जाइलाग्दा सिकेका पाठहरू
गत वर्ष, म र सिस्टर लीयू मण्डलीको भिडियो कार्यको इन्चार्ज थियौँ। मसँग भन्दा उनीसित व्यावसायिक सीप र अनुभव धेरै थिए, त्यसैले, मलाई समस्या...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
विगतमा, म मानिसहरूलाई सधैँ भावनाको आधारमा व्यवहार गर्थेँ। मानिसहरूले मसँग राम्रो व्यवहार गरेसम्म म पनि तिनीहरूसँग राम्रो व्यवहार गर्थेँ। म मानिसहरूको वास्तविकता छुट्याउन जान्दिनथेँ, र त्यसमाथि, ममा कुनै पनि सिद्धान्त थिएन। तर केही कुरा अनुभव गरेपछि मैले के बुझेँ भने, अरूसँग मिलेर बस्ने र अरूलाई हेर्ने मेरा सिद्धान्तहरू गलत छन्।
फेब्रवरी २०२१ मा, मेरो मिल्ने साथी एम्माले मलाई सर्वशक्तिमान् परमेश्वरको मण्डलीको एउटा भेलामा निमन्त्रणा गरिन्। सर्वशक्तिमान् परमेश्वरका वचनहरू पढेर अनि भेलाहरूमा सङ्गति सुनेर, म सर्वशक्तिमान् परमेश्वर प्रभु येशूको दोस्रो आगमन हुनुहुन्छ भन्नेमा निश्चिन्त भएँ, र खुशीसाथ परमेश्वरको आखिरी दिनहरूको कामलाई स्वीकार गरेँ। केही महिनापछि, म मलजल डिकनको रूपमा चुनिएँ।
एक दिन, मैले एउटा भेला समूहमा एम्माले अचानक परमेश्वरमाथि प्रश्न उठाएको र मण्डलीलाई आक्रमण गर्ने अफवाह र भ्रम, साथै अगुवा र डिकनहरूका बारेमा पूर्वाग्रह फैलाइरहेको कुरा पत्ता लगाएँ। उनका शब्दहरूमा असन्तुष्टि र उपहास थिए। उनले यी कुराहरू उनको निजी विचार होइनन्, ती अरूबाट आएका विचार हुन् भनेर पनि भनिन्, र यी प्रश्नहरूको उत्तर दिन अगुवाहरूको भेला आयोजना गर्नुपर्छ भन्ने आशा उनले गरेकी थिइन्। एम्माले पठाएका अफवाह र भ्रामक कुरा पढेपछि म चकित भएँ। यसको साथै, मलाई चिन्ता पनि लाग्यो, किनभने त्यो समूहमा रहेका सबै मानिसहरू भर्खरै परमेश्वरको आखिरी दिनहरूको कामलाई स्वीकार गरेका ब्रदर-सिस्टरहरू थिए। समूहमा त्यसप्रकारका मेसेजहरू पठाउँदा अवश्य नै बाधा पैदा हुनेथियो, र यसले सतही जग भएका र समझशक्ति नभएका कतिपयलाई ठक्कर खान पनि लगाउन सक्थ्यो। मलाई एकदमै असहज लाग्यो र एम्माले किन यसो गरिरहेकी छिन् भन्ने मलाई थाहा थिएन। यदि उनले साँच्चै नै आफ्ना प्रश्नहरूको जवाफ चाहन्थिन् भने, उनले यी प्रश्नहरू सीधै अगुवालाई पठाउन सक्थिन्। किन यी कुराहरू तिनले नयाँ विश्वासीहरूमाझ फैलाइरहेकी छिन्? मैले डर माने जस्तै, चाँडै नै एम्माले फैलाइरहेका अफवाहले मण्डलीभित्र केही अन्योलता र बाधा उत्पन्न गर्यो, यसबाट कतिपय ब्रदर-सिस्टरहरू प्रभावित भई अगुवा र डिकनहरूको विरुद्ध तिनीहरूमा द्वेषभाव उत्पन्न हुनुको साथै तिनीहरू प्रतिरोधी भएका थिए। एक जना समूह अगुवाले मलाई सोधे, “के एम्माले भनेका कुराहरू सही हुन्?” यो परिस्थिति देख्दा, मलाई झन् चिन्तित भएँ। त्यसैले, म तुरुन्तै एम्मा भएठाउँ गएँ र यी अफवाहहरू कहाँबाट आइरहेका छन् भनी सोधेँ। एम्माले मलाई यसो भनिन्, “यी मैले उब्जाएका प्रश्नहरू होइनन्। अगुवाहरूले यी प्रश्नहरूको उत्तर दिन भेला आयोजना गर्नुपर्छ भन्ने मात्रै मेरो चाहना हो।” मैले यी अफवाहहरू उनलाई कसले पठाएका