परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५७५

6 जुलाई 2021

तैंले पूरा गर्ने कुनै पनि कर्तव्यमा जीवन प्रवेश सामेल हुन्छ। तेरो कर्तव्य नियमित वा अनियमित, सुस्त वा जीवन्त जस्तोसुकै भए पनि, तैंले सधैँ जीवन प्रवेश प्राप्त गर्नैपर्छ। कतिपय मानिसहरूले पूरा गर्ने कर्तव्यहरू झमेलामय हुन्छन्; तिनीहरू प्रत्येक दिन उस्तै काम गर्छन्। तापनि, ती कर्तव्यहरू पूरा गर्दा, यी मानिसहरूले प्रकट गर्ने अवस्थाहरू एकसमान हुँदैनन्। कहिलेकहीँ, राम्रो मनस्थितिमा हुँदा, मानिसहरू अलिक बढी मेहनती हुन्छन् र तिनीहरूले राम्रो काम गर्छन्। अरू बेला, कुनै अज्ञात प्रभावको कारण तिनीहरूको भ्रष्ट शैतानी स्वभावले उनीहरूमा बदमासी जगाउँछ, जसले गर्दा उनीहरूमा अनुचित दृष्टिकोणहरू पैदा हुन्छन् र खराब अवस्थाहरूमा र खराब मनस्थितिमा हुन्छन्; परिणामस्वरूप उनीहरूले आफ्ना कर्तव्यहरू लापरवाही ढङ्गले गर्दछन्। मानिसहरूको आन्तरिक अवस्था निरन्तर परिवर्तन भइरहेका हुन्छन्; उनीहरू कुनै पनि ठाउँमा र कुनै पनि समयमा परिवर्तन हुन सक्छन्। तेरो अवस्था जसरी परिवर्तन भए पनि, तेरो मनस्थितिको आधारमा काम गर्नु सधैँ गलत हुन्छ। मानौं, तँ राम्रो मनस्थितिमा हुँदा तैँले अलिक राम्रो काम गर्छस्, र खराब मनस्थितिमा हुँदा अलिक खराब काम गर्छस्—के यो काम-कुरा गर्ने सिद्धान्त अनुरूपको तरिका हो? के तैँले यसरी सन्तोषजनक रूपले आफ्नो कर्तव्य पूरा गर्न सक्छस्? मानिसहरूको मनस्थिति जस्तोसुकै भए पनि, उनीहरूले प्रार्थना गर्न र परमेश्‍वरको सामु आफूलाई अनुकूल गर्न, र सत्यताको खोजी गर्न र सिद्धान्त अनुसार काम गर्न जान्नु नै पर्छ; तब मात्र तिनीहरू आफ्नो मनस्थितिद्वारा नियन्त्रित र प्रभावित भएर अगि र पछि हुत्तिनबाट जोगिन सक्छन्। तैँले आफ्नो कर्तव्य पूरा गर्ने क्रममा, तैँले सिद्धान्तअनुसार काम गरिरहेको छस् कि छैनस्, कर्तव्य पूरा गर्ने तेरो कार्य मापदण्ड अनुसारको छ कि छैन, तैँले त्यो लापरवाही ढङ्गले गरिरहेको छस् कि छैनस्, तैँले आफ्नो जिम्मेवारीबाट भाग्ने कोसिस गरेको छस् कि छैनस्, तेरो आचरण र सोच-विचारको तरिकामा कुनै समस्याहरू छन् कि छैनन् सो हेर्न तैँले आफूलाई सधैँ जाँच्नुपर्छ। तैँले आत्म-चिन्तन गरेर यी कुराहरू तँलाई स्पष्ट भइसकेपछि, तँलाई आफ्नो कर्तव्य पूरा गर्न सजिलो हुनेछ। तैँले आफ्नो कर्तव्य पूरा गरिरहेको बेला जुनसुकै कुराको सामना गर्न परे पनि—नकारात्मकता र कमजोरी, वा निराकरणपछि खराब मनस्थितिमा भए पनि—तैँले त्यसलाई उचित व्यवहार गर्नुपर्दछ, र तैँले सत्यको खोजी गर्नुपर्दछ र परमेश्‍वरको इच्छा बुझ्नुपर्छ। यी कुराहरू गरेर, तैँले अभ्यास गर्ने मार्ग पाउनेछस्। यदि तैँले राम्ररी आफ्नो कर्तव्य पूरा गर्न चाहन्छस् भने, तँ आफ्नो मनस्थितिद्वारा प्रभावित हुनु हुँदैन। तैँले जति नै नकारात्मक वा कमजोर महसुस गरिरहेको भए पनि, तैँले गर्ने सबै कुरामा तैँले पूर्ण कडाइका साथ, र