Christian Dance | सर्वशक्तिमान्‌ परमेश्‍वर आउनु भो, कस्तो राम्रो भो! | Praise Song

14 मार्च 2024

देहधारी परमेश्‍वरलाई भेट्नु कस्तो सौभाग्य हो!

आखिरी दिनहरूका ख्रीष्‍ट देखा पर्नुहुन्छ र काम गर्नुहुन्छ!

उहाँले सत्यता व्यक्त गर्नुहुन्छ र न्याय ल्याउनुहुन्छ।

उहाँले मानिसलाई मुक्ति दिन व्यक्तिगत रूपमा काम गर्नुहुन्छ।

उहाँमा आनन्द र शोक छ, उहाँ धेरै सामान्य हुनुहुन्छ।

उहाँ बोल्‍नुहुन्छ र हाँस्नुहुन्छ, उहाँ धेरै व्यवहारिक हुनुहुन्छ।

देहधारणको महत्त्व यति महान् छ,

यसले हामीलाई व्यवहारिक परमेश्‍वर देख्न अनुमति दिन्छ।

सर्वशक्तिमान्‌ परमेश्‍वरलाई देख्‍न पाउँदा हामी साँच्चै सम्‍मानित महसुस गर्छौं,

उहाँलाई प्रशंसा गर्दा आत्मा हल्‍का र स्वतन्त्र हुन्छ।

सर्वशक्तिमान्‌ परमेश्‍वरको आराधना गर्दा हाम्रो हृदय आनन्दित हुन्छ।

उहाँलाई चिनेको हुनाले, हाम्रो जीवन व्यर्थ भएको छैन।

आखिरी दिनहरूमा परमेश्‍वर देहमा देखा पर्नुभएको छ,

व्यक्तिगत रूपमा उहाँलाई प्रेम गर्नेहरूलाई सिद्ध पार्नुहुन्छ।

उहाँका वचन र वाणीहरूले उहाँका मानिसहरूलाई

सत्यता र जीवन दिँदै गोठालो गर्छ।

उहाँका वचनहरूको प्रकटीकरण र अर्ती मानिसलाई शुद्ध पार्न र मुक्ति दिनका लागि हुन्।

हामी परमेश्‍वरको न्याय र सजायको अनुभव गर्छौं

र उहाँको पवित्रता र धार्मिकता देख्छौं।

उहाँले मानिसको लागि कष्ट भोग्‍नुहुन्छ र उहाँले मानव कमजोरी बुझ्‍नुहुन्छ।

उहाँका वचनहरूले मानिसलाई भरणपोषण गर्छ र मानिसलाई अन्तर्दृष्टि दिन्छ।

उहाँले मानिसलाई विश्‍वास दिनुहुन्छ र तिनीहरूकहाँ ज्योति ल्याउनुहुन्छ।

मानिसमा जुन कुराको कमी छ त्यसलाई उहाँले पूर्ति गर्नुहुन्छ,

र मार्गमा एक-एक कदम गरी डोर्‍याउनुहुन्छ।

परमेश्‍वरले मानिसका कष्टहरू भोग्‍नुहुन्छ,

र तिनीहरूका सजायमा तिनीहरूको साथमा उभिनुहुन्छ।

उहाँले सधैँ मानिसको जीवनको बारेमा विचार गर्नुहुन्छ।

परमेश्‍वरले मात्रै मानवजातिलाई सबैभन्दा बढी प्रेम गर्नुहुन्छ।

उहाँले मौनतामा इन्कारको पीडा सहनुहुन्छ,

अनि संकष्टको बेला मानिसलाई साथ दिनुहुन्छ।

उहाँले अगाडिको मार्गमा डोर्‍याउन सबै अवरोध पार गर्नुहुन्छ,

सर्वशक्तिमान्‌ परमेश्‍वरको स्वरूपले मलाई प्रेरणा दिन्छ।

प्राचीन समयदेखि नै व्यवहारिक परमेश्‍वरलाई देख्‍न पाउनु दुर्लभ कुरा हुँदै आएको छ।

परमेश्‍वरसँग हामीले पाएको असल समयलाई हामीले कदर गर्नुपर्छ।

परमेश्‍वरको प्रेमिलो स्वभावलाई जान्‍ने हाम्रो मौका अहिले नै हो।

हामी सबैले सर्वशक्तिमान्‌ परमेश्‍वरलाई चिन्‍न सकौं।

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्