जोइको कथा

25 फेब्रुअरी 2023

आजको कथाको मुख्य पात्रको नाम जोइ हो। उनी फिलिपिन्सकी एक इसाई हुन्। विगतमा, उनले मानिसहरूलाई सधैँ भावनाको आधारमा व्यवहार गर्थिन्। यदि कुनै व्यक्तिले उनीसँग राम्रो व्यवहार गर्‍यो भने, उनले त्यस व्यक्तिसँग राम्रो व्यवहार गर्थिन्। उनले मानिसहरूको वास्तविकतालाई छुट्याउँदिनथिइन्, र उनमा कुनै पनि सिद्धान्त थिएन। तर उनले केही कुरा अनुभव गरेपछि उनले के बुझिन् भने अरूसँग मिलेर बस्‍ने र अरूलाई हेर्ने उनको सिद्धान्तहरू दुवै गलत छन्। एउटा विशेष अनुभव, विशेष कुराले उनलाई के कुरा बुझ्‍न बाध्य गर्‍यो भने, अरूलाई सिद्धान्तहरू अनुसार व्यवहार गर्नको लागि हामीले मानिसहरू र परिस्थितिलाई परमेश्‍वरको वचनको आधारमा हेर्नुपर्छ। जोइको एम्‍मा नामक कलेज साथी थियो र तिनीहरू असल मित्र थिए। आफूलाई कठिनाइहरू आइपर्दा, जोइले एम्‍माको सहयोग लिन्थिन्, र जोइले तिनीहरूको मित्रतालाई बहुमूल्य ठान्थिन्।

फेब्रवरी २०२१ मा, एम्‍माले जोइलाई सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीका भेलाहरूमा निमन्त्रणा गरिन्। सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पढेर अनि भेलाहरूमा सङ्गति सुनेर, जोइले सर्वशक्तिमान्‌ परमेश्‍वर प्रभु येशूको दोस्रो आगमन हुनुहुन्छ भन्‍ने निर्धारित गरिन्, र खुशीसाथ परमेश्‍वरको आखिरी दिनहरूको कामलाई स्वीकार गरिन्। केही महिनापछि, जोइ मलजल डिकनको रूपमा छनौट भइन्।

तर एक दिन, जोइले अचानक के पत्ता लगाइन् भने भेला समूहमा, एम्‍माले परमेश्‍वरमाथि प्रश्‍न उठाउने र मण्डलीलाई आक्रमण गर्ने भ्रमहरू, साथै अगुवा र डिकनहरूका बारेमा पूर्वाग्रहहरू फैलाइरहेकी छिन्। उनका शब्‍दहरूमा असन्तुष्टि र व्यङ्ग्योक्ति थिए। उनले यी कुराहरू उनको आफ्‍नै विचार होइनन्, ती अरूबाट आएका विचार हुन् भनेर पनि भनिन्, र अगुवाहरूले यी प्रश्‍नहरूको उत्तर दिन भेला आयोजना गर्नुपर्छ भन्‍ने आशा उनले गरेकी थिइन्। एम्‍माको निरर्थक र भ्रामक कुरा सुनेपछि जोइ चकित भइन्। यसको साथै, उनलाई चिन्ता पनि लागेको थियो, किनभने भेला समूहमा रहेका सबै भर्खरै परमेश्‍वरको आखिरी दिनहरूको कामलाई स्वीकार गरेका ब्रदर-सिस्टरहरू थिए। समूहमा ती मेसेजहरू पठाउँदा अवश्य नै बाधा पैदा हुनेथियो, र यसले सतही जग भएका र समझशक्ति नभएका कतिपयलाई ठक्‍कर खान पनि लगाउन सक्थ्यो। एम्‍माले किन यसो गरिरहेकी छिन् भन्‍ने जोइलाई थाहा थिएन। यदि उनले साँच्‍चै नै आफ्‍ना प्रश्‍नहरूको जवाफ चाहन्थिन् भने, उनले यी प्रश्‍नहरू सीधै अगुवाहरूलाई पठाउन सक्थिन्। किन यी कुराहरू नयाँ विश्‍वासीहरूका बीचमा फैलाउने? जोइ अत्यन्तै चकित थिइन्। जोइले डर माने जस्तै, चाँडै नै एम्‍माको टिप्पणीहरूले मण्डलीमा केही अन्योलता र बाधा उत्पन्‍न गर्‍यो, र यी कुराले कतिपय ब्रदर-सिस्टरहरूलाई असर गरेको थियो, र अगुवा र डिकनहरूको विरुद्धमा तिनीहरूमा द्वेषभाव उत्पन्‍न भएको थियो र तिनीहरू दोधारमा परेका थिए। एक जना समूह अगुवाले जोइलाई सोधे, “के एम्‍माले भनेको कुरा सही हो?” यो परिस्थिति देख्दा, जोइलाई अझै बढी चिन्ता लाग्यो। त्यसकारण, उनी अवस्था के छ र उनले यी कुराहरू किन भनिन् भनेर सोध्‍न तुरुन्तै एम्‍माकहाँ गइन्। “तिमीले फैलाइरहेकी झूटा हल्‍लाहरू सुनेँ र यसले मण्डलीमा केही कोलाहल मच्‍चाएको छ। कतिपय मानिसहरू त अगुवा र सेवकहरूको विरुद्धमा पूर्वाग्रही पनि बनेका छन्। एम्‍मा, किन तिमीले यस्ता टिप्पणीहरू दिइरहेकी छ्यौ? यी शब्‍दहरू कहाँबाट आए?” “यी कुरा मैले भनेका होइनन्। अगुवाहरूले यी प्रश्‍नहरूको उत्तर दिन भेला आयोजना गर्नुपर्छ भन्‍ने मात्रै मेरो चाहना हो।” “त्यसो हो भने तिमीले यी प्रश्‍नहरू सीधै अगुवाहरूलाई पठाउनुपर्थ्यो र तिमीसँग सङ्गति गर्न अनुरोध गर्नुपर्थ्यो। एम्‍मा, के तिमीले साँच्‍चै यी टिप्पणीहरू आफै बोलेकी होइनौ?” “अवश्य नै मैले होइन! परमेश्‍वरको कामको बारेमा मसँग कुनै धारणाहरू छैनन्।” “त्यसोभए कसले यी प्रश्‍नहरू गरेका