परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५६९

6 जुलाई 2021

मानिसहरूसँग आफ्नै प्रकृतिको बारेमा अति नै सतही बुझाइ हुन्छ, र यो अनि परमेश्‍वरको न्याय र प्रकाशका वचनहरूका बीचमा ठूलो भिन्नता हुन्छ। यो परमेश्‍वरले प्रकट गर्नुहुने कुरामा हुने गल्ती होइन, बरु आफ्नै प्रकृतिको बारेमा मानिसमा रहेको बुझाइको कमी हो। मानिसहरूमा आफ्नै बारेमा आधारभूत वा आवश्यक बुझाइ छैन; यसको सट्टामा, तिनीहरूले आफ्ना कार्यहरू र बाहिरी अभिव्यक्तिहरूमा ध्यान केन्द्रित गर्छन् र आफ्नो सामर्थ्य खर्चन्छन्। यदि कहिलेकहीँ कसैले आफैलाई बुझेको विषयमा केही भन्छ भने पनि त्यो त्यत्ति धेरै गहन हुँदैन। तिनीहरूले यस प्रकारको कार्य गरेकोले वा कुनै कुरा प्रकट गरेको हुनाले, तिनीहरू यस प्रकारको व्यक्ति भएका हुन् वा तिनीहरूमा यस प्रकारको प्रकृति छ भनी कहिल्यै कसैले सोचेको छैन। परमेश्‍वरले मानवजातिको प्रकृति र सार प्रकट गर्नुभएको छ, तर मानिसले तिनीहरूका काम गर्ने र बोल्ने तरिका त्रुटिपूर्ण र दोषपूर्ण छ भनी बुझ्छ; त्यसकारण, मानिसहरूका निम्ति सत्यको अभ्यास गर्नु सबैभन्दा कठिन काम हुन्छ। मानिसहरूले तिनीहरूका गल्तीहरू तिनीहरूको प्रकृतिको प्रकटीकरण नभएर लापरवाहीसाथ प्रकट हुने क्षणिक अभिव्यक्तिहरू मात्रै हुन् भनी सोच्छन्। यसरी विचार गर्ने मानिसहरूले सत्यको अभ्यास गर्न सक्दैनन्, किनकि तिनीहरूले सत्यलाई सत्यकै रूपमा स्वीकार गर्न सक्दैनन् र सत्यको तृष्णा गर्दैनन्; त्यसकारण, सत्यको अभ्यास गर्दा तिनीहरूले लापरवाहीको साथ मात्रै नियमहरू पालन गर्छन्। मानिसहरू तिनीहरूका आफ्नै प्रकृतिलाई अत्यन्त भ्रष्ट भएको ठान्दैनन्, र तिनीहरू नाश पार्नु वा दण्ड दिनु पर्ने सम्मको खराब छैनन् भनी विश्‍वास गर्छन्। तिनीहरूले कहिलेकहीँ झूटो बोल्नु कुनै ठूलो कुरा होइन भनी सोच्छन्, र आफूलाई पहिलेको भन्दा धेरै असल ठान्छन्; तापनि, वास्तवमा, तिनीहरू मापदण्डको छेउसम्म पनि पुगेका हुँदैनन्, किनकि मानिसहरूले साँच्चै सत्यताको अभ्यास नगरेको बेला सत्यलाई बाहिरी रूपमा उल्लङ्घन नगर्ने केही कार्यहरू मात्र तिनीहरूसँग हुन्छ।

