परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५७४

8 जुलाई 2021

जब तैंले कुनै कार्य गरिस्, त्यसबेला परमेश्‍वर धेरै असन्तुष्ट हुनुभयो। जब तँ त्यो कार्य गर्न लागेको थिइस्, के तैंले उहाँसँग प्रार्थना गरिस्? के तैंले कहिल्यै यस्तो विचार गरिस्, “यो विषयलाई परमेश्‍वरको सामु ल्याइयो भने उहाँले यसलाई कसरी हेर्नुहुनेथियो होला? यदि उहाँले यस विषयमा थाहा पाउनुभयो भने उहाँ खुसी हुनुहुनेथियो वा दिक्‍क मान्‍नुहुनेथियो? के उहाँले त्यसलाई घृणा गर्नुहुनेथियो?” तैंले यसको खोजी गरिनस्, गरिस् त? अरूले तँलाई सम्झाउँदा पनि, तैंले यो कुनै ठूलो विषय होइन, र यो कुनै पनि सिद्धान्तको विरुद्धमा छैन र यो पाप होइन भन्‍ने सोचिस्। फलस्वरूप, तैंले गरेको कार्यले परमेश्‍वरको स्वभावलाई चोट पुऱ्यायो र उहाँमा ठूलो क्रोध उत्पन्न गऱ्यो, यहाँसम्म कि उहाँले तँलाई घृणा समेत गर्नुभयो। यदि तैंले खोजी र जाँच गरेको भए, र यो कार्य गर्नुभन्दा अघि यस विषयलाई स्पष्ट रूपमा देखेको भए, के तैंले त्यसलाई सम्हाल्न सक्नेथिइनस् र? मानिसहरू कहिलेकहीँ राम्रो स्थितिमा नहुने भए पनि, यदि उनीहरूले गर्ने योजना बनाएका कुराहरूलाई अनुसन्धान र खोजी गर्नको लागि परमेश्‍वरको सामु गम्भीरतासाथ ल्याउँछन् भने, उनीहरूले कुनै ठूला गल्तीहरू गर्नेछैनन्। सत्यताको अभ्यास गर्दा, मानिसहरूलाई गल्ती गर्नबाट जोगिन गाह्रो हुन्छ, तर यदि कार्यहरू गर्दा तिनलाई सत्यता अनुसार कसरी गर्ने भन्‍ने तँलाई थाहा छ, तैपनि तँ तिनलाई सत्यता अनुसार गर्दैनस् भने, समस्या यो हुन्छ कि तँमा सत्यप्रति कुनै प्रेम हुँदैन। सत्यताप्रतिको प्रेम नभएको मानिसको स्वभाव परिवर्तन हुँदैन। यदि तैंले परमेश्‍वरको इच्छालाई सही प्रकारले बुझ्न सक्दैनस्, र कसरी अभ्यास गर्ने भनी जान्दैनस् भने, तैंले अरूसँग सङ्गति गर्नुपर्दछ। यदि कसैले पनि त्यो विषयलाई स्पष्टसँग देख्न सकिँदैन जस्तो महसुस गर्छन् भने, तैंले एउटा सबैभन्दा उचित समाधानलाई लागू गर्नुपर्छ। तापनि, यदि अन्त्यमा त्यसरी काम गरेर तैँले एउटा सानो गल्ती गरेको छस् भन्ने थाहा पाइस् भने, तैंले त्यसलाई तुरुन्तै सच्याउनुपर्छ, तब मात्र परमेश्‍वरले त्यसलाई एउटा पापको रूपमा लिनुहुनेछैन। यी कुराहरूलाई अभ्यास गर्ने क्रममा तेरा उद्देश्यहरू सही थिए र तैँले सत्यताअनुसार अभ्यास गरिरहेको थिइस् अनि यसलाई स्पष्ट रूपमा देखिनस्, यसैले तेरा कार्यहरूमा केही त्रुटि भए, त्यसैले यो अवस्था स्वभाविकै थियो। तापनि, हिजोआज धेरै मानिसहरू काम गर्न आफ्नै हातहरूमा मात्रै भर पर्छन् अनि यो र त्यो गर्न उनीहरूका आफ्नै दिमागमा भर पर्छन्, र उनीहरूले यी प्रश्‍नहरूका बारेमा बिरलै विचार गर्छन्: के यस तरिकाले अभ्यास गर्नु परमेश्‍वरको इच्छा अनुरूप हुन्छ? यदि मैले यो काम यसरी गरें भने के परमेश्‍वर खुसी बन्नुहुनेछ? यदि मैले यो काम यसरी गरें भने के परमेश्‍वरले मलाई भरोसा गर्नुहुन्छ? यदि मैले यो काम यसरी गरें भने के त्यो सत्यताको अभ्यास गरेको हुन्छ? यदि परमेश्‍वरले यो