हुन् भनेर तिमी किन भन्दैनौ? एम्‍मा, यी अफवाहहरू कहाँबाट आएका हुन्, बस् त्यति भन।” जोइले यी टिप्पणीहरूका बारेमा एम्‍मालाई सोध्दा कुनै उत्तर पाइनन्। जोइले जे सोधे पनि, एम्‍माले उत्तर दिन मानिनन्। जोइले यो कुरा अगुवालाई रिपोर्ट गरिन्, र समस्यालाई जडबाटै तुरुन्तै समाधान गर्नको लागि अगुवाले पनि यी प्रश्‍नहरू कसले गरेका हुन् भनेर जान्‍न चाहन्थे। तर एम्‍माको मुख बाँधिएको थियो, र उनले तिनीहरूलाई केही पनि बताइनन्। पछि, अनुसन्धान गरेपछि, कुनै पनि ब्रदर-सिस्टरहरूले यी प्रश्‍नहरू उठाएका थिएनन्। परमेश्‍वरको कामको बारेमा धारणाहरू बोक्‍ने व्यक्ति एम्‍मा आफै थिइन्। उनले इन्टरनेटबाट केही अफवाहहरू सङ्कलन गरेर त्यसलाई प्रश्‍नहरू बनाएकी थिइन्, तर उनले यो कुरा स्वीकार गर्न मानिनन्। साँचो कुरा थाहा पाएपछि, अगुवाले तुरुन्तै एउटा भेला आयोजना गरे, र एम्‍माका हरेक भ्रमको उत्तर दिन सङ्गति गरे, ताकि ब्रदर-सिस्टरहरूले एम्‍माले भनेका कुराहरूको वास्तविकता बुझ्‍न सकून्। तैपनि, एम्‍मा आफैलाई भने आफ्‍नै व्यवहारको बारेमा कुनै चेतना थिएन वा उनले पश्‍चात्ताप गरिनन्।

यो घटनापछि, अगुवाले जोइलाई सोधे, “एम्‍मा सही व्यक्ति होइनन् भने तपाईंले के गर्नुहुन्छ? के तपाईंले उनलाई सत्यताका सिद्धान्तहरू अनुसार व्यवहार गर्न सक्‍नुहुन्छ?” अगुवाबाट यी प्रश्‍नहरू सुनेपछि, कसरी उत्तर दिने जोइलाई थाहा थिएन। पछि, अगुवा र जोइले सँगै मिलेर परमेश्‍वरको वचनको खण्ड पढे, र जोइको हृदय उज्यालो भयो। एम्‍मालाई कसरी व्यवहार गर्ने उनलाई थाहा भयो, र उनले प्रारम्‍भिक दिशा पनि प्राप्त गरेकी थिइन्। “परमेश्‍वरका वचनहरूले मानिसहरूलाई कुन सिद्धान्तद्वारा अरूसँग व्यवहार गर्न आग्रह गर्छन्? परमेश्‍वरले जुन कुरालाई प्रेम गर्नुहुन्छ त्यसलाई प्रेम गर्नू र परमेश्‍वरले घृणा गर्नुहुने कुरालाई घृणा गर्नू: यो सिद्धान्त पालन गर्नुपर्छ। परमेश्‍वरले सत्यको पछि लाग्ने र उहाँको इच्छा पछ्याउन सक्नेहरूलाई प्रेम गर्नुहुन्छ। यी त्यस्ता मानिसहरू हुन् जसलाई हामीले प्रेम गर्नुपर्छ। परमेश्‍वरको इच्छा पालन गर्न नसक्नेहरू, परमेश्‍वरलाई घृणा गर्नेहरू, र परमेश्‍वरको विरुद्धमा विद्रोह गर्नेहरू—यी मानिसहरूलाई परमेश्‍वरले घृणा गर्नुहुन्छ, र हामीले पनि तिनीहरूलाई घृणा गर्नुपर्छ। परमेश्‍वरले मानिसलाई यस्तै गर्नू भन्नुहुन्छ। … अनुग्रहको युगमा प्रभु येशूले भन्नुभयो, ‘मेरी आमा को हुन्? र मेरा दाजुभाइहरू को हुन्?’ ‘जसले स्वर्गमा हुनुहुने मेरो पिताको इच्‍छा पूरा गर्छन्, तिनीहरू नै मेरा दाजुभाइ, दिदीबहिनी, र आमा हुन्’ (मत्ती १२:४८, ५०) यो भनाइ अनुग्रहको युगमा पहिले नै चलनचल्तीमा थियो, र अहिले परमेश्‍वरका वचनहरू अझ स्पष्ट भएका छन्: ‘परमेश्‍वरले प्रेम गर्नुहुने कुरालाई प्रेम गर्नु, र परमेश्‍वरले घृणा गर्नुहुने कुरालाई घृणा गर्नु।’ यी वचनहरू स्पष्ट छन्, तर मानिसहरूले तिनका वास्तविक अर्थलाई बुझ्न सक्दैनन्(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “तिम्रा बहकिएका दृष्टिकोणहरू पहिचान गरेर मात्र तिमी आफैलाई चिन्न सक्छौ”)। परमेश्‍वरका वचनहरू सुनिसकेपछि, जोइले परमेश्‍वरको इच्‍छाको बारेमा केही मात्रामा बुझिन्। हामीले मानिसहरूलाई सिद्धान्तहरू अनुसार व्यवहार गरेको परमेश्‍वर चाहनुहुन्छ, किनभने परमेश्‍वरको वचनले भन्छ, “परमेश्‍वरले प्रेम गर्नुहुने कुरालाई प्रेम गर्नु, र परमेश्‍वरले घृणा गर्नुहुने कुरालाई घृणा गर्नु।” सिद्धान्तको कुनै पनि विषयमा, र व्यक्ति जोसुकै भए पनि, हामीले तिनीहरूलाई परमेश्‍वरले भन्‍नुभए अनुसार व्यवहार गर्नुपर्छ, “परमेश्‍वरले प्रेम गर्नुहुने कुरालाई प्रेम गर्नु, र परमेश्‍वरले घृणा गर्नुहुने कुरालाई घृणा गर्नु।” एम्‍माले जानी-जानी निरर्थक भ्रमहरू फैलाएकी थिइन्, जसले गर्दा मानिसहरूमा परमेश्‍वरको बारेमा धारणा र गलतबुझाइ, र परमेश्‍वरको कामको बारेमा अन्योलता सिर्जना भयो। यसले मण्डली जीवनमा बाधा पुग्यो, जुन कुराको प्रकृति