँदा, यही नै हुन्छ। उहाँका काम र वचनहरू मानव अभिप्रायहरू वा मानव विचारहरूद्वारा मिश्रित हुँदैनन्, तर ती आत्माका अभिप्रायहरूका सीधा प्रदर्शन हुन्, अनि उहाँले सीधै परमेश्‍वरका पक्षमा काम गर्नुहुन्छ। यसको अर्थ आत्मा सीधै बोल्नुहुन्छ, अर्थात्, अलिकति मानव अभिप्रायहरू नमिसाइकन नै ईश्‍वरत्वले सीधै काम गर्छ। अर्को किसिमले भन्नुपर्दा, देहधारी परमेश्‍वर, मानव विचार वा धारणाहरू विना, र मानव व्यवहारका सिद्धान्तहरूका बुझाइ विना नै सीधै ईश्‍वरत्वले भरिनुहुन्छ। यदि ईश्‍वरत्व मात्र कार्यमा हुनुहुन्थ्यो भने (यदि परमेश्‍वर मात्र कार्यमा हुनुहुन्थ्यो भन्ने अर्थमा), पृथ्वीमा परमेश्‍वरको कार्यलाई कार्यान्वयन गर्ने कुनै उपाय नै हुने थिएन। यसैले परमेश्‍वर पृथ्वीमा आउनुहुँदा, परमेश्‍वरले ईश्‍वरत्वमा गर्नुहुने कामसँगको एकतामा मानवसँग काम गर्न उहाँले प्रयोग गर्नुहुने मानिसहरूको सानो संख्या उहाँसँग हुनैपर्छ। अर्को प्रकारले भन्नुपर्दा, उहाँको ईश्‍वरीय कार्यलाई कायम राख्‍न उहाँले मानव कार्यलाई प्रयोग गर्नुहुन्छ। अन्यथा, ईश्‍वरीय कार्यसँग सीधै संलग्न हुन मानवका लागि कुनै उपाय नै हुने थिएन। येशू र उहाँका चेलाहरूसँग यही नै भएको थियो। यस संसारको आफ्नो समयावधिमा, येशूले पुराना व्यवस्थाहरूलाई रद्द गरी नयाँ आज्ञाहरू स्थापित गर्नुभयो। उहाँले धेरै वचनहरू पनि बोल्नुभयो। यो सबै काम ईश्‍वरत्वमा गरिएको थियो। पत्रुस, पावल, यूहन्ना जस्ता अरू व्यक्तिहरूले येशूका वचनहरूका जगमा आफ्ना कामलाई स्थापित गरेका थिए। यसो भन्नुको तात्पर्यचाहिँ, परमेश्‍वरले अनुग्रहको युगको थालनी गर्नुभई, त्यस युगमा आफ्नो काम सुरु गर्नुभयो; अर्थात्, उहाँले “परमेश्‍वर सुरु र अन्त्य हुनुहुन्छ” भन्ने वचनहरूलाई पूरा गर्नुभई, पुरानोलाई रद्द गरी नयाँ युगको सुरुवात गर्नुभयो। अर्को प्रकारले भन्नुपर्दा, मानिसले ईश्‍वरीय कामको जगमाथि मानव काम गर्नैपर्छ। येशूले आफूले भन्न आवश्यक रहेको सबै कुरा भन्नुभएपछि र यस पृथ्वीमा आफ्नो काम पूरा गर्नुभएपछि, उहाँले मानवलाई छोड्नुभयो। यसपछि, काम गर्ने सबै मानिसहरूले उहाँका वचनहरूमा अभिव्यक्त भएका सिद्धान्तहरू अनुसार यसो गरे, र उहाँले बोल्नुभएका सत्यताअनुसार यसको अभ्यास गरे। यी सबै मानिसहरूले येशूका निम्ति काम गरे। यदि येशूले मात्र काम गर्नुभएको भए, उहाँले जति नै धेरै वचनहरू बोल्नुभएको भए तापनि, उहाँका वचनहरूसँग संलग्न हुने कुनै उपाय मानिसहरूसँग हुने थिएन, किनकि उहाँले ईश्‍वरीयतामा काम गरिरहनुभएको थियो र उहाँले ईश्‍वरीयताका वचनहरू मात्र बोल्न सक्नुहुन्थ्यो, र सामान्य मानिसहरूले उहाँका वचनहरूलाई बुझ्न सक्ने गरी उहाँले व्याख्या गर्न सक्नुहुन्नथ्यो। अनि उहाँसँग प्रेरितहरू र अगमवक्ताहरू हुनुपर्नेथियो जो उहाँका कामलाई पूरा गर्न उहाँका पछि आएका थिए। देहधारी परमेश्‍वरले कसरी आफ्नो काम गर्नुहुन्छ भन्ने कुराको यो एउटा सिद्धान्त हो—बोल्नका लागि देहधारी शरीरको प्रयोग गर्ने र ईश्‍वरत्वको काम पूरा गर्ने कार्य, र उहाँको कामलाई पूरा गर्न परमेश्‍वरको हृदयअनुसारका केही मानिसहरूलाई, वा सायद धेरै मानिसहरूलाई प्रयोग गर्ने। अर्थात्, मानवलाई हेरचाह गर्ने र पानी जुटाउने कार्य गर्नका लागि परमेश्‍वरका हृदयअनुसारका मानिसहरूलाई उहाँले प्रयोग गर्नुहुन्छ, यसरी परमेश्‍वरका छानिएका मानिसहरू सत्यताको यथार्थमा प्रवेश गर्न सक्नेछन्।

