Christian Dance | सर्वशक्तिमान् परमेश्‍वरले मानवजातिलाई मुक्ति दिन सत्यता व्यक्त गर्नुहुन्छ | Praise Song

30 डिसेम्बर 2024

बिजुली पूर्वबाट चम्किन्छ, अन्धकारमा निदाइरहेकाहरूलाई जगाउँछ।

पवित्र आत्मा मण्डलीहरूसँग बोल्नुहुन्छ, र बोल्ने मानिसको पुत्र नै हुनुहुन्छ।

उहाँको आवाज सुन्दा, परमेश्‍वरका चुनिएका मानिसहरू उहाँसामु उठाइन्छन्,

र स्वर्गको राज्यका भोजमा सहभागी हुन्छन्।

सबै देशहरूबाट परमेश्‍वरका चुनिएका मानिसहरूले असल समाचार फैलाउँछन्,

मानवजातिमाझ परमेश्‍वरका आगमनमा रमाउँछन् र त्यसको प्रशंसा गर्छन्।

सर्वशक्तिमान् परमेश्‍वर फर्कनुभएको मुक्तिदाता हुनुहुन्छ,

र उहाँको देखा पराइले मानवजातिकहाँ ज्योति ल्याउँछ।

उहाँले मानवजातिलाई न्याय गर्न र मुक्ति दिन सत्यता व्यक्त गर्नुहुन्छ,

हाम्रा भ्रष्ट स्वभाव पखाल्नुहुन्छ।

न्यायमार्फत हामीलाई मुक्ति दिइन्छ, र हामी साँचो मानव रूपमा जिउँछौँ।

हामी परमेश्‍वरको धार्मिकता र पवित्रता चिन्न पुगेका छौँ,

र हामी उहाँलाई आफ्नो धन्यवाद र प्रशंसा अर्पण गर्छौँ।

हामी परमेश्‍वरका वचनहरू खान्छौँ र पिउँछौँ अनि उहाँको न्याय स्विकार्छौँ,

र मानवजातिलाई निकै गहन रूपमा भ्रष्ट तुल्याइएको छ भनी देख्छौँ।

संसारको दुष्टताको जड पहिचान गरेर, हामी शैतानलाई इन्कार्छौँ र परमेश्‍वरतर्फ फर्कन्छौँ।

सतावट र सङ्कष्टहरू भोगेर,

हामी ठूलो रातो अजिङ्गरको कुरूप साँचो प्रकृति स्पष्ट रूपमा देख्छौँ।

हामी शैतानका युक्ति र परीक्षाहरू छर्लङ्ग देख्छौँ,

र हामी अन्त्यसम्मै परमेश्‍वरलाई पछ्याउन दृढ छौँ।

सर्वशक्तिमान् परमेश्‍वरका वचनहरूले

हामीलाई अन्धकारका प्रभावहरू तोड्न र शैतानलाई जित्न अगुवाइ गर्छन्।

उहाँका वचन हाम्रो आस्था र बल बन्छन्,

र हामी उहाँलाई महिमित तुल्याउन जोरदार गवाही दिन्छौँ।

परमेश्‍वरले हामीलाई ज्योतिमा ल्याउनुहुन्छ,

र हामी उहाँको उपस्थितिको आनन्द उठाउँछौँ र उहाँसामु जिउँछौँ।

परमेश्‍वरका मानिसहरू प्रशंसामा आफ्नो सारा हृदयले गाउँछन्,

अनि सदैव परमेश्‍वरलाई प्रेम गर्छन् र उहाँको गवाही दिन्छन्।

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्