Christian Song | एउटा पछुतो विहीन निर्णय

9 डिसेम्बर 2021

इसाईहरूलाई पक्राउ गर्दै र सताउँदै, जब शैतानको दुष्टता बढ्दै जान्छ,

जब सहर अँध्यारो हुन्छ र म भाग्‍नु पर्छ,

जब निर्दयी पूर्वक मानव अधिकार खोसिन्छ,

जब मेरो एक मात्र साथ लामो पीडादायी रात हुन्छ,

म मेरो विश्‍वासमा डगमगाउनेछैन,

न त सृष्टिकर्तालाई धोका नै दिन्छु।

सर्वशक्तिमान्‌ साँचो परमेश्‍वर, मेरो हृदय त तपाईंकै हो।

जेलले त मेरो शरीर मात्रै राख्‍न सक्छ,

तर तपाईंलाई पछ्याउनबाट मलाई रोक्‍न सक्दैन,

तर तपाईंलाई पछ्याउनबाट मलाई रोक्‍न सक्दैन।

कष्टको अप्ठेरो बाटोमा,

तपाईंको वचन साथमा हुँदा, छैन डर।

तपाईंको प्रेमको साथ पाउँदा, मेरो हृदय तृप्त हुन्छ।

तपाईंको प्रेमको साथ पाउँदा, मेरो हृदय तृप्त हुन्छ।

शैतानको यातना झन्-झन् प्रचण्ड हुँदै जान्छ।

बढ्दो पीडा र वेदना आखिरमा शिखर पुग्छ।

अन्तिम पलमा जब मेरो जीवनलाई लगिन्छ,

तब म ठूलो रातो अजिङ्गरमा समर्पित हुनेछैन,

अनि लाजमर्दो यहूदा बन्‍नेछैन।

सर्वशक्तिमान्‌ साँचो परमेश्‍वर, म मृत्युसम्‍मै निष्ठावान हुनेछु।

शैतानले मेरो देहलाई यातना दिन र मार्न सक्छ,

तर तपाईंप्रतिको मेरो विश्‍वास र प्रेम रहिरहन्छ,

तर तपाईंप्रतिको मेरो विश्‍वास र प्रेम रहिरहन्छ।

जीवन र मृत्यु तपाईंकै हातमा छ।

तपाईंको गवाही दिनको लागि म सबै थोक त्याग्‍नेछु।

शैतानलाई लाजमा पार्न सक्छु भने त, म गुनासो नगरी मर्नेछु।

शैतानलाई लाजमा पार्न सक्छु भने त, म गुनासो नगरी मर्नेछु।

जीवनमा ख्रीष्‍टलाई पछ्याउनु अनि परमेश्‍वरको प्रेम खोज्‍नु कस्तो सौभाग्य!

मसँग हृदय र प्राण भएको हुनाले, मैले परमेश्‍वरको प्रेमको ऋण तिर्नुपर्छ।

परमेश्‍वरको गवाही दिन म सबै थोक त्याग्‍न तयार छु।

मेरो सबै थोक परमेश्‍वरलाई दिनु

मैले कहिल्यै पछुतो नगर्ने निर्णय हो।

मैले कहिल्यै पछुतो नगर्ने निर्णय हो।

मैले कहिल्यै पछुतो नगर्ने निर्णय हो।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्