परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १४३

18 डिसेम्बर 2022

अहिलेसम्मको तिमीहरूको जीवनलाई फर्केर हेर; तेरो विश्‍वासको सबै वर्षहरूमा परमेश्‍वरले तँमा गर्नुभएका सबै कामहरूलाई नियालेर हेर्। यसले तँमा पैदा गर्ने भावनाहरू गहन भए पनि सतही भए पनि, के यो तेरो निम्ति सबैभन्दा आवश्यक कुरा होइन र? के तैँले प्राप्त गर्नुपर्ने सबैभन्दा आवश्यक कुरा यही थिएन र? (यही थियो।) के यो सत्य होइन र? के यो जीवन होइन र? (हो।) के परमेश्‍वरले तँलाई अन्तर्दृष्टि दिनुभएपछि उहाँले तँलाई दिनुभएका सबै कुराहरूको सट्टामा तँबाट कुनै कुरा माग्‍नुभएको छ? (छैन।) त्यसो भए परमेश्‍वरको उद्देश्य के हो त? परमेश्‍वरले किन यसो गर्नुहुन्छ? के परमेश्‍वरले तँमा जबरजस्ती बास गर्ने उद्देश्य राख्‍नुभएको छ? (छैन।) के परमेश्‍वर मानिसको हृदयभित्र सिंहासन आरोहण गर्न चाहनुहुन्छ? (हो।) त्यसो भए, परमेश्‍वरले आफ्नो सिंहासन आरोहण गर्ने र शैतानले बलपूर्वक तँमा बास गर्ने कुराको बीचमा के भिन्‍नता छ? परमेश्‍वर मानिसको हृदय प्राप्‍त गर्न चाहनुहुन्छ, उहाँ मानिसको हृदयमा बास गर्न चाहनुहुन्छ—यसको अर्थ के हो त? के यसको अर्थ परमेश्‍वरले मानिसलाई आफ्नो कठपुतली, आफ्नो यन्त्र बनाउन चाहनुहुन्छ भन्‍ने हो? (होइन।) त्यसो भए परमेश्‍वरको उद्देश्य के हो त? के परमेश्‍वरले मानिसको हृदयमा बास गर्न चाहनुहुने र शैतानले बलपूर्वक मानिसमा बास गर्ने र उसलाई आफ्नो बनाउने कुराको बीचमा कुनै भिन्‍नता छ? (छ।) के भिन्‍नता छ? के तँ मलाई स्पष्‍टसँग बताउन सक्छस्? (शैतानले जबरजस्ती गर्छ भने परमेश्‍वरले मानिसलाई स्वेच्छामा छोड्नुहुन्छ।) के भिन्‍नता यही हो त? परमेश्‍वरले तेरो हृदयलाई के गर्न प्रयोग गर्नुहुन्छ? परमेश्‍वर तँमा बास गर्नुको प्रयोजन के हो? “परमेश्‍वर मानिसको हृदयमा बास गर्नुहुन्छ” भन्‍ने कुरालाई तिमीहरूले आफ्नो हृदयमा कसरी बुझ्छौ? परमेश्‍वरको विषयमा हामीले जसरी कुराकानी गर्छौँ त्यसमा हामी निष्पक्ष हुनैपर्छ, अन्यथा मानिसहरूले सधैँ गलत रूपमा मात्र बुझ्‍नेछन् र यस्तो विचार गर्नेछन्: “परमेश्‍वर सधैँ ममा बास गर्न चाहनुहुन्छ। उहाँ केको लागि ममा बास गर्न चाहनुहुन्छ? म आफूमा कोही बास गरेको चाहँदिनँ, म आफै मेरो मालिक बन्‍न चाहन्छु। तपाईं भन्‍नुहुन्छ, शैतान मानिसहरूमा बास गर्छ तर परमेश्‍वर पनि मानिसहरूमा बास गर्नुहुन्छ। के यो उस्तै कुरा होइन र? कोही पनि ममा बास गरेको म चाहँदिनँ। म, म आफै रहन चाहन्छु!” यहाँ के कुरा फरक छ? यसको बारेमा केही विचार गर। म तिमीहरूलाई सोध्छु, के “परमेश्‍वर मानिसमा बास गर्नुहुन्छ” भन्‍ने वाक्य खोक्रो वाक्यांश हो? के परमेश्‍वर मानिसमा बास गर्नुहुन्छ भन्‍नुको अर्थ उहाँ तेरो हृदयमा बास गर्नुहुन्छ र तेरो हरेक वचन र चाललाई नियन्त्रण गर्नुहुन्छ भन्‍ने हो? यदि उहाँले तँलाई बस् भन्‍नुहुन्छ भने के तँ खडा हुने आँट गर्दैनस् र? यदि उहाँले तँलाई पूर्वतिर जा भन्‍नुहुन्छ भने के तँ पश्‍चिमतिर जाने आँट गर्दैनस् र? के “बास” ले यस्तै भाव बुझाउँछ त? (होइन, यस्तो बुझाउँदैन। परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ, त्यसअनुसार मानिस जिएको