परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५६०

25 अप्रिल 2021

मानिसको प्रकृति के कुराहरूले बनेको हुन्छ? तैँले मानिसको भ्रष्टता, अवज्ञा, कमजोरीहरू, दोषहरू, धारणाहरू र अभिप्रायहरूको बारेमा मात्र जान्दछस्, र तँ मानिसको प्रकृतिभित्रका कुराहरू पत्ता लगाउन असमर्थ छस्। तैँले बाहिरी तहको बारेमा मात्र जान्दछस् तर यसको उत्पत्ति कहाँ-कसरी भयो भन्ने बारेमा पत्ता लगाउन सक्दैनस्, अनि यस्तो ज्ञानलाई मानिसको प्रकृतिको ज्ञान भनेर भन्न सकिँदैन। कतिपयले यी सतही कुराहरूलाई समेत मानिसको प्रकृतिको रूपमा सोच्छन् र भन्छन्, “हेर, म मानिसको प्रकृतिलाई बुझ्छु; म मेरो अहङ्कारलाई पहिचान गर्छु। के त्यो मानिसको प्रकृति होइन र?” अहङ्कार मानिसको प्रकृतिको एक हिस्सा हो, त्यति चाहिँ सत्य हो। तर, यसलाई धर्म सिद्धान्तको अर्थमा स्वीकार गर्नु काफी छैन। आफ्नो प्रकृतिको बारेमा जान्नु भनेको के हो? कसरी यसको बारेमा जान्न सकिन्छ? के-के पक्षहरूबाट यसको बारेमा जान्न सकिन्छ? यसको साथै, व्यक्तिले प्रकट गर्ने कुराहरूमार्फत उसको प्रकृतिलाई कसरी निश्‍चित रूपमा हेरिनुपर्छ? सर्वप्रथम, तैँले मानिसको प्रकृतिलाई उसका रुचिहरूमार्फत देख्न सक्छस्। उदाहरणको लागि, केही मानिसहरू विशेष गरी नाच्न मन पराउँछन्, केहीले चाहिँ विशेष रूपमा गायक वा चलचित्रका कलाकारहरू मन पराउँछन्, अनि केहीले चाहिँ निश्चित सुप्रसिद्ध मानिसहरूलाई आदर्श बनाउँछन्। यी रुचिहरूबाट हामीले यी मानिसहरूको प्रकृति के-कस्तो छ भनेर देख्न सक्छौं। उदाहरणको लागि, केहीले कुनै निश्चित गायकलाई आदर्श बनाउन सक्छन्, तिनीहरू उक्त गायकको हर चाल, हर मुस्कान र हर शब्‍दप्रति आशक्त हुने हदसम्म पुग्न सक्छन्। तिनीहरू उक्त गायकप्रति मोहित हुन्छन्, गायकले लगाएका सबै कुराहरूको तस्विर खिच्छन् र यसको नक्कल गर्छन्। यो तहको आदर्शीकरणले यो व्यक्तिको प्रकृतिको बारेमा के देखाउँछ त? यसले यस्तो व्यक्तिको हृदयमा ती कुराहरू मात्रै छन्, तर परमेश्‍वर चाहिँ हुनुहुन्न भन्‍ने देखाउँछ। यो व्यक्तिले सोच्ने, मन पराउने, र खोजी गर्ने सबै कुराहरू शैतानका हुन्; ती कुराहरूले यो व्यक्तिको हृदय भरिएको हुन्छ, जुन हृदय तिनै कुराहरूमा सुम्पिएको छ। यहाँ समस्या के हो? यदि कुनै कुरालाई चरम हदसम्म प्रेम गरिन्छ भने त्यो कुरा व्यक्तिको जीवन बन्न सक्छ र त्यसले उसको हृदय ढाक्न सक्छ, र यसले त्यो व्यक्ति यस्तो मूर्तिपूजक व्यक्ति हो जो परमेश्‍वरलाई चाहँदैन, बरु उहाँको सट्टा दियाबलसलाई प्रेम गर्छ भन्ने कुरालाई पूर्ण रूपमा प्रमाणित गर्छ। त्यसकारण हामी यो निष्कर्षमा पुग्छौं कि त्यो व्यक्तिको प्रकृति भनेको दियाबलसलाई मन पराउने र त्यसको आराधना गर्ने, सत्यलाई मन नपराउने, र परमेश्‍वरलाई नचाहने हो। के कसैको प्रकृतिलाई हेर्ने सही तरिका यही होइन र? यो पूर्ण रूपमा सही छ। मानिसको प्रकृतिलाई चिरफार गर्ने तरिका यही हो। उदाहरणको लागि, केही मानिसहरूले विशेष गरी पावललाई आदर्श मान्छन्। तिनीहरू बाहिर गएर भाषण दिन र काम गर्न मन पराउँछन्, भेलाहरूमा उपस्थित हुन र प्रवचन दिन मन पराउँछन्, अनि मानिसहरूले तिनीहरूलाई सुनेको, तिनीहरूको आराधना गरेको, र तिनीहरूका वरिपरि घुमेको तिनीहरू मन पराउँछन्। तिनीहरू अन्य व्यक्तिहरूको मनमा आफ्नो हैसियत बनाउन चाहन्छन् र तिनीहरूले प्रस्तुत गरेको प्रतिरूपलाई अन्य व्यक्तिहरूले भाउ दिएमा तिनीहरू त्यसको सराहना गर्छन्। अब यी व्यवहारहरूबाट तिनीहरूको प्रकृतिलाई विश्‍लेषण गरौं: तिनीहरूको प्रकृति के हो? यदि तिनीहरूले साँच्चै नै यसरी नै व्यवहार गर्छन् भने, तिनीहरू अहङ्कारी र अभिमानी छन् भनी देखाउन यही कुरा काफी छ। तिनीहरूले परमेश्‍वरको आराधना गर्दै गर्दैनन्; तिनीहरूले अझ उच्च हैसियत खोज्छन् र अन्य व्यक्तिहरू उपर अधिकार जमाउन, तिनीहरूलाई वशमा पार्न र तिनीहरूको मनमा आफ्नो हैसियत राख्न चाहन्छन्। यो शैतानको चिरपरिचित प्रतिरूप हो। तिनीहरूको प्रकृतिको सहजै देख्न सकिने पक्षहरू भनेका अहङ्कार र अभिमान, परमेश्‍वरको आराधना गर्न अनिच्छुक हुनु, र अन्य व्यक्तिहरूले आफ्नो आराधना गरून् भन्ने चाहना गर्नु जस्ता कार्य हुन्। त्यस्ता व्यवहारहरूले तिनीहरूको प्रकृतिको बारेमा एकदमै स्पष्ट दृष्टिकोण प्रदान गर्न सक्छन्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसको प्रकृति कसरी जान्ने

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्