परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४०५

8 फ्रेवुअरी 2022

मैले अघिबाटै भनेको छु, “चिन्‍हहरू र अचम्‍मका कामहरू हेर्नमा मात्र ध्यान दिनेहरू सबैलाई त्यागिनेछ; तिनीहरू ती होइनन्, जसलाई सिद्ध बनाइनेछ।” मैले धेरै वचनहरू बोलेको छु, तापनि मानिसमा यो कामको थोरै ज्ञान पनि छैन, अनि, यस विन्दुमा पुगिसकेपछि पनि मानिसहरू अझै चिह्नहरू र अचम्‍मका कामहरूको खोजी गर्छन्। के परमेश्‍वरमाथिको तेरो विश्‍वास चिह्नहरू र अचम्‍मका कामहरू खोज्नु बाहेक अरू केही होइन वा के त्यो जीवन प्राप्त गर्नका निम्ति मात्र हो? येशूले पनि धेरै वचनहरू बोल्नुभयो, र तीमध्ये केही अझै पूरा हुनु बाँकी नै छ। के तँ येशू परमेश्‍वर हुनुहु्न्न भनेर भन्न सक्छस्? परमेश्‍वरले उहाँ ख्रीष्ट र परमेश्‍वरका पुत्र हुनुहुन्छ भनी साक्षी दिनुभयो। के तँ यो कुरालाई इन्कार गर्न सक्छस्? आज, परमेश्‍वरले वचनहरू मात्र बोल्नुहुन्छ, र यदि तैँले यसलाई पूर्ण रूपमा जानेनस् भने तँ दृढ भई खडा हुन सक्दैनस्। तँ उहाँ परमेश्‍वर हुनुभएकोले उहाँमा विश्‍वास गर्छस् कि उहाँका वचनहरू पूरा भएका छन् कि छैनन् भन्ने कुराको आधारमा उहाँमा विश्‍वास गर्छस्? तँ चिह्न र अचम्‍मका कामहरूमा विश्‍वास गर्छस् कि परमेश्‍वरमा विश्‍वास गर्छस्? आज, उहाँले चिन्हहरू र अचम्‍मका कामहरू देख्नाउनुहुन्न—के उहाँ साँच्चै परमेश्‍वर नै हुनुहुन्छ? यदि उहाँले बोल्नुहुने वचनहरू पूरा हुँदैनन् भने, के उहाँ साँच्चै परमेश्‍वर हुनुहुन्छ? के परमेश्‍वरको अस्तित्व उहाँले बोल्नुभएका वचनहरू पूरा भए कि भएनन् भन्ने कुराद्वारा निर्धारित हुन्छ? किन केही मानिसहरू परमेश्‍वरमा विश्‍वास गर्नुभन्दा अघि उहाँका वचनहरू पूरा होस् भनी सँधै पर्खिरहन्छन्? के यसको अर्थ तिनीहरूले उहाँलाई चिन्दैनन् भन्ने हुँदैन र? यस्ता धारणा भएकाहरू सबै ती हुन् जसले परमेश्‍वरलाई इन्कार गर्छन्। तिनीहरूले परमेश्‍वरलाई नाप्न आफ्ना धारणाहरू प्रयोग गर्छन्; यदि परमेश्‍वरका वचनहरू पूरा भए भने तिनीहरूले उहाँमा विश्‍वास गर्छन्, यदि पूरा भएनन् भने तिनीहरूले उहाँमा विश्‍वास गर्दैनन्; अनि तिनीहरूले सधैँ चिह्नहरू र अचम्‍मका कामहरूको खोजी गर्छन्। के यी मानिसहरू आधुनिक समयका फरिसीहरू होइनन् र? तँ दृढसँग खडा हुन सक्छस् कि सक्दैनस् भन्ने कुरा तैँले वास्तविक परमेश्‍वरलाई चिनेको छस् कि छैनस् त्यस कुरामा भर पर्छ—यो महत्त्वपूर्ण छ! परमेश्‍वरको वचनको वास्तविकता जति ठूलो हुन्छ, त्यस सम्‍बन्धी तेरो ज्ञान पनि त्यत्ति नै ठूलो हुन्छ, र तँ परीक्षाहरूको समयमा त्यति नै दृढ रूपमा खडा हुन सक्छस्। तैँले चिन्हहरू र अचम्‍मका कामहरू देख्ने कुरामा जति धेरै ध्यान दिन्छस्, तँ त्यत्ति नै कम रूपमा दृढ रूपमा खडा हुन सक्छस्, र तँ परीक्षाहरूको बीचमा पर्छस्। चिन्हहरू र अचम्‍मका कामहरू जग होइनन्; परमेश्‍वरको वास्तविकता मात्र जीवन हो। केही मानिसहरूलाई परमेश्‍वरको कामले प्राप्त गर्नुपर्ने प्रभावहरूको बारेमा थाहा हुँदैन। तिनीहरू आफ्ना दिनहरू अलमल्लमा पर्दै बिताउँछन्, परमेश्‍वरको कामको ज्ञानको खोजी गर्दैनन्। तिनीहरूका खोजको लक्ष्य परमेश्‍वरलाई तिनीहरूका चाहनाहरू पूरा गर्न लगाउनु मात्र हुन्छ, तब मात्र तिनीहरू आफ्नो विश्‍वासमा गम्भीर बन्नेछन्। तिनीहरू भन्छन्, यदि परमेश्‍वरका वचनहरू पूरा भए भने तिनीहरू जीवनको पछि लाग्छन्, तर यदि उहाँका वचनहरू पूरा भएनन् भने, तिनीहरूले जीवनको खोजी गर्ने कुनै सम्भावना हुँदैन। मानिसहरू सोच्छन्, कि परमेश्‍वरमा विश्‍वास गर्नु भनेको चिन्हहरू र अचम्‍मका कामहरू हेर्ने र स्वर्गमा अनि तेस्रो स्वर्गमा चढ्ने खोजीमा लाग्नु हो। कसैले पनि यो भन्दैन, कि परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वास वास्तविकतामा प्रवेश गर्ने खोजी हो, जीवनको खोजी हो, र परमेश्‍वरद्वारा प्राप्त गरिने कार्यको खोजी हो। यस्तो खोजीको के मूल्य हुन्छ र? जस-जसले परमेश्‍वरको ज्ञानको र उहाँको सन्तुष्टिको खोजी गर्दैनन् तिनीहरू परमेश्‍वरमा विश्‍वास नगर्नेहरू हुन्; तिनीहरू परमेश्‍वरको निन्दा गर्नेहरू हुन्।

