परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश २०२

24 नोभेम्बर 2022

विजयको कामको लक्षित प्रभाव, सबैभन्दा बढी, मानिसको देहले अबउप्रान्त विद्रोह नगरोस्; अर्थात्, मानिसको दिमागले परमेश्‍वरबारे नयाँ ज्ञान प्राप्त गरोस्, मानिसको हृदयले परमेश्‍वरको पूरा आज्ञापालन गरोस् र मानिसले परमेश्‍वरको निम्ति हुने आकांक्षा राखोस् भन्‍ने हो। मानिसहरूले आफ्नो स्वभाव वा देह परिवर्तन हुँदा त्यसलाई विजय प्राप्त भएको कुराको रूपमा लिँदैनन्; जब मानिसको सोच, चेतना र समझ परिवर्तन हुन्छ, भन्‍नुको अर्थ, जब तेरो सम्पूर्ण मनोवृत्ति परिवर्तन हुन्छ—त्यसबेला तँ परमेश्‍वरद्वारा जितिएको हुन्छस्। जब तैँले आज्ञापालन गर्ने सङ्कल्प गर्छस् र नयाँ मानसिकता अपनाउँछस्, जब तैँले परमेश्‍वरका वचनहरू र काममा आफ्नो कुनै पनि विचार वा अभिप्रायहरू ल्याउँदैनस् र जब तेरो दिमागले सामान्य रूपमा सोचविचार गर्न सक्छ—भन्नुको मतलब, जब तैँले सम्पूर्ण हृदयले आफैलाई परमेश्‍वरको निम्ति प्रयोगमा ल्याउँछस्—तब तँ त्यस्तो मानिस बन्छस्, जो पूर्ण रूपमा जितिएको हुन्छ। धर्ममा, धेरै मानिसहरूले आफ्नो जीवनभरि ठूलो दुःख भोग्छन्: तिनीहरूले आफ्नो देहलाई वशमा राख्छन् र आफ्नो क्रूस बोक्छन् र मृत्यु हुन लाग्दासमेत तिनीहरूले कष्ट भोग्छन् र सहन्छन्! कोही-कोही त आफ्नो मृत्यु हुने बिहानसम्म उपवास बसिरहेका हुन्छन्। तिनीहरूले आफ्नो सारा जीवनभरि राम्रो भोजन र वस्त्र अस्वीकार गर्छन्, केवल कष्टमा मात्र ध्यान दिन्छन्। तिनीहरू आफ्नो शरीरलाई वशमा राख्‍न र आफ्नो देहलाई परित्याग गर्न सक्षम हुन्छन्। कष्ट भोग्‍न सक्‍ने तिनीहरूको जोस सराहनीय हुन्छ। तर तिनीहरूको सोचविचार, धारणा, मनोवृत्ति र वास्तवमा तिनीहरूको पुरानो स्वभावलाई अलिकति पनि निराकरण गरिएको हुँदैन। तिनीहरूमा आफ्नैबारे साँचो ज्ञानको कमी हुन्छ। तिनीहरूको मस्तिष्कमा एक परम्परागत, अस्पष्ट परमेश्‍वरको प्रतिरूप हुन्छ। परमेश्‍वरका लागि कष्ट भोग्‍ने तिनीहरूको सङ्कल्प तिनीहरूका जोश र तिनीहरूको मानवताको असल चरित्रबाट आउँछ। तिनीहरूले परमेश्‍वरमा विश्‍वास गरे पनि, तिनीहरूले न त उहाँलाई बुझ्छन्, न त उहाँको इच्छाबारे तिनीहरूलाई केही थाहा नै हुन्छ। तिनीहरू केवल काम गर्छन् र परमेश्‍वरका लागि अन्धाधुन्ध कष्ट भोग्छन्। तिनीहरूले समझलाई कुनै प्रकारको महत्त्व दिँदैनन्, आफ्नो सेवाले वास्तवमै परमेश्‍वरको इच्छा पूरा गर्ने कुरा सुनिश्‍चित गर्न त्यत्ति वास्ता गर्दैनन्, तिनीहरूलाई परमेश्‍वरको ज्ञान कसरी प्राप्त गर्ने भन्‍ने कुरा थाहा हुनु त परै जाओस्। तिनीहरूले सेवा गरेका परमेश्‍वर उहाँको अन्तर्निहित स्वरूपमा हुनुहुन्‍न, बरु तिनीहरूले कल्पना गरेका परमेश्‍वर, तिनीहरूले सुनेका परमेश्‍वर वा लिखित दन्त्यकथाहरूमा पढेका परमेश्‍वर मात्र हुनुहुन्छ। त्यसपछि परमेश्‍वरका निम्ति कष्ट भोग्‍न आफ्ना उर्वर कल्पनाहरू