दुष्ट छ। परमेश्‍वरले दुष्ट काम गर्नेहरूलाई घृणा गर्नुहुन्छ, त्यसकारण भेला हुन र परमेश्‍वरको वचन पढ्न अरूलाई निरन्तर बाधा दिनबाट जोगिन मानिसहरू परमेश्‍वरको पक्षमा उभिएर, दुष्कर्मीहरूलाई इन्कार गर्नुपर्छ, र आफ्‍नो दुष्ट कामहरूलाई रोक्‍नुपर्छ। यो कुरा बुझेपछि, जोइले अगुवालाई भनिन्, “एम्‍माले दुष्कर्म गरेकी छिन् भन्‍ने तथ्यलाई स्वीकार गर्न मलाई गाह्रो भए पनि, यो आखिर तथ्य नै हो। म उनीद्वारा विचलित वा बन्धित हुनेछैन, म उनलाई परमेश्‍वरले दिनुभएका सिद्धान्तहरू अनुसार व्यवहार गर्छु। यदि मण्डलीले उनलाई अलग गर्छ भने, म उनीप्रतिका मेरा भावनाहरूलाई पनि त्याग्‍नेछु, र म परमेश्‍वरलाई दोष दिनेछैन।” अगुवाले जोइलाई भने, “अब, ब्रदर-सिस्टरहरूलाई एम्‍माको बहकाउमा पर्नबाट जोगाउनको लागि, मण्डलीले एम्‍मालाई एकलै अलग गर्ने निर्णय गरेको छ।” जोइलाई एम्‍माको परिस्थितिको बारेमा चिन्ता लागेको भए पनि, उनलाई के पनि थाहा थियो भने एम्‍माले शैतानको नोकरको रूपमा काम गर्दै मण्डली जीवनमा बाधा दिइरहेकी थिइन्, र अगुवाले मिलाएको यो कुरा ब्रदर-सिस्टरहरूलाई भ्रमहरूको धोका वा पिरलोमा पर्नबाट जोगाउनको लागि थियो, ताकि जोइले केही पनि भनिनन्। तर केही दिनपछि, एम्‍माले फेरि जोइलाई भेटिन् … “जोइ, तिनीहरूले त मलाई सेल्फ-आइसोलेसनमा बस्‍न लगाएका छन्! अगुवाले मलाई हाम्रो भेला समूहबाट निकालेका छैनन्, तर मलाई अरूसँग भेला हुने अनुमति छैन। मलाई त म त्यागिएकी छु जस्तो लाग्छ।” “तिमीले भेला समूहमा भ्रम र अफवाह फैलायौ, र तिमीले गलत काम गर्‍यौ। तिमीले आफ्‍नो बारेमा मनन गर्नुपर्छ। तिमीले साँचो रूपमा पश्‍चात्ताप गरेपछि, तिमी भेलाहरूमा फर्केर आउन सक्छौ।” “अगुवाले मलाई भेला समूहबाट निकाल्‍नेछन् भन्‍ने चिन्ता लागेको छ। तर उनले मलाई समूहबाट हटाइन् भने पनि, ठीकै छ। म अर्को क्षेत्रको सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीमा सहभागी हुन अर्को एकाउन्ट प्रयोग गर्नेछु। आखिर मलाई यहाँ स्वागत गरिँदैन!” “नक्‍कली पहिचान लिएर तिमी मण्डलीमा सहभागी हुन्छौ? के यो ब्रदर-सिस्टरहरूलाई छल गर्नु होइन र?” “के भयो त?” एम्‍माको शब्‍दहरू सुनेपछि, जोइ चकित भइन्। एम्‍मासँग पश्‍चात्ताप गर्ने कुनै अभिप्राय थिएन। बाधा दिने र तोड्ने काम गर्नको लागि मण्डलीमा घुसपैठ हुन उनले नक्‍कली एकाउन्ट समेत बनाउन चाहन्थिन्। के तिनी शैतानको नोकर थिइनन् र? र एम्‍माका शब्‍दहरूले तिनी इमानदार व्यक्ति होइनन् भन्‍ने कुरा पनि देखाए। तिनले तिनका ब्रदर-सिस्टरहरू र मण्डलीलाई धोका दिने योजना बनाइरहेकी थिइन्। त्यो बेला, जोइले मलजल डिकनको जिम्‍मेवारीको बारेमा विचार गरिन्, “समस्या पत्ता लाग्‍नेबित्तिकै, त्यसलाई हल गर्नको लागि तिनीहरूले तुरुन्तै सत्यता खोजी गर्नुपर्छ; मुख्यमुख्य समस्याहरूलाई मण्डली अगुवाहरूसित सङ्गति गरेर हल गर्नुपर्छ। सत्य तथ्यहरूलाई लुकाउनु हुँदैन” (सत्यता अभ्यास गर्ने १७० सिद्धान्त)। र मलजल डिकनको रूपमा, उनले सत्यताका सिद्धान्तहरूलाई पालना गरेर बाधामा पर्न र धोकामा पर्नबाट उनका ब्रदर-सिस्टरहरूलाई जोगाउनुपर्छ भन्‍ने जोइलाई लाग्यो। त्यसकारण, उनले यसको बारेमा अगुवालाई बताइन्। “एम्‍माले नक्‍कली एकाउन्ट बनाउन लागेकी छिन् भन्‍नुभएको?” “म तपाईंलाई हाम्रो च्याटको स्क्रीनसटहरू देखाउँछु।” “यसरी मण्डलीलाई निरन्तर बाधा दिएकोमा एम्‍मालाई बहिष्कार गरिनेछ! तर उनी मेरो साथी हुन् र उनले नै मलाई सुसमाचार सुनाएकी थिइन्। के गर्ने …” “सिस्टर, के तपाईंलाई हामीले उनलाई भेला समूहमा राख्‍न सक्छौँ जस्तो लाग्छ? त्यसरी, उनले अरू मण्डलीहरूलाई बाधा दिन नक्‍कली एकाउन्ट खोल्‍नेछैनन्।” “यदि उनले दुष्कर्म गर्दिनन् वा बाधा उत्पन्‍न गर्दिनन् भने, उनी बस्‍न सक्छिन्। तर अहिले, उनीसँग उनका दुष्ट कार्यहरू र उनले पैदा गरेको बाधाको बारेमा कुनै बुझाइ छैन। उनी अझै पनि झूट बोल्‍न, छल गर्न, र अर्को मण्डलीमा घुसपैठ हुन चाहन्छिन्। यसले उनले पश्‍चात्ताप