Christian Dance | परमेश्‍वरले स्थापना गर्नुभएका नियम र सिद्धान्तमा सबथोक जिउँछन् | Praise Song

24 अप्रिल 2025

हजारौँ वर्ष बितिसकेको छ,

र मानवजातिले अझै पनि परमेश्‍वरले दिनुभएको ज्योति र हावाको आनन्द लिन्छ,

अझै पनि परमेश्‍वर स्वयम्‌ले फुकिदिनुभएको सास फेर्छ,

अझै पनि परमेश्‍वरले सृष्टि गर्नुभएका फूल, चराचुरुङ्गी,

माछा र कीरा-फट्याङ्ग्रामा रमाउँछ,

र परमेश्‍वरले प्रदान गर्नुभएका सबै थोकमा आनन्द लिन्छ;

दिन र रात अझै पनि आउने-जाने क्रम जारी छ;

सधैँ झैँ चार ऋतु परिवर्तन भइरहन्छ;

आकाशमा उड्ने हाँस शिशिरमा बिदा हुन्छन्,

तैपनि अर्को वसन्तमा फर्कन्छन्;

पानीका माछाले कहिल्यै पनि खोलानाला र ताल-तलैयाहरू—

तिनीहरूको घर छोड्दैनन्।

ग्रीष्म याममा पृथ्वीका झ्याउँकिरीहरू आफ्‍नो हृदय खोलेर गीत गाउँछन्;

शरद याममा घाँस-पातभित्रबाट किरकिर गर्ने फट्याङ्ग्रोले

बताससँगै समय-समयमा मन्द स्वरमा गुनगुनाउँछ;

पानी-हाँसहरू बथानमा भेला हुन्छन्, जबकी चीलहरू एकला-एकलै रहन्छन्;

सिंहका समूहले सिकार खेलेर आफ्‍नो पेट पाल्छन्;

बाह्रसिङ्गे मृग घाँस-पात र फूलहरूबाट अलग हुन मिल्दैन…।

सबै थोकका बीचमा रहेका हरेक प्रकारका जीवित प्राणी

बिदा हुन्छन् र फर्कन्छन्, त्यसपछि फेरि बिदा हुन्छन्,

आँखाको एक निमेषमा करोडौँ परिवर्तन भइरहन्छ—

तर परिवर्तन नहुने भनेका तिनीहरूका प्रवृत्ति र अस्तित्वका व्यवस्थाहरू हुन्।

ती परमेश्‍वरको बन्दोबस्‍त र पालनपोषणमा जिउँछन्,

र कसैले पनि तिनीहरूको प्रवृत्ति परिवर्तन गर्न सक्दैन,

न त अस्तित्व सम्‍बन्धी तिनीहरूका व्यवस्थाहरूलाई नै कसैले बिगार्न सक्छ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय १

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्