वचन देहमा देखा पर्नुहुन्छको “देहधारी परमेश्‍वर र परमेश्‍वरद्वारा प्रयोग भएका मानिसहरूका बीचका अत्यावश्यक भिन्नता” बाट उद्धृत गरिएको

अनुग्रहको युगमा, यूहन्नाले येशूको निम्ति बाटो तयार पारे। यूहन्ना आफैले परमेश्‍वरको काम गर्न सक्दैन थिए, तर केवल मानिसको कर्तव्य पूरा गरे। यूहन्ना प्रभुको अग्रदूत थिए, तैपनि तिनी परमेश्‍वरको प्रतिनिधित्व गर्न असमर्थ थिए; तिनी पवित्र आत्माले प्रयोग गर्नुभएको व्यक्ति मात्र थिए। येशूले बप्तिस्मा लिनुभएपछि, पवित्र आत्मा ढुकुरजस्तै उहाँमाथि ओर्लनुभयो। त्यसपछि उहाँले आफ्नो काम सुरु गर्नुभयो, अर्थात् उहाँले ख्रीष्टको सेवकाइ गर्न थाल्नुभयो। त्यसैकारण उहाँले परमेश्‍वरको पहिचान धारण गर्नुभयो, किनकि उहाँ परमेश्‍वरबाट आउनुभएको थियो। यसभन्दा पहिले उहाँको विश्‍वास जे-जस्तो भए पनि—त्यो कहिलेकहीँ कमजोर, वा कहिलेकहीँ बलियो भएको हुन सक्छ—त्यो सबै सामान्य मानव जीवनमा हुने कुरा हो, जुन उहाँले आफ्नो सेवकाइको काम गर्नुभन्दा पहिले उहाँमा थियो। उहाँले बप्तिस्मा लिइसकेपछि (अर्थात्, अभिषेक हुनुभएपछि), परमेश्‍वरको शक्ति र महिमा तुरुन्तै उहाँसँग थियो, त्यसैले उहाँले आफ्नो सेवकाइ गर्न थाल्नुभयो। उहाँले चिन्‍हहरू र अचम्‍मका कामहरू गर्न सक्नुहुन्थ्यो, आश्‍चर्यकर्महरू गर्न सक्नुहुन्थ्यो र उहाँसित शक्ति र अधिकार थियो, किनकि उहाँले सीधै परमेश्‍वरको तर्फबाट काम गर्दै हुनुहुन्थ्यो; उहाँले आत्माको तर्फबाट काम गर्दै हुनुहुन्थ्यो र आत्माको आवाज प्रकट गर्दै हुनुहुन्थ्यो। त्यसकारण, उहाँ आफै परमेश्‍वर हुनुहुन्थ्यो; यो निर्विवाद छ। यूहन्ना त्यस्तो व्यक्ति थिए जसलाई पवित्र आत्माले प्रयोग गर्नुभएको थियो। तिनले परमेश्‍वरको प्रतिनिधित्व गर्न सक्दैनथिए, न त तिनले परमेश्‍वरको प्रतिनिधित्व गर्नु सम्भव नै थियो। यदि तिनले त्यसो गर्ने इच्छा गरेका भए, पवित्र आत्माले तिनलाई त्यसो गर्ने अनुमति दिनुहुनेथिएन, किनकि तिनले त्यो काम गर्न सक्दैनथिए, जुन परमेश्‍वर आफैले पूरा गर्न चाहनुहुन्थ्यो। हुन सक्छ, तिनमा मानिसको इच्छाका धेरै कुराहरू थिए, वा विचलित पार्ने केही कुरा थियो; कुनै पनि परिस्थितिमा तिनले सीधै परमेश्‍वरको प्रतिनिधित्व गर्न सक्दैन थिए। तिनका गल्तीहरू र भूलहरूले तिनी आफैलाई मात्र प्रतिनिधित्व गर्थे, तर तिनको काम भनेको पवित्र आत्माको प्रतिनिधि हुनु थियो। तापनि, तिनका सबै कुराले परमेश्‍वरको प्रतिनिधित्व गर्थे भनेर तैँले भन्‍न सक्दैनस्। के तिनको विचलन र गल्तीले पनि परमेश्‍वरको प्रतिनिधित्व गर्न सक्थ्यो? मानिसको प्रतिनिधित्व गर्दा गल्ती गर्नु सामान्य कुरा हो, तर यदि कसैले परमेश्‍वरको प्रतिनिधित्व