गरेकी छैनन् भन्‍ने देखाउँछ। यदि उनमा साँच्‍चै नै दुष्कर्मीको सार छ भने, उनले पश्‍चात्ताप गर्नेछैनन् र उनी परिवर्तन हुनेछैनन्, र उनले दुष्कर्म गर्न छोड्नेछैनन्।” अगुवाका शब्‍दहरूले जोइलाई स्मरण गरायो, त्यसपछि मात्रै उनले एम्‍मालाई मण्डलीमा राख्‍न चाहेर उनले भावनाको आधारमा काम गरिरहेकी छिन् भन्‍ने थाहा पाइन्। एम्‍मालाई आफ्‍नो बारेमा कुनै ज्ञान थिएन। तिनले कुनै न कुनै बेला दुष्ट काम गरेर मण्डलीमा बाधा पुर्‍याउनेथिइन्। यदि उनले फेरि एम्‍माको लागि बिन्ती गरिन् भने, त्यस्ता शब्‍दहरूमा कुनै सिद्धान्त हुनेथिएन।

पछि, अगुवाले अनुसन्धान गरे र एम्‍मामा धारणाहरू छन् र उनले समस्याहरू समाधान गर्न सत्यताको खोजी गर्दिनन् भन्‍ने पत्ता लगाइन्। बरु, उनले जानी-जानी परमेश्‍वरलाई आक्रमण गर्न निहुँ खोज्‍ने, सही र गलतको बीचमा झुक्‍किने, भ्रम फैलाउने, र ब्रदर-सिस्टरहरूलाई धोका दिएर तिनीहरूमा परमेश्‍वरको कामको बारेमा धारणाहरू सिर्जना गर्ने गर्थिन्। उनले भेलाहरूमा समूह अगुवाहरूको सकारात्मकतालाई तोड्न तिनीहरू काम गर्न योग्य छैनन् भनेर पनि निरन्तर भन्थिन्, जसले गर्दा तिनीहरू नकारात्मक बन्थे, र यसले तिनीहरूको कर्तव्यका परिणामहरूलाई असर गरेको थियो। एम्‍माका कार्यहरूले मण्डलीमा गम्‍भीर बाधा पुगेको थियो, र उनले पश्‍चात्ताप गरेकी थिइनन्, त्यसकारण तिनी साँच्‍चै नै दुष्कर्मी थिइन्। अन्त्यमा, मानिसहरूलाई मण्डलीबाट निष्कासन गर्ने सिद्धान्तहरू अनुसार मण्डलीले एम्‍मालाई बहिष्कार गर्‍यो, र जोइले एम्‍मालाई रक्षा गर्न छोडिन्। तर त्यसपछि जे भयो त्यसले जोइलाई पीडामा डुबायो।

“तिमीले किन हाम्रो च्याटको स्क्रीनसट अरूलाई पठाउँछौ? म अबदेखि तिमीसँग कहिल्यै बोल्दिनँ। जोइ, तिमीले यस्तो गर्नेछौ भनेर मैले कहिल्यै पनि सोचेकी थिइनँ। तिमीले मेरो भरोसा तोड्यौ। तिमीले सबै कुरा बरबाद गरेकी छ्यौ!” जोइ धेरै पटक रोइन्। उनलाई एम्‍मासँगको आफ्‍नो मित्रता समाप्त हुन लागेको छ भन्‍ने लाग्यो। उनले एम्‍मासँग बिताएका पलहरू सम्‍झन थालिन्। उनलाई कठिनाइहरू हुँदा एम्‍माले उपाय निकालेर सहयोग गर्थिन्, र तिनीहरूले प्रायजसो एक-अर्कासँग आफ्‍ना विचारहरू बाँड्ने गर्थे … तर अहिले, एम्‍मालाई के भन्‍ने जोइलाई थाहा थिएन। उनले जे गरे पनि, आफ्‍नो हृदय शान्‍त पार्न सकिनन्। उनले धेरै समय ध्यान दिन नसक्‍ने भएर भेलाहरू संचालन गर्न समेत सक्दिनथिइन्। उनले मनमनै आफैलाई दोष दिइरहिन्, “के मैले साँच्‍चै सबै कुरा बरबाद गरेकी हुँ? सायद उनलाई नक्‍कली एकाउन्ट खोलेर मण्डलीमा बाधा पुर्‍याउनबाट रोक्‍ने अर्को राम्रो उपाय थियो होला…।” जोइलाई उनले गरेको निर्णय सही थियो कि थिएन भनेर शङ्का लाग्‍न थाल्यो। उनी व्याकुल थिइन्। उनलाई आफ्‍नो एकाउन्ट बन्द गर्न, ब्रदर-सिस्टरहरूबाट टाढा बस्‍न, र सबै कुराबाट अलग हुन समेत मन लागेको थियो, तर उनलाई मनैबाट के थाहा थियो भने उनले आफ्‍ना कर्तव्यहरूलाई त्याग्‍न सक्दिनन्, उनी समस्याहरूबाट भाग्‍नु हुँदैन र सक्रिय भएर समाधानहरू खोज्‍नुपर्छ। त्यसकारण, उनले आफ्‍नो स्थितिको बारेमा अगुवालाई बताइन्। अगुवाले जोइलाई परमेश्‍वरको वचनको एउटा खण्ड पठाइन्। “तैँले सकारात्मकताको पक्षबाट प्रवेश गर्नैपर्छ; सक्रिय होऊ, निष्क्रिय होइन। तँ कुनै पनि परिस्थितिमा, कुनै पनि व्यक्ति वा वस्तुद्वारा पटक्कै अस्थिर हुनु हुँदैन अनि तँ कसैको बोलीबाट प्रभावित हुनै हुँदैन। तँसँग स्थिर स्वभाव हुनैपर्दछ; मानिसहरूले जेसुकै भने तापनि तैँले जानेको सत्य कुरालाई झट्टै व्यवहारमा उतार्नैपर्छ। कामको बेला सधैँ मेरा वचन तेरो मनभित्र हुनैपर्छ, तैँले जोसुकैको सामना गरे तापनि, मेरो गवाही दिनमा तँ दृढ हुनैपर्छ अनि मेरा बोझहरूप्रति विचारशील हुनैपर्छ। आफ्नो राय नै नराखी तैँले अरूको कुरामा अन्धाधुन्ध सहमति जनाउनु हुँदैन; बरु सत्यतासित मेल नखाएका ती सबै कुराविरुद्ध खडा हुने र विरोध गर्ने आँट तँसँग हुनैपर्छ। यदि कुनै कुरा गलत छ भन्ने तँलाई प्रष्ट थाहा छ, तर पनि तँमा त्यसको पर्दाफास गर्ने साहस छैन भने, तँ सत्यता अभ्यास गर्ने व्यक्ति होइनस्। तँ केही भन्‍न चाहन्छस्, तर शब्दमा व्यक्त गर्ने आँट गर्दैनस्, त्यसैले तँ घुमाउरो कुरा गर्छस्, र त्यसपछि कुराको विषय नै बदलिदिन्छस्; शैतानले तँभित्रै रहेर तँलाई पछाडितिर तानिरहेको छ, कुनै प्रभावविना बोल्ने र अन्त्यसम्मै दृढ रहन नसक्‍ने बनाएको छ। तँ अझै पनि आफ्नो हृदयमा भय बोकिहिड्छस्, र के यो तेरो हृदय अझै पनि शैतानकै विचारहरूले भरिएको कारणले भएको होइन र?