Christian Movie | गहिरो छाप | Life Testimony of a Christian (Nepali Subtitles)

6 जुलाई 2021

ली चेन्जीले सानैदेखि आफ्‍ना बुबाआमासँग भेलामा जाने र बाइबल पढ्ने गरेकी हुन्छिन्। भर्खर १३ वर्षकी हुँदा १९८८ तिनलाई सङ्गति गरिरहेको बेला पक्राउ गरियो, त्यसपछि तिनलाई सानो, अँध्यारो कोठामा एक दिन र दुई रात राखियो। त्यसपछि, चिनियाँ कम्युनिस्ट पार्टीले उनलाई सताउन कहिल्यै छोड्दैन। तिनलाई १७ वर्षको हुँदा मण्डलीका अरू दाजुभाइ-दिदीबहिनीहरूलाई परमेश्‍वरका वचनका पुस्तकहरू पठाएको निहुँमा प्रहरीले फेरि पक्राउ गर्‍यो। तिनलाई पुस्तकहरूको स्रोत प्रकट गर्न लगाउने प्रयासको क्रममा, प्रहरीले उनको बुबालाई उनकै अघि मरणासन्न हुने गरी कुटपिट गर्छन्, र उनलाई “राजनीतिक कैदी” भन्‍ने नाम दिएर सडकहरूमा घुमाउँछन्। १९९६ मा, प्रहरी फेरि ली चेन्जीलाई पक्राउ गर्न आउँछ। आफ्‍नो गृहनगर छोडेर भगुवाको जीवन सुरु गर्नेबाहेक उनीसँग कुनै विकल्‍प हुँदैन। चिनियाँ कम्युनिस्ट पार्टीका प्रहरीको निरन्तरको उत्पीडन र संत्रासले उनको सम्पूर्ण परिवारलाई अटुट आतङ्कको अवस्थामा पार्छ। दीर्घकालीन तनाव र डर सहन नसकेर, उनकी आमाको मानसिक अवस्था बिग्रन्छ, र पहिले नै स्वास्थ्य समस्याहरू झेलिरहेका उनको बुबालाई प्रहरीको क्रूर कुटपिटले गर्दा उनको अवस्था झन्-झन् बिग्रिन्छ। यसरी कुनै बेलाको एउटा सुखी परिवार तहसनहस हुन्छ। भाग्‍ने क्रममा, ली चेन्जी सारा देशभरि सुसमाचार प्रचार गर्ने कार्यमा अरू दाजुभाइ-दिदीबहिनीहरूसँग सहभागी हुन्छिन्। बारम्‍बार दमन सहँदै र पक्राउ पर्दै तिनीहरूले चिनियाँ कम्युनिस्ट पार्टीको संत्रास सहन्छन्। कतिपय दाजुभाइ-दिदीबहिनीहरूलाई पक्राउ गरेर निर्दयी तरिकाले यातना दिइन्छ। कतिलाई कुटपिट गरेर मारिन्छ, र अरूलाई १० वर्षभन्दा बढीको जेल सजाय दिइन्छ। २०१२ को अन्त्यतिर, प्रचार गरिरहेको बेला ली चेन्जीलाई फेरि पक्राउ गरिन्छ र चार महिनाको लामो समयसम्‍म केरकार, जबरजस्ती गल्ती कबुल गराउने र मत बदल्‍न लगाउने प्रयास गरिन्छ।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्