Christian Choir Song | संसार पतन भइरहेको छ! बेबिलोनलाई पक्षाघात भएको छ!

6 अप्रिल 2025

सारा ब्रह्माण्डका मानिसहरू मेरो दिनको आगमनको उत्सव मनाउँछन्,

र स्वर्गदूतहरू मेरा सबै मानिसहरूमाझ हिँड्छन्।

जब शैतानले बाधा दिन्छ,

तब स्वर्गदूतहरू स्वर्गमा आफ्नो सेवाको कारण सधैँ मेरा मानिसहरूलाई सहयोग गर्छन्।

मेरा मानिसहरू मानव कमजोरीका कारण दियाबलसहरूद्वारा भ्रमित हुँदैनन्,

बरु अन्धकारका शक्तिहरूको ठूलो आक्रमणको कारणले कुहिरो पार गर्दै

मानिसको जीवनको अनुभव गर्न अझ बढी कोसिस गर्छन्।

मेरा सबै मानिस मेरो नाममुनि झुक्छन्

र कोही पनि कहिल्यै खुल्लमखुल्ला मविरुद्ध उठ्दैनन्।

स्वर्गदूतहरूको कामका कारण मानिसहरू मेरो नाम स्विकार्छन्,

र सबै मेरो कार्यप्रवाहको बीचमा रहन्छन्।

संसार पतन भइरहेको छ! बेबिलोनलाई पक्षाघात भएको छ!

ओहो, धार्मिक संसार! पृथ्वीमा मेरो अख्तियारद्वारा कसरी यो नष्ट हुन सक्दैन?

कसले अझै मविरुद्ध विद्रोह गर्ने र मेरो विरोध गर्ने हिम्मत गर्नेछ?

शास्‍त्रीहरूले? सबै धार्मिक अधिकारीहरूले?

के पृथ्वीमा भएका शासक र अखितियारवालहरूले? स्वर्गदूतहरूले?

कसले मेरो शरीरको सिद्धता र पूर्णताको उत्सव मनाउँदैन?

सबै मानिसहरूमध्ये कसले निरन्तर प्रशंसा गाउँदैन,

र मेरो कारण को लगातार आनन्दित छैन?

संसार पतन भइरहेको छ! बेबिलोनलाई पक्षाघात भएको छ!

ओहो, धार्मिक संसार! पृथ्वीमा मेरो अख्तियारद्वारा कसरी यो नष्ट हुन सक्दैन?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरू, अध्याय २२

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्