कुरा सुन्नुभयो भने, के उहाँले यसो भन्‍न सक्‍नुहुन्छ, “तैंले यो सही र उचित तरिकाले गरेको छस्। यसै गर्दै जा”? के तैंले आफूले सामना गर्ने हरेक कुरालाई होसियारीसाथ जाँच गर्न सक्छस्? के तँ ती प्रत्येकको बारेमा गम्भीर र अति सावधान हुन सक्छस्? वा के तैंले यो जसरी गरिरहेको छस् त्यसलाई परमेश्‍वरले तुच्छ ठान्नुहुन्छ कि ठान्‍नुहुन्‍न, तेरा तौर-तरिकाहरूको बारेमा सबैले के विचार गर्छन्, र तैंले त्यो आफ्नै इच्छाको आधारमा गर्दैछस् कि तेरा आफ्नै चाहनाहरू पूरा गर्नका लागि गर्दैछस् सो बारेमा विचार गर्न सक्छस्…? तैंले यस विषयमा धेरै सोचविचार र खोजी गर्नुपर्छ र तेरा गल्तीहरू झन्-झन् साना हुँदै जान्छन्। यस तरिकाले यो गर्दा तँ साँचो रूपले सत्यको खोजी गर्ने व्यक्ति होस् भनी र तँ परमेश्‍वरलाई आदर गर्ने व्यक्ति होस् भन्ने प्रमाणित हुनेछ, किनकि तैंले सत्यले माग गरेको निर्देशनअनुसार कार्यहरू गरिरहेको हुन्छस्।

यदि विश्‍वासीका कार्यहरू सत्यदेखि टाढा छन् भने ऊ एक अविश्‍वासी जस्तै हुन्छ। यो त्यस्तो किसिमको व्यक्तिको हो जसको हृदयमा परमेश्‍वरले बास गर्नुहुन्‍न, र जसले परमेश्‍वरलाई छोड्दछ, र त्यस्तो व्यक्ति परमेश्‍वरको परिवारमा भाडामा लगाइएको मजदुरजस्तै हो, जसले आफ्ना मालिकका लागि केही असहज कामहरू गर्छ, थोरै पारिश्रमिक पाउँछ, र त्यहाँबाट जान्छ। यो परमेश्‍वरमा विश्‍वास गर्ने व्यक्ति होइन। यसभन्दा पहिले, तैंले परमेश्‍वरको स्वीकृति प्राप्त गर्न के गर्न सक्छस् भन्‍ने कुरा बताइएको थियो। तैंले विचार गर्नुपर्ने र जुन कुराको लागि काम गर्नुपर्छ त्यो परमेश्‍वरको इच्‍छा नै हो; तेरो अभ्यासको सिद्धान्त र क्षेत्र यही नै हुनुपर्दछ। तैंले जे गर्दैछस् त्यो सत्यसँग मेल खान्छ कि खाँदैन भनी जाँच्नुपर्ने कारण के हो भने, यदि यो सत्यसँग मेल खान्छ भने, त्यो निश्चित रूपमा परमेश्‍वरको इच्छाअनुरूप पनि हुन्छ। यसको अर्थ तैंले त्यो कुरा सही छ कि गलत छ, वा सबैको स्वादसँग मेल खान्छ कि खाँदैन, वा तेरो आफ्नै इच्छाअनुरूप छ कि छैन भनी मापन गर्नु होइन; बरु, तैंले यो सत्यताअनुरूप छ कि छैन, र यसले मण्डलीको काम र हितहरूमा फाइदा गर्छ कि गर्दैन भन्‍ने निश्चित गर्नुपर्छ। यदि तैंले यी कुराहरूलाई विचार गरिस् भने, तैंले कामहरू गर्दा तँ झन्-झन् बढी परमेश्‍वरको इच्छाअनुरूप हुँदै जानेछस्। यदि तैंले यी पक्षहरूमाथि विचार गरिनस् भने, र कामहरू गर्दा केवल तेरो आफ्नै इच्छामा भर परिस् भने, तैंले ती गलत प्रकारले गर्ने निश्चित हुन्छ, किनकि मानिसको इच्छा सत्यता होइन र, अवश्य, परमेश्‍वरसँग अमिल्दो हुन्छ। यदि तँ परमेश्‍वरद्वारा स्वीकार हुन चाहन्छस् भने तैंले आफ्नै इच्छाअनुसार भन्दा सत्यअनुसार अभ्यास गर्नुपर्छ। कतिपय मानिसहरू आफ्नो कर्तव्य पूरा गर्ने नाममा केही निजी मामिलामा संलग्न हुन्छन्। उनीहरूका दाजुभाइ-दिदीबहिनीहरूले त्यसलाई अनुचित कुराको रूपमा हेर्छन्, र त्यसको लागि उनीहरूलाई निन्दा गर्छन्, तर यी मानिसहरूले दोष स्वीकार गर्दैनन्। उनीहरू सोच्छन् कि