उहाँ चाहनुहुन्छ।) परमेश्‍वरले मानिसको व्यवस्थापन गर्नुभएका यी सारा वर्षहरूभरि, अहिलेको यो अन्तिम चरणसम्म मानिसमा उहाँले गर्नुभएका सारा काममा, उहाँले बोल्‍नुभएका सबै वचनहरूले मानिसमा कस्तो प्रभाव हासिल गरून् भन्‍ने अभिप्राय राखिएको छ? के यो मानिस परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसअनुसार जियोस् भन्‍ने हो? “परमेश्‍वरले मानिसको हृदयमा बास गर्नुहुन्छ” भन्‍ने वाक्यको शाब्दिक अर्थलाई हेर्दा, परमेश्‍वरले मानिसको हृदय लिनुहुन्छ र त्यसमा बास गर्नुहुन्छ र उहाँ बाहिर निस्कनुहुन्‍न जस्तो देखिन्छ; यस्तो लाग्छ, उहाँ मानिसको हृदयको मालिक बन्‍नुहुन्छ र उहाँले आफ्‍नो इच्छामा मानिसको हृदयमा प्रभुत्व जमाउन र यसलाई आफू खुशी चलाउन सक्‍नुहुन्छ, ताकि परमेश्‍वरले मानिसलाई जे गर्न भन्‍नुहुन्छ, उसले त्यही गर्नुपर्छ। यस अर्थमा त, प्रत्येक व्यक्ति परमेश्‍वर बन्छ र उहाँको सार र स्वभाव हासिल गर्छ जस्तो देखिन्छ। त्यसैले यस सन्दर्भमा, के मानिसले पनि परमेश्‍वरका कार्यहरू गर्न सक्छ? के “बास गर्नु” लाई यस किसिमले परिभाषित गर्न सकिन्छ? (सकिँदैन।) त्यसो भए यो के हो त? म तिमीहरूलाई सोध्छु: परमेश्‍वरले मानिसलाई प्रदान गर्नुहुने सबै वचनहरू र सत्यता के परमेश्‍वरको सार अनि उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसको प्रकाश हो? (हो।) यो निश्‍चय नै साँचो हो। तर के परमेश्‍वरले मानिसलाई प्रदान गर्नुहुने सबै वचनहरू उहाँ स्वयम्‌ले अभ्यास गर्नु र उहाँमा निहित हुनु अत्यावश्‍यक छ त? यस विषयमा केही विचार गर। जब परमेश्‍वरले मानिसको न्याय गर्नुहुन्छ, किन उहाँले न्याय गर्नुहुन्छ? यी वचनहरू कसरी अस्तित्वमा हुन आए? उहाँले मानिसको न्याय गर्नुहुँदा बोल्‍नुहुने यी वचनहरूको विषयवस्तु के हुन्? यी के कुरामा आधारित छन्? के यी वचनहरू मानिसको भ्रष्‍ट स्वभावमा आधारित छन्? (हो।) के परमेश्‍वरले मानिसउपर गर्नुहुने न्यायले परमेश्‍वरको सारमा आधारित प्रभाव हासिल गरेको छ? (छ।) के परमेश्‍वरद्वारा “मानिसमा बास” एउटा खोक्रो वाक्यांश हो? निश्‍चय नै होइन। त्यसो भए, किन परमेश्‍वरले मानिसलाई यी वचनहरू भन्‍नुहुन्छ? यी वचनहरू भन्‍नुमा उहाँको उद्देश्य के हो? के उहाँले यी वचनहरूलाई मानिसको जीवनको रूपमा काम गर्ने गरी प्रयोग गर्न चाहनुहुन्छ? (चाहनुहुन्छ।) परमेश्‍वरले यी वचनहरूमा बोल्‍नुभएको यो सत्यतालाई मानिसको जीवनको रूपमा काम गर्ने गरी प्रयोग गर्न चाहनुहुन्छ। जब मानिसले यो सत्यता र परमेश्‍वरको वचनको सबै कुरा ग्रहण गर्छ र तिनीहरूलाई आफ्नो जीवनको रूपमा रूपान्तरित गर्छ, के त्यसपछि मानिसले परमेश्‍वरको आज्ञापालन गर्न सक्छ? के त्यसपछि मानिसले परमेश्‍वरको भय मान्‍न सक्छ? के त्यसपछि मानिसले दुष्‍टताबाट अलग बस्‍न सक्छ? जब मानिस यो अवस्थामा पुग्‍छ, के त्यसपछि मानिसले परमेश्‍वरको सार्वभौमिकता र व्यवस्थापनलाई पालन गर्न सक्छ? के त्यसपछि मानिस आफूलाई परमेश्‍वरको अख्तियारमा समर्पण गर्ने अवस्थामा हुन्छ? जब मानिसहरू अय्यूब वा पत्रुसजस्तै आफ्नो बाटोको अन्तिम बिन्दुमा पुग्छन्, जब तिनीहरूको जीवन परिपक्‍वतामा पुगेको मान्‍न सकिन्छ, जब तिनीहरूसँग