परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५५६

8 जुलाई 2021

सत्यताको पछि लागेर मात्र व्यक्तिले स्वभावमा परिवर्तन हासिल गर्न सक्छ: यो मानिसहरूले जान्नु पर्ने र पूर्ण रूपमा बुझ्नु पर्ने कुरा हो। यदि तँसँग सत्यताको पर्याप्त ज्ञान छैन भने, तँ सजिलै चिप्लन र गलत बाटोमा लाग्न सक्छस्। यदि तँ जीवनमा वृद्धि हुन चाहन्छस् भने, तैंले सबै कुरामा सत्यता खोज्नुपर्छ। तैंले जे गरिरहेको भए पनि, तैँले सत्यता अनुरूप हुनका लागि ठीकसँगले व्यवहार गर्ने कोसिस गर्नुपर्छ, र तँभित्र त्यसलाई उल्लङ्घन गर्ने कुन दागहरू छन् त्यो पत्ता लगाउनु पर्छ; तँसँग यी कुराहरूको स्पष्ट बुझाइ हुनुपर्दछ। तैंले जे गरिरहेको भए पनि त्यसको मूल्य छ कि छैन भनेर तैंले विचार गर्नुपर्दछ। तैंले ती कुराहरू गर्न सक्छन् जसको अर्थ हुन्छ, तर तैंले ती कामहरू गर्नुहुँदैन जुन कुराको कुनै अर्थ हुँदैन। तैँले गर्न सक्‍ने वा गर्न नसक्‍ने कुराहरूको विषयमा, यदि तैँले त्यसलाई त्याग्‍न सक्छस् भने, तैँले तिनलाई त्याग्‍नुपर्छ। अन्यथा, यदि तैँले केही समयसम्म ती कुराहरू गर्छस् र पछि तैंले ती छाडिदिनुपर्छ भन्‍ने थाहा पाइस् भने, चाँडो निर्णय गर, र तिनलाई तुरुन्तै छोडिदे। तैंले गर्ने सबै कुरामा तैँले यही सिद्धान्त पालना गर्नुपर्छ। कतिपय मानिसहरूले यो प्रश्‍न उठाउँछन्: सत्यताको खोजी गर्नु र त्यसको अभ्यास गर्नु किन नदीको उल्टो धारमा डुङ्गा ख्याउने, र यदि ख्याउन छोडियो भने त्यो पछिल्तिर बगेर जानेजस्तै धेरै गाह्रो छ? खराब र अर्थहीन कुरा गर्नु वास्तवमा किन नदीको सिधा धारमा डुङ्गालाई ख्याउनु जस्तो सजिलो हुन्छ? त्यस्तो किन हुन्छ? किनकि मानवजातिको प्रकृति नै परमेश्‍वरलाई धोका दिने हुन्छ। शैतानको प्रकृतिले मानिसभित्र प्रमुख भूमिका खेलेको छ, र यो एक प्रतिक्रियावादी शक्ति हो। निस्सन्देह, परमेश्‍वरलाई धोका दिने प्रकृति भएका मानिसहरूले उहाँलाई धोका दिने कार्यहरू गर्ने सम्‍भावना हुन्छ, र उनीहरूले सकारात्मक कार्यहरू गर्न स्वाभाविक रूपमा गाह्रो हुन्छ। यो पूर्ण रूपमा मानवजातिको स्वभाव सारद्वारा निर्धारित हुन्छ। तैंले साँच्चै सत्यतालाई बुझेपछि र त्यसलाई आफैभित्रबाट प्रेम गर्न थालेपछि, तँमा सत्यतासित मिल्दोजुल्दो काम गर्ने सामर्थ्य हुनेछ। तब यो सामान्य कुरा बन्छ, र कोसिस गर्न नपर्ने र रमाइलो पनि हुन्छ, र कुनै नकारात्मक कुरा गर्नचाहिँ तँलाई ठूलो कोसिस गर्नुपर्छ भन्‍ने महसुस हुन्छ। तेरो हृदयमा सत्यताले प्रमुख भूमिका खेल्‍ने हुनाले यस्तो हुन्छ। यदि तैंले मानव जीवन र कस्तो किसिमको व्यक्ति बन्नुपर्छ—छलकपट रहीत र सिधा, इमानदार, परमेश्‍वरको सेवा गर्ने र उहाँको साक्षी दिने व्यक्ति बन्‍नुपर्छ—त्यस सम्‍बन्धी सत्यतालाई साँच्‍चै बुझिस् भने, तैँले फेरि कहिल्यै पनि उहाँको प्रतिरोध गर्ने दुष्ट कार्यहरू गर्न सक्नेछैनस्, न