Nepali Christian Song | परमेश्‍वरको काम दोहोरिदैन | with lyrics

12 अप्रिल 2022

पद १

आखिरी दिनहरूका देहधारी परमेश्‍वरका वचन मानिसको साँचो प्रकृति,

आचरण र आज केमा प्रवेश गर्नुपर्ने बारे बोल्छन्।

उहाँका वचन वास्तविक र सामान्य छन्, बोल्छन् मात्र आज बारे

जेमा प्रवेश गर्नुपर्ने, व्यवहारमा लागू गर्नुपर्ने हो त्यस बारे।

यदि कोहि आएर भूतप्रेत भगाउँछ,

बिरामी निको पार्छ र चमत्कार गर्छ,

आफू फर्केको येशू हुँ भन्छ भने

त्यो दुष्ट आत्माहरूको नक्कल हो।

पूर्व कोरस

स्मरण होस्: परमेश्‍वरको काम दोहोरिदैन।

येशूको काम पूरा भइसकेको छ,

र परमेश्‍वरले त्यो चरणको काम

फेरि कहिल्यै गर्नुहुने छैन।

कोरस

यदि आखिरी दिनहरूमा उहाँले आफ्नो व्यवस्थापन योजनाको,

नयाँ काम गर्नुहुन्छ भने मात्र

मानिसले परमेश्‍वरको गहिरो ज्ञान पाउन सक्छ,

अनि मात्र उहाँको योजना पूरा हुन्छ।

पद २

यदि परमेश्‍वरले अब येशूले जस्तै

संकेत र आश्चर्य देखाउनुभएमा,

परमेश्‍वरले उही काम दोहोर्याउनु हुनेछ

र येशूको कामको कुनै मूल्य रहदैन।

त्यसैले उहाँले हरेक युगमा एक चरणको काम गर्नुहुन्छ।

सक्किनासाथ, शैतानले त्यसको नक्कल गर्नेछ,

अनि उहाँले आफ्नो तरिका बदल्नुहुन्छ।

पूर्व कोरस

परमेश्‍वरको काम दोहोरिदैन।

येशूको काम पूरा भइसकेको छ,

र परमेश्‍वरले त्यो चरणको काम

फेरि कहिल्यै गर्नुहुने छैन।

कोरस

यदि आखिरी दिनहरूमा उहाँले आफ्नो व्यवस्थापन योजनाको

नयाँ काम गर्नुहुन्छ भने मात्र

मानिसले परमेश्‍वरको गहिरो ज्ञान पाउन सक्छ

अनि मात्र उहाँको योजना पूरा हुन्छ।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्