परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५७६

27 अप्रिल 2021

केही मानिसहरूको सवालमा, तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा जेसुकै समस्याको सामना गर्नु परे तापनि तिनीहरूले सत्यताको खोजी गर्दैनन् र तिनीहरूले सधैँ आफ्नै विचारहरू, धारणाहरू, कल्पनाहरू र चाहनाहरूअनुसार काम गर्छन्। तिनीहरूले बारम्बार आफ्नै स्वार्थी चाहनाहरू पूरा गरिरहेका हुन्छन् र तिनीहरूका भ्रष्ट स्वभावहरूले तिनीहरूका कामहरूलाई सधैँ नियन्त्रण गरिरहेका हुन्छन्। तिनीहरूले आफूलाई जिम्मा दिइएको काम सम्पन्‍न गर्न सके तापनि तिनीहरूले कुनै सत्यता प्राप्त गर्दैनन्। त्यसो भए, आफ्ना कर्तव्यहरू निर्वाह गर्दा त्यस्ता मानिसहरू केमा भर परिरहेका हुन्छन् त? तिनीहरू न त सत्यतामा भरपरिरहेका हुन्छन् न त परमेश्‍वरमा नै। तिनीहरूले बुझेको थोरै सत्यताले तिनीहरूको हृदयमा प्रभुत्व जमाएको हुँदैन; यी कर्तव्यहरू सम्पन्‍न गर्नको निम्ति तिनीहरू आफ्नै वरदान र क्षमताहरू, तिनीहरूले आर्जन गरेका ज्ञान र तिनीहरूका प्रतिभाहरूका साथै तिनीहरूका आफ्नै इच्छाशक्ति वा असल अभिप्रायहरूमा भर परिरहेका हुन्छन्। यो भिन्‍न किसिमको प्रकृति हो, होइन र? तँ आफ्नो कर्तव्य पूरा गर्नको निम्ति कहिलेकाहीँ आफ्नै स्वाभाविकता, कल्पना, धारणाहरू, ज्ञान र सिकाइमा भर परे तापनि तैँले गर्ने केही कुराहरूमा सिद्धान्तका सवालहरू देखा पर्दैनन्। सतही रूपमा, तैँले गलत मार्ग लिएको छैनस् जस्तो देखिन्छ, तर उपेक्षा गर्न नसकिने एउटा कुरा छ: तैँले तेरो कर्तव्य निर्वाह गर्ने क्रममा, यदि तेरा धारणाहरू, कल्पनाहरू र व्यक्तिगत चाहनाहरू कहिले पनि परिवर्तन हुँदैनन् र सत्यताद्वारा प्रतिस्थापन हुँदैनन् भने, र तेरा काम-कार्वाहीहरू र कर्महरू कहिले पनि सत्य सिद्धान्तअनुसार हुँदेनन् भने, अन्तिम परिणाम के हुनेछ त? तँ सेवा-कर्ता बन्‍ने छस्। ठीक यही नै बाइबलमा लेखिएको थियो: “त्‍यस दिन मलाई धेरैले यसो भन्‍नेछन्, प्रभु, प्रभु, के हामीले तपाईंको नाउँमा अगमवाणी बोलेका छैनौं र? अनि तपाईंको नाउँमा दियाबलसहरू धपाएनौं र? र तपाईंको नाउँमा धेरै अचम्मका कामहरू गरेनौं र? अनि म तिनीहरूका निम्ती घोषणा गर्नेछु, मैले तिमीहरूलाई कहिल्‍यै चिनिनँ। दुष्ट काम गर्ने तिमीहरू मबाट दूर होओ” (मत्ती ७:२२-२३)। परमेश्‍वरले किन यी प्रयत्न गर्नेहरू र सेवा दिने व्यक्तिहरूलाई, “अधर्म काम गर्ने तिमीहरू” भनेर भन्‍नुहुन्छ त? एउटा बुँदामा हामी निश्‍चित हुन सक्छौँ, र त्यो के हो भने, यी मानिसहरूले जे कर्तव्यहरू वा कामहरू गरे तापनि, तिनीहरूका प्रेरणाहरू, प्रोत्साहनहरू, अभिप्रायहरू र सोचहरू सम्पूर्ण रूपमा तिनीहरूका स्वार्थी चाहनाहरूबाट नै उत्पन्‍न हुन्छन्, ती तिनीहरूका आफ्नै विचारहरू र व्यक्तिगत चाहनाहरूमा आधारित छन् र तिनीहरूका चिन्तनहरू र योजनाहरू पूर्ण रूपमा तिनीहरूका ख्याति, ओहदा, घमण्ड र भविष्यका सम्भावनाहरूको वरिपरि घुम्छन्। भित्र अन्तरकुन्तरमा तिनीहरूसँग सत्यता हँदैन, न त तिनीहरू सत्य सिद्धान्तबमोजित नै कार्य गर्छन्। त्यसैले, तिमीहरूको लागि अहिले खोज्‍नुपर्ने महत्त्वपूर्ण कुरा के हो त? (हामीहरूले सत्यता खोज्‍नुपर्छ अनि परमेश्‍वरका इच्छा र आवश्यक मापदण्डहरूबमोजिम हाम्रा कर्तव्यहरू निर्वाह गर्नुपर्छ।) परमेश्‍वरका आवश्यक मापदण्डहरूबमोजिम तैँले तेरा कर्तव्यहरू निर्वाह गर्दा विशेष रूपमा के गर्नुपर्छ त? तैँले केही कुराहरू गर्दा तेरा अभिप्रायहरू र विचारहरू सत्यताबमोजिम छन् कि छैनन् र साथसाथै तेरा ती अभिप्रायहरू र विचारहरू तेरा आफ्नै स्वार्थी चाहनाहरू परिपूर्ति गर्नेतर्फ उन्मुख छन् कि परमेश्‍वरको घरका चाहनाहरू परिपूर्ति गर्नेतर्फ उन्मुख छन् भनी बुझ्नु सिक्‍नुपर्छ। यदि तेरा अभिप्रायहरू र विचारहरू सत्यताबमोजिम छन् भने, तैँले तेरो कर्तव्य आफ्नो सोचअनुसार गर्न सक्छस्; यद्यपि यदि तिनीहरू सत्यताबमोजिम छैनन् भने, तैँले तुरुन्तै फनक्कै फर्कनुपर्छ र त्यो मार्ग त्याग्‍नुपर्छ। त्यो मार्ग सही छैन र तैँले त्यो शैलीमा अभ्यास गर्न सक्दैनस्; यदि तैँले त्यो मार्गमा निरन्तर हिँडिस् भने, तैँले दुष्कर्म गरिछाड्नेछस्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्