व्यक्तिको व्यवहार वा आचरणमा हुने परिवर्तनले तिनीहरूको प्रकृतिमा भएको परिवर्तनलाई जनाउँदैन। यसको कारणको के हो भने, व्यक्तिको आचरणले उनीहरूको मौलिक रूपरङ्गलाई परिवर्तन गर्न सक्दैन, न त यसले तिनीहरूको प्रकृतिलाई बदल्न सक्दछ। व्यक्तिले आफ्नो प्रकृतिलाई जानेपछि मात्र उनीहरूको अभ्यास गहन हुन र त्यो कुरा बन्‍न सक्छ, जुन नियमहरूको पालना मात्र हुँदैन। मानिसले वर्तमानमा गर्ने सत्यताको अभ्यास अहिले पनि मापदण्डअनुसारको छैन, र चाहिए जति सबै सत्यता हासिल गर्न सक्दैन। मानिसहरूले सत्यताको केही भाग मात्र अभ्यास गर्छन्, र उनीहरूले उनीहरू केही अवस्था र परिस्थितिहरूमा हुँदा मात्रै त्यसो गर्छन्; उनीहरूले सबै अवस्था र सबै परिस्थितिहरूमा सत्यताको अभ्यास गर्न सक्दैनन्। जब कुनै अवसरमा व्यक्ति खुसी हुन्छ र उनीहरूको स्थिति राम्रो हुन्छ, वा जब उनीहरूले समूहमा सङ्गति गरिरहेका हुन्छन्, र सधैँभन्दा बढी स्वतन्त्र महसुस गर्छन्, त्यसबेला उनीहरूले अस्थायी रूपमा सत्यतासँग मेल खाने केही कुराहरू गर्न सक्छन्; तापनि जब उनीहरू नकारात्मक र सत्यताको पछि नलाग्ने मानिसहरूको साथमा हुन्छन्, उनीहरूको अभ्यास खराब हुन्छ, र उनीहरूको कार्य केही हदसम्म अनुचित हुन्छ। यसको कारण के हो भने मानिसहरूले दृढताको आचरणविना नै सत्यताको अभ्यास गर्दछन्, बरु तिनीहरू भावना वा परिस्थितिको क्षणिक प्रभावहरूद्वारा निर्देशित भएर यसको अभ्यास गर्छन्। यसको कारण यो पनि हो कि तैंले आफ्नो अवस्थालाई बुझेको छैनस्, र तैंले आफ्नो प्रकृतिलाई पनि बुझेको छैनस्, त्यसैले कहिलेकहीँ तैँले कल्‍पना नै गर्न नसकेका कुराहरू गर्न सक्छस्। तैंले आफ्नो केही स्थितिलाई मात्र जान्दछस्, तर तैंले आफ्नो प्रकृतिलाई नबुझेको हुनाले, तैँले भविष्यमा जे गर्न सक्छस् तैँले त्यसलाई नियन्त्रण गर्न सक्दैनस्—अर्थात्, तँ पूर्ण दृढतासाथ खडा हुनेछस् भन्ने कुनै निश्‍चयता छैन। कहिलेकहीँ यस्तो समय हुन्छ जब तँ एउटा स्थितिमा हुन्छस् र तैँले सत्यताको अभ्यास गर्न सक्छस्, र तैंले केही परिवर्तन देखाउन सक्छस् भन्‍ने देखिन्छ, तैपनि, फरक वातावरणमा, तैँले त्यसलाई अभ्यास गर्न सक्दैनस्। यो तेरो नियन्त्रणदेखि बाहिर हुन्छ। कहिलेकहीँ तैँले सत्यताको अभ्यास गर्न सक्छस्, र कहिलेकहीँ सक्दैनस्। एक पल तँ बुझ्छस्, र अर्को क्षण तँ भ्रमित हुन्छस्। वर्तमानमा, तैंले केही नराम्रो गरिरहेको छैनस्, तर सायद तैँले केही समयपछि यसो गर्नेछस्। यसले के प्रमाणित गर्दछ भने, तँभित्र अझै पनि भ्रष्ट थोकहरू छन्, र यदि तैँले साँचो आत्म-ज्ञान प्राप्त गर्न सक्दैनस् भने, तिनलाई समाधान गर्न सजिलो हुनेछैन। यदि तैंले आफ्नै भ्रष्ट स्वभावको पूर्ण ज्ञान प्राप्त गर्न सक्दैनस् भने, र आखिरमा परमेश्‍वरको विरोध हुने कुराहरू गर्न सक्षम हुन्छस् भने, तँ खतरामा छस्। यदि तैंले आफ्नो प्रकृतिलाई छेदन गर्ने र त्यसलाई घृणा गर्ने अन्तर्दृष्टि प्राप्त गर्न सक्छस् भने, तैँले आफैलाई नियन्त्रण गर्न, आफैलाई त्याग्न, र सत्यतालाई अभ्यास गर्न सक्नेछस्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्