Christian Dance | मेरो हृदयको चाहना परमेश्‍वरलाई प्रेम गर्नु हो | Praise Song

29 नोभेम्बर 2024

असीम सांसारिक दुनियाँमा बग्दै गर्दा,

मलाई सत्यता के हो भन्ने कहिल्यै थाहा भएन।

सर्वशक्तिमान् परमेश्‍वरका वचन पढेपछि मात्र

मैले जीवनका रहस्यहरू पत्ता लगाएँ।

परमेश्‍वरको हरेक वचन सत्यता हो र हाम्रो जीवनलाई चाहिने कुरा हो।

मैले परमेश्‍वरका वचनको मलजल र भरणपोषणको आनन्द उठाउँदै गर्दा,

म सत्यता बुझ्छु र मेरो हृदय उज्यालो भएको महसुस गर्छु।

मैले परमेश्‍वरका वचन अभ्यास र अनुभव गर्दै गर्दा,

मेरो जीवन बिस्तारै बढ्छ,

र मेरो हृदयले सत्यतालाई झन् बढी कदर गर्छ;

परमेश्‍वरका वचन जीवनका आदर्श वाक्य हुन्।

ख्रीष्ट व्यावहारिक परमेश्‍वर हुनुहुन्छ;

म परमेश्‍वरलाई प्रशंसा गर्छु र धन्यवाद दिन्छु।

मेरो हृदयको इच्छा परमेश्‍वरप्रतिको प्रेम पछ्याउनु हो;

म उहाँलाई सारा अनन्तकालका लागि प्रेम गर्न चाहन्छु!

परमेश्‍वरका वचनले मानिसको घोर भ्रष्टताको साँचो तथ्य र स्रोत उदाङ्गो पारेका छन्:

मानिसहरू अहङ्कारी, अभिमानी, स्वार्थी, छली हुन्छन्,

र तिनीहरूमा अलिकति पनि विवेक र समझ हुँदैन।

म परमेश्‍वरप्रतिको प्रेम पछ्याउन र उहाँमा समर्पित हुन चाहन्छु,

तैपनि म उहाँप्रति सधैँ विद्रोही र प्रतिरोधी छु;

मैले आफूलाई उहाँप्रति गर्ने समर्पण निकै कलङ्कित छ,

र म त्यो सब स्वर्गको राज्यका आशिष्‌का बदलामा मात्रै गर्छु।

आफ्नो भ्रष्ट र कुरूप अनुहारको दृश्यले

मेरो हृदयलाई पछुतो र आत्म-घृणाले भर्छ।

म परमेश्‍वरको न्याय र शुद्धिकरण स्विकार्न,

आफ्नो भ्रष्टता फाल्न, र उहाँप्रतिको मेरो प्रेममा शुद्ध हुन चाहन्छु।

सर्वशक्तिमान् परमेश्‍वर, हाम्रा प्रिय, मानिसको अनन्त प्रेमको हकदार हुनुहुन्छ।

मेरो हृदयको इच्छा परमेश्‍वरप्रतिको प्रेम पछ्याउनु हो;

म उहाँलाई सारा अनन्तकालका लागि प्रेम गर्न चाहन्छु!

परमेश्‍वरले व्यक्त गर्नुभएका सबै सत्यताले मलाई मानव जीवनको ज्योति देखाएका छन्।

परीक्षा र शोधनको कष्ट भोगेर,

म परमेश्‍वरको डर मान्न र उहाँमा समर्पित हुन पुगेको छु।

उहाँका वचनले मलाई शुद्धिकरण गर्छन् र शैतानको अँध्यारो प्रभावबाट मुक्ति दिन्छन्,

मेरो जीवन स्वभाव बदलिएको छ,

र म अन्ततः उहाँसँग मिल्न सक्षम भएको छु।

परमेश्‍वरका वचन अनुभव गरेर मात्र मैले

सत्यता जीवन हो, र अत्यन्तै मूल्यवान् छ भनेर बुझेको छु;

आफ्नो भ्रष्टता फालेर अनि सत्यता अभ्यास गरेर मात्र

म साँचो मानव रूपमा जिउन पुगेको छु।

ख्रीष्ट व्यावहारिक परमेश्‍वर हुनुहुन्छ,

र म उहाँको हृदयलाई सन्तुष्ट पार्न आफ्नो कर्तव्य राम्ररी पूरा गर्नेछु।

मेरो हृदयको इच्छा परमेश्‍वरप्रतिको प्रेम पछ्याउनु हो;

म उहाँलाई सारा अनन्तकालका लागि प्रेम गर्न चाहन्छु!

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्