परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५७०

6 जुलाई 2021

सत्यताको बारेमा स्पष्ट सङ्गति गर्नुको उद्देश्य मानिसहरूलाई सत्यको अभ्यास गर्न र उनीहरूको स्वभाव बदल्न लगाउनु हो; उनीहरूलाई यसबारे बुझाउनु मात्र होइन। यदि तँ सत्यतालाई बुझ्छस् तर त्यो अभ्यास गर्दैनस् भने, त्यसको बारेमा सङ्गति गर्नु र त्यसको बारेमा रहेको तेरो बुझाइको कुनै अर्थ हुँदैन। यदि तँ सत्यतालाई बुझ्छस्, तर त्यसलाई अभ्यास गर्दैनस् भने, तैँले त्यो प्राप्त गर्ने मौका, साथै मुक्ति पाउने कुनै पनि मौका समेत गुमाउनेछस्। यदि तैंले आफूले बुझेको सत्यतालाई अभ्यास गर्छस् भने, तैँले अझ धेरै, गहिरा सत्यताहरू प्राप्त गर्नेछस्; तैंले परमेश्‍वरको मुक्ति, साथसाथै पवित्र आत्माको अन्तर्दृष्टि, प्रकाश, र मार्गदर्शन प्राप्त गर्नेछस्। धेरै जनाले पवित्र आत्माले उनीहरूलाई कहिल्यै ज्ञान दिनुहुन्न भनेर गुनासो मात्रै गर्छन्, तर उनीहरूले सत्यतालाई अभ्यास गरेका छैनन् भन्‍ने कुरालाई कहिल्यै पनि महसुस गर्दैनन्। त्यसकारण, उनीहरूको स्थितिले कहिल्यै सामान्यता प्राप्त गर्नेछैन, न त उनीहरूले कहिल्यै परमेश्‍वरको इच्छा नै बुझ्नेछन्।

केही मानिसहरूले के भन्छन् भने सत्यताको अभ्यास गरेर यसले उनीहरूका समस्याहरू समाधान हुँदैनन्। अरूले चाहिँ सत्यताले व्यक्तिको भ्रष्ट स्वभावलाई पूर्ण रूपमा समाधान गर्न सक्दैन भनी विश्‍वास गर्छन्। वास्तविकता के हो भने मानिसहरूका सबै समस्याहरूलाई समाधान गर्न सकिन्छ; मुख्य कुरा भनेको उनीहरूले सत्यअनुसार कार्य गर्न सक्छन् कि सक्दैनन् भन्ने नै हो। वर्तमानमा तिमीहरूमा व्याप्त महामारी भनेका क्यान्सर वा निको नहुने रोगहरू होइनन्। यदि तिमीहरूले सत्यताको अभ्यास गर्न सक्छौ भने, ती सबै दोषहरूलाई परिवर्तन गर्न सकिन्छ, तर यो कुरा तिमीहरूले सत्यअनुसार काम गर्न सक्छौ कि सक्दैनौ भन्ने कुरामा निर्भर हुन्छ। यदि तँ सत्यको पछि लाग्‍ने मार्गमा हिंड्दैछस् भने, तँ सफल हुने दिशातिर बढ्दैछस्; तैपनि, यदि तँ गलत मार्गमा छस् भने तँ नाश हुन्छस्। उदाहरणको लागि, कतिपय मानिसहरूले परमेश्‍वरको भवनलाई फाइदा हुने गरी कसरी काम गर्न सक्छन् वा उनीहरूको काम गर्ने तरिका परमेश्‍वरको इच्छासँग मेल खान्छ कि खाँदैन भन्‍ने सोचविचार नगरी आफ्नो काम गर्छन्; फलस्वरूप, उनीहरूले यस्ता धेरै कुरा गर्छन् जसलाई उहाँले घृणा गर्नुहुन्छ। यदि उनीहरूले गर्ने सबै काममा तिनीहरूले सत्यताअनुरूप काम गर्ने हो भने, के उनीहरू परमेश्‍वरको हृदय अनुसारका मानिसहरू हुँदैनन् र? कतिपय मानिसहरूले सत्यतालाई जान्दछन् तर सत्यता यो एउटा कुरा मात्र हो त्योभन्दा बढी अरू केही होइन भनी विश्‍वास गर्दै त्यसलाई अभ्यास गर्दैनन्। उनीहरू यसले उनीहरूका आफ्नै इच्छालाई शुद्ध पार्न सक्दैन र उनीहरूका भ्रष्टताको समाधान गर्न सक्दैन भन्‍ने विश्‍वास गर्दछ। के यस प्रकारको व्यक्ति हाँसउठ्दो होइन र? के त्यस्ता व्यक्तिहरू मूर्ख होइनन् र? के उनीहरूले आफूलाई बुद्धिमान् ठान्दैनन् र? यदि मानिसहरूले सत्यताअनुसार काम गरे भने, उनीहरूको भ्रष्ट स्वभाव परिवर्तन हुनेछ; तापनि, यदि उनीहरू परमेश्‍वरमाथिको आफ्नो विश्‍वास र सेवा आफ्नो प्राकृतिक व्यक्तित्वहरूमा आधारित गर्छन् भने, उनीहरूमध्ये कोही पनि आफ्नो स्वभाव परिवर्तन गर्न सफल हुँदैनन्। कतिपय मानिसहरू दिनभरि आफ्नै चासोका विषयमा व्यस्त हुन्छन्, अनि सजिलै पाउन सकिने सत्यताको खोजी वा अभ्यास गर्न असफल हुन्छन्। अभ्यास गर्ने यो तरिका अत्यन्तै हास्यास्पद छ; त्यस्ता मानिसहरू अन्तर्निहित रूपमा नै पीडितहरू हुन्, किनकि उनीहरूसँग आशिष् त हुन्छ तर तिनीहरूले ती उपभोग गर्दैनन्! अगाडि बढ्ने बाटो छ; यसका निम्ति तैंले अभ्यास मात्र गर्नुपर्छ। यदि तैँले सत्यको अभ्यास गर्ने दृढ संकल्‍प गरेको छस् भने, तेरा कमजोरीहरू र घातक त्रुटिहरू बदलिन सक्छन्। तापनि, तँ सधैँ होसियार र बुद्धिमान् हुनुपर्छ र तैँले धेरै कठिनाइ भोग्नुपर्दछ। विश्‍वास प्राप्त गर्नका निम्ति बुद्धि चाहिन्छ। यदि तैँले लापरवाही व्यवहार अपनाउँछस् भने, के तैँले परमेश्‍वरमा ठीक तरिकाले विश्‍वास गर्न सक्छस्?

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्