Nepali Christian Movie 2022 | मेरो घर कहाँ छ | परमेश्‍वरले उनलाई सुखी परिवार दिनुहुन्छ

12 जुन 2021

वेन्याको आमाबुबा तिनी दुई वर्षको हुँदा छुट्टिए, त्यसपछि तिनी तिनको बुबा र कान्छी आमासँग बसिन्। उनकी कान्छी आमाले उनलाई देख्‍नै सक्दिनथिइन् र सधैँ उनको बुबासँग झगडा गरिरहन्थिन्। उसँग केही विकल्‍प थिएन—उसले वेन्यालाई उनकी आमाको घरमा पठाउनुपर्‍यो, तर उनकी आमा आफ्‍नो व्यापार-व्यवसाय चलाउनुमा नै व्यस्त थिइन् र वेन्यालाई हेरचाह गर्ने कुनै समय थिएन, त्यसकारण उनलाई हेरचाह गर्नको निम्ति सधैँ उनका आफन्त र इष्टमित्रको घरमा पठाइन्थ्यो। अरूको हेरचाहमा धेरै वर्ष बिताएपछि, सानी वेन्यालाई एकलो र विवश महसुस हुन्थ्यो, र उनलाई परिवारको न्यानो मायाको तृष्णा थियो। उनको बुबा र कान्छी आमाको सम्बन्ध-विच्‍छेद भएपछि मात्रै तिनी बुबाकहाँ फर्केर आइन्, त्यसपछि राम्रो वा नराम्रो जे भए पनि उनको एउटा परिवार थियो।

वेन्या ठूली भएपछि, तिनी अत्यन्तै होशियार र आज्ञाकारी भइन्, अनि तिनले पढाइमा धेरै मेहनत गर्थिन्। तर उनले कलेज प्रवेश परीक्षाको लागि तयारी गर्न कठिन परिश्रम गरिरहेकी बेला, तिनीमाथि दुर्दशा आइलाग्यो: उनकी आमालाई मष्तिष्क-घात भयो र पक्षाघात भएर ओछ्यान परिन्। उनको कान्छा बुबाले उनकी आमालाई त्यागे र उनका सबै सम्पत्तिसमेत हडपे, अनि उनको बुबा पनि कलेजोको क्यान्सर भएर अस्पताल भर्ना भए…। वेन्याले परिवारको बोझ लिन सक्दिनथिइन्, त्यसकारण उनले गर्न सक्‍ने भनेको आफन्त र इष्टमित्रलाई बिन्ती गर्नु मात्रै थियो, तर उनलाई कसैले साथ दिएन। …

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्