त तैँले कहिल्यै झूटो अगुवा, झूटो कामदार वा ख्रीष्ट विरोधीको भूमिका नै खेल्न सक्‍नेछस्। शैतानले तँलाई धोका दियो भने पनि वा कसैले तेरो खराबी गऱ्यो भने पनि, तैंले त्यो गर्नेछैनस्; जोसुकैले तँलाई करकापमा पार्ने कोसिस गरे पनि, तैँले अझै पनि त्यस तरिकाले काम गर्नेछैनस्। यदि मानिसहरूले सत्यता प्राप्त गर्छन् र सत्यता उनीहरूको जीवन बन्छ भने, उनीहरू दुष्टलाई घृणा गर्न र नकारात्मक थोकहरूलाई भित्री रूपमा घृणा गर्न सक्छन्। उनीहरूले दुष्ट काम गर्नु कठिन हुनेछ, किनकि उनीहरूको जीवनको स्वभाव परिवर्तन भएको हुन्छ र उनीहरू परमेश्‍वरद्वारा सिद्ध पारिएका हुन्छन्।

यदि तँभित्र साँच्चै सत्यता छ भने, तैँले हिँड्ने मार्ग स्वाभाविक रूपमा सही हुनेछ। सत्यताविना, दुष्टता गर्न सजिलो हुन्छ, र तेरो स्वाभाविकको बाबजुत पनि तैँले त्यो काम गर्नेछस्। उदाहरणका लागि, यदि तँभित्र अहङ्कार र घमन्ड छ भने, तैँले परमेश्‍वरको प्रतिरोध गर्नबाट आफूलाई रोक्नु असम्भव हुनेछ; तैँले उहाँको प्रतिरोध गर्न आफू बाध्य बनेको महसुस गर्नेछस्। तैंले जानी-जानी त्यसो गर्दैनस्; तैँले आफ्नो अहङ्कारी र घमण्डी प्रकृतिको वशमा परेर त्यसो गर्छस्। तँलाई तेरो अहङ्कार र घमन्डले परमेश्‍वरलाई तुच्छ ठान्ने र उहाँलाई कुनै महत्त्व नभएको व्यक्तिको रूपमा हेर्ने बनाउँछ; ती कुराले तँलाई आफैलाई उचाल्ने, निरन्तर आफैलाई प्रदर्शनमा राख्‍ने, र अन्त्यमा, परमेश्‍वरको स्थानमा बस्ने र आफ्नै गवाही दिने बनाउँछ। आखिरमा तैँले आफ्नै उपायहरू, तेरा आफ्नै विचारहरू र तेरा आफ्नै धारणाहरूलाई आराधना गर्नुपर्ने सत्यतामा परिवर्तन गर्नपट्टि लाग्छस्। हेर् आफ्‍नो अहङ्कारी र घमन्डी प्रकृतिको वशमा पर्ने मानिसहरूले कति धेरै खराबी गरेका छन्! उनीहरूका कुकर्महरूको समाधान गर्न, उनीहरूले पहिले आफ्नो प्रकृतिको समस्या समाधान गर्नुपर्छ। स्वभावमा परिवर्तन नगरी यो समस्याको खास समाधान ल्याउन सम्भव हुँदैन। जब तँसित परमेश्‍वरको बारेमा केही बुझाइ हुन्छ, जब तैँले आफ्नै भ्रष्टतालाई देख्न सक्छस् र अहङ्कार र घमन्डको घिनलाग्दोपन र कुरूपतालाई बुझ्छस्, तब तैँले घृणित, बिरामी, र दुःखी महसुस गर्नेछस्। तैँले परमेश्‍वरलाई सन्तुष्ट पार्न केही कुराहरू होसियारी साथ गर्न सक्नेछस्, अनि यसो गर्दा, सहज महसुस गर्नेछस्। तैँले सचेत बनेर परमेश्‍वरका लागि साक्षी दिन सक्नेछस्, र यसो गरेर, आनन्दित महसुस गर्नेछस्। तैंले जानी-जानी आफ्नो साँचो रूप देखाउनेछस्, तेरो कुरूपता प्रकट गर्नेछस्, अनि यसो गरेर, तैंले आफूभित्र खुशी महसुस गर्नेछस् र तैँले तेरो मनको अवस्थामा सुधार भएको महसुस गर्नेछस्। त्यसकारण, तेरो स्वभावमा परिवर्तन ल्याउन खोज्ने पहिलो चरण भनेको परमेश्‍वरका वचनहरू बुझ्नु र सत्यमा प्रवेश गर्नु हो। सत्यतालाई बुझेर मात्र तैंले भेद-शक्ति प्राप्त गर्न सक्छस्; समझद्वारा