परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १४७

12 डिसेम्बर 2022

मानिसलाई भ्रष्ट तुल्याउन शैतानले कसरी ज्ञानको प्रयोग गर्छ

के ज्ञान भनेको सबैले सकारात्मक ठान्‍ने गरेको कुरा हो? मानिसहरूले कम्तीमा पनि, “ज्ञान” भन्‍ने शब्‍दको अर्थ नकारात्मक होइन, सकारात्मक हो भन्‍ने सोच्छन्। त्यसो भए, शैतानले मानिसलाई भ्रष्ट तुल्याउनको लागि ज्ञानको प्रयोग गर्छ भनेर किन हामी यहाँ उल्‍लेख गरिरहेका छौँ त? के क्रमिक विकासको सिद्धान्त ज्ञानको एउटा पक्ष होइन र? के न्यूटनको वैज्ञानिक नियमहरू ज्ञानकै भाग होइनन् र? पृथ्वीको गुरुत्वाकर्षण बल पनि ज्ञानकै भाग हो, होइन र? (हो।) त्यसो भए, किन मानवजातिलाई भ्रष्ट तुल्याउनको लागि शैतानले प्रयोग गर्ने कुराहरूमाझ ज्ञानलाई सूचीकृत गरिन्छ? यसमा तिमीहरूको दृष्टिकोण के छ? के ज्ञानमा एक थोपा सत्यता समेत हुन्छ र? (हुँदैन।) त्यसो भए, ज्ञानको सार के हो त? मानिसले प्राप्त गर्ने सबै ज्ञान कुन आधारमा सिकिन्छ? के यो क्रमिक विकासको सिद्धान्तमा आधारित छ? के मानिसले अन्वेषण र सङ्कलन गरेर हासिल गरेको ज्ञान नास्तिकतामा आधारित छैन र? के परमेश्‍वरसँग यीमध्ये कुनै पनि ज्ञानको सम्‍बन्ध छ? के यो परमेश्‍वरलाई आराधना गर्ने कार्यसँग जोडिएको छ? के यो सत्यतासँग जोडिएको छ? (छैन।) त्यसो भए, मानिसलाई भ्रष्ट तुल्याउन शैतानले कसरी ज्ञानको प्रयोग गर्छ त? मैले भर्खरै भनेँ, यो कुनै पनि ज्ञान परमेश्‍वरको आराधना गर्ने कार्यसँग वा सत्यतासँग जोडिएको छैन। कतिपय मानिसहरूले यसको बारेमा यस्तो विचार गर्छन्: “सत्यतासँग ज्ञानको कुनै सम्‍बन्ध नहुन सक्छ, तर यसले मानिसहरूलाई भ्रष्ट तुल्याउँदैन।” यसबारे तिमीहरूको दृष्टिकोण के छ? के व्यक्तिले आफ्‍नो खुशी उसको आफ्‍नै हातले निर्माण गर्नुपर्छ भनेर तँलाई ज्ञानले सिकायो? के ज्ञानले तँलाई मानिसको नियति उसको आफ्‍नै हातमा हुन्छ भनेर सिकायो? (सिकायो।) यो कस्तो प्रकारको गफ हो? (यो दुष्ट कुरा हो।) एकदम ठीक! यो दुष्ट कुरा हो! ज्ञान भनेको छलफल गर्नको लागि एउटा जटिल विषय हो। ज्ञानको क्षेत्र ज्ञानभन्दा बढी केही पनि होइन भनेर तिमीहरूले उल्‍लेख गर्न सक्छौ। त्यो त परमेश्‍वरलाई आराधना नगरीकन अनि परमेश्‍वरले सबै थोक बनाउनुभएको हो भन्‍ने नबुझीकन त्यसैको आधारमा सिकिएको ज्ञानको क्षेत्र हो। जब मानिसहरूले यस प्रकारको ज्ञानको अध्ययन गर्छन्, तिनीहरूले परमेश्‍वरको सार्वभौमिकता सबै थोकमाथि छ भन्‍ने कुरालाई देख्‍दैनन्; तिनीहरूले परमेश्‍वर सबै थोकका मालिक हुनुहुन्छ वा उहाँले सबै थोकको व्यवस्थापन गरिरहनुभएको छ भन्‍ने कुरालाई देख्दैनन्। बरु, तिनीहरूले अटुट रूपमा ज्ञानको क्षेत्रलाई अनुसन्धान र अन्वेषण मात्रै गर्छन्, अनि ज्ञानकै आधारमा उत्तरहरूको खोजी मात्रै गर्छन्। तर, मानिसहरूले परमेश्‍वरमा