Christian Dance | परमेश्‍वर सिंहासनमा हुनुहुन्छ | Praise Song

14 अगस्ट 2024

परमेश्‍वर देहधारी बन्नुभएको छ र उहाँका वचनहरू व्यक्त गर्नुहुन्छ;

उहाँ आखिरी दिनहरूको न्याय कार्यान्वयन गर्दै

र राज्यको युग ल्याउँदै काम गर्न देखापर्नुभएको छ।

परमेश्‍वरका चुनिएका मानिसहरू परमेश्‍वरसामु हुर्काइन्छन्

र हामी लम्पसार परेर परमेश्‍वरको आराधना गर्छौँ।

सर्वशक्तिमान् परमेश्‍वर गौरवशाली सिंहासनमा हुनुहुन्छ—कति गौरवशाली, कति सुन्दर!

परमेश्‍वरका वाणीहरूले हामीलाई जीवनको पानी प्रदान गर्छन्।

परमेश्‍वरका वचनहरू खाँदै र पिउँदै हामी उहाँको आमनेसामने छौँ

र अन्त्यमा हामी भोजमा सामेल हुन्छौँ।

परमेश्‍वरले हामीलाई भ्रष्टिएको संसारबाट टाढा राख्नुहुन्छ र पवित्र तुल्याउनुहुन्छ।

हामी आफूलाई सांसारिक उल्झनहरूबाट मुक्त राख्छौँ

र राज्यको तालिममा प्रवेश गर्छौँ।

परमेश्‍वरको घरमा न्याय सुरु भएको छ,

त्यसले परमेश्‍वरको पवित्रता र धार्मिकता प्रकट गरेको छ।

उहाँका वचनहरूको न्याय र सजायले हामीलाई नयाँ मानिसहरूमा परिणत गर्छन्।

हे सर्वशक्तिमान् परमेश्‍वर! तपाईं व्यक्तिगत रूपमा काम गरेर हामीलाई मुक्ति दिनुहुन्छ,

ताकि हामीले आफ्नो स्वभावमा परिवर्तन हासिल गर्न र नयाँ मानिसहरू बन्न

साथै तपाईंको सिंहासनसामु तपाईंको सेवा गर्न सकौँ।

परमेश्‍वर उहाँको काममा बुद्धिमान् र सर्वशक्तिमान् हुनुहुन्छ,

उहाँ सेवाप्रदान गराउन ठूलो रातो अजिङ्गरलाई प्रयोग गर्नुहुन्छ।

प्रतिकूलतामा, परमेश्‍वरले हामीलाई आफ्नो गवाहीमा अडिग रहन

र शैतानमाथि विजयी हुन अगुवाइ गर्नुहुन्छ।

परमेश्‍वरका वचनहरूले उहाँको सर्वशक्तिमान्‌ता देखाउँछन्,

र तिनले विजय गरेर विजेताहरूको एक समूह बनाउँछन्।

परमेश्‍वरले शैतानलाई पूर्ण रूपमा पराजित गर्नुभएको छ र सारा महिमा प्राप्त गर्नुभएको छ।

सर्वशक्तिमान्, एउटै जो हुनुहुन्छ र हुनुहुन्थ्यो, उहाँले राजा भई पृथ्वीमा शासन गर्नुभएको छ।

परमेश्‍वरका वचनहरू अँध्यारो संसार चम्काउने साँचो ज्योति हुन्।

सारा राष्ट्र र सारा मानिसहरू ज्योतिमा आउँछन् र परमेश्‍वरसामु आत्मसमर्पण गर्छन्।

परमेश्‍वर गौरवशाली सिंहासनमा हुनुहुन्छ, आराम लिँदै हुनुहुन्छ।

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्