हुन् त भनेर फेरि उनलाई सोधेँ, तर एम्माले अझै पनि नाम भनिनन्। मैले यो कुरा अगुवालाई रिपोर्ट गरेँ, र समस्यालाई जडबाटै तुरुन्तै समाधान गर्न, अगुवाले पनि यी प्रश्नहरू कसले चाहिँ गरेका हुन् भनेर जान्न चाहन्थे। तर एम्माले केही पनि बताइनन्। पछि, अनुसन्धान गरेपछि, कुनै पनि ब्रदर-सिस्टरहरूले यी प्रश्नहरू उठाएका थिएनन् र परमेश्वरको कामको बारेमा धारणाहरू बोक्ने व्यक्ति एम्मा आफै थिइन् भन्ने देखियो। उनले इन्टरनेटबाट केही अफवाह सङ्कलन गरेर त्यसलाई प्रश्नहरू बनाएकी थिइन्, तर उनले यो कुरा स्वीकार गर्न मानिनन्। साँचो कुरा थाहा पाएपछि, अगुवाले तुरुन्तै एउटा भेला आयोजना गरे, र एम्माका हरेक अफवाह र भ्रमको उत्तर दिन सङ्गति गरे, जसबाट ब्रदर-सिस्टरहरूले एम्माले भनेका कुराहरूको वास्तविकता बुझ्न पाए। तैपनि, एम्मा आफैलाई भने आफ्नै व्यवहारको बारेमा कुनै चेतना वा पश्चात्ताप थिएन।
यो घटनापछि, अगुवाले मलाई सोधे, “एम्मा सही व्यक्ति होइनन् भने तपाईं के गर्नुहुन्छ? के तपाईं उनलाई सत्यता सिद्धान्तहरू अनुसार व्यवहार गर्न सक्नुहुन्छ?” अगुवाका प्रश्नहरू सुनेपछि, कसरी उत्तर दिने मलाई थाहा थिएन। पछि, अगुवा र मैले सँगै मिलेर परमेश्वरको वचनको एउटा खण्ड पढ्यौं: “परमेश्वरका वचनहरूमा मानिसहरूलाई कुन-कुन सिद्धान्तद्वारा एक-अर्कालाई व्यवहार गर्न भनिन्छ? परमेश्वरले प्रेम गर्नुहुने कुरालाई प्रेम गर्नू, र परमेश्वरले घृणा गर्नुहुने कुरालाई घृणा गर्नू। मानिसहरूले पालन गर्नुपर्ने सिद्धान्त यही हो। परमेश्वरले सत्यता पछ्याउने र उहाँको इच्छा पछ्याउन सक्नेहरूलाई प्रेम गर्नुहुन्छ; हामीले पनि प्रेम गर्नुपर्ने मानिसहरू यिनै हुन्। परमेश्वरको इच्छा पालन गर्न नसक्नेहरू, परमेश्वरलाई घृणा गर्नेहरू, र परमेश्वरको विरुद्धमा विद्रोह गर्नेहरू—यी मानिसहरूलाई परमेश्वर घिन गर्नुहुन्छ, र हामीले पनि तिनीहरूलाई घिन गर्नुपर्छ। परमेश्वर मानिसबाट यही माग गर्नुहुन्छ। … अनुग्रहको युगमा प्रभु येशूले भन्नुभयो, ‘मेरी आमा को हुन्? र मेरा दाजुभाइहरू को हुन्?’ ‘जसले स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालन गर्छन्, उनीहरू नै मेरा दाजुभाइ, दिदीबहिनी, र आमा हुन्।’ यी वचनहरू पहिल्यै अनुग्रहको युगमै अस्तित्वमा थिए, र अहिले परमेश्वरका वचनहरू अझ स्पष्ट भएका छन्: ‘परमेश्वरले प्रेम गर्नुहुने कुरालाई प्रेम गर्नू, र परमेश्वरले घृणा गर्नुहुने कुरालाई घृणा गर्नू।’ यी वचनहरूले मुख्य बुँदालाई सिधै छुन्छन्, तर मानिसहरूले प्रायजसो तिनका वास्तविक अर्थलाई बुझ्न सक्दैनन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना गलत दृष्टिकोणहरू जानेर मात्र साँच्चिकै रूपान्तरित हुन सकिन्छ)। परमेश्वरका वचनहरू पढिसकेपछि, मैले परमेश्वरको इच्छाको बारेमा केही राम्रोसँग बुझेँ। हामीले मानिसहरूलाई सिद्धान्तअनुसार व्यवहार गरेको परमेश्वर चाहनुहुन्छ, र हामीले परमेश्वरले प्रेम गर्नुहुने कुरालाई प्रेम गर्नू, र परमेश्वरले घृणा गर्नुहुने कुरालाई घृणा