यो एक व्यक्तिगत मामला हो, जसमा मण्डलीको काम, रुपैयाँपैसा, वा व्यक्तिहरू सामेल छैन, त्यसैले यो सत्यको क्षेत्रको उल्लङ्घन होइन, र परमेश्‍वरले यस विषयमा हस्तक्षेप गर्नु हुँदैन। केही कुराहरू तँलाई कुनै सिद्धान्त वा सत्यता नभएको व्यक्तिगत मामिलाहरू जस्तो लाग्न सक्छ। तापनि, तैंले गरेको कार्यलाई हेर्दा तँ धेरै स्वार्थी भएको थिइस्, कि तैंले परमेश्‍वरको परिवारको कामलाई वा तैंले गरेको कामले त्यसलाई कसरी प्रभावित गर्दछ भन्ने कुरामा कुनै ध्यान दिइनस्; तैंले आफ्नै फाइदालाई मात्र ध्यान दिइरहेको थिइस्। यसमा पहिले नै सन्तहरूको औचित्य, साथसाथै एक व्यक्तिको मानवतासँग सम्बन्धित विषयहरू सामेल छन्। तैंले जे गरिरहेको थिइस् त्यसमा मण्डलीका हितहरू सम्मिलित नभए पनि, र त्यसमा सत्यता सामेल नभए पनि, आफ्नो व्यक्तिगत विषयमा संलग्न हुँदै आफ्नो कर्तव्य पूरा गरिरहेको छु दाबी गर्ने कार्य सत्यसँग मेल खाँदैन। तैंले जेसुकै गरिरहेको भए पनि, मामला जति नै ठूलो वा सानो भए पनि, अनि तैँले परमेश्‍वरको परिवारमा रहेको तेरो कर्तव्य पूरा गर्नलाई गरिरहेको भए पनि वा तेरा आफ्नो निजी कारणहरूको लागि गरिरहेको भए पनि, तैँले आफूले जे गर्दैछस् त्यो परमेश्‍वरको इच्छाअनुरूप छ कि छैन, साथसाथै त्यो मानवता भएको व्यक्तिले गर्नुपर्ने कुरो हो कि होइन भनी विचार गर्नुपर्छ। यदि तैँले आफूले गर्ने हरेका कुरामा यसरी नै सत्यताको खोजी गर्छस् भने, तँ सच्चा रूपमा परमेश्‍वरमा विश्‍वास गर्ने व्यक्ति होस्। यदि तैँले हरेक कुरा र हरेक सत्यताप्रति यसरी भक्ति पूर्वक व्यवहार गर्छस् भने तैँले तेरो स्वभावमा परिवर्तनहरू हासिल गर्न सक्नेछस्। केही मानिसहरूले कुनै व्यक्तिगत कुरा गर्दा तिनीहरूले सत्यतालाई बेवास्ता गर्न सक्छन्, तिनीहरूले जसरी चाहे त्यसरी नै गर्न सक्छन्, अनि तिनीहरूलाई जुन तरिकाले खुशी तुल्याउँछ र जुन शैली फाइदाजनक छ त्यसै अनुसार गर्न सक्छन् भन्‍ने सोच्छन्। तिनीहरूले यसबाट परमेश्‍वरको परिवारमा कस्तो असर पुग्छ भन्ने कुरामा रत्तीभर ध्यान दिँदैनन्, न त तिनीहरूले गरिरहेको कुरा सन्त शिष्टाचार सुहाउँदो छ कि छैन भनेर नै तिनीहरूले ध्यान दिन्छन्। अन्त्यमा, तिनीहरूले त्यो कुरा गरिसकेपछि, तिनीहरू भित्र-भित्रै अँध्यारो हुन्छन् र तिनीहरूले अप्ठ्यारो महसुस गर्छन्, तर किन यस्तो भयो भन्ने चाहिँ तिनीहरूलाई थाहा हुँदैन। के यो प्रतिशोध उपयुक्त छैन र? यदि तैँले परमेश्‍वरद्वारा स्वीकार नगरिएका कुराहरू गर्छस् भने तैँले परमेश्‍वरलाई चिढ्याएको हुन्छस्। यदि कसैले सत्यतालाई प्रेम गर्दैन र बारम्बार उसले आफ्नै इच्छाअनुसार काम-कुराहरू गर्छ भने, तिनीहरूले बारम्बार परमेश्‍वरलाई ठेस पुर्‍याउनेछन्। तिनीहरूले गर्ने काम-कुराहरूमा त्यस्ता मानिसहरूलाई परमेश्‍वरले साधारण तवरमा स्वीकृति जनाउनुहुन्न, अनि यदि तिनीहरूले पश्‍चाताप गर्दैनन् भने, तिनीहरू दण्डबाट त्यति टाढा हुनेछैनन्।

— “वचन शरीरमा देखा पर्नुहुन्छ” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्