इसाई गीतहका | ख्रीष्टको परिचय परमेश्‍वर स्वयम् नै हो

29 सेप्टेम्बर 2020

परमेश्‍वर देहधारी हुनुहुने हुँदा उहाँले आफ्नो देहको पहिचानमा कार्य गर्नुहुन्छ;

उहाँ शरीरमा आउनुहुने भएकोले,

आफूले गर्नुपर्ने कार्यलाई उहाँले देहमा नै पूरा गर्नुहुन्छ।

परमेश्‍वरको आत्मा होस् वा ख्रीष्‍ट होस्,

दुवै नै परमेश्‍वर स्वयम हुनुहुन्छ,

र उहाँले आफूले गर्नुपर्ने काम गर्नुहुन्छ

र आफूले गर्नुपर्ने सेवकाइ गर्नुहुन्छ।

उहाँले आफ्नो कार्यलाई जसरी अघि बढाउनुभए तापनि,

परमेश्‍वरलाई उल्लङ्‍घन गर्ने तरिकाले उहाँले कहिल्यै पनि काम गर्नुहुन्‍न।

उहाँले मानिसबाट जे माग्‍नुभए तापनि,

मानिसले पूरा गर्न सक्‍नेभन्दा बाहिरको कुनै माग हुँदैन।

उहाँले गर्ने सबै कुरा परमेश्‍वरको इच्छालाई पूरा गर्ने कार्य हो

र ती सबै उहाँको व्यवस्थापनको खातिर हो।

ख्रीष्‍टको ईश्‍वरत्व सबै मानिसभन्दा माथि छ;

त्यसकारण, सृष्‍टि गरिएका सबै प्राणीहरूका सबैभन्दा उच्‍च अख्तियार उहाँ नै हुनुहुन्छ।

उहाँको अख्तियार नै उहाँको ईश्‍वरत्व हो,

अर्थात् परमेश्‍वर स्वयमको स्वभाव र अस्तित्व,

जसले उहाँको पहिचानलाई निर्धारण गर्छ।

त्यसकारण, उहाँको मानवता जतिसुकै सामान्य भए तापनि,

उहाँमा परमेश्‍वर स्वयमको परिचय छ भन्‍ने कुरा अखण्डनीय छ;

उहाँले जुनसुकै दृष्‍टिकोणबाट बोल्‍नुभए तापनि

र उहाँले परमेश्‍वरको इच्छालाई जसरी पालन गर्नुभए तापनि,

उहाँ परमेश्‍वर स्वयम हुनुहुन्‍न भनेर भन्‍न सकिँदैन।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्