गर्नू। सिद्धान्तको कुनै पनि विषयमा, र व्यक्ति जोसुकै भए पनि, हामीले तिनीहरूलाई “परमेश्वरले प्रेम गर्नुहुने कुरालाई प्रेम गर्नू, र परमेश्वरले घृणा गर्नुहुने कुरालाई घृणा गर्नू” भन्ने परमेश्वरका वचनहरूअनुसार व्यवहार गर्नुपर्छ। एम्माले जानी-जानी यी अफवाह र भ्रमहरू फैलाइरहेकी थिइन्, जसले गर्दा मानिसहरूमा परमेश्वरको बारेमा धारणा एवं गलतबुझाइ, र परमेश्वरको कामको बारेमा अन्योलता सिर्जना भएको थियो। यसले मण्डली जीवनमा बाधा पुगेको थियो, जुन प्रकृतित: दुष्ट काम गर्नु हो। परमेश्वरले दुष्ट काम गर्नेहरूलाई घृणा गर्नुहुन्छ। सामान्य भेला हुन र परमेश्वरको वचन पढ्न अरूलाई निरन्तर बाधा दिनबाट जोगिन मानिसहरू परमेश्वरको पक्षमा उभिएर दुष्कर्मीहरूलाई इन्कार गर्नुपर्छ, र आफ्नो दुष्ट कामहरूलाई रोक्नुपर्छ। यो कुरा बुझेपछि, मैले अगुवालाई भनें, “एम्माले दुष्कर्म गरेकी छिन् भन्ने तथ्यलाई स्विकार्न मलाई गाह्रो भए पनि, यो तथ्य नै हो। म उनीद्वारा विचलित वा बन्धित हुनेछैन। म उनलाई परमेश्वरले दिनुभएका सिद्धान्तअनुसार व्यवहार गर्छु। यदि मण्डलीले उनलाई अलग गर्ने निर्णय गर्छ भने, म उनीप्रतिका मेरा भावनाहरूलाई पन्छाउनेछु, र म परमेश्वरलाई दोष दिनेछैन।” अगुवाले मलाई भने, “यसप्रकारको परिस्थितिमा, ब्रदर-सिस्टरहरूलाई एम्माको बहकाउमा लाग्नबाट जोगाउन मण्डलीले एम्मालाई अलग्गै राख्ने निर्णय गरेको छ ताकि उनले आत्मचिन्तन गर्न सकून्।” मलाई एम्माको कठिन परिस्थितिको बारेमा चिन्ता लागेको भए पनि, मलाई के पनि थाहा थियो भने एम्माले शैतानको नोकरको रूपमा काम गर्दै मण्डली जीवनमा बाधा र व्यवधान पुर्याइरहेकी थिइन्, र अगुवाले मिलाएको यो कुरा ब्रदर-सिस्टरहरूलाई अफवाह र भ्रमहरूको धोका वा बाधामा पर्नबाट जोगाउनका लागि थियो, त्यसैले मैले अरू केही पनि भनिनँ। केही दिनभित्रै, एम्मा म भएठाउँ आएर आफूलाई भेला समूहबाट हटाइनेछ भन्ने कुराले चिन्तित बनेको बताइन्। मैले उनलाई भनें, “तिमीले गलत गरेकी छौ। यदि तिमी साच्चै नै यी समस्याहरू हल गर्न चाहन्छौ भने तिमीले यसलाई अगुवासामु ल्याउनुपर्छ र अगुवाले हल गर्न मद्दत गर्न सक्छन्; तिमीले यी अफवाह र भ्रमहरू ब्रदर-सिस्टरहरूमाझ फैलाएर उनीहरूलाई बाधा दिनुभएन।” म एम्मालाई पश्चाताप गराउन चाहन्थेँ, तर उनले मेरो कुराको जवाफ दिइनन्। उनले आफू समूहबाट निकालिन नचाहेको, र यदि उनलाई निकालियो भने नक्कली अकाउन्ट खोलेर नक्कली जानकारी र ठेगाना राखेर साँचो मार्गको खोजी गर्ने व्यक्तिको रूपमा मण्डलीमा फेरि प्रवेश गर्ने भनेर मात्र भनिन्, अर्थात् उनले अर्को मण्डलीमा जाने बन्दोबस्त मिलाउनेवाला थिइन्। एम्माका शब्दहरू सुनेपछि, म निकै चकित भएँ। एम्मासँग पश्चात्ताप गर्ने अभिप्राय पटक्कै थिएन। बाधा दिने र तोड्ने काम गर्नका लागि मण्डलीमा घुसपैठ हुन उनी नक्कली एकाउन्ट समेत बनाउन चाहन्थिन्। के तिनी शैतानको नोकर थिइनन् र? एम्माका कार्यहरूले तिनी इमानदार व्यक्ति होइनन् भन्ने कुरा पनि देखाए। तिनले ब्रदरहरू, सिस्टरहरू र