परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश १५२

18 जुन 2022

मानिसको बीचमा परमेश्‍वरले गर्ने काम मानिसबाट अलग रहन सक्दैन, किनभने मानिस नै यो कामको लक्ष्य र परमेश्‍वरले बनाउनुभएको एउटै मात्र प्राणी हो, जसले परमेश्‍वरको साक्षी दिन सक्छ। मानिसको जीवन र मानिसका सबै क्रियाकलापहरूलाई परमेश्‍वरबाट अलग गर्न सकिँदैन र यी सबै परमेश्‍वरका हातद्वारा नियन्त्रित छन् र कुनै पनि व्यक्ति परमेश्‍वरबाट स्वतन्त्र रहेर अस्तित्वमा रहन सक्दैन भनेर समेत भन्‍न सकिन्छ। यसलाई कसैले पनि इन्कार गर्न सक्दैन, किनभने यो एउटा तथ्य हो। परमेश्‍वरले गर्नुहुने सबै कुरा मानवजातिको फाइदाको लागि हुन् र यी शैतानका युक्तिहरूका विरुद्ध निर्देशित छन्। मानिसलाई चाहिने सबै कुरा परमेश्‍वरबाट आउँछन् र मानिसको जीवनको स्रोत परमेश्‍वर नै हुनुहुन्छ। तसर्थ, मानिस परमेश्‍वरबाट अलग हुनै सक्दैन। यसको साथै, मानिसबाट अलग हुने परमेश्‍वरको कुनै अभिप्राय कहिल्यै रहेको छैन। परमेश्‍वरले गर्नुहुने काम सारा मानवजातिको खातिर हो र उहाँका विचारहरू सँधै दयालु छन्। त्यसो भए, मानिसको लागि परमेश्‍वरको काम र परमेश्‍वरका विचारहरू (अर्थात् परमेश्‍वरको इच्‍छा) दुवै नै मानिसले जान्‍नुपर्ने “दर्शनहरू” हुन्। त्यस्ता दर्शनहरू परमेश्‍वरको व्यवस्थापन, र मानिसले गर्न नसक्ने काम पनि हुन्। यसबीच, आफ्‍नो कामको अवधिमा परमेश्‍वरले मानिसलाई गर्ने मागहरूलाई मानिसको “अभ्यास” भनिन्छ। दर्शनहरू परमेश्‍वर स्वयमका काम हुन् वा ती मानवजातिप्रतिको उहाँको इच्‍छा वा उहाँको कामका उद्देश्यहरू र महत्त्व हुन्। दर्शनहरूलाई व्यवस्थापनको भाग पनि भन्‍न सकिन्छ, किनभने यो व्यवस्थापन परमेश्‍वरको काम हो र यो मानिसप्रति निर्देशित छ, जसको अर्थ यो, परमेश्‍वरले मानिसको बीचमा गर्नुहुने काम हो भन्ने हुन्छ। यो काम त्यो प्रमाण र मार्ग हो जसद्वारा मानिसले परमेश्‍वरलाई चिन्छ र यो, मानिसको लागि सबैभन्दा धेरै महत्त्वको छ। यदि मानिसहरूले परमेश्‍वरको कार्यको ज्ञानमा ध्यान दिनुको सट्टा, परमेश्‍वरमाथिको विश्‍वासका धर्मसिद्धान्तहरू वा सानातिना महत्त्वहीन विवरणहरूमा मात्रै ध्यान दिन्छन् भने, तिनीहरूले परमेश्‍वरलाई चिन्‍नेछैनन् र यसको साथै, तिनीहरू परमेश्‍वरको हृदयअनुसारका बन्‍नेछैनन्। परमेश्‍वरसम्‍बन्धी मानिसको ज्ञानको लागि अत्यन्तै उपयोगी परमेश्‍वरको कामलाई दर्शनहरू भनिन्छ। परमेश्‍वरको काम, परमेश्‍वरको इच्‍छा र परमेश्‍वरको कामका लक्ष्‍यहरू र महत्त्व नै यी दर्शनहरू हुन्; ती सबै मानिसको लागि लाभदायक छन्। अभ्यासले मानिसद्वारा गरिनुपर्ने, परमेश्‍वरलाई पछ्याउने प्राणीहरूद्वारा गरिनुपर्ने कुरालाई जनाउँछ र यो मानिसको कर्तव्य पनि हो। मानिसले के गर्नुपर्छ भन्ने कुरा मानिसले सुरुदेखि नै बुझेको कुरा होइन तर आफ्‍नो कामको अवधिमा परमेश्‍वरले मानिसलाई दिनुभएका मागहरू नै हुन्। परमेश्‍वरले कार्य गर्ने क्रममा यी मागहरू क्रमिक रूपमा अझै गहन र अझै उच्‍च बन्छन्। उदाहरणको लागि, व्यवस्थाको युगमा मानिसले व्यवस्थालाई पछ्याउनुपर्थ्यो र अनुग्रहको युगमा मानिसले क्रूसलाई बोक्‍नुपर्थ्यो। राज्यको युग फरक छ: मानिसलाई दिइएका मागहरू व्यवस्थाको युग र अनुग्रहको युगको भन्दा उच्‍च छन्। दर्शनहरू जति उच्‍च हुँदै जान्छन्, मानिसलाई दिइएका मागहरू त्यति नै उच्‍च हुँदै जान्छन् र अझै स्पष्ट र अझै वास्तविक हुँदै जान्छन्। त्यसरी नै, दर्शनहरू पनि बढ्दो रूपमा वास्तविक हुँदै जान्छन्। यी धेरै वास्तविक दर्शनहरू परमेश्‍वरप्रतिको मानिसको आज्ञापालनसँग मात्रै अनुकूल छैनन् तर परमेश्‍वरसम्‍बन्धी उसको ज्ञानसँग अझै अनुकूल छन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कार्य र मानिसको अभ्यास

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्