Christian Praise Song | परमेश्‍वरले नै मानिसलाई मुक्ति दिनुहुने हुनाले, उहाँले तिनीहरूलाई पूर्ण मुक्ति दिनुहुन्छ

18 डिसेम्बर 2021

परमेश्‍वरले मानिसलाई सृष्टि गर्नुभएको कारण, उहाँले उसलाई डोर्‍याउनुहुन्छ,

उहाँले मानिसलाई मुक्ति दिनुहुने कारणले उहाँले उसलाई पूरै मुक्ति दिनुहुनेछ

र उसलाई पूर्ण रूपले प्राप्त गर्नुहुनेछ। उहाँले मानिसलाई अगुवाइ गर्नुहुने हुनाले,

उहाँले उसलाई उचित गन्तव्यमा ल्याउनुहुनेछ;

अनि उहाँले मानिसलाई सृष्टि गर्नुभएको

र व्यवस्थित गर्नुभएको कारण उहाँले मानिसको भाग्य तथा भावी अपेक्षाको जिम्मेवारी पनि लिनुपर्छ।

सृष्टिकर्ताद्वारा गरिने काम यही नै हो।

जितको काम मानिसको भावी अपेक्षालाई शुद्ध गरेर हासिल गरिने भएतापनि,

मानिसलाई अन्ततः उसको निम्ति परमेश्‍वरले तयार गर्नुभएको

उचित गन्तव्यमा ल्याइनु नै पर्छ।

परमेश्‍वरले मानिसको निम्ति काम गर्नुहुने भएकोले नै मानिससित एउटा गन्तव्य हुन्छ

र उसको भाग्य सुनिश्चित हुन्छ।

परमेश्‍वरले मानिसको निम्ति काम गर्नुहुने भएकोले नै मानिससित एउटा गन्तव्य हुन्छ

र उसको भाग्य सुनिश्चित हुन्छ।

ती कुराहरू जसको लागि मानिसले आशा गर्दछ र पछ्याउँछ,

ती उसको देहका अत्याधिक लालसाहरूको अनुसरणबाट उत्पन्न भएका तृष्‍णाहरू हुन्,

मानिसले पाउनुपर्ने गन्तव्य होइन।

यसैबीच परमेश्‍वरले मानिसको निम्ति जे तयार गर्नुभएको छ,

ती उसलाई शुद्ध पारिएपछि मानिसले पाउनुपर्ने आशिषहरू तथा प्रतिज्ञाहरू हुन्

जुन परमेश्‍वरले संसार सृष्टि गरिसक्नुभएपछि मानिसको निम्ति तयार गर्नुभयो,

जुन मानिसका छनौटहरू, धारणाहरू,

कल्पनाहरू अथवा देहद्वारा कलङ्कित हुँदैनन्।

यो गन्तव्य एउटा विशेष व्यक्तिको निम्ति तयार गरिएको होइन

तर सम्पूर्ण मानवजातिको विश्रामको स्थान हो।

अनि यसरी यो गन्तव्य मानवजातिको निम्ति सबैभन्दा उचित गन्तव्य हो।

अनि यसरी यो गन्तव्य मानवजातिको निम्ति सबैभन्दा उचित गन्तव्य हो।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्