परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५६४

6 जुलाई 2021

आत्म-चिन्तन गर्नु र आफैलाई चिन्‍नुको कुञ्जी यही हो: तैँले कुनै निश्‍चित क्षेत्रमा जति धेरै राम्रो गरेको वा सही कुरा गरेको छस् भन्‍ने महसुस गर्छस्, र तैँले जति धेरै परमेश्‍वरको इच्छा पूरा गर्न सक्छस् वा निश्‍चित क्षेत्रमा घमण्ड गर्न सक्छस् भनी सोच्छस्, तब तैँले आफैलाई चिन्नु त्यति नै धेरै उचित हुन्छ र तँमा कुनै अशुद्धताहरू छन् कि भनेर, साथै तँभित्र भएका कुन-कुन कुराहरूले परमेश्‍वरको इच्छा पूरा गर्न सक्दैन सो जान्नका लागि ती क्षेत्रहरूलाई गहन रूपमा बुझ्‍नु तेरो लागि धेरै उचित हुन्छ। उदाहरणको रूपमा हामी पावललाई लिऔं। पावल विशेष रूपले जाने-बुझेका व्यक्ति थिए र तिनले आफ्नो प्रचार कार्यमा धेरै दुःख भोगे। तिनलाई धेरैले विशेष रूपमा प्रेम र सम्मान गर्थे। फलस्वरूप, धेरै काम पूरा गरेपछि, तिनका निम्ति एउटा मुकुट राखिएको हुनेछ भन्‍ने तिनलाई लाग्यो। यसले तिनलाई गलत बाटोतर्फ झन्-झन् टाढा पुऱ्यायो र अन्त्यमा तिनले परमेश्‍वरद्वारा दण्ड पाए। यदि, त्यस समयमा तिनले आफ्नै बारेमा चिन्तन र आफैलाई विश्लेषण गरेका भए, तिनले त्यस्तो सोच्ने थिएनन्। अर्को शब्दमा भन्दा, पावलले प्रभु येशूका वचनहरूमा सत्यको खोजी गर्न ध्यान दिएका थिएनन्; तिनले केवल आफ्नै विचारहरू र कल्पनाहरूमा विश्‍वास गरेका थिए। तिनले जबसम्म केही असल कुराहरू गर्छन् र असल व्यवहार देखाउँछन् तबसम्‍म परमेश्‍वरले तिनलाई स्याबासी दिनुहुनेछ र तिनलाई इनाम दिनुहुनेछ भनी तिनले सोचेका थिए। अन्त्यमा, तिनको आफ्नै धारणा र कल्पनाले तिनको आत्मालाई दृष्टिविहीन बनाएको थियो र तिनको वास्तविक अनुहार ढाकेको थियो। तापनि, मानिसहरूले यो कुरा जान्दैनथिए, र परमेश्‍वरले यो कुरा प्रकाशमा नल्याउनुभएकोले, तिनीहरूले पावललाई निरन्तर पुग्‍नु पर्ने एउटा मापदण्डको रूपमा, जिउने उदाहरणको रूपमा लिए, र तिनलाई यस्तो व्यक्ति ठाने जुन व्यक्ति जस्तो बन्‍ने इच्छा तिनीहरूले गर्थे र तिनीहरूले पछ्याउनुपर्ने व्यक्ति, र तिनीहरूले अनुकरण गर्न सक्‍ने व्यक्तिको रूपमा ठाने। पावलको यो कथाले परमेश्‍वरमा विश्‍वास गर्ने सबैका लागि एउटा चेताउनीको रूपमा काम गर्दछ, जुन के हो भने जब हामी आफूले विशेष रूपले राम्रो काम गरेको महसुस गर्दछौं वा हामी कुनै विषयमा विशेष रूपमा वरदानप्राप्त छौं भनी विश्‍वास गर्छौं, वा हामी परिवर्तन हुनु आवश्यक छैन वा कुनै विषयमा सुध्रिनु आवश्यक छैन भनी सोच्छौं