परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४२४

10 फेब्रुअरी 2022

वर्तमान चरणमा, पहिले सत्यता जान्नु, अनि त्यसपछि त्यसलाई अभ्यास गर्नु र सत्यताको साँचो अर्थले आफैलाई अझ धेरै सुसज्जित गर्नु अत्यन्तै महत्वपूर्ण छ। तिमीहरूले यसलाई हासिल गर्न खोज्नुपर्छ। केवल अरूलाई तेरा वचनहरू अनुसरण गराउन खोज्नुभन्दा तैँले तिनीहरूलाई तेरो अभ्यास अनुसरण गराउन लगाउनुपर्छ। केवल यस प्रकारले मात्रै तैँले अर्थपूर्ण कुरा भेट्टाउन सक्छस्। तँमाथि जेसुकै हुन आए तापनि, तैँले जसलाई भेटे तापनि, जबसम्म तँसित सत्यता हुन्छ, तँ दृढ भई खडा हुन सक्नेछस्। परमेश्‍वरको वचन मानिसलाई जीवन दिने कुरा हो, मृत्यु दिने कुरा होइन। यदि परमेश्‍वरको वचन पढेर पनि तँ जाग्दैनस्, तर अझै मृतक नै हुन्छस् भने तँसित केही गलत छ। यदि तैँले परमेश्‍वरको धेरै वचन पढेको र धेरै व्यवहारिक वचनहरू सुनेको केही समयपछि पनि तँ अझै मृत्युको अवस्थामा छस् भने यो के कुराको प्रमाण हो भने, तँ सत्यतालाई महत्त्व दिने व्यक्ति होइनस्, न त तँ सत्यतालाई अनुसरण गर्ने व्यक्ति नै होस्। यदि तिमीहरूले साँचो रीतिले परमेश्‍वरलाई प्राप्त गर्न खोज्यौ भने, तिमीहरूले आफैलाई सिद्धान्तहरूले सुसज्जित गर्ने र अरूलाई सिकाउन उत्कृष्ट सिद्धान्तहरू प्रयोग गर्ने कुरामा ध्यान केन्द्रित गर्नेथिएनौ, बरु परमेश्‍वरको वचनलाई अनुभव गर्ने र सत्यतालाई व्यवहारमा उतार्ने कुरामा ध्यान केन्द्रित गर्नेथियौ। के तिमीहरूले अहिले प्रवेश गर्न खोजिरहनुपर्ने कुरा यही होइन र?