परमेश्‍वरको साँचो बुझाइ हुन्छ—के शैतानले अझै पनि तिनीहरूलाई बहकाउन सक्छ? के शैतानले अझै पनि तिनीहरूमा बास गर्न सक्छ? के अझै पनि शैतानले तिनीहरूलाई जबरजस्ती आफ्नो बनाउन सक्छ? (सक्दैन।) त्यसो भए यो कस्तो किसिमको व्यक्ति हो त? के यो परमेश्‍वरले पूर्ण रूपमा प्राप्त गरिसक्‍नुभएको व्यक्ति हो? (हो।) यो तहको अर्थमा, परमेश्‍वरले पूर्ण रूपमा प्राप्त गरिसक्‍नुभएको व्यक्तिलाई तिमीहरू कसरी हेर्छौ? परमेश्‍वरको दृष्टिकोणबाट, यी परिस्थितिहरूमा, उहाँ यो व्यक्तिको हृदयमा अघिबाटै बास गर्नुभएको हुन्छ। तर यो व्यक्तिले कस्तो महसुस गर्छ? परमेश्‍वरका वचनहरू, परमेश्‍वरको अख्तियार, र परमेश्‍वरको मार्ग के यो मानिसभित्रको जीवन बन्छ? अनि के यो जीवनले मानिसको सम्पूर्ण अस्तित्वमा बास गर्छ? के उसले जिउने कुराहरू र उसको सार परमेश्‍वरलाई सन्‍तुष्‍ट बनाउन पर्याप्‍त बन्छन्? परमेश्‍वरको दृष्टिकोणबाट, के यो क्षणमा उहाँ मानिसको हृदयमा बास गर्नुभएको हुन्छ? (हुन्छ।) तिमीहरूले यो तहको अर्थलाई अहिले कसरी बुझ्छौ? के परमेश्‍वरका आत्मा तँमा बास गर्नुहुन्छ? (होइन। परमेश्‍वरको वचन हामीमा बास गर्नुहुन्छ।) परमेश्‍वरको मार्ग र वचन तेरो जीवन बनेको छ, र सत्यता तेरो जीवन बनेको छ। यो समयमा, मानिसले परमेश्‍वरबाट आएको जीवन प्राप्‍त गरेको हुन्छ, तर हामी यो जीवन परमेश्‍वरको जीवन हो भनी भन्‍न सक्दैनौं। अर्को शब्दमा, मानिसले परमेश्‍वरको वचनबाट प्राप्‍त गर्ने जीवनलाई हामी परमेश्‍वरको जीवन भन्‍न सक्दैनौं। त्यसैले, मानिसले परमेश्‍वरलाई जति लामो समयदेखि पछ्याएको भए तापनि, मानिसले परमेश्‍वरबाट जतिसुकै वचन प्राप्‍त गरेको भए तापनि मानिस कहिल्यै पनि परमेश्‍वर बन्‍न सक्दैन। परमेश्‍वरले एक दिन “म तेरो हृदयमा बास गर्छु, अब तैँले मेरो जीवन प्राप्‍त गर्छस्” भनेर भन्‍नुभए तापनि, के तँ त्यसपछि परमेश्‍वर भएको महसुस गर्छस् त? (गर्दिनँ।) त्यसो भए, तँ के बन्छस् त? के तँमा परमेश्‍वरप्रति पूर्ण आज्ञापालन हुनेछैन र? के तेरो हृदय परमेश्‍वरले तँलाई दिनुभएको जीवनले भरिपूर्ण भएको हुँदैन र? परमेश्‍वरले मानिसको हृदयमा बास गर्नुभएपछि के हुनेछ भन्‍ने कुराको यो सामान्य प्रकटीकरण हुनेछ। यथार्थ यही हो। त्यसलाई यो दृष्टिकोणबाट नियाल्दा, के मानिस परमेश्‍वर बन्‍न सक्छ त? जब मानिस परमेश्‍वरका सबै वचनहरूको वास्तविकताअनुसार जिउन सक्षम हुन्छ, र परमेश्‍वरको भय मान्‍ने र दुष्‍टताबाट अलग बस्‍ने व्यक्ति बन्छ, तब के मानिसमा परमेश्‍वरको जीवन सार र पवित्रता हुन सक्छ? बिलकुलै हुन सक्दैन। जे सुकै भए तापनि, यी सबै कुरा भनिसकेपछि र गरिसकेपछि पनि मानिस, मानिस नै हुन्छ। तँ सृष्‍टि गरिएको प्राणी होस्; जब तैँले परमेश्‍वरबाट परमेश्‍वरको वचन र परमेश्‍वरको मार्ग प्राप्‍त गरिसकेको हुन्छस्, तँमा परमेश्‍वरका वचनहरूबाट आउने जीवन मात्र हुन्छ, तँ परमेश्‍वरद्वारा प्रशंसा गरिने व्यक्ति बन्छस्, तर तँमा कहिल्यै परमेश्‍वरको जीवन सार हुँदैन, र तँमा परमेश्‍वरको पवित्रता हुने कुरा त झन् सोच्दै नसोचे हुन्छ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ४

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्