मात्र तँ स्थितिहरूलाई पूर्ण रूपमा बुझ्न सक्छस्; स्थितिहरूलाई पूर्ण रूपमा बुझेपछि मात्र तैँले देहलाई त्याग्न सक्छस्, अनि एक-एक कदम गर्दै परमेश्‍वरमाथिको तेरो विश्‍वासमा सही मार्गमा आउन सक्छस्। सत्यताको पछि लाग्ने क्रममा मानिसहरूले कति दृढ संकल्‍प गरेका हुन्छन् त्यही कुरासँग यो जोडिएको हुन्छ। यदि कसैले साँच्चै दृढ संकल्‍प गरेको छ भने, छ महिना वा एक वर्षपछि उनीहरू सही मार्गमा हिँड्न थाल्‍नेछन्। तीन वा पाँच वर्षभित्र, उनीहरूले परिणामहरू देख्नेछन्, र उनीहरूले जीवनमा प्रगति गरिरहेका छन् भन्‍ने महसुस गर्नेछन्। यदि तँ परमेश्‍वरमा विश्‍वास गर्छस्, तर सत्यताको पछि लाग्दैनस् भने, तैँले दश वर्षसम्म कुनै परिवर्तनको अनुभव नगरी विश्‍वास गर्न सक्छस्। आखिरमा, तैंले परमेश्‍वरमा विश्‍वास गर्नु भनेको ठीक यही हो भनी सोच्नेछस्; तँ पहिले संसारमा जसरी जिइरहेको थिइस् यो झन्डै त्यस्तै रहेछ, अनि जीवित रहनु अर्थहीन कुरा रहेछ भनी सोच्नेछस्। यसले वास्तवमा सत्यताविना, जीवन रित्तो छ भन्‍ने देखाउँछ। तैँले धर्म-सिद्धान्तका केही शब्दहरू बोल्न सक्छस् होला, तर अझै पनि असुविधा र असहज महसुस गर्नेछस्। यदि मानिसहरूमा परमेश्‍वर सम्‍बन्धी केही ज्ञान छ भने, कसरी अर्थपूर्ण जीवन जिउनुपर्छ भन्‍ने जान्दछन्, र परमेश्‍वरलाई प्रसन्न पार्ने केही कुराहरू गर्न सक्छन् भने, उनीहरूले वास्तविक जीवन यही हो, र यस तरिकाले जिउँदा मात्रै उनीहरूको जीवनको अर्थ हुन्छ, र परमेश्‍वरलाई थोरै सन्तुष्ट दिन र तृप्ति दिनका लागि यस्तै प्रकारले जिउनुपर्छ भन्‍ने महसुस गर्नेछन्। यदि उनीहरूले जानी-जानी परमेश्‍वरलाई सन्तुष्ट पार्न, सत्यतालाई अभ्यास गर्न, आफैलाई त्याग्न, आफ्ना विचारहरूलाई त्याग्न र परमेश्‍वरको इच्छाप्रति आज्ञाकारी र विचारशील हुन सक्छन् भने—यदि उनीहरूले यी सबै कुरा होसियार भएर गर्न सक्छन् भने—सत्यतालाई सही रूपमा अभ्यास गर्नु, र सत्यतालाई साँचो रूपले अभ्यास गर्नु भनेको यही नै हो, र यो आफ्ना कल्पनाहरूमा भर पर्ने र आफ्‍ना धर्म-सिद्धान्त र नियमहरू पालन गर्ने तिनीहरूको पहिलेको अवस्थाभन्दा फरक हुन्छ। वास्तवमा, उनीहरूले सत्यतालाई नबुझ्दा, कुनै पनि कार्य गर्नु थकाइलाग्दो हुन्छ, धर्म-सिद्धान्त र नियमहरू पालन गर्नु थकाइलाग्दो हुन्छ, र कुनै लक्ष्य नहुँदा र अन्धाधुन्ध रूपमा काम गर्दा थकाइलाग्दो हुन्छ। सत्यताद्वारा मात्र उनीहरू स्वतन्त्र हुन सक्छन्—यो झूटो कुरा होइन—र यसद्वारा, उनीहरूले सजिलै र खुसीसाथ कार्यहरू गर्न सक्छन्। यस किसिमको अवस्था भएका मानिसहरू तिनै हुन् जोसँग सत्यता हुन्छ; उनीहरू तिनै हुन् जसको स्वभाव रूपान्तरण भएको हुन्छ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यको पछि लागेर मात्रै स्वभावमा परिवर्तन हासिल गर्न सकिन्छ

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्