र धर्मीपन प्रयोग गर्छन् र परमेश्‍वरले गर्न चाहनुभएको परमेश्‍वरको काम गर्न थाल्छन्। तिनीहरूको सेवा अति नै अवास्तविक हुन्छ, यहाँसम्म कि व्यावहारिक रूपमा तिनीहरूमध्ये कसैले पनि साँचो रूपले परमेश्‍वरको इच्छाअनुसार सेवा गर्न सक्दैन। तिनीहरूले जति नै खुसीसाथ दु:ख भोगे पनि, सेवाबारे तिनीहरूको मूल दृष्टिकोण र तिनीहरूको मस्तिष्कमा रहेको परमेश्‍वरको प्रतिरूप अपरिवर्तित रहन्छ, किनभने तिनीहरूले परमेश्‍वरको न्याय, सजाय, शोधन र सिद्धता भोगेका हुँदैनन्, न त कसैले तिनीहरूलाई सत्यताको प्रयोग गरी डोर्‍याएको नै हुन्छ। तिनीहरूले मुक्तिदाता येशूमा विश्‍वास गरे पनि तिनीहरूमध्ये कसैले पनि मुक्तिदातालाई देखेका हुँदैनन्। तिनीहरूले उहाँलाई केवल दन्त्यकथा र सुनेका कुराहरूको माध्यमबाट जान्दछन्। फलस्वरूप, तिनीहरूको सेवा आँखा बन्द गरेर बिनाउद्देश्य गरिएको कामभन्दा बढी हुँदैन, त्यो एक अन्धोले आफ्नो बुबाको सेवा गरेको जस्तो हुन्छ। त्यस्तो सेवाबाट अन्त्यमा के हासिल गर्न सकिन्छ? अनि यसलाई कसले अनुमोदन गर्नेछ? सुरुदेखि अन्त्यसम्म, तिनीहरूको सेवा एक समान रहन्छ; तिनीहरूले केवल मानवनिर्मित पाठहरू सिक्छन् र तिनीहरूको सेवा केवल तिनीहरूको आफ्नै प्राकृतिकपन र तिनीहरूका आफ्नै रुचिहरूमा आधारित हुन्छ। यसले कस्तो इनाम ल्याउन सक्छ? येशूलाई देख्‍ने पत्रुसले पनि परमेश्‍वरको इच्छाअनुसार सेवा गर्न जान्दैनथे; तिनले यो कुरा अन्त्यतिर, आफ्नो बुढेसकालमा मात्र जाने। यसले निराकरण वा काटछाँटको अलिकति पनि अनुभव नगरेका र कसैद्वारा नडोर्‍याइएका अन्धा व्यक्तिहरूबारे के भन्छ? के आज तिमीहरूमध्ये धेरैको सेवा ती अन्धा मानिसहरूको जस्तो छैन र? न्याय प्राप्त नगरेका, काटछाँट र निराकरण नभोगेका र परिवर्तन नभएका सबै व्यक्तिहरू—के तिनीहरू सबै अधुरो रूपमा मात्रै जितिएका छैनन् र? त्यस्ता मानिसहरू कुन कुरामा काम लाग्छन्? यदि तेरो सोच, जीवनबारे तेरो ज्ञान र परमेश्‍वरसम्बन्धी तेरो ज्ञानले कुनै नयाँ परिवर्तन देखाउँदैन र तैँले वास्तवमा केही पनि प्राप्त गर्दैनस् भने, तैँले आफ्नो सेवामा कुनै उल्लेखनीय कुरा कहिले पनि हासिल गर्नेछैनस्! दिव्यदर्शन र परमेश्‍वरको कामको नयाँ ज्ञानविना, तँलाई जितिएको हुँदैन। तब परमेश्‍वरलाई पछ्याउने तेरो तरिका कष्ट भोग्‍ने र उपवास बस्‍नेहरूको जस्तो थोरै मूल्यको हुनेछ! यो ठ्याक्कै के हो भने, तिनीहरूले जे गर्छन् त्यसमा गवाही थोरै मात्र हुन्छ, त्यसैले म भन्छु, तिनीहरूको सेवा व्यर्थ छ! आफ्नो जीवनभरि तिनीहरूले कष्ट भोग्छन् अनि झ्यालखानमा समय बिताउँछन्; तिनीहरू सधैँ सहनशील र प्रेमिलो हुन्छन् अनि सधैँ क्रूस बोक्छन्, संसारद्वारा तिनीहरूको हाँसो उडाइन्छ र तिनीहरूलाई अस्वीकार गरिन्छ, तिनीहरूले हरप्रकारका कठिनाइ अनुभव गर्छन् र तिनीहरू अन्त्यसम्म आज्ञाकारी भए तापनि, अझै पनि जितिएका हुँदैनन् र जितिएको कुराको