मण्डलीलाई धोका दिने योजना बनाइरहेकी थिइन्। त्यो बेला, मैले मलजल डिकनको जिम्मेवारी सम्झेँ: “समस्या पत्ता लाग्नेबित्तिकै, त्यसलाई हल गर्नका लागि तिनीहरूले तुरुन्तै सत्यता खोजी गर्नुपर्छ; मुख्यमुख्य समस्याहरूलाई मण्डली अगुवाहरूसित सङ्गति गरेर हल गर्नुपर्छ। सत्य तथ्यहरूलाई लुकाउनु हुँदैन” (कार्य बन्दोबस्तहरू)। मलजल डिकनको रूपमा, मैले सत्यता सिद्धान्तहरूलाई पालना गरेर मेरा ब्रदर-सिस्टरहरूलाई बाधा र बहकाउमा पर्नबाट जोगाउनुपर्छ भन्ने लाग्यो। त्यसकारण, मैले यसको बारेमा अगुवालाई बताएँ र उनलाई हाम्रो च्याटको स्क्रीनसट पठाएँ। तर त्यसपछि मैले मलाई पहिलो पटक सुसमाचार सुनाउने एम्मा रहेको र हामी साथी-साथी भएको बारेमा सोचेँ, र त्यसैले एम्मालाई उनकै समूहमा रहन दिन सम्भव हुनेछ कि छैन भनेर मैले अगुवालाई सोधेँ। त्यसरी, उनले अरू मण्डलीहरूलाई बाधा दिन नक्कली एकाउन्ट प्रयोग गरेर तिनीहरूको समूहमा छिर्ने थिइनन्। अगुवाले मलाई भनिन्, “यदि उनले दुष्कर्म गर्दिनन् वा कुनै बाधा उत्पन्न गर्दिनन् भने उनी बस्न सक्छिन्। तर अहिले, उनीसँग आफ्ना दुष्कर्म र उनले पैदा गरेको बाधाको बारेमा कुनै बुझाइ छैन। उनी अझै पनि धोका दिन, छल गर्न, र अर्को मण्डलीमा घुसपैठ हुन चाहन्छिन्। यसबाट उनले पश्चात्ताप गरेकी छैनन् भन्ने देखिन्छ! यदि उनमा साँच्चै नै दुष्कर्मीको सार छ भने, उनी पश्चात्ताप गर्ने वा परिवर्तन हुनेछैनन्, र उनले दुष्कर्म गर्न छोड्नेछैनन्।” अगुवाका शब्दहरूले मेरा लागि चेतावनी थिए, त्यसपछि मात्रै मैले भावनामा बहेर एम्मालाई मण्डलीमा राख्न चाहेको रहेछु भन्ने थाहा पाएँ। एम्मालाई आफ्नो बारेमा कुनै ज्ञान थिएन। तिनले कुन बेला दुष्ट काम गरेर फेरि मण्डलीमा बाधा पुर्याउनेछिन् भन्न सकिँदैनथ्यो। मैले एम्माको पक्षमा बिन्ती गर्नुमा कुनै सिद्धान्त थिएन।
पछि, अगुवाले अनुसन्धान गरेर के पत्ता लगाइन् भने एम्मामा धारणाहरू हुँदा, उनले ती धारणाहरू समाधान गर्न सत्यताको खोजी गर्दिनन्। बरु, उनले जानी-जानी परमेश्वरलाई आक्रमण गर्न निहुँ खोज्ने, तथ्यहरूलाई बङ्ग्याउने, अफवाह र भ्रम फैलाउने, र ब्रदर-सिस्टरहरूलाई बहकाएर तिनीहरूमा परमेश्वरको कामको बारेमा धारणाहरू सिर्जना गर्ने गर्थिन्। भेलाहरूमा अक्सर उनले तिनीहरूको कर्तव्य निर्वाहप्रतिको सकारात्मकतामाथि आक्रमण गर्न अगुवाहरू र समूह प्रमुखहरू काम गर्न योग्य छैनन् भनेर पनि भनिरहन्थिन्, जसले गर्दा तिनीहरू नकारात्मक बन्थे, र तिनीहरूको कर्तव्यका परिणामहरूमा पनि असर पुगेको थियो। एम्माका कार्यहरूले मण्डलीमा गम्भीर बाधा पुगेको थियो, र उनले पश्चात्ताप गरेकी थिइनन्, त्यसकारण तिनी साँच्चै नै दुष्कर्मी थिइन्। अन्त्यमा, मानिसहरूलाई मण्डलीबाट हटाउने सिद्धान्तअनुसार मण्डलीले एम्मालाई बहिष्कार गर्यो, र मैले एम्मालाई रक्षा गर्न छोडें। तर त्यसपछि जे भयो त्यसले मलाई पीडामा डुबायो।
