परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १६५

2 जुलाई 2021

आजको हाम्रो भेलाको सुरुमा तिमीहरूले गरेको कुनै कुराको बारेमा म कुरा गर्न चाहन्छु, जसले मलाई आश्‍चर्यमा पार्‍यो। तिमीहरूमध्ये कतिले सायद कृतज्ञताको अनुभूतिलाई जगेर्ना गरिरहेका थियौ, सायद तिमीहरूले कृतज्ञताको अनुभव गरिरहेका थियौ, त्यसकारण तिमीहरूको भावनाले सम्‍बन्धित कार्य पैदा गर्‍यो। तिमीहरूले जे गर्‍यौ, त्यो भर्त्सनाको आवश्यकता पर्ने कुरा थिएन; यो सही पनि होइन गलत पनि होइन। तर म तिमीहरूले केही कुरा बुझेको हेर्न चाहन्छु। तिमीहरूले के बुझेको म चाहन्छु त? पहिलो, तिमीहरूले भर्खरै के गर्‍यौ त्यसको बारेमा म तिमीहरूलाई सोध्‍न चाहन्छु। के यो लम्पसार पर्नु वा आराधनाको लागि घुँडा टेक्‍नु थियो? कसैले मलाई बताउन सक्छ? (यो लम्पसार पर्नु नै थियो भन्‍ने हामीलाई विश्‍वास छ।) यो लम्पसार पर्नु नै थियो भन्‍ने तिमीहरू विश्‍वास गर्छौ, त्यसो भए लम्पसार पर्नुको अर्थ के हो? (आराधना गर्नु।) त्यसो भए, आराधना गर्नको लागि घुँडा टेक्‍नु भनेको के हो? मैले यसभन्दा पहिले यसको बारेमा तिमीहरूसँग सङ्गति गरेको छैन, तर आज यसो गर्नु आवश्यक छ भन्‍ने मलाई लाग्छ। के तिमीहरूको सामान्य भेलामा तिमीहरू लम्पसार पर्छौ? (पर्दैनौं।) जब तिमीहरू प्रार्थना गर्छौ के तिमीहरू लम्पसार पर्छौ? (पर्छौं।) के तिमीहरू हरेकपटक प्रार्थना गर्दा अवस्थाले दिएअनुसार लम्पसार पर्छौ? (पर्छौं।) त्यो राम्रो हो। तर आज म तिमीहरूले के बुझ भन्‍ने चाहन्छु भने परमेश्‍वरले दुई प्रकारका मानिसहरूको घुँडा टेकाइलाई मात्रै स्वीकार गर्नुहुन्छ। हामीले बाइबल वा कुनै पनि आत्मिक व्यक्तित्वको कार्य र आचरणको सहारा लिनु पर्दैन। बरु, यहाँ र अहिले, म तिमीहरूलाई साँचो कुरा बताउनेछु। पहिलो, लम्पसार पर्नु र आराधना गर्नको लागि घुँडा टेक्‍नु एउटै कुरा होइन। लम्पसार पर्नेहरूको घुँडा टेकाइलाई परमेश्‍वरले किन स्वीकार गर्नुहुन्छ? किनभने परमेश्‍वरले कसैलाई उहाँकहाँ बोलाउनुहुन्छ र त्यस व्यक्तिलाई परमेश्‍वरको कार्यभार स्वीकार गर्न लगाउनुहुन्छ, त्यसकारण परमेश्‍वरले उसलाई उहाँको सामुन्ने लम्पसार हुन दिनुहुनेछ। यो पहिलो प्रकारको व्यक्ति हो। दोस्रो प्रकार भनेको आराधना गर्नलाई परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग बस्‍ने कुनै व्यक्तिको घुँडा टेकाइ हो। यी दुई प्रकारका मानिसहरू मात्रै छन्। त्यसकारण तिमीहरू कुन प्रकारमा पर्छौ? के तिमीहरू भन्‍न सक्छौ? सत्यता यही हो, यद्यपि यसले तिमीहरूको भावनामा अलि चोट पुर्‍याउन सक्छ। प्रार्थनाको बेला मानिसहरूको घुँडा टेकाइको बारेमा केही भन्‍नु छैन—यो उचित छ र हुनु नै पर्छ, किनभने जब मानिसहरूले प्रार्थना गर्छन्, यो मुख्यतया कुनै कुराको लागि प्रार्थना गर्ने, तिनीहरूको हृदय परमेश्‍वरको सामुन्ने खोल्‍ने र उहाँको आमने-सामने हुने कार्य हो। यो परमेश्‍वरसँगको हृदयदेखि हृदयसँगको कुराकानी र बातचित हो। तिमीहरूले घुँडा टेकेर आराधना गर्नु भनेको केवल औपचारिकता मात्रै हुनुहुन्न। तिमीहरूले आज जे गरेका छौ त्यसको लागि तिमीहरूलाई मैले धिक्‍कार भन्‍न खोजेको होइन। म तिमीहरूलाई यसको बारेमा स्पष्ट पार्न मात्रै चाहन्छु ताकि तिमीहरूले यो सिद्धान्त बुझ्‍न सक—तिमीहरूलाई यो थाहा छ, होइन र? (हो, हामीलाई थाहा छ।) यो फेरि कहिल्यै नहोस् भनेर म तिमीहरूलाई यो बताइरहेको