परमेश्‍वरमाथिको विश्‍वास भनेको के हो भनी अब तिमीहरूले बुझ्छौ? के परमेश्‍वरमा विश्‍वास गर्नुको अर्थ चिन्हहरू र अचम्‍मका कामहरू हेर्नु हो? के यसको अर्थ स्वर्गमा उक्लिनु हो? परमेश्‍वरमा विश्‍वास गर्नु अलिकति पनि सजिलो हुँदैन। ती धार्मिक अभ्यासहरूलाई शुद्ध पारिनुपर्छ; बिरामीको चङ्गाइ र भूतात्माहरू निकाल्‍ने कार्यको पछि लाग्नु, चिन्हहरू र अचम्‍मका कामहरूमा ध्यान लगाउनु, परमेश्‍वरबाट अझ बढी अनुग्रह, शान्ति र आनन्द पाउने लालसा गर्नु, देहको सफलताहरू र आराम-सुविधाको पछि लाग्नु—यी सबै धार्मिक अभ्यासहरू हुन्, अनि यस्ता अभ्यासहरू अस्पष्ट किसिमको विश्‍वास हो। आज परमेश्‍वरमाथिको वास्तविक विश्‍वास भनेको के हो? यो परमेश्‍वरको वचनलाई तेरो जीवन-वास्तविकताको रूपमा स्वीकार गर्नु र परमेश्‍वरबाट साँचो प्रेम हासिल गर्न उहाँलाई उहाँकै वचनबाट चिन्‍नु हो। अझ स्पष्ट रूपमा भन्दा: परमेश्‍वरमा विश्‍वास गर्नु भनेको तैँले उहाँको आज्ञापालन गर्नु, उहाँलाई प्रेम गर्नु र परमेश्‍वरको सृष्टिले गर्नुपर्ने कर्तव्य पूरा गर्नको लागि हो। परमेश्‍वरमा विश्‍वास गर्नुको उद्देश्य यही नै हो। तैँले परमेश्‍वरको प्रेमिलोपनको, उहाँ हाम्रो आदरको कति योग्य हुनुहुन्छ, र परमेश्‍वरले उहाँका सृष्टिहरूमा कसरी मुक्तिको काम गर्नुहुन्छ र तिनीहरूलाई सिद्ध बनाउनुहुन्छ भन्ने ज्ञान प्राप्त गर्नैपर्छ—यी परमेश्‍वरमाथिको तेरो विश्‍वासका अत्यावश्यक तत्वहरू हुन्। परमेश्‍वरमा विश्‍वास गर्नु भनेको मुख्य रूपले देहको जीवनबाट परमेश्‍वरलाई प्रेम गर्ने जीवनमा सर्नु हो; भ्रष्टतामा जिउनुबाट परमेश्‍वरको वचन पालन गर्ने जीवनमा सर्नु हो; यो शैतानको अधिकार-क्षेत्रबाट बाहिर निस्केर परमेश्‍वरको वास्ता र सुरक्षामा जिउनु हो; यो परमेश्‍वरमा आज्ञाकारी हुन सक्नु र देहको आज्ञाकारी नहुनु हो; यो परमेश्‍वरलाई तेरो सम्पूर्ण हृदय प्राप्त गर्न दिनु हो, जसद्वारा परमेश्‍वरलाई तँलाई सिद्ध बनाउन दिनु हो, र तैँले आफैलाई भ्रष्ट शैतानिक स्वभावबाट मुक्त गर्नु हो। परमेश्‍वरमा विश्‍वास गर्नु भनेको विशेष रूपले परमेश्‍वरको शक्ति र महिमा तँमा प्रकट हुन दिनु हो, तैँले