Christian Dance | एक इमानदार व्यक्ति हुनु निकै हर्षको कुरा हो | Praise Song
7 फेब्रुअरी 2025
१
सत्यता बुझ्दा मेरो आत्मा रिहा हुन्छ र त्यसले मलाई खुसी बनाउँछ।
म परमेश्वरको वचनमाथिको आस्थाले भरिएको छु र कुनै शङ्का पाल्दिनँ।
ममा नकारात्मकता छैन, म पछि हट्दिनँ र आफूलाई निराशामा कहिल्यै त्याग्दिनँ।
म बफादारीपूर्वक आफ्नो कर्तव्य निर्वाह गर्छु र म देहले बाँधिएको छैनँ।
मेरो क्षमता कम भए पनि, मसँग इमानदार हृदय छ।
म सबथोकमा सिद्धान्तअनुसार कार्य गर्छु र परमेश्वरका अभिप्रायलाई सन्तुष्ट पार्छु।
म सत्यता अभ्यास गर्छु, परमेश्वरमा समर्पित हुन्छु, र इमानदार व्यक्ति बन्ने प्रयास गर्छु।
म खुला र सोझो, छलरहित छु, ज्योतिमा जिउँछु।
इमानदार मानिसहरू, चाँडै आओ, हृदयबाट कुरा गरौँ।
परमेश्वरलाई प्रेम गर्ने सबै मानिसहरू, आओ भेला होओ र असल मित्रका रूपमा जोडिओ।
सत्यतालाई प्रेम गर्ने सबै मानिसहरू दाजुभाइ-दिदीबहिनीहरू हुन्।
हे खुसी मानिसहरू, आओ परमेश्वरको प्रशंसामा गाऔँ र नाचौँ।
एक इमानदार व्यक्ति हुनु निकै हर्षको कुरा हो।
२
परमेश्वरको वचन खान-पान,
अनि सत्यताबारे सङ्गति गर्नाले मलाई खुसी बनाउँछ।
परमेश्वरसँग बारम्बार प्रार्थना र कुराकानी गर्नाले मलाई अतुलनीय आनन्द दिन्छ।
सत्यता बुझाइले मलाई अभ्यासको मार्ग दिएको छ,
म उप्रान्त बन्धनमा परेको छैनँ।
देहका सब बन्धन हटाउनु उहाँको अनुग्रह हो।
म परमेश्वरका वचनभित्र जिउन र उहाँ मेरो छेउमा हुँदा म साँच्चै आशिषित छु।
एक अर्कालाई प्रेम गर्नु र सामञ्जस्यताका साथ सहकार्य गर्नु साँचो खुसी हो।
परमेश्वरका वचन अभ्यास र अनुभव गर्दा, म पवित्र आत्माको कामको आनन्द उठाउँछु।
म बिस्तारै सत्यता वास्तविकतामा प्रवेश गर्छु, र मेरो जीवन बढ्छ।
इमानदार मानिसहरू, चाँडै आओ, हृदयबाट कुरा गरौँ।
परमेश्वरलाई प्रेम गर्ने सबै मानिसहरू, आओ भेला होओ र असल मित्रका रूपमा जोडिओ।
सत्यतालाई प्रेम गर्ने सबै मानिसहरू दाजुभाइ-दिदीबहिनीहरू हुन्।
हे खुसी मानिसहरू, आओ परमेश्वरको प्रशंसामा गाऔँ र नाचौँ।
—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
अन्य प्रकारका भिडियोहरू