परमेश्‍वरका दैनिक वचनहरू: धार्मिक धारणाहरू खुलासा गर्नु | अंश २९९

5 डिसेम्बर 2021

परमेश्‍वरको व्यवस्थापनको योजना छ हजार वर्षसम्म फैलिन्छ र उहाँको कामका भिन्नताहरूको आधारमा तीन युगहरूमा विभाजित भएको छ: पहिलो युग पुरानो करारको व्यवस्थाको युग हो; दोस्रो अनुग्रहको युग हो; र तेस्रो आखिरी दिनहरूको—परमेश्‍वरको राज्यको युग हो। प्रत्येक युगमा फरक पहिचानको प्रतिनिधित्व गरिएको छ। यो काममा भिन्नता, अर्थात्, कामको मागहरूको कारणले मात्र हो। व्यवस्थाको युगको अवधिमा गरिएको कामको पहिलो चरण इस्राएलमा सम्पन्न भयो र छुटकाराको दोस्रो चरणको काम यहूदियामा सम्पन्न गरियो। छुटकाराको कामका लागि, येशू पवित्र आत्माद्वारा गर्भधान हुनुभयो अनि एक मात्र पुत्रको रूपमा जन्मनुभयो। यी सबै कामको मागले गर्दा भएको थियो। आखिरी दिनहरूमा, परमेश्‍वर अन्यजाति राष्ट्रहरूमा आफ्नो कामको विस्तार गर्न र त्यहाँका मानिसहरूलाई जित्न चाहनुहुन्छ, यसैले कि उहाँको नाउँ तिनीहरूका बीचमा महान् होस्। उहाँ मानिसहरूलाई समझमा र सबै सत्यताको प्रवेशमा डोऱ्याउन चाहनुहुन्छ। यी सबै काम एउटै आत्माद्वारा गरिन्छ। यद्यपि उहाँले फरक दृष्टिकोणबाट यो गर्न सक्नुहुनेछ, तर पनि कामका प्रकृति र सिद्धान्तहरू त्यस्तै रहन्छन्। एकचोटि जब तैंले ती सिद्धान्तहरू र उहाँहरूले गरेको कामको प्रकृति अवलोकन गर्छस्, तब यो सब एक आत्माद्वारा गरिएको हो भनी तँलाई थाहा हुनेछ। अझै कसै-कसैले भन्न सक्छः “पिता पिता नै हुनुहुन्छ, पुत्र पुत्र नै हुनुहुन्छ, र पवित्र आत्मा पवित्र आत्मा नै हुनुहुन्छ, र अन्त्यमा, उहाँहरूलाई एउटै बनाइनेछ।” त्यसोभए तँ कसरी उहाँहरूलाई एक बनाउँछस्? पिता र पवित्र आत्मालाई कसरी एक बनाउन सकिन्छ? यदि उहाँहरू अन्तर्निहित रूपमा दुई थिए भने, उहाँहरूलाई जसरी एकसाथ जोडे पनि के उहाँहरू दुई जना नै रहँदैनन् र? जब तँ उहाँहरूलाई एक बनाउने बारे कुरा गर्छस्, के त्यो दुई अलग-अलग भागलाई जोडेर एउटा बनाउनुजस्तो हुँदैन र? तर एउटा सिङ्गो बनाउनु अघि के उहाँहरू दुई भाग हुनुहुन्न थियो र? प्रत्येक आत्माको एक अलग सार हुन्छ, र दुई आत्मालाई सिङ्गो एउटा बनाउन सकिंदैन। आत्मा कुनै भौतिक वस्तु होइन र यो भौतिक संसारका अरू कुनै थोकजस्तो हुँदैन। जब मानिसले यसलाई हेर्छ, पिता एक आत्मा हुनुहुन्छ, पुत्र अर्को र पवित्र आत्मा अझ अर्को हुनुहुन्छ, अनि तीनवटा आत्मा तीन गिलास पानीजस्तै एउटैमा मिसिनुहुन्छ। त्यसो गर्नु के तीन जनालाई