कुनै गवाही दिन सक्दैनन्। तिनीहरूले ठूलो पीडा भोगेका हुन्छन्, तर भित्रचाहिँ परमेश्‍वरलाई पटक्‍कै चिन्दैनन्। तिनीहरूका पुराना सोचहरू, पुराना धारणाहरू, धार्मिक अभ्यासहरू, मानवनिर्मित ज्ञान र मानवीय विचारहरूलाई निराकरण गरिएको छैन। तिनीहरूमा नयाँ ज्ञानको कुनै छनक नै छैन। परमेश्‍वरसम्बन्धी तिनीहरूको ज्ञान थोरै पनि सत्य वा सही हुँदैन। तिनीहरूले परमेश्‍वरको इच्छालाई गलत बुझेका हुन्छन्। के यो परमेश्‍वरप्रति सेवा हो र? विगतमा परमेश्‍वरसम्बन्धी तेरो ज्ञान जे-जस्तो भए पनि, यदि त्यो आज त्यस्तै रहिरहन्छ भने, र परमेश्‍वरले जे गर्नुभए पनि उहाँसम्बन्धी तेरो ज्ञान तैँले तेरा आफ्नै धारणा र विचारहरूमा आधारित गर्न जारी राख्छस् भने, भन्‍नुको अर्थ, यदि तँमा परमेश्‍वरसम्बन्धी कुनै नयाँ र साँचो ज्ञान छैन भने, र यदि तँ परमेश्‍वरको साँचो रूप र स्वभावलाई जान्‍न असफल हुन्छस् भने, यदि परमेश्‍वरसम्बन्धी तेरो ज्ञान सामन्ती, अन्धविश्‍वासपूर्ण सोचबाट निर्देशित छ र मानव कल्पना र धारणाबाट उत्पन्न भएको छ भने, तँ जितिएको छैनस्। मैले तँलाई अहिले धेरै वचनहरू बताउनु भनेको तँलाई यी वचनहरू जान्‍न दिनु र यो ज्ञानले तँलाई अझ नयाँ र सही ज्ञानमा डोऱ्याओस् भनेर हो; मैले यी कुराहरू भन्नुको उद्देश्य तँमा भएका ती पुराना धारणाहरू र पुरानो ज्ञान मेटाउनको लागि पनि हो ताकि तैँले नयाँ ज्ञान प्राप्त गर्न सकोस्! यदि तैँले साँच्‍चै मेरा वचनहरू खाइस् र पिइस् भने, तेरो ज्ञानमा धेरै परिवर्तन हुनेछ। जबसम्म तँ आज्ञाकारी हृदयसहित परमेश्‍वरका वचनहरू खान्छस् र पिउँछस्, तबसम्म तेरो दृष्टिकोणलाई उल्ट्याइनेछ। जबसम्म तँ बारम्बार दोहोरिने सजायहरू स्वीकार गर्न सक्छस्, तबसम्म तेरो पुरानो मानसिकता बिस्तारै परिवर्तन हुनेछ। जबसम्म तेरो पुरानो मानसिकताको स्थान पूर्ण रूपमा नयाँ मानसिकताले लिन्छ, तबसम्म तेरो अभ्यास पनि सोहीअनुरूप परिवर्तन हुनेछ। यस तरिकाले, तेरो सेवा झन्-झन् लक्ष्यमा केन्द्रित हुनेछ र तँ झन् बढी परमेश्‍वरको इच्छा पूरा गर्न सक्षम हुनेछस्। यदि तैँले तेरो जीवन, मानव जीवनसम्बन्धी तेरो ज्ञान र परमेश्‍वरसम्बन्धी तेरा धेरै धारणाहरू परिवर्तन गर्न सकिस् भने, तेरो प्राकृतिकपन बिस्तारै घट्दै जान्छ। जब परमेश्‍वरले मानिसहरूलाई जित्‍नुहुन्छ, तब यो र यस्तो कुनै पनि कुरामा त्यसको प्रभाव हुँदैन, यो मानिसहरूभित्र हुन आउने प्रभाव हो। यदि परमेश्‍वरप्रतिको तेरो विश्‍वासमा तैँले आफ्नो देहलाई वशमा राख्‍न र सहन अनि कष्ट भोग्न मात्र जानेका छस् भने, र त्यो सही हो कि गलत भनी तँलाई थाहा छैन, त्यो कसको खातिर गरिएको हो भन्‍ने पत्तोसमेत छैन भने, त्यस्तो अभ्यासले कसरी परिवर्तनतर्फ डोर्‍याउन सक्छ र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। विजयको कामको भित्री सत्यता (३)

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्