छु। त्यसो भए, के परमेश्‍वरको अघि लम्पसार पर्ने र घुँडा टेक्‍ने कुनै अवसर मानिसहरूले पाउँछन्? यो अवसर कहिल्यै हुनेछैन भन्‍ने होइन। ढिलो-चाँडो त्यो दिन आउनेछ, तर त्यो समय अहिले होइन। के तिमीहरू देख्छौ? के यसले तिमीहरूलाई रिस उठाउँछ? (उठाउँदैन।) त्यो राम्रो हो। सायद यी शब्‍दहरूले तिमीहरूलाई उत्प्रेरित वा उत्साहित गर्नेछ, ताकि तिमीहरूले तिमीहरूको हृदयमा परमेश्‍वर र मानिसबीचको हालको अवस्था र परमेश्‍वर र मानिसबीचमा कस्तो प्रकारको सम्‍बन्ध छ त्यसलाई जान्‍न सक। हामीले हालै यसको बारेमा कुरा गरेर थप छलफल गरेको भए तापनि, परमेश्‍वरसम्‍बन्धी मानिसको बुझाइ पर्याप्ततामा पुग्‍न निकै बाँकी छ। परमेश्‍वरलाई बुझ्‍न खोज्‍ने यो मार्गमा मानिसले अझै धेरै हिँड्नु बाँकी नै छ। तिमीहरूलाई आतुरीको रूपमा यसो गर्न लगाउनु, वा यस प्रकारका आकांक्षा वा भावनाहरूलाई हतारमा व्यक्त गर्नु मेरो अभिप्राय होइन। तिमीहरूले आज जे गर्‍यौ त्यसले तिमीहरूको साँचो भावनाहरूलाई प्रकट र व्यक्त गर्न सक्छ, र म त्यसको अनुभूति गर्छु। त्यसकारण जब तिमीहरू यसो गरिरहेका थियौ, म उठेर तिमीहरूलाई शुभकामना दिन चाहन्थेँ, किनभने तिमीहरू सबै ठीक होओ भन्‍ने म चाहन्छु। त्यसकारण, मेरो हरेक वचन र हरेक कार्यमा, म तिमीहरूलाई सहयोग गर्न, तिमीहरूलाई मार्गनिर्देश गर्न मैले सक्‍नेजति गर्छु, ताकि तिमीहरूले सबै कुराको बारेमा सही बुझाइ र सही दृष्टिकोण प्राप्त गर्न सक। तिमीहरू यसलाई बुझ्‍न सक्छौ, सक्दैनौ त? (सक्छौं।) त्यो राम्रो हो। मानिसहरूमा परमेश्‍वरका विभिन्‍न स्वभावहरू, परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यो र परमेश्‍वरले गर्नुहुने कामका पक्षहरूको बारेमा केही बुझाइ भए तापनि, यस्तो धेरैजसो बुझाइ पृष्ठमा भएका शब्‍दहरूलाई पढ्ने वा तिनलाई सिद्धान्तमा बुझ्‍ने वा तिनको बारेमा विचार गर्नेभन्दा अगाडि जाँदैन। मानिसहरूमा वास्तविक अनुभवबाट आउने यथार्थ बुझाइ र दृष्टिकोणको कमी छ। मानिसहरूको हृदयलाई बिउँझाउनको लागि परमेश्‍वरले विभिन्‍न तरिकाहरूको प्रयोग गर्नुहुने भए तापनि, यसलाई पूरा गर्न सक्‍नुभन्दा पहिले हिँड्नुपर्ने अझै निकै लामो बाटो छ। म कसैले पनि परमेश्‍वरले तिनीहरूलाई चीसोमा छोडेर जानुभएको, परमेश्‍वरले तिनीहरूलाई त्याग्‍नुभएको वा तिनीहरूलाई आफ्‍नो पिठ्यूँ फर्काइदिनुभएको जस्तो अनुभव गरेको हेर्न चाहन्न। म के मात्र हेर्न चाहन्छु भने सबै जना सत्यताको खोजी गर्ने र परमेश्‍वरलाई बुझ्‍न खोज्‍ने मार्गमा कुनै पनि सन्देह वा भारविना नै अटल संकल्पको साथ साहसिक रूपमा अघि बढेका हुन्। तैँले जस्तोसुकै गल्तीहरू गरेको भए तापनि, तँ बरालिएर जति टाढा गएको भए पनि वा तैँले जति गम्भीर अपराध गरेको भए पनि, परमेश्‍वरलाई बुझ्‍ने तेरो खोजीमा तिनलाई तैँले बोक्‍ने भारी वा भारीमाथि सुपारी बन्‍न नदे। निरन्तर अघि बढिराख्। सधैँ नै, परमेश्‍वरले मानिसको मुक्ति आफ्‍नो हृदयमा राख्‍नुहुन्छ; यो कहिल्यै परिवर्तन हुँदैन। परमेश्‍वरको सारको सबैभन्दा बहुमूल्‍य भाग यही हो।

— “वचन शरीरमा देखा पर्नुहुन्छ” बाट

थप हेर्नुहोस्

तपाईं र तपाईंको परिवार बाँच्ने बारेमा एउटा ठूलो कुरा: के तपाईं ठूला विपत्तिहरूमा कसरी सुरक्षा प्राप्त गर्ने र बच्ने भनेर सोच्नुहुन्छ? तलको बटनमा क्लिक गर्नुहोस् र तपाईंले बाटो पाउनुहुनेछ।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्