Christian Song | शुद्ध हुनलाई आखिरी दिनहरूको ख्रीष्टको न्यायलाई स्वीकार गर्

21 जुलाई 2021

तैँले येशू आखिरी दिनहरूको अवधिमा ओर्लनुहुनेछ भन्‍ने मात्रै जान्दछस्,

तर उहाँ खास कसरी ओर्लनुहुनेछ?

भर्खरै छुटकारा पाएको, र परमेश्‍वरद्वारा परिवर्तन भई नसकेको,

वा सिद्ध भई नसकेको तिमीहरूजस्तो पापी, के तँ परमेश्‍वरको हृदय अनुसारको बन्‍न सक्छस्?

अझै पनि तेरो पुरानो मनुष्यतामा रहेको तेरो विषयमा भन्दा, तँलाई येशूले मुक्ति दिनुभएको थियो,

र परमेश्‍वरले दिनुभएको मुक्तिको कारण तँलाई पापीको रूपमा गन्ती गरिँदैन भन्‍ने कुरा साँचो हो,

तर तँ पापी छैनस्, र तँ अशुद्ध छैनस् भन्‍ने कुरालाई यसले प्रमाणित गर्दैन।

तँ परिवर्तन भएको छैनस् भने तँ कसरी सन्तमय बन्‍न सक्छस्?

दोस्रो देहधारण पापको बलिदानको रूपमा सेवा गर्नु होइन,

तर पापबाट छुटकारा पाएकाहरूलाई पूर्ण रूपमा बचाउनका लागि हो।

यसकारण, क्षमा गरिएकाहरूले

तिनीहरूको पापबाट शुद्ध पारिऊन् र छुटकारा पाऊन्,

र स्वभावमा परिवर्तन प्राप्त गरेर शैतानको अन्धकारको प्रभावबाट मुक्त हुन सकून्

र परमेश्‍वरको सिंहासनको अगाडि फर्कन सकून्।

यस तरिकाले मात्र मानिस पूर्ण रूपमा पवित्र हुन सक्छ।

भित्री रूपमा, तँ अपवित्रता, स्वार्थ र छुद्रले भरिएको छस्,

तैपनि तँ अझै येशूसँग उचालिन चाहन्छस्— तँ त धेरै भाग्यमानी हुनुपर्छ!

परमेश्‍वरमाथिको भरोसामा तैँले एउटा कदमलाई चुकाएको छस्:

तँलाई छुटकारा मात्रै दिइएको छ, तर तँ परिवर्तन भएको छैनस्।

तँ परमेश्‍वरको हृदय अनुसारको बन्‍नको लागि,

परमेश्‍वरले तँलाई व्यक्तिगत रूपमै परिवर्तन गर्ने र धुने काम गर्नुपर्छ।

दोस्रो देहधारण पापको बलिदानको रूपमा सेवा गर्नु होइन,

तर पापबाट छुटकारा पाएकाहरूलाई पूर्ण रूपमा बचाउनका लागि हो।

यसकारण, क्षमा गरिएकाहरूले

तिनीहरूको पापबाट शुद्ध पारिऊन् र छुटकारा पाऊन्,

र स्वभावमा परिवर्तन प्राप्त गरेर शैतानको अन्धकारको प्रभावबाट मुक्त हुन सकून्

र परमेश्‍वरको सिंहासनको अगाडि फर्कन सकून्।

यस तरिकाले मात्र मानिस पूर्ण रूपमा पवित्र हुन सक्छ।

यदि तँलाई छुटकारा मात्रै दिइएको हो भने, तैँले पवित्रता प्राप्त गर्न सक्‍नेछैनस्।

यसरी तँ परमेश्‍वरको कार्यको असल आशिषहरूमा सहभागी हुन अयोग्य हुनेछस्,

किनभने मानिसलाई व्यवस्थापन गर्ने परमेश्‍वरको कार्यको चरणलाई तैँले चुकाएको छस्,

जुन परिवर्तन हुने र सिद्ध पारिने कार्यको मुख्य चरण हो।

भर्खरै छुटकारा दिइएको पापी,

तैँले प्रत्यक्ष रूपमा परमेश्‍वरको उत्तराधिकार प्राप्त गर्न सक्दैनस्।

दोस्रो देहधारण पापको बलिदानको रूपमा सेवा गर्नु होइन,

तर पापबाट छुटकारा पाएकाहरूलाई पूर्ण रूपमा बचाउनका लागि हो।

यसकारण, क्षमा गरिएकाहरूले

तिनीहरूको पापबाट शुद्ध पारिऊन् र छुटकारा पाऊन्,

र स्वभावमा परिवर्तन प्राप्त गरेर शैतानको अन्धकारको प्रभावबाट मुक्त हुन सकून्

र परमेश्‍वरको सिंहासनको अगाडि फर्कन सकून्।

यस तरिकाले मात्र मानिस पूर्ण रूपमा पवित्र हुन सक्छ।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्