गर्दा गल्ती गर्छ भने के उसले परमेश्‍वरको अनादर गर्दैन? के यो पवित्र आत्माको विरुद्ध ईश्‍वरनिन्दा हुनेछैन र? पवित्र आत्माले मानिसलाई हलकासाथ परमेश्‍वरको स्थानमा खडा हुने अनुमति दिनुहुन्न, चाहे ऊ अरूद्वारा उच्च पारिएको नै किन नहोस्। यदि ऊ परमेश्‍वर होइन भने, ऊ अन्त्यसम्म स्थिर बस्न सक्दैन। पवित्र आत्माले मानिसको इच्छाअनुसार कुनै व्यक्तिलाई परमेश्‍वरको प्रतिनिधित्व गर्ने अनुमति दिनुहुन्न! उदाहरणका लागि, पवित्र आत्माले नै यूहन्नाको बारेमा साक्षी दिनुभएको थियो र तिनी येशूका निम्ति बाटो तयार पार्ने व्यक्ति हुन् भनी पवित्र आत्माले नै तिनलाई प्रकट गर्नुभएको थियो, तर तिनीमाथि गरिएको पवित्र आत्माको काम राम्ररी निर्धारित गरिएको थियो। येशूको निम्ति बाटो तयार पार्ने व्यक्ति हुनु, उहाँको निम्ति बाटो तयार पार्नु भनेर मात्रै यूहन्‍नालाई भनिएको थियो। भन्नुपर्दा, पवित्र आत्माले तिनलाई बाटो तयार पार्ने काममा मात्र समर्थन गर्नुभयो र तिनलाई त्यो काम मात्र गर्ने अनुमति दिनुभयो—तिनलाई अरू कुनै काम गर्न दिइएन। यूहन्नाले एलियाको प्रतिनिधित्व गर्थे र तिनले बाटो तयार पार्ने एक अगमवक्ताको प्रतिनिधित्व गरे। पवित्र आत्माले तिनलाई यसमा समर्थन गर्नुभयो; जबसम्म तिनको काम बाटो तयार पार्ने थियो पवित्र आत्माले तिनलाई समर्थन गर्नुभयो। तापनि, यदि तिनले आफू परमेश्‍वर हुँ भनेर दाबी गरेका भए, र तिनी मुक्तिको काम पूरा गर्न आएका हुन् भनेका भए पवित्र आत्माले तिनलाई अनुशासनमा राख्‍नु हुनेथियो। यूहन्नाको काम जति नै महान् भए पनि र त्यसलाई पवित्र आत्माले समर्थन गर्नुभएको भए पनि, तिनको काम सीमाहीन थिएन। मानिलिऊँ, पवित्र आत्माले साँच्चै तिनको कामलाई समर्थन गर्नुभएको भए पनि, तिनलाई दिइएको शक्ति बाटो तयार पार्ने कामसम्म मात्र सीमित थियो। तिनले अरू कुनै पनि काम पटक्कै गर्न सकेनन्, किनकि तिनी बाटो तयार पार्ने यूहन्ना मात्र थिए, येशू थिएनन्। त्यसकारण, पवित्र आत्माको गवाही महत्त्वपूर्ण हुन्छ, तर पवित्र आत्माले मानिसलाई जुन काम गर्ने अनुमति दिनुहुन्छ त्यो अझ महत्त्वपूर्ण हुन्छ। के यूहन्नाले त्यतिबेला ठूलठूला साक्षी पाएका थिएनन् र? के तिनको काम पनि महान् थिएन र? तर तिनले गरेको कामले येशूको कामलाई उछिन्न सकेन, किनकि तिनी पवित्र आत्माले प्रयोग गर्नुभएको मानिसभन्दा बढी केही थिएनन् र सीधै परमेश्‍वरको प्रतिनिधित्व गर्न सक्दैन थिए, त्यसैले तिनले गरेका काम सीमित थियो। तिनले बाटो तयार पार्ने काम गरिसकेपछि, पवित्र आत्माले अब तिनको गवाहीलाई समर्थन गर्नुभएन, तिनीबाट कुनै नयाँ काम भएन, परमेश्‍वर आफैले काम सुरु गर्नुभएपछि तिनी गए।