एकदिन बिहान, एम्माले अचानक मलाई मैले उनीप्रति किन यस्तो गरिरहेको छु भनेर सोध्दै एउटा मेसेज पठाइन्। उक्त मेसेजमा मैले मप्रतिको उनको भरोसा नष्ट गरेको र मैले परिस्थितिलाई झन् भयानक बनाएको भनेर पनि लेखेकी थिइन्। पछि मैले उनी मसँग रिसाउनुको कारण नक्कली एकाउन्टको विषयलाई लिएर रहेछ भन्ने थाहा पाएँ। मैले अगुवालाई पठाएको स्क्रीनसटको सामग्री हाम्रो स्थानीय भाषामा लेखिएको थियो जसलाई अगुवाले बुझिनन्, त्यसैले त्यहाँ के भनिएको छ भनेर उनले अर्को सिस्टरलाई अनुवाद गर्न भनेकी थिइन्। तर ती सिस्टर एम्माकी साथी भएकीले एम्मालाई यसबारे सबै बताइन्। यसैले एम्माले मलाई मेसेज पठाएर यसबारे सोधिरहेकी थिइन्। त्यो बिहान म धेरै पटक रोएँ। मलाई एम्मासँगको मेरो मित्रता समाप्त हुन लागेको छ भन्ने लाग्यो। मैले एम्मासँग बिताएका पलहरू सम्झन थालेँ। मलाई कठिनाइहरू हुँदा एम्माले उपाय निकालेर सहयोग गर्थिन्, र हामी प्रायजसो एकअर्कासँग आफ्ना विचारहरू बाँड्ने गर्थ्यौँ…। तर अहिले, एम्मालाई के भन्ने मलाई थाहा थिएन। मैले आफ्नो हृदय शान्त पार्न सकिनँ। मैले धेरै समय ध्यान दिन नसक्ने भएर भेलाहरू सञ्चालन गर्न समेत सकिनँ। मैले मनमनै आफैलाई दोष दिइरहेँ, “के मैले साँच्चै सबै कुरा बरबाद गरेकी हुँ? सायद उनलाई नक्कली एकाउन्ट खोलेर मण्डलीमा बाधा पुर्याउनबाट रोक्ने अर्को राम्रो उपाय थियो होला…।” मलाई मैले गरेको निर्णय सही थियो कि थिएन भनेर शङ्का लाग्न थाल्यो। म धेरै व्याकुल थिएँ। मलाई आफ्नो एकाउन्ट बन्द गर्न, ब्रदर-सिस्टरहरूबाट टाढा बस्न, र सबै कुराबाट अलग हुन समेत मन लागेको थियो, तर मलाई के थाहा थियो भने मैले आफ्ना कर्तव्यहरूलाई त्याग्न सक्दिनँ, म समस्याहरूबाट भाग्नु हुँदैन र सक्रिय भएर समाधानहरू खोज्नुपर्छ। त्यसकारण, मैले आफ्नो स्थितिको बारेमा अगुवालाई बताएँ। अगुवाले मलाई परमेश्वरको वचनको एउटा खण्ड पठाइन्: “तैँले सकारात्मकताको पक्षबाट प्रवेश गर्नैपर्छ; सक्रिय बन्, निष्क्रिय होइन। तँ कुनै पनि परिस्थितिमा, कुनै पनि व्यक्ति वा वस्तुद्वारा पटक्कै अस्थिर हुनु हुँदैन अनि तँ कसैको बोलीबाट प्रभावित हुनै हुँदैन। तँसँग स्थिर स्वभाव हुनैपर्दछ; मानिसहरूले जेसुकै भने तापनि तैँले जानेको सत्य कुरालाई झट्टै व्यवहारमा उतार्नैपर्छ। कामको बेला सधैँ मेरा वचन तेरो मनभित्र हुनैपर्छ, तैँले जोसुकैको सामना गरे तापनि, मेरो गवाही दिनमा तँ दृढ हुनैपर्छ अनि मेरा बोझहरूप्रति विचारशील हुनैपर्छ। आफ्नो राय नै नराखी तैँले अरूको कुरामा अन्धाधुन्ध सहमति जनाउनु हुँदैन; बरु सत्यतासित मेल नखाएका ती सबै कुराविरुद्ध खडा हुने र विरोध गर्ने आँट तँसँग हुनैपर्छ। यदि कुनै कुरा गलत छ भन्ने तँलाई प्रष्ट थाहा छ, तर पनि तँमा त्यसको पर्दाफास गर्ने साहस छैन भने, तँ सत्यता अभ्यास गर्ने व्यक्ति होइनस्। तँ केही भन्न चाहन्छस्, तर शब्दमा व्यक्त गर्ने आँट गर्दैनस्, त्यसैले तँ घुमाउरो कुरा गर्छस्, र त्यसपछि कुराको विषय नै बदलिदिन्छस्; शैतानले तँभित्रै रहेर तँलाई पछाडितिर तानिरहेको छ, कुनै प्रभावविना बोल्ने र अन्त्यसम्मै दृढ रहन नसक्ने बनाएको छ। तँ अझै पनि आफ्नो हृदयमा भय बोकिहिँड्छस्, र के यो तेरो हृदय अझै पनि शैतानकै विचारहरूले भरिएको कारणले भएको होइन र?