विश्‍वास नगरी अनुसन्धान मात्रै गर्छन् भने, तिनीहरूले कहिल्यै पनि साँचो उत्तरहरू भेट्टाउनेछैनन् भन्‍ने कुरा साँचो होइन र? ज्ञानले तँलाई दिने भनेको जीविका, जागिर, आम्दानी मात्रै हो, ताकि तँ भोकै बस्‍न नपरोस्; तर यसले तँलाई कहिल्यै पनि परमेश्‍वरलाई आराधना गर्ने तुल्याउनेछैन, अनि यसले तँलाई दुष्टताबाट कहिल्यै अलग राख्‍नेछैन। मानिसहरूले ज्ञानको जति धेरै अध्ययन गर्छन्, त्यति नै बढी परमेश्‍वरको विरुद्धमा विद्रोह गर्ने, तिनीहरूका अध्ययनहरूमा परमेश्‍वरलाई अध्ययनको विषय बनाउने, परमेश्‍वरलाई परीक्षा गर्ने, र परमेश्‍वरको विरोध गर्ने तिनीहरूले इच्‍छा गर्नेछन्। त्यसैले, अहिले हामी ज्ञानले मानिसहरूलाई के सिकाइरहेको छ भन्‍ने देख्छौँ? यो सबै शैतानको सिद्धान्त हो। के भ्रष्ट मानिसहरूका बीचमा शैतानले फैलाएको अस्तित्वका सिद्धान्त र नियमहरूले सत्यतासँग कुनै सम्‍बन्ध राख्छन? सत्यतासँग तिनीहरूको कुनै सम्‍बन्ध छैन, र वास्तवमा, ती सत्यताभन्दा विपरीत छन्। मानिसहरू प्रायजसो भन्‍ने गर्छन्, “जीवन चलायमान छ” र “भात स्टील हो भने मानिस फलाम, एक छाक नखाँदा जान खोज्छ प्राण”; यस्ता भनाइहरू के हुन् त? ती भ्रम हुन्, अनि तिनलाई सुन्दा दिक्‍क लागेर आउँछ। मानिसको तथाकथित ज्ञानमा, शैतानले निकै नै त्यसको जिउने सिद्धान्त र त्यसका सोचाइ हालिदिएको हुन्छ। अनि शैतानले यसो गर्ने क्रममा, मानिसले परमेश्‍वरको अस्तित्वलाई इन्कार गर्न, सबै थोकमाथि र मानिसको भाग्यमाथिको परमेश्‍वरको प्रभुत्वलाई इन्कार गर्न सकोस् भनेर त्यसले मानिसलाई त्यसको सोचाइ, सिद्धान्त, र दृष्टिकोण अपनाउने तुल्याउँछ। त्यसकारण मानिसले प्रगतिको अध्ययन गर्ने क्रममा र उसले अझै बढी ज्ञान प्राप्त गर्ने क्रममा, उसले परमेश्‍वरको अस्तित्व अस्पष्ट भएको अनुभव गर्छ, र परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ भन्‍ने समेत उसले अनुभव गर्नछोड्छ। शैतानले मानिसको मनमस्तिष्कमा केही निश्‍चित दृष्टिकोण, धारणा, र विचारहरू हालिदिएको हुनाले, जब शैतानले मानिसभित्र यो विष हालिसकेको हुन्छ, तब के मानिस शैतानद्वारा फुस्ल्याइएको र भ्रष्ट पारिएको हुँदैन र? अब तिमीहरू के भन्छौ, आजका मानिसहरू के कुराको आधारमा जिउँछन्? के तिनीहरू शैतानले तिनीहरूमा हालिदिएको ज्ञान र विचाहरूद्वारा जिउँदैनन् र? अनि, यो ज्ञान र यी विचारहरूभित्र लुकेका कुराहरू—के ती शैतानका दर्शन र विषहरू होइनन् र? मानिस शैतानका दर्शन र विषहरूद्वारा जिउँछ। अनि, शैतानका दर्शन र विषहरूको केन्द्रबिन्दुमा के हुन्छ? शैतानले आफूले जस्तै मानिसलाई पनि परमेश्‍वरलाई इन्कार गर्न, विरोध गर्न र उहाँविरुद्ध उभिन लगाउँछ; मानिसलाई भ्रष्ट तुल्याउनुपछाडि रहेको शैतानको लक्ष्य यही हो, र यही नै शैतानले मानिसलाई भ्रष्ट तुल्याउने माध्यम पनि हो।