एउटा बनाउनु होइन र? यो पूर्ण रूपमा गलत र निरर्थक व्याख्या हो। के यो परमेश्‍वरलाई विभाजन गर्नु होइन र? पिता, पुत्र र पवित्र आत्मा सबैलाई कसरी एक बनाउन सकिन्छ? के उहाँहरू प्रत्येक भिन्नाभिन्नै प्रकृति भएका तीन भाग हुनुहुन्न र? कोही यस्तो भन्नेहरू छन्, “के परमेश्‍वरले येशू उहाँको प्यारो पुत्र हुनुहुन्छ भनेर स्पष्ट रूपमा बताउनुभएन र?” येशू परमेश्‍वरका प्रिय पुत्र हुनुहुन्छ, जोसँग उहाँ प्रसन्न हुनुहुन्छ—यो परमेश्‍वर स्वयमले भन्नुभएको थियो। त्यो परमेश्‍वरले आफैलाई दिनुभएको गवाही थियो, तर एउटा भिन्नै दृष्टिकोणबाट, जुनचाहिँ स्वर्गका आत्माले उहाँको आफ्नै देहधारणको बारेमा दिनुभएको गवाही थियो। येशू उहाँको देहधारण हुनुहुन्छ, स्वर्गमा हुनुहुने उहाँका पुत्रको होइन। के तैंले बुझिस्? के येशूले “म पितामा छु, र पिता ममा हुनुहुन्छ,”—भन्नुभएको वचनले उहाँहरू एउटै आत्मा हुनुहुन्छ भनी संकेत गर्दैन? र के देहधारणकै कारणले गर्दा उहाँहरू स्वर्ग र पृथ्वीको बीचमा अलग हुनुभएको थिएन? वास्तवमा, उहाँहरू अझै एक हुनुहुन्छ; चाहे जे भए तापनि, यो केवल परमेश्‍वर आफैलाई दिनुभएको गवाही मात्र हो। युगहरूमा परिवर्तन भएकाले, कामका मागहरू र उहाँको व्यवस्थापन योजनाका विभिन्न चरणहरूको कारण, मानिसले उहाँलाई बोलाउने नाउँ पनि फरक हुन्छ। जब उहाँ पहिलो चरणको काम गर्न आउनुभयो, उहाँलाई यहोवा कहलाइन सकिन्थ्यो, जो इस्राएलीहरूका गोठालो हुनुहुन्छ। दोस्रो चरणमा, देहधारी परमेश्‍वरलाई केवल प्रभु र ख्रीष्ट कहलाइन सकिन्थ्यो। तर त्यस बेला स्वर्गमा हुनुहुने आत्माले उहाँ परमेश्‍वरका प्रिय पुत्र हुनुहुन्छ मात्र भन्नुभयो, र उहाँ परमेश्‍वरका एक मात्र पुत्र हुनुहुन्छ भनी उल्लेख गर्नुभएन। यो त्यसै भएको थिएन। कसरी परमेश्‍वरको एक मात्र सन्तान हुन सक्छ? त्यसो भए के परमेश्‍वर मानिस बन्नुहुन्न थियो र? उहाँ देहधारी हुनुभएकोले, उहाँलाई परमेश्‍वरका प्रिय पुत्र भनियो, अनि यसैबाट पिता र पुत्र बीचको सम्बन्ध बन्यो। यो स्वर्ग र पृथ्वी बीचको अन्तरको कारणले भएको थियो। येशूले देहको दृष्टिकोणबाट प्रार्थना गर्नुभयो। उहाँले सामान्य मानिसको देह धारण गर्नुभएको हुनाले देहको दृष्टिकोणबाट उहाँले भन्नुभयोः “मेरो बाहिरी खोल सृष्टि गरिएको प्राणीको हो। किनकि यस पृथ्वीमा आउनका लागि मैले देह धारण गर्छु, म अहिले स्वर्गबाट टाढा, धेरै टाढा छु।” यसकारण, उहाँले पिता परमेश्‍वरसँग देहको दृष्टिकोणबाट मात्र प्रार्थना गर्न