तब हामीले त्यसै विषयमा चिन्तन गर्ने र आफैलाई राम्ररी जान्ने कोसिस गर्नुपर्छ; यो महत्त्वपूर्ण छ। किनकि तैँले आफ्‍ना जुन पक्षहरू असल छ भनी विश्‍वास गरेको हुन्छस् तिनमा वास्तवमा परमेश्‍वरलाई विरोध गर्ने कुनै कुरा छ कि छैन भनेर तैँले अवश्य नै खोजतलास गरेको, ध्यान दिएको, वा चिरफार गरेको छैनस्। उदाहरणको लागि, आफैलाई अत्यन्तै दयालु हृदय भएको ठान्‍ने कतिपय मानिसहरू पनि छन्। उनीहरूले कहिल्यै पनि अरूलाई घृणा गर्दैनन् र हानि गर्दैनन्, र उनीहरूले सधैँ ती भाइ वा बहिनीलाई सहयोगको हात बढाउँछन्, जसको परिवार खाँचोमा परेको हुन्छ, नत्र तिनीहरूको समस्या सुल्झिँदैन; उनीहरूमा ठूलो दया-भाव हुन्छ, र सबैलाई सहायता गर्न उनीहरूको शक्तिले भ्याइञ्जेल सबै कुरा गर्छन्। त्यस्तो सहायताको परिणाम के हुन्छ? उनीहरूले आफ्नो जीवनलाई थाती राख्छन्, तैपनि आफैसँग अत्यन्तै खुसी भएका हुन्छन्, र उनीहरूले गर्ने सबै कुरामा अत्यन्त सन्तुष्ट हुन्छन्। यसबाहेक, उनीहरूले गरेका सबै कुरा परमेश्‍वरको इच्छा पूरा गर्न पर्याप्त छन्, र उनीहरू परमेश्‍वरका साँचो विश्‍वासीहरू हुन् भनी विश्‍वास गर्दै यसमा ठूलो गर्व गर्छन्। उनीहरूले आफ्नो प्राकृतिक दयालाई कुनै फाइदा गर्ने पूँजीको रूपमा हेर्छन्, र, उनीहरूले यसलाई त्यस्तो मान्‍ने बित्तिकै, तिनीहरूले यसलाई अनिवार्य सत्यताको रूपमा हेर्छन्। वास्तवमा, उनीहरूले जे गर्छन्, ती सबै मानव भलाइ मात्र हो। तिनीहरूले अलिकति पनि सत्यताको खोजी गरेका हुँदैनन्, र तिनीहरूका सबै कामहरू व्यर्थका हुन्छन्, किनकि उनीहरूले ती मानिसका सामु गर्छन्, परमेश्‍वरको सामु होइन, र उनीहरूले परमेश्‍वरका मार्गहरू र सत्यता अनुरूप अभ्यास गर्ने कुरा त परै जाओस्। उनीहरूले गर्ने कुनै पनि कुरा सत्यताको अभ्यास हुँदैन, र कुनै पनि कुरा परमेश्‍वरका वचनहरूको अभ्यास हुँदैन, उनीहरू उहाँको इच्छाको पछि लाग्‍ने कुरा त परै जाओस्; बरु, उनीहरूले अरूलाई सहायता गर्न मानवीय दया र असल व्यवहारको प्रयोग गर्छन्। सारांशमा, उनीहरूले जे गर्छन् त्यसमा परमेश्‍वरको इच्छा खोज्दैनन्, न त उनीहरूले उहाँको मागअनुसार नै काम गर्छन्। त्यसकारण, परमेश्‍वरको स्थानबाट, मानिसका असल व्यवहारलाई निन्दा गरिन्छ, र त्यो उहाँको सम्झनाको योग्य हुँदैन।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना बहकिएका दृष्टिकोणहरू पहिचान गरेर मात्र साँचो रूपमा रूपान्तरित हुन सकिन्छ

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्