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय १२)। “परमेश्‍वरका वचनहरू अत्यन्तै स्पष्ट छन्। यदि तपाईंले परमेश्‍वरको घरको कामलाई हानी गर्ने र तपाईंका ब्रदर-सिस्टरहरूलाई चोट पुर्‍याउने कुनै कुरा पत्ता लगाउनुभयो भने, वा शैतानबाट बाधा आयो भने, तपाईं खडा हुनुपर्छ र साहस बटुलेर यसलाई खुलासा गर्नुपर्छ, रोक्‍नुपर्छ, र मण्डलीको कामको प्रतिरक्षा गर्नुपर्छ। यस्तो व्यक्ति मात्रै सत्यताको अभ्यास गर्ने व्यक्ति हो। यदि हामीलाई कुनै कुरा गलत हो भन्‍ने थाहा छ, र पनि हामी अझै हाम्रा भावनाहरूको बन्धनमा पर्छौँ, अरूसँगका सम्‍बन्धहरू तोडिन्छ भन्‍ने डर मान्छौँ, र सत्यताका सिद्धान्तहरूको पालना गर्न सक्दैनौँ भने, हामी शैतानको पक्षमा हुन्छौँ, र यो परमेश्‍वरको इच्‍छा विपरीत हुन्छ। तपाईंले तपाईंको मित्रले भ्रमहरू फैलाइरहेको थाहा पाउनुभयो, र तपाईंले उनलाई खुलासा गरेर रोक्‍नुभयो यसरी ब्रदर-सिस्टरहरूलाई हानि हुनबाट जोगाउनुभयो। तपाईंले सही निर्णय गर्नुभयो, र तपाईंले आफूलाई दोष दिने वा दुःखित हुने कुनै आवश्यकता छैन।” “मेरो कद अत्यन्तै सानो छ, र ममा समझशक्तिको कमी छ। मैले सिद्धान्त अनुसार काम गरेँ, तर एम्‍माले मलाई गुनासो गरेर दोष दिँदा, यसले मलाई ढलपलायो, र मलाई म गलत पो थिएँ कि भन्‍ने शङ्का लाग्यो। अब मलाई मेरो निर्णय र अभ्यास सही थियो भन्‍ने थाहा भयो। मण्डलीको काम र ब्रदर-सिस्टरहरूको जीवनसँग सम्‍बन्धित विषयहरूमा, म सिद्धान्तहरू पालना गरेर दह्रिलो गरी खडा हुनुपर्छ। मैले सहीलाई गलतबाट छुट्याउन र भावनाहरूको बन्धनमा नपर्न सिक्‍नुपर्छ।”

परमेश्‍वरको इच्‍छालाई बुझेपछि, जोइले आफैलाई शान्त पारिन् र आफ्‍नो कर्तव्यमा ध्यान दिन थालिन्। तर यो कुरा यहीँ समाप्त भएन। एम्‍माले जोइलाई अचानक यसो भन्दै अर्को मेसेज पठाइन्, “मलाई समूहबाट हटाइयो। अब खुशी भयौ? यो सब तिमीले गर्दा भएको हो।” ती शब्‍दहरूमा व्यङ्ग्योक्ति र खिसी लुकेको थियो। एम्‍मालाई कसरी प्रतिक्रिया दिने त्यो कुरा जोइलाई धेरै बेरसम्‍म थाहा भएन। उनलाई त्यो बेला तिनीहरूको मित्रता समाप्त भएको छ भन्‍ने थाहा भयो, र उनलाई निकै दुःख लाग्यो। जोइले सोचिन्, “हाम्रो सम्‍बन्ध कति राम्रो थियो, र उनले नै मलाई सुसमाचार सुनाएकी थिइन्। तर अहिले, मैले उनको समस्याबारे अगुवालाई रिपोर्ट गरेँ। के मैले उनलाई धोका दिइनँ र? उनले मेरो बारेमा के विचार गर्नेछिन्? मैले के गर्ने? के मैले उनलाई माफ माग्‍नुपर्छ? मैले उनको भरोसा तोडेँ। के मैले हाम्रो मित्रतालाई जोगाउन सकिनँ? के मैले साँच्‍चै नै सही काम गरेँ?” जोइ अन्योलता र पीडामा रुमलिरहेकी बेला, उनले परमेश्‍वरको वचनको एउटा खण्ड पढिन्। “पूर्ण रूपमा मेरो आज्ञापालन गर्न नसक्ने व्यवहार विश्‍वासघात हो। मप्रति निष्ठावान् हुन नसक्ने व्यवहार विश्‍वासघात हो। मप्रति छल गर्ने र मलाई छल गर्नको निम्ति झूट बोल्‍नु विश्‍वासघात हो। विभिन्‍न धारणाहरू राखेर तिनलाई जहाँसुकै फैलाउनु पनि विश्‍वासघात नै हो। मेरा गवाही र चासोहरूलाई समर्थन गर्न नसक्नु विश्‍वासघात हो। हृदयमा मदेखि धेरै टाढा रहेर झूटा मुस्कानहरू प्रस्तुत गर्नु विश्‍वासघात हो। यी सबै विश्‍वासघातका कामहरू हुन् जसको निम्ति तिमीहरू सधैँ सक्षम छौ र ती तिमीहरूका बीचमा सामान्य रूपमा रहेका छन्। तिमीहरूमध्ये कसैले पनि यसलाई समस्याको रूपमा सोचेका थिएनौ होला तर म त्यस्तो सोच्दिनँ। कुनै व्यक्तिले मलाई गर्ने