Christian Dance | परमेश्‍वरको प्रशंसा गर्न नाच्नुहोस् | Praise Song

14 अगस्ट 2024

परमेश्‍वरका वचनहरू पढ्दा मेरो हृदय उज्यालो हुन्छ;

परमेश्‍वरको प्रशंसा गर्दा हामीलाई खुसी मिल्छ।

हरदिन परमेश्‍वरका वचनहरू खाइपिइ गरेर,

हामीले पवित्र आत्माको अन्तर्दृष्टि र ज्योति प्राप्त गर्छौँ।

हामीले परमेश्‍वरका वचनहरूको मलजल र प्रावधान प्राप्त गर्छौँ;

सत्यतालाई बुझ्दा मेरो हृदय स्वतन्त्र बन्छ।

सत्यता अभ्यास गर्नाले अघि बढ्ने मार्ग प्रदान गर्छ;

म कसरी सर्वशक्तिमान् परमेश्‍वरलाई धन्यवाद नदिऊँ?

चाँडो गाऊ, दाजुभाइ-दिदीबहिनीहरू हो।

परमेश्‍वरलाई प्रशंसा गर्दा हामीलाई मुक्ति मिल्छ।

हामीलाई काट-छाँट गरिन्छ ताकि हामी शुद्ध हुन सकौँ,

हामीले आफूमाथि चिन्तन गर्यौँ भने केही प्राप्त गर्नेछौँ।

उहाँका कठोर वचनहरूले हाम्रा हृदयलाई घोच्छन्,

तर त्यो हामीले आफूलाई चिनौँ भन्नाका लागि हो।

यदि तिमीले साँच्चै सत्यता खोज्न सक्छौ भने,

तिमीले परमेश्‍वरको प्रेम अनुभव गर्नेछौ।

सत्यता बुझ्नु साँच्चै आनन्दमयी हुन्छ।

परमेश्‍वरको प्रशंसा गर्दा हामीलाई खुसी मिल्छ।

परमेश्‍वरलाई पछ्याउनु र कर्तव्य गर्नु—त्यो उहाँको विशेष अनुग्रह हो।

कष्ट र शोधन परमेश्‍वरका आशिषहरू हुन्; गलत बुझ्ने वा गुनासो गर्ने नगर।

यदि तिमी परमेश्‍वरका प्रबन्धहरूप्रति समर्पित भयौ भने,

तिमीले परमेश्‍वरका कार्यहरू देख्नेछौ।

परमेश्‍वरलाई धन्यवाद देऊ र प्रशंसा गर, हरदिन उहाँसामु जिऊ।

सतावट, सङ्कष्ट र परीक्षाहरूमार्फत, हाम्रो जीवन बिस्तारै विकसित हुन्छ।

हामीले आज परमेश्‍वरका निम्ति गवाही दिने सौभाग्य पाएका छौँ;

यो सबै उहाँको बढाइ र आशिष् हो।

सर्वशक्तिमान् परमेश्‍वरले नै हामीलाई मुक्ति दिनुभएको छ।

हामी नाचगान गरेर उहाँको प्रशंसा गर्छौँ!

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्