Christian Dance | सर्वशक्तिमान् परमेश्‍वरको प्रशंसा गाऊ | Praise Song

28 मार्च 2025

सर्वशक्तिमान् परमेश्‍वर, प्रेमिलो परमेश्‍वर, हामी सदा तपाईंको प्रशंसा गाउँछौँ!

तपाईँ एउटै साँचो परमेश्‍वर हुनुहुन्छ जो देखा पर्नुभएको छ,

जो महिमासाथ आउनुभएका मुक्तिदाता हुनुहुन्छ।

मानवतालाई पूर्णतः शुद्ध पार्न र मुक्ति दिन,

तपाईं दुईपटक देहधारी बन्नुभएको छ।

तपाईँ बोलिरहनु र काम गरिरहनुभएको छ, मानवतालाई आजसम्म मार्गदर्शन गरिरहनुभएको छ।

तपाईँले अति धेरै सतावट र पीडा भोग्नुभएको छ।

अपमान सहनुभएको छ, र यस युगद्वारा इन्कारिनुभएको छ।

आफ्नो हृदयको सारा रगत-पसिनाको मूल्य तिर्नुभएको छ,

र त्यसले तपाईँको प्रेम पूर्णतः प्रकाश गरेको छ।

तपाईँका वचनबाट हामी तपाईँका कार्य देख्छौँ र तपाईँको प्रेमिलो स्वभाव चिन्छौँ।

तपाईँको धार्मिकता, तपाईँको पवित्रता,

र तपाईँका अभिप्राय सबै हामीलाई प्रकट गरिएका छन्।

तपाईँका वचनले हामीलाई विजय गर्छन् र मुक्ति दिन्छन्,

तपाईँ मानिसको अनन्त प्रेमको योग्य हुनुहुन्छ।

हे, सर्वशक्तिमान् परमेश्‍वर, हामी सदैव तपाईँलाई प्रेम गर्नेछौँ,

तपाईँमा समर्पित हुनेछौँ, र तपाईँको गवाही दिनेछौँ!

सर्वशक्तिमान् परमेश्‍वर, प्रेमिलो परमेश्‍वर, हामी सदा तपाईंको प्रशंसा गाउँछौँ!

तपाईँ सत्यता व्यक्त गर्नुहुन्छ र हामीलाई मुक्ति दिनुहुन्छ,

यसरी हामीलाई तपाईँको अस्तित्वमा जिउने तुल्याउनुहुन्छ।

तपाईँ आफ्ना वचनले हामीलाई पानी हाल्नुहुन्छ र आपूर्ति गर्नुहुन्छ,

र हामीलाई सिद्ध पार्न परीक्षाहरू प्रयोग गर्नुहुन्छ।

तपाईँका वचन अनुभव गरेपछि र सत्यता बुझेपछि,

हाम्रा जीवन स्थिर रूपमा बढ्छन्।

तपाईँ हामीलाई न्याय गर्नुहुन्छ र शुद्ध पार्नुहुन्छ,

र हामी आफ्नो भ्रष्टता फाल्छौँ र नयाँ मानिस बन्छौँ।

तपाईँ सत्य, मार्ग र जीवन हुनुहुन्छ।

तपाईँ हाम्रो मिलनसार र आदरणीय प्रिय हुनुहुन्छ।

हामी तपाईँको प्रशंसामा गाउँछौँ,

र तपाईँको धर्मी स्वभावको प्रशंसा गर्छौँ।

हामी तपाईँलाई आफ्नो प्रेम र आदर व्यक्त गर्न नाच्छौँ।

तपाईँले शैतानलाई हराउनुभएको छ र हामीलाई पूर्णतः मुक्ति दिनुभएको छ,

र तपाईँले पूर्ण महिमा प्राप्त गर्नुभएको छ।

हे, सर्वशक्तिमान् परमेश्‍वर, हामी सदैव तपाईँलाई प्रेम गर्नेछौँ,

तपाईँमा समर्पित हुनेछौँ, र तपाईँको गवाही दिनेछौँ!

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्