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय १२)। परमेश्वरको वचन पढिसकेपछि, अगुवाले मसँग यसरी सङ्गति गरिन्, “परमेश्वरका वचनहरू अत्यन्तै स्पष्ट छन्। यदि तपाईंले मण्डलीको कामलाई हानि गर्ने र तपाईंका ब्रदर-सिस्टरहरूलाई चोट पुर्याउने कुनै कुरा पत्ता लगाउनुभयो भने, वा शैतानबाट बाधा आयो भने, तपाईं खडा हुनुपर्छ, साहस बटुलेर यसलाई खुलासा गर्नुपर्छ, रोक्नुपर्छ, र मण्डलीको कामको प्रतिरक्षा गर्नुपर्छ। यस्तो व्यक्ति मात्रै सत्यता अभ्यास गर्ने व्यक्ति हो। यदि हामीलाई कुनै कुरा गलत हो भन्ने थाहा छ, र पनि हामी अझै हाम्रा भावनाहरूको बन्धनमा पर्छौँ, अरूसँगका सम्बन्ध तोडिन्छ भन्ने डर मान्छौँ, र सत्यता सिद्धान्तहरूको पालना गर्न सक्दैनौँ भने, हामी शैतानको पक्षमा हुन्छौँ, र यो परमेश्वरको इच्छा विपरीत हुन्छ। तपाईंले तपाईंको साथीले भ्रमहरू फैलाइरहेको थाहा पाउनुभयो, र तपाईंले उनलाई खुलासा गरेर रोक्नुभयो, यसरी ब्रदर-सिस्टरहरूलाई हानि हुनबाट जोगाउनुभयो। तपाईंले सही निर्णय गर्नुभयो, र तपाईंले आफूलाई दोष दिने वा दुःखित हुने कुनै आवश्यकता छैन।” परमेश्वरको वचन पढिसकेपछि र सिस्टरको सङ्गति सुनिसकेपछि मैले मेरो कद अत्यन्तै सानो छ, र ममा समझशक्तिको कमी छ भन्ने थाहा पाएँ। मैले स्पष्ट रूपमा सिद्धान्तअनुसार काम गरेको थिएँ, तर एम्माले मलाई गुनासो गरेर दोष दिँदा यसले मलाई ढलपलायो, र मलाई म गलत पो रहेकी थिएँ कि भन्ने शङ्का लाग्यो। अब मलाई मेरो निर्णय र अभ्यास सही रहेको थियो भन्ने थाहा भयो। मण्डलीको काम र ब्रदर-सिस्टरहरूको जीवनसँग सम्बन्धित विषयहरूमा, म सिद्धान्तहरू पालना गरेर दह्रिलो अडान लिनुपर्थ्यो। मैले सहीलाई गलतबाट छुट्याउन र भावनाहरूको बन्धनमा नपर्न सिक्नुपर्थ्यो।
परमेश्वरको इच्छालाई बुझेपछि, मैले आफैलाई शान्त पारेँ र आफ्नो कर्तव्यमा ध्यान दिन थालेँ। तर यो कुरा यहीँ समाप्त भएन। एम्माले मलाई अचानक यसो भन्दै अर्को मेसेज पठाइन्, “मलाई त्यो समूहबाट हटाइयो। अब खुशी भयौ हैन? यो सब तिमीले गर्दा भएको हो। धेरै-धेरै धन्यवाद!” ती शब्दहरूमा व्यङ्ग्य र खिसी लुकेको थियो। एम्मालाई कसरी प्रतिक्रिया दिने त्यो कुरा मलाई धेरै बेरसम्म थाहा भएन। मलाई त्यो बेला हाम्रो मित्रता समाप्त भएको छ भन्ने थाहा भयो, र मलाई निकै दुःख लाग्यो। हाम्रो सम्बन्ध कति राम्रो थियो, र उनले नै मलाई सुसमाचार सुनाएकी थिइन्। तर अहिले, मैले उनको समस्याबारे अगुवालाई रिपोर्ट गरेँ। के मैले उनलाई धोका दिइनँ र? उनले मेरो बारेमा के सोच्नेछिन्? अब मैले के गर्ने? के मैले उनीसँग माफ माग्नुपर्छ? के मैले उनको भरोसा तोडेँ? के मैले हाम्रो मित्रतालाई जोगाउन सकिनँ? के मैले साँच्चै नै सही काम गरेँ? मेरो अन्योलता र पीडामा, मैले परमेश्वरको वचनको एउटा खण्ड पढेँ: “मप्रति पूर्ण रूपले समर्पित हुन नसक्ने व्यवहार विश्वासघात हो। मप्रति निष्ठावान् हुन नसक्ने