Christian Dance | मेरो हृदयले सदैव परमेश्‍वरलाई प्रेम गर्नेछ | Praise Song

8 फेब्रुअरी 2025

हे परमेश्‍वर! आजको दिन म स्वर्गको राज्यको भोजमा सहभागी हुन्छु,

र राज्यका तालिममा म आफ्ना दिन र रातहरू बिताउँछु।

हरदिन म परमेश्‍वरको वचन खान्छु र पिउँछु,

सत्यता बुझ्छु, र आफ्नो कर्तव्य पूरा गर्छु।

म जीवनमा हरदिन बढ्छु, र यो परमेश्‍वरको प्रेम हो।

सर्वशक्तिमान् परमेश्‍वर, अरूले चाहे जे गरे पनि म तपाईँलाई प्रेम गर्नेछु।

मलाई थाहा छ कि म साँच्चै बदलिऊँ भन्ने तृष्णा गर्नुहुन्छ।

म उप्रान्त कमजोर, नकारात्मक वा अल्छे हुन सक्दिनँ।

म केवल आफ्नो कर्तव्य राम्ररी पूरा गर्न र तपाईँलाई सन्तुष्ट तुल्याउन चाहन्छु।

हे परमेश्‍वर! म आजको दिन राज्यतर्फको बाटोमा हिँड्दै छु।

मैले धेरै अवरोधहरू सामना गरेको छु, तर तपाईँले मलाई सधैँ मार्गदर्शन गर्नुभएको छ।

मेरा कष्ट र सङ्कष्टहरू तपाईँकै अनुमतिले भएका हुन्,

र तपाईँ मेरो छेउमा हुनुहुन्छ।

कैयौँ पटक मैले निराशा, कमजोरी, शोक र हृदयको चोट सामना गरेको छु,

र कैयौँ पटक म शैतानको पासोमा परेको छु,

तर तपाईँको वचनले मलाई सधैँ आस्था र प्रोत्साहन दिएको छ।

म कृतज्ञ नहुन र आँसु नझारी बस्न कसरी सक्छु?

म सानो र कमजोर भए पनि, तपाईँलाई प्रेम नगर्न कसरी सक्छु?

म तपाईँलाई साँचो, र शुद्ध प्रेम दिन चाहन्छु।

चाहे सङ्कष्ट र परीक्षाहरू भए पनि,

मसँग तपाईँको वचन भएसम्म म सन्तुष्ट हुनेछु।

खतरा र सङ्कष्ट चाहे जति ठुला भए पनि,

अघि बढ्न म तपाईँमा भर पर्नेछु।

समय र स्थान चाहे जे भए पनि, मेरो हृदयले तपाईँलाई सदैव प्रेम गर्नेछ।

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्