परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५६३

25 अप्रिल 2021

जब मानिसको प्रकृतिको बारेमा जान्ने कुरा आउँछ, तब सबैभन्दा महत्वपूर्ण कुरा भनेको यसलाई संसारलाई हेर्ने मानिसको दृष्टिकोण, जीवन सम्‍बन्धी दृष्टिकोण र मूल्य-मान्यताहरूको दृष्टिकोणबाट हेर्नु हो। जो व्यक्तिहरू दियाबलसका हुन् तिनीहरू सबै आफ्नो लागि मात्र जिउँछन्। तिनीहरूको जीवन सम्‍बन्धी दृष्टिकोण र नीति-वाणीहरू शैतानका भनाइहरूबाट आउँछन्, जस्तै, “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ।” दियाबलस राजाहरू, महान व्यक्तिहरू र धर्तीका दार्शनिकहरूले बोलेका शब्दहरू मानिसको जीवन नै बनेका छन्। विशेष रूपमा, चिनियाँ मानिसहरूद्वारा “सन्त” भनेर कहलिएका कन्फ्युसियसका धेरैजसो शब्दहरू मानिसको जीवन भएको छ। बुद्धधर्म र ताओवादका प्रख्यात उखानहरू र प्रसिद्ध व्यक्तिहरूका बारम्बार उद्धृत गरिने चिरपरिचित भनाइहरू पनि छन्; ती सबै शैतानका दर्शनहरू र शैतानको प्रकृतिका रूपरेखाहरू हुन्। तिनीहरू शैतानको प्रकृतिका सर्वश्रेष्ठ चित्रणहरू र व्याख्याहरू पनि हुन्। मानिसको हृदयमा हालिएका यी विषहरू सबै शैतानबाट आएका हुन्; तिनीहरूको सानो अंश पनि परमेश्‍वरबाट आएको होइन्। यस्ता दियाबलसरूपी शब्दहरू परमेश्‍वरका वचनहरूको प्रत्यक्ष विपक्षमा हुन्छन्। यो पूर्ण रूपले स्पष्ट छ कि सबै सकारात्मक कुराहरूको वास्तविकताहरू परमेश्‍वरबाट आउँछन्, र मानिसलाई विषाक्त पार्ने सबै नकारात्मक कुराहरू शैतानबाट आउँछन्। त्यसकारण, तैँले व्यक्तिको प्रकृति अनि ऊ कसको अधीनमा छ भन्ने कुरा जीवन सम्‍बन्धी उसको दृष्टि अनि उसका मूल्य-मान्यताहरूबाट देख्न सक्छस्। शैतानले मानिसहरूलाई राष्ट्रिय सरकारहरू अनि प्रख्यात र महान् व्यक्तिहरूको शिक्षा र प्रभावमार्फत भ्रष्ट तुल्याउँछ। तिनीहरूका दुष्ट शब्दहरू मानिसको जीवन प्रकृति बनेका छन्। “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ” भन्‍ने भनाइ शैतानको चिरपरिचित भनाइ हो, जसलाई हरेक व्यक्तिमा हालिएको छ र यो मानिसको जीवन बनेको छ। जीवन जिउने दर्शनहरूका पनि अन्य शब्दहरू छन् जुन यही भनाइ जस्तै छन्। शैतानले हरेक देशको उत्कृष्ट परम्परागत संस्कृतिलाई प्रयोग गरेर मानिसहरूलाई शिक्षित तुल्याउँछ र मानिसहरूलाई विनाशको सीमा विहीन खाल्डोमा खसेर त्यसद्वारा पुरिने तुल्याउँछ, अनि अन्त्यमा तिनीहरूलाई परमेश्‍वरले नाश गर्नुहुनेछ किनकि तिनीहरूले शैतानको सेवा र परमेश्‍वरको प्रतिरोध गर्छन्। समाजमा दशकौंदेखि सक्रिय कुनै व्यक्तिलाई यो प्रश्न सोधेको कल्पना गरौं: “तपाईं यो संसारमा यति लामो समय जिउनुभएको छ र यति धेरै उपलब्धि हासिल गर्नुभएको छ, त्यसकारण तपाईं जुन उक्तिहरूद्वारा जिउनुहुन्छ ती प्रसिद्ध उक्तिहरू के-के हुन्?” उसले भन्न सक्छ, “एउटा सबैभन्दा महत्वपूर्ण चाहिँ ‘अधिकारीहरूले उपहार दिनेलाई हिर्काउँदैनन्, अनि चापलुसी नगर्नेले केही पनि उपलब्धि गर्दैन’ भन्‍ने हो।” के यी शब्दहरूले त्यो व्यक्तिको प्रकृतिको प्रतिनिधित्व गर्दैनन् र? पद प्राप्त गर्नलाई अनैतिक ढङ्गबाट जुनसुकै साधन प्रयोग गर्नु त्यो व्यक्तिको प्रकृति बनेको छ, र अधिकारी बन्ने कुराले नै उसलाई जीवन प्रदान गर्छ। मानिसहरूका जीवन, तिनीहरूका आचरण र व्यवहारमा अझै थुप्रै शैतानी विषहरू छन्; तिनीहरूमा सत्यता लगभग हुँदैन। उदाहरणको लागि, तिनीहरूको जीवन जिउने दर्शनहरू, तिनीहरूका काम गर्ने शैलीहरू, र तिनीहरूका नीति-वाणीहरू सबै ठूलो रातो अजिङ्गरका विषहरूद्वारा भरिएका छन्, र ती सबै शैतानबाट आउँछन्। यसरी, मानिसहरूको हाड र रगतमा बगिरहेका सबै कुराहरू शैतानबाट आएका कुराहरू हुन्। शक्ति हातमा भएका ती सबै अधिकारीहरू अनि तालिम र उपलब्धि हासिल गरेका व्यक्तिहरूको सफलताका आफ्नै बाटाहरू र गोप्य रहस्यहरू हुन्छन्। के ती गोप्य रहस्यहरूले तिनीहरूको प्रकृतिको प्रतिनिधित्व गर्दैनन् र? तिनीहरूले संसारमा त्यति ठूला कामहरू गरेका छन् तर कसैले पनि तिनका पछाडिका योजनाहरू र षडयन्त्रहरूलाई देखे-बुझेका हुँदैनन्। यसले तिनीहरूको प्रकृति कति घातक र विषालु छ भनेर देखाउँछ। मानवजातिलाई शैतानले गहन रूपमा भ्रष्ट पारेको छ। शैतानको विष हरेक व्यक्तिको रगतमा बग्छ र मानिसहरूको प्रकृति भ्रष्ट, दुष्ट, प्रतिक्रियावादी छ अनि शैतानका दर्शनहरूले भरिपूर्ण छ र ती दर्शनहरूमा डुबेको छ भन्‍ने देख्‍न सकिन्छ—यो यसको पूर्णतामा यस्तो प्रकृति हो जसले परमेश्‍वरलाई विश्‍वासघात गर्छ। यही कारणले गर्दा मानिसहरूले परमेश्‍वरको विरोध गर्छन् र परमेश्‍वरको विरुद्धमा उभिन्छन्। यसरी चिरफार गर्ने हो भने मानिसको सबै प्रकृतिलाई जान्‍न सकिन्छ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसको प्रकृति कसरी जान्ने

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्