मानिसमा आफ्नो काम गर्नको निम्ति परमेश्‍वरसित सीमित समय छ, त्यसैले यदि तैँले उहाँसित सहकार्य गर्दैनस् भने के परिणाम आउन सक्छ र? किन तिमीहरूले उहाँका वचनहरू बुझिसकेपछि तिमीहरूले त्यो पालन गरेको परमेश्‍वर सधैँ चाहनुहुन्छ? किनभने परमेश्‍वरले उहाँका वचनहरू तिमीहरूलाई प्रकट गर्नुभएको छ र तिमीहरूको अर्को कदम वास्तवमा त्यसलाई पालन गर्नु हो। जब तिमीहरूले यी वचनहरू अभ्यास गर्छौ, परमेश्‍वरले अन्तर्दृष्टि दिने र मार्गदर्शन दिने काम गर्नुहुनेछ। यसरी नै यो काम गरिनुपर्छ। परमेश्‍वरको वचनले मानिसलाई जीवनमा फल्दोफुल्दो हुने तुल्याउँछ र यसमा कुनै त्यस्ता तत्वहरू हुँदैनन् जसले मानिसलाई विचलित वा निष्क्रिय हुने तुल्याउँछ। तैँले भन्छस् तैँले परमेश्‍वरको वचन पढेको छस् र त्यसलाई अभ्यास गरेको छस्, तर तैँले अझै पवित्र आत्माबाट कुनै काम प्राप्त गरेको छैनस्। तेरा वचनहरूले केवल एउटा बालकलाई मात्रै मूर्ख बनाउन सक्छ। अरू मानिसहरूले तेरो मनसाय ठीक छ वा छैन भनी नजान्लान् तर के परमेश्‍वरले जान्‍नुहुन्छ भन्‍ने सम्‍भव छैन भन्‍ने तँलाई लाग्छ? कसरी अरू मानिसहरूले परमेश्‍वरको वचन अभ्यास गर्छन् अनि पवित्र आत्माद्वारा अन्तर्दृष्टि प्राप्त गर्छन्, तापनि तैँले उहाँको वचन अभ्यास गर्छस् तर पवित्र आत्माको अन्तर्दृष्टि प्राप्त गर्दैनस्। के परमेश्‍वरसित भावनाहरू छन्? यदि तेरा मनसायहरू साँच्चिकै सही छन् अनि तँ सहकार्य गर्न तयार छस् भने, परमेश्‍वरका आत्मा तँसित हुनुहुनेछ। केही मानिसहरू सधैँ आफ्नै झण्डा खडा गर्न चाहन्छन् तर परमेश्‍वरले किन तिनीहरूलाई उठ्न र मण्डलीलाई अगुवाइ गर्न दिनुहुन्न? कतिपय मानिसहरूले केवल आफ्नो कार्य पूरा गर्छन् र आफ्नो कर्तव्य सम्पन्न गर्छन्, अनि तिनीहरूले थाहै नपाई तिनीहरूले परमेश्‍वरको स्वीकृति प्राप्त गरिसकेका हुन्छन्। यो कसरी हुनसक्छ? परमेश्‍वरले मानिसको हृदयको अन्तस्करणलाई जाँच गर्नुहुन्छ र सत्यतालाई अनुसरण गर्नेहरूले ठीक मनसाय राखेर त्यसो गर्नुपर्छ। जसको ठीक मनसाय छैन, तिनीहरू दृढ भई खडा रहन सक्दैनन्। मूलभूत रूपमा, तिमीहरूको लक्ष्य परमेश्‍वरको वचनलाई तिमीहरूभित्र प्रभाव पार्न दिनु हो। अर्को शब्दमा, यो भनेको तिमीहरूले परमेश्‍वरको वचनको अभ्यासमा साँचो बुझाइ प्राप्त गर्नु हो। शायद, परमेश्‍वरको वचनलाई बुझ्ने तिमीहरूको क्षमता कमजोर होला, तर जब तिमीहरूले परमेश्‍वरको वचनलाई अभ्यास गर्छौ, तब उहाँले त्यस अपूर्णतालाई निवारण गर्न सक्नुहुन्छ, त्यसैले तिमीहरूले केवल धेरै सत्यताहरू मात्र जान्ने होइन बरु तिनीहरूलाई अभ्यास पनि गर्नुपर्छ। यो ध्यानकेन्द्रित गर्नुपर्ने सबैभन्दा ठूलो करा हो जसलाई बेवास्ता गर्न सकिँदैन। येशूले आफ्नो साढे तेत्तीस वर्षीय उमेरमा धेरै अपमानहरू अनि असाध्यै कष्ट सहनुभयो। उहाँले ठूलो कष्ट सहनुभयो किनकि उहाँले केवल सत्यतालाई अभ्यास गर्नुभयो, सबै कुराहरूमा परमेश्‍वरको इच्छा पालन गर्नुभयो, र परमेश्‍वरको इच्छालाई मात्र वास्ता गर्नुभयो। यदि उहाँले सत्यतालाई अभ्यास नगरीकन त्यसलाई जान्नु मात्र भएको भए उहाँले यो कष्ट भोग्नुहुने थिएन। यदि येशूले यहूदीहरूका शिक्षाहरूलाई अनुसरण गर्नुभएको भए अनि फरिसीहरूलाई पछ्याउनुभएको भए, उहाँले कष्ट सहनुहुने थिएन। तैँले येशूका कार्यहरूबाट सिक्नुपर्छ कि मानिसमाथि परमेश्‍वरको कामको प्रभावकारिता मानिसको सहकार्यबाट आउँछ, अनि यो कुरा तिमीहरूले पहिचान गर्नैपर्ने चीज हो। यदि उहाँले सत्यतालाई अभ्यास नगर्नुभएको भए, के येशूले क्रुसमा कष्ट भोग्नुभएझैँ कष्ट भोग्नुहुन्थ्यो र? यदि परमेश्‍वरको इच्छाअनुसार उहाँ नचल्नुभएको भए के उहाँले त्यस्तो पीडादायी प्रार्थना गर्नुहुन्थ्यो र? त्यसकारण, तिमीहरूले सत्यताको अभ्यासको खातिर कष्ट भोग्नुपर्छ; व्यक्तिले भोग्नुपर्ने कष्ट यही नै हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सत्यतालाई बुझिसकेपछि त्यसलाई अभ्यास गर्नुपर्छ

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्