Nepali Christian Song | आफ्नो आस्थालाई लापरवाह रूपमा लिँदा के हुन्छ
18 अप्रिल 2025
१
तिमीहरूलाई आवश्यक पर्ने सत्यता र जीवन होइन, आफूलाई आचरणमा ढाल्ने सिद्धान्तहरू होइन, र मेरो मेहनती काम होइन। बरु तिमीहरूलाई आवश्यक परेको ती हरेक थोक हुन् जुन तिमीहरूसँग देहमै छ। तिमीहरू मेरा वचनहरू र कामहरूलाई पूर्ण रूपमा उपेक्षा गर्छौ, त्यसैले म तिमीहरूको आस्थालाई सारांशमा एउटै शब्दमा भन्न सक्छु: लापरवाह। तिमीहरू जुन कुराहरूमा पूर्ण रूपले अर्पित हुन्छौ, ती कुराहरू प्राप्त गर्न जेसुकै गर्न सक्छौ, तर परमेश्वरमाथिको तिमीहरूको विश्वास सम्बन्धी कुराहरूका खातिर त्यसो गर्नेथिएनौ। बरु तिमीहरू तुलनात्मक रूपमा अर्पित र इमानदार छौ। त्यसैकारण म भन्छु, जसमा पूर्णतः इमानदार हृदयको कमी छ, तिनीहरू परमेश्वरप्रतिको तिनीहरूको विश्वासमा असफल हुन्छन्। ध्यानपूर्वक सोच—तिमीहरूमाझ थुप्रै असफलहरू छन् कि?
२
मानिसका आफ्नै कार्यको फलस्वरूप परमेश्वरमाथिको विश्वासमा सफलता हासिल गरिन्छ। जब मानिसहरू सफल नभई असफल हुन्छन्, त्यो पनि तिनीहरूका आफ्नै कार्यहरूको कारणले हो अनि त्यसमा कुनै कुराले भूमिका खेल्दैन। तिमीहरूले परमेश्वरमा विश्वास गर्नुभन्दा बरु त्योभन्दा धेरै कठिन र कष्टदायी कुरा हासिल गर्न जे पनि गर्नेथियौ। अनि त्यसलाई धेरै गम्भीरतापूर्वक व्यवहार गर्नेथियौ; यतिसम्म कि तिमीहरू कुनै पनि गल्तीहरूलाई सहन अनिच्छुक हुनेथियौ; यस्ता प्रकारका अविरल प्रयासहरू तिमीहरू सबै आफ्नो जीवनमा राख्दछौ। यस्ता कतिपय परिस्थितिमा तिमीहरू मेरो देहलाई छल्न समेत सक्षम छौ जुन परिस्थितिमा तिमीहरू आफ्नो परिवारको कुनै सदस्यलाई समेत छल्ने थिएनौ। यो तिमीहरूको निरन्तरको व्यवहार र सिद्धान्त हो जसद्वारा तिमीहरू जिउँछौ।
३
अन्त्यमा, म आशा गर्छु कि तिमीहरू सबैले आफ्नै गन्तव्यको खातिर गम्भीर प्रयास लगाउँछौ, यद्यपि तिमीहरूले आफ्नो प्रयासमा छलपूर्ण तरिकाहरूको प्रयोग नगरेकै राम्रो हुन्छ, नत्र भने मेरो हृदयमा म तिमीहरूसित निरन्तर निराश हुनेछु। अनि त्यस्तो निराशाले केमा लैजान्छ? के तिमीहरू आफैलाई मूर्ख बनाइरहेका छैनौ? जसले आफ्नो गन्तव्यको निम्ति विचार राखेर पनि त्यसलाई नष्ट गर्छ तिनीहरू मुक्ति पाउन सक्नेहरूमा सबैभन्दा पछाडि पर्छन्। यदि तिनीहरू चिढिए र क्रोधित भए पनि त्यस्तो व्यक्तिलाई कसले दया देखाउँथ्यो र? निष्कर्षमा, म अझै पनि चाहन्छु कि तिमीहरूले एउटा गन्तव्य पाऔ जुन सुहाउँदो र असल दुवै होस् अनि त्यसभन्दा बढी, तिमीहरूमध्ये कोही पनि महाविपत्तीमा पर्न नपरोस् भनी म आशा गर्छु।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। गन्तव्यको सम्बन्धमा
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
अन्य प्रकारका भिडियोहरू