परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको स्वभाव र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ | अंश २५७

25 अप्रिल 2021

परमेश्‍वरले सत्यको आफ्नो अभिव्यक्तिमा, उहाँको आफ्नो स्वभाव र सार व्यक्त गर्नुहुन्छ; उहाँले व्यक्त गर्नुहुने सत्यता मानव जातिले स्वीकार गरेका विभिन्न सकारात्मक कुराहरू र बयानहरूको सारांशमा आधारित छैन। परमेश्‍वरका वचनहरू परमेश्‍वरका वचनहरू नै हुन्; परमेश्‍वरका वचनहरू सत्यता हुन्। ती त्यस्ता जग र व्यवस्था हुन् जसद्वारा मानवजातिको अस्तित्व हुनुपर्दछ, र ती तथाकथित सिद्धान्तहरू जुन मानव जातिबाट उत्पन्न हुन्छन्, परमेश्‍वरले तिनको निन्दा गर्नुहुन्छ। तिनले उहाँको स्वीकृति प्राप्त गर्दैनन्, र ती उहाँका वाणीहरूको मूल वा आधार त झनै होइनन्। परमेश्‍वरले आफ्नो स्वभाव र आफ्नो सार आफ्ना वचनहरूद्वारा प्रकट गर्नुहुन्छ। परमेश्‍वरको अभिव्यक्तिद्वारा ल्याइएका सबै वचनहरू सत्य हुन्, किनकि उहाँसँग परमेश्‍वरको सार छ, र उहाँ सबै सकारात्मक थोकहरूको वास्तविकता हुनुहुन्छ। यस किसिमको भ्रष्ट मानव जातिले परमेश्‍वरका वचनहरूलाई जुन स्थानमा राखे पनि वा जसरी तिनलाई परिभाषित गरे पनि, वा तिनलाई जसरी हेरे वा बुझे पनि परमेश्‍वरका वचनहरू सत्यता हुन् भन्ने तथ्यलाई कहिल्यै पनि बद्लिँदैन। परमेश्‍वरका वचनहरू जति धेरै बोलिए पनि, र यस भ्रष्ट पापी मानवजातिले तिनको जति नै निन्दा गरे पनि, ती वचनहरू नफैलाए पनि, र भ्रष्ट मानव जातिले यसलाई घृणा गर्ने अवस्थामा पुगे पनि—यी परिस्थितिहरूमा पनि, एउटा तथ्य रहिरहन्छ जसलाई परिवर्तन गर्न सकिँदैन: मानव जातिले महत्त्व दिने तथाकथित संस्कृति र परम्पराहरू, माथि लेखिएका कारणहरूद्वारा समेत सकारात्मक थोकहरू बन्न र सत्यता बन्‍न सक्दैनन्। यो अपरिवर्तनीय छ। परिवर्तनहरू र बित्दै जाने समयको कारण मानवजातिको परम्परागत संस्कृति र अस्तित्वको मार्ग सत्य बन्नेछैन, न त मानवजातिको निन्दा वा भुलक्कडपनको कारण परमेश्‍वरका वचनहरू मानिसका वचनहरू नै बन्नेछन्। यो सार कहिल्यै पनि परिवर्तन हुनेछैन; सत्य सधैँ सत्य नै हुन्छ। यहाँ कुन तथ्य छ? मानवजातिले सारांशमा वर्णन गरेका सबै भनाइहरू शैतानबाट उत्पन्न हुन्छन्—ती मानवीय कल्पना र धारणाहरू हुन्, यहाँसम्म कि ती मानिसको तातो रगतबाट उत्पन्न भएका हुन्, र सकारात्मक कुराहरूसँग तिनको कुनै सम्बन्ध हुँदैन। अर्कोतर्फ, परमेश्‍वरका वचनहरू परमेश्‍वरको अस्तित्व र प्रतिष्ठाका अभिव्यक्ति हुन्। कुन कारणले गर्दा उहाँले यी वचनहरू व्यक्त गर्नुहुन्छ? म किन ती सत्यता हुन् भनी भन्छु? कारण के हो भने परमेश्‍वरले सबै थोकका सबै नियमहरू, सिद्धान्तहरू, जराहरू, अस्तित्वहरू, वास्तविकताहरू, र रहस्यहरूमाथि शासन गर्नुहुन्छ, र ती सबै उहाँकै हातको पकडमा छन्, र परमेश्‍वरले मात्र सबै थोकका सबै सिद्धान्तहरू, वास्तविकताहरू, तथ्यहरू र रहस्यहरू जान्नुहुन्छ; उहाँले तिनीहरूका सुरुआतहरू र तिनीहरूको जरा वास्तवमा के हुन् भनी जान्नुहुन्छ। त्यसकारण, केवल परमेश्‍वरका वचनहरूमा उल्‍लेखित सबै थोकहरूका परिभाषाहरू मात्र सबैभन्दा सही छन्, र परमेश्‍वरका वचनहरू भित्रका मागहरू नै मानवजातिको लागि एक मात्र मापदण्ड हो—एक मात्र मापदण्ड जसद्वारा मानवजाति अस्तित्वमा हुनुपर्छ।

—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु ९: तिनीहरूले आफैलाई पृथक तुल्याउन अनि तिनीहरूका आफ्‍नै चासो र महत्वाकांक्षाहरूलाई पूरा गर्नको लागि आफ्‍ना कर्तव्य पूरा गर्छन्; तिनीहरूले परमेश्‍वरको घरको चासोहरूलाई कहिल्यै विचार गर्दैनन्, अनि व्यक्तिगत वैभवको लागि ती चासोहरूलाई समेत बेच्छन् (भाग एक)

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्