Christian Dance | परमेश्‍वरको प्रेमले मेरो हृदयलाई घेर्छ | Praise Song

16 अक्टोबर 2024

धार्मिकताको सूर्य पूर्वमा उदाउँछ,

सर्वशक्तिमान् परमेश्‍वरका वचनहरूले स्वर्ग र पृथ्वी भर्छन्।

सत्यता बुझ्नेहरूले परमेश्‍वरको प्रेम देख्छन्।

सत्यतालाई प्रेम गर्नेहरू सबैले परमेश्‍वरको आवाज सुन्छन्।

सबेरै बिहानीमा, म परमेश्‍वरका वचनहरू पढ्छु,

र तिनलाई चिन्तन-मनन गर्दै गर्दा मेरो हृदयमा हर्ष छाउँछ।

उहाँका कोमल वचनहरू, प्रेमिलो आमाका वचन जस्तै छन्;

उहाँका न्यायका वचनहरू, बुबाका गाली जस्तै कडा छन्।

म संसारमा अरू केही कुरालाई प्रेम गर्दिनँ,

म सारा हृदयले सर्वशक्तिमान् परमेश्‍वरलाई मात्र प्रेम गर्छु।

आ हे… आ हे… आ हे… आ हे…

म संसारमा अरू केही कुरालाई प्रेम गर्दिनँ,

म सारा हृदयले सर्वशक्तिमान् परमेश्‍वरलाई मात्र प्रेम गर्छु।

परमेश्‍वरलाई साँच्चै प्रेम गर्नेहरूलाई उहाँले सिद्ध पार्नुहुनेछ भनी उहाँका वचनहरूले प्रकाश गरेका छन्।

सत्यता पछ्याउनेहरू, उहाँलाई हाम्रो प्रशंसा अर्पण गरौँ।

हर्षको नृत्य सुन्दर हुन्छ; हामी सिंहासन वरपर उफ्रिन्छौँ।

परमेश्‍वरको आवाजद्वारा बोलाइएर, हामी पृथ्वीका चारै कुनाबाट आउँछौँ।

जीवनबारे उहाँका वचनहरू हामीलाई प्रदान गरिएका छन्, हामी उहाँको न्यायले पखालिएका छौँ।

शोधनमार्फत प्रेम अझ बलियो हुन्छ। परमेश्‍वरको प्रेमको आनन्द लिनु मिठो हुन्छ।

सर्वशक्तिमान् परमेश्‍वर निकै प्रेमिलो हुनुहुन्छ, म उहाँलाई मात्र प्रेम गर्छु।

आ हे… आ हे… आ हे… आ हे…

सर्वशक्तिमान् परमेश्‍वर निकै प्रेमिलो हुनुहुन्छ, म उहाँलाई मात्र प्रेम गर्छु।

आ हे… आ आ… हम्म् हम्म्…

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्