परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५७२

6 जुलाई 2021

तेरो संकल्पलाई हल्लाउन सक्‍ने, तेरो हृदयलाई ओगट्न सक्‍ने, वा तँलाई तेरो कर्तव्य पूरा गर्न र तेरो अगाडिको प्रगतिलाई रोक्न सक्‍ने हरेक दिन पैदा हुने, साना-ठूला सबै कुरालाई लगनशीलताको साथ ध्यान दिनुपर्छ; तिनलाई होसियारीसाथ जाँच्नुपर्छ र तिनका सत्यताको खोजी गरिनुपर्छ। यी सबै अनुभवको दायराभित्र देखा पर्ने कुराहरू हुन्। कतिपय मानिसहरूले आफूमाथि नकरात्मक अवस्था आइपर्दा आफ्ना कर्तव्यहरूलाई त्याग्छन् र प्रत्येक बाधापछि तिनीहरू खडा हुन असमर्थ हुन्छन्। यी सबै मानिसहरू सत्यतालाई प्रेम नगर्ने मूर्खहरू हुन्, र जीवनभरि विश्‍वास गरे पनि उनीहरूले सत्यता प्राप्त गर्दैनन्। त्यस्ता मूर्खहरूले कसरी आखिरीसम्म पछ्याउन सक्छन्? यदि तेरो जीवनमा एउटै कुरा दस पटक देखा पर्छ, तर त्यसबाट तैंले केही पनि प्राप्त गर्दैनस् भने, तँ मामुली, बेकम्मा व्यक्ति होस्। आत्मिक कुराहरू बुझ्ने बाठो र साँचो योग्यता भएका मानिसहरू सत्यताको खोजी गर्नेहरू हुन्; उनीहरूलाई दस पटक केही भयो भने, सायद तीमध्ये आठ वटा अवस्थामा, तिनीहरूले केही प्रेरणा प्राप्त गर्न, केही पाठ सिक्न, केही ज्ञान प्राप्त गर्न अनि केही उन्नति गर्न सक्नेछन्। आत्मिक कुराहरू नबुझ्ने कुनै मूर्ख व्यक्तिमाथि जब दस पटक केही परिआउँछ, त्यसले एकै पल्ट पनि उनीहरूको जीवनमा फाइदा गर्दैन, एकै पल्ट पनि त्यसले तिनीहरूलाई परिवर्तन गर्दैन, र त्यसले एकै पटक पनि उनीहरूलाई आफ्नो प्रकृति बुझ्ने बनाउँदैन, र त्यो उनीहरूका लागि अन्त्य हुन्छ। प्रत्येक चोटि जब उनीहरूलाई केही हुन्छ, तिनीहरू ढल्छन्, र प्रत्येक चोटि तिनीहरू ढल्दा उनीहरूलाई सहायता गर्न र उत्साह दिनका लागि तिनीहरूलाई अरू कसैको खाँचो हुन्छ; सहायता र उत्साह नगरी उनीहरू उठ्न सक्दैनन्। प्रत्येक चोटि केही हुँदा, यदि उनीहरू पतन हुने खतरामा हुन्छन् भने, र यदि प्रत्येक पटक उनीहरू अपमानित हुने खतरामा पर्दछन् भने, के यो उनीहरूका लागि अन्त्य होइन र? के यस्ता बेकम्मा मानिसहरू मुक्ति दिने अरू कुनै आधारहरू छन्? परमेश्‍वरले मानवजातिलाई दिनुभएको मुक्ति, सत्यतालाई प्रेम गर्नेहरूको मुक्ति हो, तिनीहरूको इच्छा र संकल्प सहितको भागको मुक्ति हो, र तिनीहरूको हृदयको त्यो भागको मुक्ति हो जसले सत्यता र धार्मिकताको निम्ति तिर्सना गर्छ। व्यक्तिको संकल्प भनेको तिनीहरूको हृदयमा भएको त्यस्तो भाग हो जसले धार्मिकता, भलाइ र सत्यताको ज्यादै तिर्सना गर्छ, र जसमा विवेक हुन्छ। परमेश्‍वरले मानिसहरूको यस भागलाई मुक्ति दिनुहुन्छ, र यसमार्फत, उहाँले उनीहरूको भ्रष्ट स्वभावलाई परिवर्तन गर्नुहुन्छ, यसैले कि उनीहरूले सत्यतालाई बुझ्न र प्राप्त गर्न सकून्, यसैले कि उनीहरूको भ्रष्टता पखालिओस् र उनीहरूको जीवन स्वभाव रूपान्तरण होस्। यदि तँभित्र यी कुराहरू छैनन् भने, तैँले मुक्ति पाउन सक्दैनस्। यदि तँभित्र सत्यताप्रति कुनै प्रेम वा धार्मिकता र ज्योतिप्रतिको कुनै आकांक्षा छैन भने; यदि तैँले दुष्टताको