व्यवहार विश्वासघात हो। मप्रति छल गर्ने र मलाई छल गर्नको निम्ति झूट बोल्नु विश्वासघात हो। विभिन्न धारणाहरू राखेर तिनलाई जहाँसुकै फैलाउनु पनि विश्वासघात नै हो। मेरा गवाही र चासोहरूलाई समर्थन गर्न नसक्नु विश्वासघात हो। हृदयमा मदेखि धेरै टाढा रहेर झूटा मुस्कानहरू प्रस्तुत गर्नु विश्वासघात हो। यी सबै विश्वासघातका कामहरू हुन् जसको निम्ति तिमीहरू सधैँ सक्षम छौ र ती तिमीहरूका बीचमा सामान्य रूपमा रहेका छन्। तिमीहरूमध्ये कसैले पनि यसलाई समस्याको रूपमा सोचेका थिएनौ होला तर म त्यस्तो सोच्दिनँ। कुनै व्यक्तिले मलाई गर्ने विश्वासघातलाई म महत्त्वहीन विषयको रूपमा व्यवहार गर्दिनँ र म निश्चय नै यसलाई बेवास्ता गर्न सक्दिनँ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। एउटा अत्यन्तै गम्भीर समस्या: विश्वासघात (१))। परमेश्वरको वचन पढेपछि, मैले अन्तर्दृष्टि पाएँ। मैले सधैँ मेरी साथीलाई धोका दिने म नै हो भनेर सोचिरहेकी थिएँ। मैले किन मेरो विचार र व्यवहार सत्यता अनुरूप छन् कि छैनन् वा मैले परमेश्वरलाई धोका दिएकी छु कि छइनँ भनेर विचार गरिनँ? मैले मेरो साथीका भावनाहरूका बारेमा चिन्ता गरेर परमेश्वरको आचरणलाई बेवास्ता गर्नु हुँदैनथ्यो। परमेश्वरका वचनहरू अत्यन्तै स्पष्ट छन्: “मेरा गवाही र चासोहरूलाई समर्थन गर्न नसक्नु विश्वासघात हो।” एम्माले परमेश्वरको कामको बारेमा धारणाहरू फैलाएकी, ब्रदर-सिस्टरहरूलाई धोका दिएकी, र मण्डली जीवनमा बाधा दिइकी थिइन्। उनले अरूलाई धोका दिन नक्कली एकाउन्ट पनि खोल्न चाहन्थिन्। ती सबै शैतानका काम हुन्, र त्यस्ता कामले मण्डलीको कामलाई भत्काउँछ। यदि मैले एम्माको पक्षमा उभिएर सत्यता अभ्यास नगरेकी भए, त्यो शैतानको पक्षमा उभिएर परमेश्वरलाई धोका दिनु हुनेथियो! मलाई परमेश्वरका यी वचनहरू पनि याद आए: “जेसुकै भए तापनि मप्रति बफादार बन्, र साहसी भएर अघि बढ्; म तेरो अटल चट्टान हुँ, त्यसैले ममाथि भर पर्!” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय १०)। मैले इमानदारिताको साथ परमेश्वरलाई प्रार्थना गर्नुपर्छ र उहाँमा भरोसा गर्नुपर्छ भन्ने लाग्यो, र परमेश्वरले सही-गलत छुट्याउन, मानिसहरू चिन्न मलाई अगुवाइ गर्नुहुन्छ, र मलाई यस विषयमा मेरा सिद्धान्त र स्थानलाई गुमाउनबाट बचाउनुहुन्छ भन्ने विश्वास भयो।
पछि, मैले सोचेँ, “मैले एम्माले कुनै गलत कार्य गरिरहेकी छिन् भन्ने देखेपछि, मैले यो कुरा अगुवालाई रिपोर्ट गरेँ। यो स्पष्ट रूपमा मण्डलीको कामको रक्षा गर्नलाई थियो। मलाई किन एम्माप्रति सधैँ दया लागिरहन्छ?” पछि, परमेश्वरको वचनले मेरो प्रश्नको उत्तर दियो। परमेश्वरका वचनहरूले भन्छ: “यदि परमेश्वरसँग तेरो सम्बन्ध सामान्य छैन भने, तैँले अन्य मानिसहरूसँगको तेरो सम्बन्ध कायम राख्न जे गरे पनि, तैँले जति नै कठिन परिश्रम गरे पनि वा जति नै मेहनत लगाए पनि, त्यो सबै संसारसँग व्यवहार गर्ने मानव दर्शन मात्र हुनेछ। तैँले परमेश्वरका वचनहरूअनुरूप सामान्य अन्तर्वैयक्तिक सम्बन्ध स्थापित