Nepali Christian Song | के त्रिएकत्व छ? | with lyrics

13 अप्रिल 2022

शुरुवात

यदि त्रिएकत्व छ भन्छौ भने,

बताऊ “तीन व्यक्तिमा एक परमेश्‍वर” के हो।

पवित्र पिता के हुनुहुन्छ? पुत्र के हुनुहुन्छ?

पवित्र आत्मा के हुनुहुन्छ? के यहोवा पवित्र पिता हुनुहुन्छ?

के येशू पुत्र हुनुहुन्छ? तब पवित्र आत्मा को हुनुहुन्छ?

के पिता आत्मा हुनुहुन्न? के पुत्रको सार आत्मा होइन र?

के येशूको काम पवित्र आत्माको काम होइन र?

के यहोवाको काम येशूको काम जस्तै

आत्माले गर्नुभएको होइन र?

परमेश्‍वरसँग कतिवटा आत्मा हुन सक्छ?

पद १

तिम्रो व्याख्या अनुसार, ती तीन व्यक्ति

पिता, पुत्र र पवित्र आत्मा एकै हुन्।

यो सत्य हो भने, त्यहाँ तीन आत्मा छन्,

“तीन आत्मा” भनेको तीन परमेश्‍वर हुनु हो।

मतलब साँचो परमेश्‍वर एक मात्र हुनुहुन्न।

कसरी यस्तो परमेश्‍वरमा उहाँको जन्मजात सार हुन सक्थ्यो?

एकै परमेश्‍वर स्वीकार्छौ भने,

उहाँ पिता हुन, उहाँसँग पुत्र हुन कसरी सक्छ?

पूर्व कोरस

के यी तिम्रा धारणा मात्रै होइनन्?

कोरस

परमेश्‍वर एक मात्र हुनुहुन्छ, परमेश्‍वरमा एक व्यक्ति मात्र,

र परमेश्‍वरका आत्मा मात्र एक हुनुहुन्छ,

बाइबलमा लेखिए झैँ:

“पवित्र आत्मा र परमेश्‍वर एक मात्र हुनुहुन्छ।”

पद २

पिता र पुत्र हुनु-नहुनु भएपनि,

परमेश्‍वर मात्र एक हुनुहुन्छ।

तिमीहरूले विश्‍वास गर्ने यी तीनको सार

पवित्र आत्माको सार हो।

परमेश्‍वरः देहधारी हुनसक्नुहुने आत्मा,

मानिसबीच बाँच्नुभई, सबै भन्दा माथि हुन सक्नुहुन्छ।

सर्वव्यापी, सर्व-सम्मिलित हुनुहुन्छ।

देहमा बस्नुभएर पनि ब्रह्माण्डभरि फैलनुहुन्छ।

कोरस

परमेश्‍वर एक मात्र हुनुहुन्छ, परमेश्‍वरमा एक व्यक्ति मात्र,

र परमेश्‍वरका आत्मा मात्र एक हुनुहुन्छ,

बाइबलमा लेखिए झैँ:

“पवित्र आत्मा र परमेश्‍वर एक मात्र हुनुहुन्छ।”

अन्त्य

सबै “परमेश्‍वर मात्र एक साँचो परमेश्‍वर” भन्छन् तब

एक अविभाजित परमेश्‍वर मात्र हुनुहुन्छ!

परमेश्‍वर एक मात्र आत्मा, एक व्यक्ति

र त्यो नै हो परमेश्‍वरका आत्मा।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्