वचन देहमा देखा पर्नुहुन्छको “देहधारणको रहस्य (१)” बाट उद्धृत गरिएको

परमेश्‍वरको वचनलाई मानिसको वचन बनाउन सकिंदैन, अनि मानिसको वचनलाई कसैले परमेश्‍वरको वचन बनाउने कुरा त परै छाँड़ौ। परमेश्‍वरद्वारा प्रयोग गरिएको मानिस देहधारी परमेश्‍वर होइन, अनि देहधारी परमेश्‍वर परमेश्‍वरद्वारा प्रयोग गरिएको मानिस होइन। यसमा, एउटा आधारभूत भिन्नता हुन्छ। सायद, यी वचनहरू पढिसकेपछि तँ तिनलाई परमेश्‍वरका वचनहरू मान्दैनस्, तर मानिसले प्राप्त गरेको अन्तर्दृष्टि मात्र ठान्छस् होला। त्यस्तो अवस्थामा, तँ अज्ञानताले अन्धो भएको छस्। परमेश्‍वरको वचन कसरी मानिसले प्राप्त गरेको अन्तर्दृष्टि जस्तो हुन सक्छ? देहधारी परमेश्‍वरका वचनहरूले एउटा नयाँ युग सुरु गर्दछ, सारा मानवजातिलाई डोऱ्याउँछ, रहस्यहरू प्रकट गर्दछ, र मानिसले त्यो नयाँ युगमा लिनुपर्ने दिशा देखाउँदछ। मानिसले प्राप्त गरेको अन्तर्दृष्टि भनेको अभ्यास वा ज्ञानका लागि सरल निर्देशनहरू मात्र हो। यसले सम्पूर्ण मानवजातिलाई नयाँ युगमा डोऱ्याउन वा परमेश्‍वर स्वयमका रहस्यहरू प्रकट गर्न सक्दैन। जब सबै कुरा भनिन्छ र गरिन्छ, परमेश्‍वर परमेश्‍वर हुन्छ, र मानिस मानिस नै हुन्छ। परमेश्‍वरसित परमेश्‍वरको सार छ, र मानिससित मानिसको सार छ। यदि मानिसले परमेश्‍वरले बोल्नुभएका वचनहरूलाई पवित्र आत्माले दिनुभएको सरल अन्तर्दृष्टिको रूपमा हेर्छ भने र प्रेरितहरू र अगमवक्ताहरूले बोलेका वचनलाई परमेश्‍वरले व्यक्तिगत रूपमा बोल्नुभएको वचनको रूपमा लिन्छ भने, त्यो मानिसको गल्ती हुनेछ।

