Nepali Christian Movie | परमेश्‍वरमा विश्‍वास गर्नु राम्रो कुरा हो | कष्ट त्याग्‍ने र सुखमा जिउने

8 मार्च 2021

राम्रो जीवन जिउन पर्याप्त पैसा कमाउनको लागि डिङ रुइलिन र उनको श्रीमान्ले व्यापार-व्यवसाय चलाउन एकदमै कडा मेहनत गर्छन्। तर चीनियाँ कम्युनिस्ट पार्टीको सरकारको शोषण र दुर्व्यवहारको कारण उनीहरू ऋणमा चुर्लुम्मै डुब्छन्, अनि उनीहरूसँग काम गर्न विदेश जानुभन्दा अर्को कुनै विकल्प हुँदैन। अझ धेरै पैसा कमाउनको लागि डिङ रुइलिनले दुईवटा जागिर गर्छिन्। उनको कामको धेरै ठूलो बोझ र उनको वरिपरिका मानिसहरूले उनीप्रति देखाएको उदासीनताले उनलाई पैसाको लागि जिउँदाको पीडा र असहायता महसुस गराउँछ। उनको पीडा र अन्यौलताको दौरान उनले हाई स्कूलमा सँगै एउटै कक्षामा पढेकी साथी लिन झिक्जिनलाई भेट्छिन्। उनीसँगको कुराकानीमा, डिङ रुइलिनले परमेश्‍वरमाथिको विश्‍वासको कारण लिन झिक्जिनले धेरै कुराहरू बुझ्न सकेकी रहिछन् भन्ने कुरा बुझ्दछिन्। परमेश्‍वरको उपस्थितिमा तिनी आत्मिक शान्ति र खुशी महसुस गर्छिन् र तनावरहित, सहज स्थितिमा जिउँछिन् जसले डिङ रुइलिनमा परमेश्‍वरमा विश्‍वास गर्ने चाहना पनि पैदा हुन्छ। चाँडै नै, अझै धेरै पैसा कमाउन, डिङ रुइलिन र उनका श्रीमान्ले एउटा रेस्टुराँ लिन्छन् तर दीर्घकालीन थकानले डिङ रुइलिन गम्भीर रूपले बिरामी हुन्छिन् जसबाट उनलाई पक्षाघातको खतरा हुन्छ। आफ्नो रोगको यातनाको कारण डिङ रुइलिनले जीवनको बारेमा चिन्तन गर्न थाल्छिन्। मानिसहरूले केको लागि जिउनुपर्छ? के नाम र दामको लागि जीवनलाई बलिदान गर्नु उचित छ? के पैसाले मानिसलाई रित्तोपन र दुःखबाट उम्कन सहयोग गर्छ? के यसले मानिसलाई मृत्युबाट बचाउँछ? परमेश्‍वरका वचनको सम्बन्धमा उनकी दिदीबहिनीहरूसँगको संगतिमार्फत डिङ रुइलिन जीवनसम्बन्धी यी प्रश्‍नहरूको जबाफ स्पष्टसित बुझ्न सक्षम हुन्छिन्, उनले जीवनमा खोजी गर्नुपर्ने सबैभन्दा महत्वपूर्ण कुराको बारेमा जान्दछिन्, र अन्ततः उनले आत्मिक मुक्ति प्राप्त गर्छिन। परमेश्‍वरका वचनको मार्गनिर्देशनमा डिङ रुइलिनले अन्ततः जीवनको खुशी पत्ता लगाई छाड्छिन् …

यस भिडियोका केही सामग्रीहरू निम्नबाट आएका हुन्:

https://www.youtube.com/watch?v=V_wCaoN5Ma0

https://www.youtube.com/watch?v=F1XCsQ3IybI

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्