विश्‍वासघातलाई म महत्त्वहीन विषयको रूपमा व्यवहार गर्दिनँ र म निश्‍चय नै यसलाई बेवास्ता गर्न सक्दिनँ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। एउटा अत्यन्तै गम्भीर समस्या: विश्‍वासघात (१))। परमेश्‍वरको वचन पढेपछि, जोइले अन्तर्दृष्टि पाइन्। उनले सोचिन्, “हो, म सधैँ मैले मेरी साथीलाई धोका दिएँ कि दिइनँ भनेर विचार गर्छु। मैले किन मेरो विचार र व्यवहार सत्यता अनुरूप छन् कि छैनन् वा त्यसले परमेश्‍वरलाई धोका दिएको छ कि छैन भनेर विचार गरिनँ? मैले मेरो साथीका भावनाहरूका बारेमा चिन्ता गरेर परमेश्‍वरको आचरणलाई बेवास्ता गर्नु हुँदैन। परमेश्‍वरका वचनहरू अत्यन्तै स्पष्ट छन्। ‘मेरा गवाही र चासोहरूलाई समर्थन गर्न नसक्नु विश्‍वासघात हो।’” जोइले सोचिन्, “एम्‍माले परमेश्‍वरको कामको बारेमा धारणाहरू फैलाइन्, ब्रदर-सिस्टरहरूलाई धोका दिइन्, र मण्डली जीवनमा बाधा दिइन्। उनले अरूलाई धोका दिन नक्‍कली एकाउन्ट पनि खोल्‍न चाहन्थिन्। ती सबै शैतानका काम हुन्, र त्यस्तो कामले मण्डली भत्काउँछ। यदि मैले एम्‍माको पक्षमा उभिएर सत्यता अभ्यास नगरेकी भए, त्यो शैतानको पक्षमा उभिएर परमेश्‍वरलाई धोका दिनु हुनेथियो!” जोइलाई परमेश्‍वरका यी वचनहरू पनि याद आयो, “जेसुकै भए तापनि मप्रति निष्ठावान बन्, र साहसी भएर अघि बढ्; म तेरो शक्तिको चट्टान हुँ, त्यसैले मप्रति भरोसा राख्!(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ११)। जोइलाई उनले इमानदारिताको साथ परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ र उहाँमा भरोसा गर्नुपर्छ भन्‍ने लाग्यो। परमेश्‍वरले उनलाई सही-गलत छुट्याउन, मानिसहरू बीचमा भिन्‍नता छुट्याउन, र यस विषयमा उनका सिद्धान्तहरू र स्थानलाई गुमाउनबाट बचाउनुहुन्छ भन्‍ने विश्‍वास भयो।

पछि, जोइले सोचिन्, “जब मैले एम्‍माले कुनै गलत कार्य गरिरहेकी छिन् भन्‍ने देखेपछि, मैले यो कुरा अगुवालाई रिपोर्ट गरेँ। यो पक्‍कै पनि मण्डलीको कामको रक्षा गर्नु हो। मलाई किन एम्‍माप्रति सधैँ दया लाग्छ?” परमेश्‍वरको वचनले उनको प्रश्‍नको उत्तर दियो। परमेश्‍वरका वचनहरूले भन्छ, “यदि परमेश्‍वरसँग तेरो सम्‍बन्ध सामान्य छैन भने, अन्य मानिसहरूसँग तेरा सम्बन्धहरू कायम राख्न तैँले जे गरे पनि, तैँले जति कठिन परिश्रम गरे पनि वा तैँले जति शक्ति प्रयोग गरे पनि, यी सबै मानिसको जीवन जिउने सम्बन्धी दर्शनशास्त्रसँग सम्बन्धित हुनेछन्। तैँले मानवीय दृष्टिकोण र मानवीय दर्शनद्वारा मानिसहरूका बीचमा तेरो प्रतिष्ठा कायम गरिरहेको छस् ता कि मानिसहरू तेरो प्रशंसा गरून्, तर मानिसहरूसँग सामान्य सम्बन्ध स्थापित गर्न तैँले परमेश्‍वरका वचनलाई पालन गरिरहेको छैनस्। यदि तैँले मानिसहरूसँगको तेरा सम्बन्धहरूमा ध्यान केन्द्रित गर्दैनस् तर परमेश्‍वरसँग स्वाभाविक सम्बन्ध कायम राख्छस् भने, यदि तँ आफ्नो हृदय परमेश्‍वरलाई अर्पित गर्न र उहाँको आज्ञापालन गर्न सिक्न तत्पर छस् भने, प्राकृतिक रूपमै सबै मानिसहरूसँगका तेरा सम्बन्धहरू सामान्य हुनेछन्। … मानिसहरू बीचको सामान्य सम्बन्ध मानिसको प्रयत्नको माध्यमबाट होइन तर उनीहरूले आफ्नो हृदय परमेश्‍वरमा अर्पित गर्ने जगमा स्थापित भएको हुन्छ। उनीहरूका हृदयमा परमेश्‍वर हुनुहुन्‍न भने, मानिसहरूका बीचका अन्तर वैयक्तिक सम्बन्धहरू केवल शरीरका सम्बन्धहरू मात्र हुन्। ती साधारण होइनन्, बरु कामुकतामा लाग्‍नु हो। ती यस्ता सम्बन्धहरू हुन् जसलाई परमेश्‍वरले घृणा गर्नुहुन्छ, जसलाई उहाँले हेला गर्नुहुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरसँग सामान्य सम्बन्ध स्थापित गर्नु अति नै महत्त्वपूर्ण छ)। “तैँले गर्ने र भन्ने सबै कुरामा, तेरो हृदयलाई सही पार्न र तेरा कामहरूमा धर्मी बन्न, र आफ्ना भावनाहरूमा नबग्न, र तेरो आफ्नो इच्छा अनुसार काम नगर्न सक्षम बन्। परमेश्‍वरका विश्‍वासीहरूले आफूलाई आचरणमा राख्न प्रयोग गर्ने सिद्धान्तहरू यिनै हुन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरसँग तेरो सम्बन्ध कस्तो छ?)