सामना गर्नुपर्दछ, तँमा खराब कुराहरूलाई त्याग्ने इच्छा पनि हुँदैन, र कठिनाइ सहने दृढ संकल्प पनि हुँदैन भने; यसबाहेक, यदि तेरो विवेक अचेत छ भने; यदि सत्यतालाई ग्रहण गर्ने तेरो क्षमता पनि अचेत छ, र तँ सत्यता र उत्पन्न हुने घटनाहरूप्रति असचेत छस्; र यदि तँ सबै कुरामा अनजान छस्, र तैँले आफ्नै प्रयासमा परिस्थितिहरूको सामना वा समाधान गर्न सक्दैनस् भने, तैँले मुक्ति पाउने कुनै उपाय छैन। त्यस्ता व्यक्तिसँग सिफारिस गर्ने केही पनि हुँदैन, काम गर्न लायकको केही पनि हुँदैन। उनीहरूको अन्तस्करण मन्द हुन्छ, उनीहरूको दिमाग धमिलिएको हुन्छ, र उनीहरूले सत्यतालाई प्रेम गर्दैनन्, न त उनीहरूले आफ्‍नो हृदयको गहिराइमा धार्मिकताको तृष्णा गर्दछन्, र परमेश्‍वरले जतिसुकै स्पष्ट वा पारदर्शी रूपमा सत्यता बोल्नुभए पनि, उनीहरूले प्रतिक्रिया दिँदैनन्, मानौं उनीहरू पहिले नै मरिसकेका छन्। के उनीहरूका लागि काम-कुराहरू सकिएका हुँदैनन् र? थोरै सास बाँकी रहेको व्यक्तिलाई कृत्रिम स्वास-प्रस्वासद्वारा बचाउन सकिन्छ, तर यदि उनीहरू मरिसकेका छन् र उनीहरूका प्राण निस्केर गइसकेका छन् भने कृत्रिम स्वास-प्रस्वासले केही काम गर्दैन। यदि तैंले कुनै समस्याको सामना गर्दा, तँ त्यसबाट पछि हट्छस् र त्यसबाट बच्ने कोसिस गर्छस् भने, त्यसको अर्थ तैंले साक्षी धारण गरेको छैनस् भन्ने हुन्छ; त्यसरी तैँले कहिल्यै पनि मुक्ति पाउन सक्दैनस्, र तँ पूर्ण रूपमा हटाइनेछस्। जब तँमाथि समस्या आइपर्छ, तेरो दिमाग ठन्डा र सही दृष्टिकोण हुनुपर्छ, र तैंले एउटा निर्णय गर्नैपर्छ। तिमीहरूले समस्या समाधान गर्नको लागि सत्यताको प्रयोग गर्न सिक्नुपर्छ। सामान्य समयमा, केही सत्य बुझेर के नै पो हुन्छ र? यो तेरो पेट भर्नका निम्ति होइन, र यो तँलाई भन्न पर्ने केही कुराहरू दिनका निम्ति मात्र होइन, न त यो अरूका समस्याहरू समाधान गर्नका निम्ति नै हो। अझ महत्त्वपूर्ण कुरा, यसको प्रयोग भनेको तेरा आफ्नै समस्याहरू, तेरा आफ्नै कठिनाइहरू समाधान गर्नका निम्ति हो—तैंले आफ्नै कठिनाइहरूलाई समाधान गरेपछि मात्र तैँले अरूका कठिनाइहरूलाई समाधान गर्न सक्छस्। पत्रुस एउटा फल हुन् भनी किन भनिन्छ? किनकि तिनमा केही मूल्यवान्, सिद्ध पारिन लायकका थोकहरू छन्; तिनी सत्यताको खोजी गर्न कटिबद्ध र इच्छुक थिए; तिनीसँग तर्कशक्ति थियो, तिनी कठिनाइ भोग्न इच्छुक थिए, र तिनले आफ्नो हृदयले सत्यतालाई प्रेम गर्थे, र तिनले हुनआएका कुनै पनि कुरालाई त्यसै जान दिँदैनथिए। यी सबै बलिया पक्षहरू हुन्। यदि तँसित यी कुनै पनि बलिया पक्षहरू छैनन् भने, त्यसको अर्थ समस्या हो। तँ अनुभव गर्न असमर्थ छस् र तँमा एउटै पनि अनुभव छैन, र तैँले अरूका कठिनाइहरू समाधान गर्न सक्दैनस्। किनकि कसरी प्रवेश गर्ने भन्‍ने तँलाई थाहा छैन। तँमाथि केही कुराहरू भइपरिआउँदा तँ अलमल्ल पर्छस्; तँ व्याकुल हुन्छस्, रुन्छस्, नकारात्मक बन्छस्, भाग्छस्, र तैंले जे गरे पनि ती ठीकसँग सम्हाल्न सक्दैनस्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्