सक्नुहुन्थ्यो। यो उहाँको कर्तव्य थियो, र परमेश्‍वरका देहधारी आत्मा यही कुराले सुसज्जित हुनुपर्दछ। उहाँले देहको दृष्टिकोणबाट पितासँग प्रार्थना गर्नुभएकोले उहाँ परमेश्‍वर हुनुहुन्न भन्न सकिंदैन। यद्यपि उहाँ परमेश्‍वरका प्रिय पुत्र कहलाइनुभयो, उहाँ अझै परमेश्‍वर स्वयम् हुनुहुन्थ्यो, किनकि उहाँ आत्माको देहधारण हुनुहुन्थ्यो, र उहाँको सार अझै आत्मा नै हुनुहुन्थ्यो। यदि उहाँ परमेश्‍वर स्वयम् हुनुहुन्थ्यो भने उहाँले किन प्रार्थना गर्नुभयो भनी मानिसहरूले सोच्दछन्। किनकि उहाँ देहधारी परमेश्‍वर, देहमा वास गर्नुभएका परमेश्‍वर हुनुहुन्थ्यो, स्वर्गमा हुनुहुने आत्मा होइन। मानिसले हेर्दा, पिता, पुत्र र पवित्र आत्मा सबै परमेश्‍वर हुनुहुन्छ। केवल तीनै जना मिलेर बनेको एक जनालाई मात्र साँचो परमेश्‍वर मान्न सकिन्छ, र यस प्रकारले, उहाँको शक्ति असाधारण रूपमा महान् छ। कोही यस्तो भन्नेहरू छन् कि यसरी मात्र उहाँ सात गुणा तीव्र पारिएको आत्मा हुनुहुन्छ। जब पुत्रले उहाँको आगमनपछि प्रार्थना गर्नुभयो, उहाँले प्रार्थना गर्नुभएको आत्मालाई नै थियो। वास्तवमा, उहाँले सृष्टि गरिएको प्राणीको दृष्टिकोणबाट प्रार्थना गर्दैहुनुहुन्थ्यो। किनकि देह पूर्ण हुँदैन, उहाँ पूर्ण हुनुहुन्न थियो र उहाँ देहमा आउनुहुँदा उहाँमा धेरै कमजोरीहरू थिए, र उहाँले आफ्नो देहमा भएर काम गर्नुहुँदा धेरै व्याकुल हुनुभयो। त्यसकारण उहाँलाई क्रूसमा टाँगिनुभन्दा अघि उहाँले पिता परमेश्‍वरसँग तीन पटक प्रार्थना गर्नुभयो, साथै त्योभन्दा अघि पनि धेरै पटक प्रार्थना गर्नुभयो। उहाँले आफ्ना चेलाहरूको बीचमा प्रार्थना गर्नुभयो; उहाँले डाँडामा एकलै प्रार्थना गर्नुभयो; उहाँले माछा मार्ने डुङ्गामा चढेर प्रार्थना गर्नुभयो; उहाँले मानिसहरूका भीड्को बीचमा प्रार्थना गर्नुभयो; उहाँले रोटी भाँच्दा प्रार्थना गर्नुभयो; र उहाँले अरूलाई आशिर्वाद दिनुहुँदा प्रार्थना गर्नुभयो। उहाँले किन त्यस्तो गर्नुभयो? उहाँले आत्मालाई प्रार्थना गर्नुभयो; उहाँले आत्मा, अर्थात् स्वर्गमा हुनुहुने परमेश्‍वरलाई देहको दृष्टिकोणबाट प्रार्थना गरिरहनुभएको थियो। त्यसकारण, मानिसको दृष्टिकोणबाट, येशू कामको त्यस चरणमा पुत्र बन्नुभयो। तापनि यो चरणमा उहाँले प्रार्थना गर्नुहुन्न। यस्तो किन हो? यसको कारण यो हो कि उहाँले वचनको काम, अनि वचनको न्याय र दण्ड प्रकट गर्नुहुन्छ। उहाँलाई प्रार्थनाहरूको कुनै आवश्यकता छैन, र उहाँको सेवकाइ बोल्नु