। परमेश्‍वरको वचनबाट जोइले के पत्ता लगाइन् भने उनले अरूसँगको सम्‍बन्धहरूलाई धेरै वास्ता गर्छिन् र तिनलाई कायम राख्‍न धेरै प्रयास गर्छिन्। उनले परमेश्‍वरसँगको सामान्य सम्‍बन्धलाई बेवास्ता गर्छिन् र देहगत भावनाहरू अनुसार जिउँछिन्। साँचो कुरा के हो भने, अरूसँगका सम्‍बन्धहरूलाई कायम राख्‍नु भनेको आफ्‍नै हित, छवि, र हैसियतलाई रक्षा गर्नको लागि हो। यो देहका आवश्यकताहरूबाट आउँछ। यो भावना र व्यक्तिगत अभिप्रायहरूले पनि कलङ्कित भएको हुन्छ, र यो सत्यताका सिद्धान्तहरू अनुरूप हुँदैन। जोइले के पनि महसुस गरिन् भने उनी एम्‍माको यो मामलाको प्रभावमा परेकी थिइन् र उनले कुनै अडान लिएकी थिइनन्, किनभने उनी भावनाहरूको बन्धनमा परेकी थिइन्, र यसले उनलाई सही काम गर्नबाट रोक्‍यो। उनले आफ्‍नो मित्रता र मानिसहरूको हृदयमा भएको उनको छवि र स्थान कायम राख्‍ने बारेमा मात्रै सोचिन्, परिणाम स्वरूप, उनी भावनाको फन्दामा परिन्। त्यसकारण उनले मानिसहरूलाई सत्यताका सिद्धान्तहरूअनुसार व्यवहार गर्न र मण्डलीका कामबारे विचार गर्न सकिनन्। उनलाई आफ्‍नो कर्तव्य त्याग्‍न, ब्रदर-सिस्टरहरूबाट टाढा बस्‍न, र परमेश्‍वरलाई धोका दिन समेत मन लागेको थियो। त्यसपछि मात्रै जोइले भावनाहरू स्वार्थी हुन्छन्, शैतानले मानिसहरूलाई नियन्त्रण गर्न भावनाहरूको प्रयोग गर्छ, र तिनीहरूलाई सत्यता र परमेश्‍वरलाई धोका दिने बनाउँछ भन्‍ने थाहा पाइन्। जोइले के पनि महसुस गरिन् भने, वास्तवमा, जब एम्‍माले उनलाई सुसमाचार सुनाइन् र भेलामा निमन्त्रणा गरिन्, तब यी सबै परमेश्‍वरका सार्वभौम बन्दोबस्तहरू थिए। परमेश्‍वरले जोइलाई आफ्‍नो अघि ल्याउन एम्‍मालाई प्रयोग गर्नुभएको थियो, र तिनी एम्‍माप्रति होइन तर परमेश्‍वरप्रति कृतज्ञ हुनुपर्थ्यो। यी कुराहरू बुझेपछि, जोइलाई निकै ढुक्‍क लाग्यो र त्यति धेरै चिन्ता लाग्‍न छोड्यो।

पछि, एउटा भेलामा, धेरै जना सिस्टरहरू र जोइले परमेश्‍वरको वचन पाठ गरिएको एउटा भिडियो हेरे, र यो वचनले उनलाई एम्‍माको प्रकृति स्पष्ट रूपमा देख्‍न सहयोग गर्‍यो। परमेश्‍वरका वचनहरूले भन्छ, “दाजुभाइ र दिदी-बहिनीहरूको माझमा सधैँ आफ्नो नकारात्मक विचार पोखाउनेहरू शैतानका नोकरहरू हुन्, र तिनीहरूले मण्डलीमा बाधा दिन्छन्। त्यस्ता व्यक्तिहरूलाई एक दिन निकालिनु र हटाइनुपर्छ। परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वासमा यदि ती मानिसहरूमा परमेश्‍वरप्रति श्रद्धाको हृदय छैन भने, यदि तिनीहरूसँग परमेश्‍वरप्रति आज्ञाकारिताको हृदय छैन भने, तिनीहरू उहाँको निम्ति कुनै काम गर्न असमर्थ मात्र हुँदैनन्, तर त्यसको विपरीत तिनीहरू उहाँको काममा बाधा दिने र उहाँलाई चुनौती दिनेहरू बन्नेछन्। परमेश्‍वरमा विश्‍वास गर्नु तर उहाँप्रति आज्ञाकारी नहुनु वा उहाँलाई आदर नगर्नु, बरु त्यसको साटो उहाँको विरोध गर्नु भनेको एक विश्‍वासीका निम्ति सबैभन्दा ठूलो बेइज्जती हो। यदि विश्‍वासीहरू तिनीहरूका बोलीवचन र आचरणमा गैरजिम्मेवार र अनियन्त्रित छन् र अविश्‍वासीहरू जस्तो व्यवहार गर्छन् भने तिनीहरू अविश्‍वासीहरूभन्दा पनि बढी दुष्ट छन्; भूतात्माहरूको असली नमुना हुन्। जसले मण्डलीमा उनीहरूको विषाक्त, द्वेषपूर्ण कुराहरू ओकल्छन्, जसले अफवाह फैलाउँछन्, अमेल सृजना गर्छन्, र भाइ-बहिनीहरूमा झगडा लगाउँछन्—तिनीहरूलाई मण्डलीबाट निकालिनुपर्छ। तापनि अहिले परमेश्‍वरको कामको एक फरक युग भएकोले यी मानिसहरू प्रतिबन्धित छन्, किनकि तिनीहरूले निश्चित रूपमा निष्कासनको सामना गर्नेछन्। शैतानद्वारा भ्रष्ट पारिएकाहरू जति सबैमा भ्रष्ट स्वभावहरू छन्। कोही-कोहीसँग त भ्रष्ट स्वभावबाहेक अरू केही पनि हुँदैन भने अरू फरक हुन्छन्: केवल उनीहरूसित भ्रष्ट शैतानिक स्वभाव मात्र हुँदैन, तर तिनीहरूको प्रकृति पनि अत्यन्तै द्वेषपूर्ण हुन्छ। तिनीहरूका बोलीवचन र व्यवहारहरूले मात्र तिनीहरूको भ्रष्ट, शैतानिक स्वभावहरू प्रकट गरेन, तर