हामी ज्ञानको सबैभन्दा सतही पक्षलाई सम्‍बोधन गर्दै सुरु गर्नेछौँ। के भाषाहरूका व्याकरण र शब्‍दहरूले मानिसहरूलाई भ्रष्ट तुल्याउन सक्छ त? के शब्‍दहरूले मानिसहरूलाई भ्रष्ट तुल्याउन सक्छ त? शब्‍दहरूले मानिसहरूलाई भ्रष्ट तुल्याउँदैनन्; ती त मानिसहरूले बोल्‍नको लागि प्रयोग गर्ने साधन हुन् र ती मानिसहरूले परमेश्‍वरसँग कुराकानी गर्ने साधन पनि हुन्, वर्तमानमा, परमेश्‍वरले भाषा र शब्‍दहरूद्वारा नै मानिसहरूसँग कुराकानी गर्नुहुन्छ भन्‍ने कुरालाई उल्‍लेख गरिरहनु नपर्ला। ती साधनहरू हुन्, अनि ती अत्यावश्यक कुराहरू हुन्। एक जोड एक दुई हुन्छ, र दुई गुणा दुई चार हुन्छ; के यो ज्ञान होइन र? तर के यसले तँलाई भ्रष्ट तुल्याउन सक्छ? यो आम ज्ञान हो—यो एक निश्‍चित ढाँचा हो—र यसले मानिसहरूलाई भ्रष्ट तुल्याउन सक्दैन। त्यसो भए कस्तो प्रकारको ज्ञानले मानिसहरूलाई भ्रष्ट तुल्याउँछ? भ्रष्ट तुल्याउने ज्ञान भनेको शैतानका दृष्टिकोण र विचारहरूसँग मिश्रित भएको ज्ञान हो। शैतानले ज्ञानको माध्यमद्वारा यी दृष्टिकोण र विचारहरूलाई मानवजातिमा हालिदिन खोज्छ। उदाहरणको लागि, कुनै निबन्धमा, लिखित शब्‍दहरू आफै गलत हुँदैनन्। लेखकले लेख लेख्दा जुन दृष्टिकोण र अभिप्रायले लेख्छ त्यसमा, र साथसाथै तिनीहरूको विचारको विषयवस्तुमा समस्या हुन्छ। यी कुराहरू आत्माका कुराहरू हुन्, अनि तिनले मानिसहरूलाई भ्रष्ट तुल्याउन सक्छन्। उदाहरणको लागि, यदि तैँले टेलिभिजन कार्यक्रम हेरिरहेको थिइस् भने, यसका के-कस्ता कुराहरूले मानिसहरूको दृष्टिकोणलाई परिवर्तन गर्न सक्छन्? के कलाकारले जे भन्छ त्यसले, शब्‍दहरू स्वयम्‌ले मानिसहरूलाई भ्रष्ट तुल्याउन सक्छन्? (सक्दैनन्।) के-कस्ता कुराहरूले मानिसहरूलाई भ्रष्ट तुल्याउँछन्? कार्यक्रमको मूल विचार र विषयवस्तुले यसो गर्ने गर्छ, जसले निर्देशकको दृष्टिकोणहरूलाई प्रतिनिधित्व गर्छ। यी दृष्टिकोणहरूमा रहेको जानकारीले मानिसहरूको हृदय र मनलाई बहकाउन सक्छ। त्यस्तै हो नि होइन र? मानिसहरूलाई भ्रष्ट तुल्याउन शैतानले ज्ञानको प्रयोग गर्छ भन्‍ने सम्‍बन्धी मेरो छलफलमा मैले केलाई उल्‍लेख गरिरहेको छु सो अब तिमीहरूलाई थाहा भयो। तिमीहरूले गलत रूपमा बुझ्‍नेछैनौ, होइन त? त्यसकारण अर्को पटक तैँले उपन्यास वा निबन्ध पढ्दा, के तैँले लिखित शब्‍दहरूमा व्यक्त गरिएका विचारहरूले मानवजातिलाई भ्रष्ट तुल्याउँछन् कि मानवजातिमा योगदान दिन्छन् भनी मूल्याङ्कन गर्न सक्छस्? (सक्छु, थोरै हदसम्‍म।) यो बिस्तारै अध्ययन र अनुभव गर्नुपर्ने कुरा हो, र यो तुरुन्तै सहज रूपमा बुझिने कुरा होइन। उदाहरणको लागि, ज्ञानको क्षेत्र अनुसन्धान गर्ने वा अध्ययन गर्ने क्रममा, ज्ञानका कतिपय सकारात्मक पक्षहरूले मानिसहरूलाई तिनीहरू के कुराबाट अलग बस्‍नुपर्छ भन्‍ने कुरा जान्‍न सक्षम तुल्याउँदै, त्यस क्षेत्रको आधारभूत ज्ञान बुझ्‍न सहायता गर्न सक्छ। उदाहरणको लागि, “विद्युत्” लाई लिऊँ—यो ज्ञानको एउटा क्षेत्र हो, होइन र? विद्युतले मानिसहरूलाई झट्का लगाउन र चोट पुर्‍याउन सक्छ भन्‍ने तँलाई थाहा थिएन भने, के तँ अज्ञानी हुनेथिइनस् र? तर तैँले ज्ञानको यो क्षेत्रलाई बुझिसकेपछि, विद्युतीय करेन्ट बग्‍ने वस्तुहरूलाई छुने बारेमा तँ लापरवाह हुनेछैनस्, अनि विद्युतको प्रयोग कसरी गर्ने भन्‍ने बारेमा तँलाई थाहा हुनेछ। यी दुवै सकारात्मक कुराहरू हुन्। ज्ञानले कसरी मानिसहरूलाई भ्रष्ट तुल्याउँछ भन्‍ने विषयमा हामीले के छलफल गर्दै आइरहेका थियौँ भन्‍ने बारेमा के तँ अब स्पष्ट छस्? संसारमा विभिन्‍न प्रकारका ज्ञान अध्ययन गरिन्छ, र तिनलाई आफ्‍नो लागि अलग गर्नको लागि तिमीहरूले आफै समय निकाल्नुपर्छ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ५

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्