वचन देहमा देखा पर्नुहुन्छको प्रस्तावनाबाट उद्धृत गरिएको

पवित्र आत्माको प्रवाहमा गरिएको काम चाहे परमेश्‍वरको आफ्नै काम होस् वा प्रयोग गरिएका मानिसहरू काम होस्, त्यो काम पवित्र आत्माको काम हो। परमेश्‍वर स्‍वयम्‌को सारतत्त्व आत्मा हुनुहुन्छ, जसलाई पवित्र आत्मा वा सात गुणा प्रबल आत्मा भन्‍न सकिन्छ। जे भए तापनि, तिनीहरू परमेश्‍वरका आत्मा हुन्, यद्यपि परमेश्‍वरको आत्मालाई फरक युगहरूमा फरक नामले सम्बोधन गरिएको छ। उहाँहरूको सार एउटै हो। त्यसैले, परमेश्‍वर स्‍वयम्‌को काम नै पवित्र आत्माको काम हो, साथै देहधारी परमेश्‍वरको काम पवित्र आत्माले गर्नुहुने कामबाहेक अरू केही होइन। प्रयोग गरिएका मानिसहरूले गर्ने काम पनि पवित्र आत्माको काम नै हो। तैपनि, परमेश्‍वरको काम पवित्र आत्माको पूर्ण अभिव्यक्ति हो, जुनचाहिँ पूर्णतया साँचो हुन्छ, तर प्रयोग गरिएका मानिसहरूको काममा थुप्रै मानवीय कुराहरू मिसिएका हुन्छन्, र ती पवित्र आत्माको प्रत्यक्ष अभिव्यक्ति होइनन्, त्यो उहाँको पूर्ण अभिव्यक्ति हुने कुरा त परै जाओस्। पवित्र आत्माको काम अनेक छन् र कुनै सर्तहरूद्वारा सीमित छैनन्। पवित्र आत्माको काम फरक मानिसहरूमा फरक-फरक छन्; त्यसले फरक सारतत्त्व प्रकट गर्छ, र यो युग र देश अनुसार फरक हुन्छ। निश्‍चय नै, पवित्र आत्माले फरक तरिकाले र विभिन्‍न सिद्धान्तहरू अनुसार काम गर्नुभए तापनि यो काम जसरी गरिए पनि वा जुनसुकै मानिसहरूमा गरिएको भए पनि त्यसको सारतत्त्व सधैँ फरक हुन्छन्; फरक मानिसहरूमा गरिने सबै कामको फरक-फरक सिद्धान्तहरू हुन्छन्, र ती सबैले आफ्नो उद्देश्यको सारतत्त्व प्रतिनिधित्व गर्न सक्छ। यसो हुनुको कारण चाहिँ पवित्र आत्माको काम क्षेत्रको हिसाबले पूर्णतया निर्दिष्ट छ र पूर्णतया मापन गर्न सकिन्छ। देहधारण हुनुभएको शरीरमा गरिएको काम मानिसहरूमा गरिएको काम जस्तै हुँदैन, र जुन व्यक्तिमा काम गरिन्छ उसको योग्यता अनुसार काम फरक हुन्छ। देहधारी शरीरमा गरिने काम मानिसहरूमा गरिने काम होइन, र यो काम मानिसहरूमा गरिने काम जस्तै होइन। संक्षिप्तमा, काम जसरी गरिने भए तापनि फरक वस्तुमा गरिने काम कहिल्यै उही हुँदैनन्, र उहाँले काम गर्नुहुने मानिसहरूको स्थिति र प्रवृत्ति अनुसार उहाँले काम गर्नुहुने सिद्धान्तहरू फरक-फरक हुन्छन्। पवित्र आत्माले मानिसहरूमा अन्तर्निहित सारको आधारमा फरक-फरक काम गर्नुहुन्छ र उनीहरूको सारतत्त्वभन्दा ज्यादा हुने गरी उहाँले तिनीहरूलाई माग गर्नुहुन्‍न, न त उहाँले उनीहरूको अन्तर्निहित क्षमतालाई नाघ्‍ने गरी काम गर्नुहुन्छ। त्यसैले, मानिसमा गरिने पवित्र आत्माको कामले मानिसहरूलाई कामको उद्देश्यको सार देख्‍ने तुल्याउँछ। मानिसको अन्तर्निहित सार परिवर्तन हुँदैन; उसको अन्तर्निहित क्षमता सीमित हुन्छ। पवित्र आत्माले मानिसहरूलाई प्रयोग गर्नुहुन्छ वा उनीहरूको योग्यताको सीमितता अनुसार उनीहरूमा काम गर्नुहुन्छ, ताकि त्यसबाट उनीहरूले फाइदा लिन सकून्। जब प्रयोग गरिएका मानिसहरूमा पवित्र आत्माले काम गर्नुहुन्छ, तब ती मानिसहरूको क्षमता र अन्तर्निहित योग्यता प्रस्फुटन हुन्छन्, रोकिएका हुँदैनन्। उनीहरूको अन्तर्निहित योग्यता कामको सेवामा प्रयोग गरिएको हुन्छ। यसलाई यसो भन्‍न सकिन्छ कि उहाँले आफ्नो काममा प्रयोग गर्न सकिने मानिसहरूको भागहरूलाई प्रयोग गर्नुहुन्छ, ताकि कामको परिणामहरू प्राप्‍त गर्न सकियोस्। यसको विपरीत, देहधारी शरीरमा गरिने कामले प्रत्यक्ष रूपमा आत्माको काम व्यक्त गर्छ र त्यसलाई मानिसको मन र सोचविचारले दूषित बनाएको हुँदैन; न त मानिसहरूको वरदानहरूले न त मानिसको अनुभवले वा मानिसको जन्मसिद्ध अवस्थाले नै त्यसलाई पहुँच गर्न सक्छ।

वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरको काम र मानिसको काम” बाट उद्धृत गरिएको

मेरो बोलीले मेरो अस्तित्वको प्रतिनिधित्व गर्छ, तर मैले भन्‍ने कुरा मानिसको पहुँचभन्दा बाहिर छ। मैले भन्‍ने कुरा मानिसले अनुभव गर्ने कुरा होइन, र यो मानिसले देख्‍न सक्‍ने कुरा पनि होइन; यो मानिसले छुन सक्‍ने कुरा पनि होइन, तर मैले भन्‍ने कुरा म स्‍वयम्‌ नै हुँ। कतिपय मानिसहरूले मैले शिक्षा दिने कुरा नै मैले गरेको अनुभव हो भनी स्वीकार गर्छन्, तर त्यो आत्माको प्रत्यक्ष अभिव्यक्ति हो भनी तिनीहरूले पहिचान गर्दैनन्। अवश्‍य नै, मैले जे भन्छु त्यो मैले अनुभव गरेको कुरा हो। छ हजार वर्षसम्म व्यवस्थापनको काम गर्ने म नै हुँ। मैले मानवजातिको सृष्‍टिको सुरुआतदेखि वर्तमान समयसम्म भएका सबै कुरा अनुभव गरेको छु; कसरी म त्यसको बारेमा चर्चा गर्न असक्षम हुन्छु र? जब मानिसको प्रकृतिको कुरा आउँछ, मैले त्यो स्पष्‍ट देखेको छु; मैले त्यो लामो समयदेखि अवलोकन गरेँ। कसरी म त्यसको बारेमा स्पष्‍टसँग कुरा गर्न असक्षम हुन सक्छु र? मैले मानिसको सारलाई स्पष्‍ट रूपमा देखिसकेको छु, त्यसकारण म मानिसलाई सजाय दिन र उसको न्याय गर्न योग्य छु, किनकि सबै मानिस मबाट आएका हुन् तर उनीहरू शैतानद्वारा भ्रष्‍ट बनाइएका छन्। निश्‍चय नै, मैले गरेको कामलाई मूल्याङ्कन गर्न म योग्य छु। यो काम मेरो शरीरले नगरेको भए पनि, यो आत्माको प्रत्यक्ष अभिव्यक्ति हो, र मसँग जे छ र म जे हुँ त्यो यही हो। त्यसैले, त्यसलाई व्यक्त गर्न र मैले गर्नुपर्ने काम गर्न म योग्य छु। मानिसहरूले भन्‍ने कुरा भनेका उनीहरूले अनुभव गरेका कुरा हुन्। त्यो उनीहरूले देखेका, उनीहरूको मनले बुझ्‍न पुग्‍न सक्‍ने, र उनीहरूको चेतनाले थाहा पाउन सक्‍ने कुरा हुन्। तिनीहरूले सङ्‍गति गर्न सक्‍ने कुरा यही हो। परमेश्‍वरको देहधारी शरीरले बोल्‍नुभएका वचनहरू आत्माको प्रत्यक्ष अभिव्यक्ति हुन् र यी वचनहरूले आत्माद्वारा गरिएको काम व्यक्त गर्छन्, जुनचाहिँ शरीरले अनुभव गरेको वा देखेको छैन, तैपनि उहाँले आफ्नो अस्तित्वलाई व्यक्त गर्नुहुन्छ, किनकि देहको सारतत्त्व आत्मा नै हो, र उहाँले आत्माको काम व्यक्त गर्नुहुन्छ। यो आत्माले अघिबाटै गरिसक्‍नुभएको काम हो, तापनि त्यो देहको पहुँचभन्दा बाहिर छ। देहधारणपछि, देहको अभिव्यक्तिद्वारा उहाँले मानिसहरूलाई परमेश्‍वरको अस्तित्व थाहा गर्न सक्षम तुल्याउनुहुन्छ र मानिसहरूलाई परमेश्‍वरको स्वभाव र उहाँले गर्नुभएको काम देख्‍ने तुल्याउनुहुन्छ। मानिसको कामले मानिसहरूलाई उनीहरू केमा प्रवेश गर्नुपर्छ र उनीहरूले के बुझ्‍नुपर्छ सोबारे ठूलो स्पष्टता दिन्छ; यसमा मानिसहरूलाई सत्यताको बुझाइ र अनुभवतिर अगुवाइ गर्ने कुरा समावेश हुन्छ। मानिसको काम भनेको मानिसहरूलाई पालनपोषण गर्नु हो; परमेश्‍वरको काम भनेको मानिसहरूको निम्ति नयाँ मार्ग र नयाँ युगहरूको सुरुवात गरिदिनु, र मरणशील मानिसहरूले थाहा गर्न नसक्‍ने कुरा मानिसहरूलाई प्रकट गरिदिनु हो, यसरी तिनीहरूले उहाँको स्वभाव बुझ्‍न सक्छन्। परमेश्‍वरको काम भनेको सबै मानवजातिलाई अगुवाइ गर्नु हो।

वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरको काम र मानिसको काम” बाट उद्धृत गरिएको

तपाईं र तपाईंको परिवार बाँच्ने बारेमा एउटा ठूलो कुरा: के तपाईं ठूला विपत्तिहरूमा कसरी सुरक्षा प्राप्त गर्ने र बच्ने भनेर सोच्नुहुन्छ? तलको बटनमा क्लिक गर्नुहोस् र तपाईंले बाटो पाउनुहुनेछ।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दुई देहधारणहरूले देहधारणको महत्त्वलाई परिपूर्ण बनाउनुहुन्छ भनेर किन भनिन्छ

परमेश्‍वरका प्रासंगिक वचनहरू: पहिलो देहधारण मानिसलाई पापबाट छुटकारा दिनका लागि, मानिसलाई येशूको मासुको शरीरको माध्यमबाट छुटकारा दिनु थियो,...

ख्रीष्ट नै सत्यता, बाटो र जीवन हुनुहुन्छ भनेर कसरी जान्ने

सन्दर्भका लागि बाइबल पदहरू: “प्रारम्‍भमा वचन हुनुहुन्थ्यो, र वचन परमेश्‍वरसँग हुनुहुन्थ्यो, र वचन नै परमेश्‍वर हुनुहुन्थ्यो। उहाँ...

आखिरी दिनहरूमा काम गर्नको लागि परमेश्‍वरले चीनमा देहधारण गर्नुको उद्देश्य र महत्त्व

परमेश्‍वरका प्रासंगिक वचनहरू: यहोवाको काम संसारको सृष्टि गर्नु थियो, त्यो सुरुआत थियो; कामको यो चरण कामको समाप्ति हो, अनि यो निष्कर्ष हो।...

भ्रष्ट मानवजातिलाई देहधारी परमेश्‍वरबाट प्राप्त हुने मुक्तिको अझ बढी खाँचो छ भनी किन भनिन्छ

परमेश्‍वरका प्रासंगिक वचनहरू: परमेश्‍वरले मानिसलाई मुक्ति दिने काम सोझै आत्माको विधि र आत्माको पहिचानको माध्यमबाट गरिँदैन, किनकि उहाँका...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्