यी मानिसहरू सच्‍चा दुष्ट शैतान हुन्। तिनीहरूको बानीव्यहोराले परमेश्‍वरको कामलाई बाधा र अवरोध गर्छ, त्यसले दाजुभाइ र दिदी-बहिनीहरूको जीवन प्रवेशलाई दुर्बल बनाउँछ, र त्यसले मण्डलीको सामान्य जीवनलाई नोक्सान पुर्‍याउँछ। ढिलो होस् वा चाँडो, भेडाहरूको भेस ओढ्ने यी ब्वाँसाहरूलाई हटाउनैपर्छ; शैतानका यी नोकरहरूप्रति निष्ठुर आचरण, तिरस्कार गर्ने आचरण अपनाउनुपर्छ। परमेश्‍वरको पक्षमा उभिनु भनेको यही मात्रै हो, र त्यसो गर्न नसक्नेहरू शैतानको साथमा हिलोमा लडीबुडी गर्दैछन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सत्यताको अभ्यास नगर्नेहरूलाई एउटा चेतावनी)। यो खण्ड परमेश्‍वरको चेतावनी हो। मैले के बुझेँ भने, सत्यता अभ्यास नगर्ने, अफवाह फैलाउने, र कलह ल्याउने मानिसहरू परमेश्‍वरको विरुद्धमा विद्रोह गर्ने र उहाँको विरोध गर्ने मानिसहरू हुन्। त्यस्ता मानिसहरू परमेश्‍वरका चुनिएका मानिसहरू होइनन्, तिनीहरू शैतानका नोकर र दुष्कर्मीहरू हुन्। तिनीहरूले गर्ने सबै कुरा परमेश्‍वरको निम्ति शत्रुवत हुन्छन्, र मण्डलीको नियमहरू अनुसार, त्यस्ता मानिसहरूलाई बहिष्कार गरिनुपर्छ। परमेश्‍वर धन्यवाद! अहिले, मेरो हृदय उज्यालो भएको छ, र मैले समझशक्ति प्राप्त गरेकी छु। एम्‍माको व्यवहार अनुसार, उनी दुष्कर्मी हुन् भन्‍नेमा म निश्‍चित छु। “अरूलाई तिनीहरूको सारअनुसार व्यवहार गर्नेसम्‍बन्धी सिद्धान्तहरू” मा यसो भनिएको छ भन्‍ने जोइलाई याद भयो, “कुनै व्यक्ति आधारभूत रूपमा दुष्ट व्यक्ति, दुष्ट आत्मा, ख्रीष्टविरोधी, वा गैर-विश्‍वासी हो भन्‍ने पुष्टि भयो भने, मण्डलीले त्यो व्यक्तिलाई हटाउनु वा निष्कासित गर्नुपर्छ; बारम्‍बार गलत दृष्टिकोणहरू प्रकट गर्ने, परमेश्‍वरसम्‍बन्धी बारम्‍बार धारणा राख्ने र उहाँको विरुद्धमा रक्षात्मक हुने छली मानसहरूलाई गैर- विश्‍वासीको रूपमा गन्ती गरिन्छ। तिनीहरूलाई हटाइनु वा निष्कासित गरिनुपर्छ” (सत्यता अभ्यास गर्ने १७० सिद्धान्त)। सिद्धान्तहरू अनुसार, दुष्कर्मीहरूलाई मण्डलीमा बाधा ल्याउन नदिनको लागि तिनीहरूलाई मण्डलीबाट निकालिनुपर्छ, ताकि भेला हुँदा वा आफ्‍नो कर्तव्य पूरा गर्दा अरूलाई बाधा नहोस्। जोइले के पनि बुझिन् भने परमेश्‍वरले दुष्कर्मीहरूलाई मण्डलीमा बाधा दिन अनुमति दिनुहुन्छ ताकि परमेश्‍वरका चुनिएका जनहरूले सत्यतालाई बुझ्‍न सकून्, मानिसहरूलाई चिन्‍न, र मानिसहरूलाई परमेश्‍वरको वचन अनुसार व्यवहार गर्न सिक्‍न सकून्। यसको साथै, यसले हामीलाई हाम्रो साँचो कद जान्‍न, र सत्यता अभ्यास गर्न र मण्डलीको काम रक्षा गर्न सिक्‍न सहयोग गर्छ। यो महसुस गरेपछि, जोइ परमेश्‍वरप्रति कृतज्ञ भइन्। परमेश्‍वरको सुरक्षा र परमेश्‍वरका वचनहरूको अगुवाइविना, उनी अझै पनि भावनाहरूको बन्धनमा हुनेथिइन्, दुष्कर्मीको पक्षमा बोलिरहेकी, र एम्‍माको छलमा परिरहेकी हुनेथिइन्। यो निकै खतरनाक कुरा हो! उनले यो महसुस गरेपछि, जोइलाई यो कुराको चिन्ता लाग्‍न छोड्यो, र उनलाई निकै ढुक्‍क लाग्यो।

त्यसपछि, एम्‍माले जोइलाई धेरै पटक सम्पर्क गरिन्, तर जोइ उनीद्वारा प्रभावित वा व्याकुल हुन छोडिन्। यो अनुभवपछि, जोइ परमेश्‍वरप्रति अत्यन्तै कृतज्ञ भइन्। परमेश्‍वरले नै उनलाई केही सत्यता बुझ्‍न, केही समझशक्ति प्राप्त गर्न, र उनलाई भावनाका बन्धनहरूबाट मुक्त हुन सहयोग गर्नुभएको थियो। उनले मानिसहरूको लागि सत्यता अत्यन्तै महत्त्वपूर्ण छ भन्‍ने देखिन्। हामीले मानिसहरू र परिस्थितिहरूलाई सत्यताको आधारमा हेर्‍यौँ भने मात्रै हामीसँग सिद्धान्तहरू हुन्छ र शैतानको छलमा पर्दैनौँ र त्यसद्वारा प्रयोग हुँदैनौँ। परमेश्‍वर धन्यवाद!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

डाहा हड्डी मकाउने कुरा हो

सु वान, चीन नोभेम्बर २०२० मा मलाई मलजल कार्यको इन्चार्ज रहने टोली अगुवाको रूपमा छनौट गरियो—म अत्यन्तै खुसी थिएँ। समूह अगुवा छनौट भएपछि मलाई...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्