हो। उहाँ क्रूसमा टाँगिनुभएको छैन, र मानिसहरूले उहाँलाई शक्ति हुने मानिसहरूको हातमा सुम्पिनुभएको छैन। उहाँ केवल आफ्नै काम गर्नुहुन्छ। जब येशूले प्रार्थना गर्नुभयो, उहाँले स्वर्गको राज्य ओर्लिओस्, पिताको इच्छा पूरा होस् भनेर र आउने कामका लागि भनी परमेश्‍वर पितासँग प्रार्थना गर्दै हुनुहुन्थ्यो। यस चरणमा, स्वर्गको राज्य अघिबाटै आइसकेको छ, त्यसैले के उहाँले अझै पनि प्रार्थना गर्नु आवश्यक छ? उहाँको काम भनेको युगको अन्त्य गर्नु हो, र त्यहाँ अझ अरू नयाँ युगहरू छैनन्, त्यसैले अर्को चरणका लागि प्रार्थना गर्नु आवश्यक छ? मलाई डर लाग्छ, प्रार्थना गर्नु आवश्यक छैन।

मानिसको व्याख्यामा धेरै विरोधाभासहरू छन्। साँच्चै, यी सबै मानिसका धारणाहरू हुन्; तिमीहरू त्यसको बारेमा थप जाँचबुझ नगरी, ती सबै सही छन् भनी विश्‍वास गर्छौ। के तिमीहरूलाई थाहा छैन कि त्रिएक परमेश्‍वरसम्बन्धी यस्तो विचारहरू केवल मानिसको धारणाहरू मात्र हुन्? मानिसको कुनै ज्ञान पूर्ण र सिद्ध छैन। त्यहाँ सधैं अशुद्धताहरू हुन्छन्, र मानिससँग धेरै विचारहरू हुन्छन्; यसले देखाउँदछ कि सृष्टि गरिएको प्राणीले परमेश्‍वरको कामको व्याख्या गर्न सक्दैन। मानिसका दिमागमा धेरै कुराहरू हुन्छन्, जुन सबै तर्क र विचारबाट आउँदछन्, जुन सत्यको विरोधमा हुन्छन्। के तेरो तर्कले परमेश्‍वरको कामलाई राम्ररी विश्लेषण गर्न सक्छ? के तैंले यहोवाका सबै कामको अन्तर्दृष्टि पाउन सक्छस्? के मानिसको रूपमा तँ ती सबै देख्न सक्छस् वा के परमेश्‍वर स्वयम् हुनुहुन्छ जसले अनन्ततादेखि अनन्ततासम्म देख्न सक्नुहुन्छ? के धेरै अघि अनन्ततादेखि आउने अनन्ततासम्म देख्न सक्ने तँ होस् वा के यो परमेश्‍वरले गर्न सक्नुहुन्छ? तँ के भन्छस्? तँ परमेश्‍वरलाई व्याख्या गर्न कसरी योग्य छस्? तेरो स्पष्टीकरणको आधार के हो? के तँ परमेश्‍वर होस्? स्वर्गहरू र पृथ्वी, अनि सबै थोकहरू परमेश्‍वर आफैले बनाउनुभएको हो। यो गर्ने तँ होइनस्, त्यसैले तँ किन गलत स्पष्टीकरणहरू दिइरहेको छस्? अब, के तँ अझै त्रिएक परमेश्‍वरमा विश्‍वास गरिरहन्छस्? के त्यसो गर्नु तँलाई धेरै बोझिलो लाग्दैन? तैंले तीन परमेश्‍वरमा होइन, एक परमेश्‍वरमा विश्‍वास गर्नु नै सबैभन्दा उत्तम हुन्छ। हलुको हुनु सबैभन्दा उत्तम हो, किनकि प्रभुको बोझ हलुको छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। के त्रिएकत्व अस्तित्वमा छ?

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्