परमेश्‍वरको इच्छाको काम गर्नु र उहाँको योजना पूरा गर्नु हो, साथै शैतानको सामु परमेश्‍वरको साक्षी दिन सक्नु हो। परमेश्‍वरमाथिको विश्‍वास चिन्हहरू र अचम्‍मका कामहरू हेर्न चाहने तेरो इच्छामा केन्द्रित हुनुहुँदैन, न त त्यो तेरो व्यक्तिगत देहको निम्ति नै हुनुपर्छ। त्यो परमेश्‍वरलाई चिन्ने, र परमेश्‍वरको आज्ञापालन गर्न सक्ने हुन, अनि पत्रुसले झैं मृत्युसम्म उहाँको आज्ञापालन गर्ने विषयमा हुनुपर्छ। परमेश्‍वरमा विश्‍वास गर्नुका मुख्य उद्देश्यहरू यिनै हुन्। व्यक्तिले परमेश्‍वरलाई चिन्न र उहाँलाई सन्तुष्ट पार्नका निम्ति परमेश्‍वरको वचन खान्छ र पिउँछ। परमेश्‍वरको वचन खाँदा र पिउँदा त्यसले तँलाई परमेश्‍वरको बारेमा महान् ज्ञान दिन्छ, त्यसपछि मात्र तैँले उहाँको आज्ञापालन गर्न सक्छस्। परमेश्‍वर सम्‍बन्धी ज्ञानद्वारा मात्रै तैँले उहाँलाई प्रेम गर्न सक्छस्, अनि परमेश्‍वरमाथिको मानिसको विश्‍वासमा हुनुपर्ने उद्देश्य यही नै हो। यदि परमेश्‍वरमाथिको तेरो विश्‍वासमा तँ सधैँ चिन्हहरू र अचम्‍मका कामहरू हेर्ने मात्र कोसिस गर्छस् भने, परमेश्‍वरमाथिको विश्‍वासको यो दृष्टिकोण गलत छ। परमेश्‍वरमा विश्‍वास गर्नु भनेको मुख्य रूपले परमेश्‍वरको वचनलाई जीवन-वास्तविकताको रूपमा ग्रहण गर्नु हो। परमेश्‍वरको मुखबाट निस्केको वचनलाई अभ्यास गरेर अनि तिनलाई तँ आफैमा लागू गरेर मात्र परमेश्‍वरको उद्देश्य पूरा हुन्छ। परमेश्‍वरमा विश्‍वास गर्दा, मानिसले परमेश्‍वरद्वारा सिद्ध हुने, परमेश्‍वरमा समर्पित हुन सक्‍ने र परमेश्‍वरप्रति पूर्ण आज्ञाकारी हुने कार्यको खोजी गर्नुपर्छ। यदि तैँले कुनै गुनासो नगरी परमेश्‍वरको आज्ञापालन गर्न सक्छस्, परमेश्‍वरका इच्छाहरूलाई ध्यानमा राख्छस्, पत्रुसको कद हासिल गर्न सक्छस्, अनि परमेश्‍वरले भन्नुभएको जस्तो पत्रुसको शैली प्राप्त गर्न सक्छस् भने, तब तैँले परमेश्‍वरमाथिको विश्‍वासमा सफलता हासिल गरेको हुनेछस्, अनि त्यसले तँ परमेश्‍वरद्वारा प्राप्त गरिएको छस् भन्ने सूचित गर्दछ।

— “वचन देहमा देखा पर्नुहुन्छ” बाट उद्धृत गरिएको

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्