सिद्धान्तहरूमा रहेर सत्यको अभ्यास गर्नुपर्दछ। यदि तँ यसो गर्छस् भने, अन्य मानिसहरूले तँलाई स्वीकार मात्र गर्नेछैनन्, तर परमेश्‍वरले पनि तँलाई मन पराउनुहुनेछ। त्यसरी नै, तँ यस्तो व्यक्ति हुनेछस् जो जिम्मेवार हुन्छ, र जसले आफ्नो काँधमा बोझ लिन्छ; तँ सच्‍चा रूपमा असल व्यक्ति हुनेछस्, जसले वास्तवमा मापदण्ड अनुसार आफ्ना कर्तव्यहरू पूरा गर्दछ र जो एक सच्‍चा व्यक्तिको स्वरूप लिएर पूर्ण रूपमा जिउँछ। त्यस्ता मानिसहरू शुद्ध पारिएका हुन्छन् र आफ्ना कर्तव्यहरू पूरा गर्दा वास्तविक रूपान्तरण हासिल गर्छन्, र तिनीहरूलाई परमेश्‍वर नजरमा इमानदार भन्न सकिन्छ। केवल इमानदार मानिसहरू मात्र सत्यको अभ्यासमा दृढ रहन र सिद्धान्तको साथ काम गर्न सफल हुन सक्छन्, र मापदण्डअनुसार आफ्ना कर्तव्यहरू पूरा गर्न सक्छन्। सिद्धान्तसहित काम गर्ने मानिसहरू राम्रो मनस्थितिमा हुँदा आफ्ना कर्तव्यहरू सावधानीपूर्वक गर्छन्; तिनीहरू लापरवाही तरिकाले काम गर्दैनन्, तिनीहरू अहङ्कारी हुँदैनन्, र अरूले तिनीहरूलाई ठूलो सम्झून् भनी आफ्‍नो धाक लगाउँदैनन्। तापनि, तिनीहरू खराब मनस्थितिमा हुँदा आफ्ना दैनिक कार्यहरू उत्तिकै गम्भीरता र जिम्मेवारीका साथ पूरा गर्छन्, र तिनीहरूका जिम्मेवारीहरू पूरा गर्न वाधा दिने वा तिनीहरूलाई केही दबाब दिने वा तिनीहरूले आफ्ना कर्तव्यहरू पूरा गर्दा बाधा उत्पन्न गर्ने कुरा भेटे भने पनि तिनीहरू परमेश्‍वरको सामु आफ्ना हृदयलाई शान्त पार्न सक्छन् र यस भन्दै प्रार्थना गर्न सक्छन्, “मेरो विरुद्धमा जति नै ठूलो समस्या आइपरे पनि—यदि आकाशहरू नै खस्यो भने पनि—जबसम्म परमेश्‍वरले मलाई जीवित रहन दिनुहुन्छ, म मेरो जिम्मेवारी पूरा गर्नको लागि सक्दो गर्न प्रतिबद्ध छु। मलाई जिउन दिइने प्रत्येक दिन नै मैले मेरो कर्तव्य पूरा गर्न कठिन परिश्रम गर्ने दिन हो, यसैले कि परमेश्‍वरले मलाई दिनुभएको यो कर्तव्य, साथै उहाँले मेरो शरीरमा हालिदिनुभएको यो सासको योग्य बन्न सकूँ। जतिसुकै कठिनाइमा परे पनि म यी सबैलाई पन्छ्याउनेछु, किनकि मेरो कर्तव्य पूरा गर्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो!” कुनै व्यक्ति, घटना, थोक, वा वातावरणबाट प्रभावित नहुने मानिसहरू, कुनै मनस्थिति वा बाहिरी परिस्थितिद्वारा नियन्त्रित नहुनेहरू, र जसले परमेश्‍वरले सुम्पिनुभएका तिनीहरूका कर्तव्यहरू र आदेशहरूलाई सबैभन्दा पहिले स्थानमा राख्छन्—तिनीहरू त्यस्ता मानिसहरू हुन् जो परमेश्‍वरप्रति बफादार हुन्छन् र जो सच्‍चा रूपमा उहाँको अधीनमा बस्छन्। यस्ता मानिसहरूले जीवनमा प्रवेश पाएका हुन्छन् र सत्य वास्तविकतामा प्रवेश गरेका हुन्छन्। सत्यतामा जिउनुको सबैभन्दा व्यावहारिक र वास्तविक अभिव्यक्ति यही हो।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। कर्तव्य निर्वाह गरेसँगै जीवन प्रवेश प्रारम्भ हुन्छ

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्