गर्नुको सट्टा मानव दृष्टिकोण र मानव दर्शनद्वारा मानिसहरूमाझ आफ्नो स्थान कायम राखिरहेको र उनीहरूको प्रशंसा बटुलिरहेको हुनेछस्। यदि तँ अरू मानिसहरूसँगका सम्बन्धहरूमा ध्यान केन्द्रित गर्दैनस्, बरु त्यसको सट्टा परमेश्वरसँग सामान्य सम्बन्ध कायम राख्छस्, र तँ आफ्नो हृदय परमेश्वरलाई अर्पित गर्न र उहाँप्रति समर्पित हुन सिक्न तत्पर छस् भने, सबै मानिसहरूसँग तेरा सम्बन्धहरू पनि स्वाभाविक रूपमै सामान्य बन्नेछन्। … सामान्य अन्तर्वैयक्तिक सम्बन्ध मानिसको प्रयत्नको माध्यमबाट नभई, आफ्नो हृदय परमेश्वरतर्फ फर्काउने जगमा स्थापित हुन्छ। यदि व्यक्तिको हृदयमा परमेश्वर हुनुहुन्न भने, अन्य मानिसहरूसँगका सम्बन्धहरू केवल दैहिक सम्बन्धहरू मात्र हुन्छन्। ती सामान्य हुँदैनन्, ती वासनाले ग्रसित आसक्ती हुन्, र त्यस्ता सम्बन्धहरूलाई परमेश्वर घिनाउनुहुन्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरसँग सामान्य सम्बन्ध स्थापित गर्नु अति नै महत्त्वपूर्ण छ)। “आफूले भन्ने र गर्ने सबै कुरामा, तँ आफ्नो हृदयलाई सही राख्न र आफ्ना कार्यहरूमा न्यायोचित हुन सक्, र कार्य गर्दा आफ्ना भावनाहरू वा आफ्नै इच्छामा नबग्। परमेश्वरका विश्वासीहरूले यिनै सिद्धान्तहरूअनुसार कार्य गर्नुपर्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरसँग तेरो सम्बन्ध कस्तो छ?)। परमेश्वरको वचनबाट मैले के पत्ता लगाएँ भने म अरूसँगको सम्बन्धहरूलाई जोगाउन धेरै प्रयास गर्थेँ र मैले परमेश्वरसँगको मेरो सामान्य सम्बन्धलाई बेवास्ता गरी देहगत भावनाहरू अनुसार जिएकी थिएँ। साँचो कुरा के हो भने, अरूसँगका सम्बन्धहरूलाई जोगाउनु भनेको आफ्नै हित, छवि, र हैसियतका लागि हो। यी सबै कुरा देहबाट आउँछन्। यो भावना र व्यक्तिगत अभिप्रायहरूले पनि कलङ्कित भएको हुन्छ, र यो सत्यता सिद्धान्तहरू अनुरूप हुँदैन। मैले के पनि महसुस गरेँ भने म एम्माको यो मामलाको प्रभावमा परेकी थिएँ र मैले कुनै अडान लिएकी थिइनँ, किनभने म भावनाहरूको बन्धनमा परेकी थिएँ, र यसले मलाई सही काम गर्नबाट रोकेको थियो। मैले आफ्नो मित्रता र मानिसहरूको हृदयमा भएको मेरो छवि र स्थान जोगाउने बारेमा मात्रै सोचेँ, परिणाम स्वरूप, म भावनाको फन्दामा परेँ। त्यसकारण मैले मानिसहरूलाई सत्यता सिद्धान्तहरूअनुसार व्यवहार गर्न सकिनँ, मैले मण्डलीका हितहरूबारे विचार गर्ने त झन् कुरै भएन। मलाई आफ्नो कर्तव्य त्याग्न, ब्रदर-सिस्टरहरूबाट टाढा हुन, र परमेश्वरलाई धोका दिन समेत मन लागेको थियो। त्यसपछि मात्रै मैले भावनाहरू स्वार्थी हुन्छन्, शैतानले मानिसहरूलाई नियन्त्रण गर्न भावनाहरूको प्रयोग गर्छ, अनि मानिसहरूलाई सत्यता र परमेश्वरलाई धोका दिने बनाउँछ भन्ने थाहा पाएँ। मैले के पनि महसुस गरेँ भने, वास्तवमा, एम्माले मलाई सुसमाचार सुनाउनु र भेलामा निमन्त्रणा गर्नु, ती सबै परमेश्वरका सार्वभौम बन्दोबस्तहरू थिए। म एम्माप्रति होइन तर परमेश्वरप्रति कृतज्ञ हुनुपर्थ्यो। यी कुराहरू बुझेपछि, मलाई निकै ढुक्क लाग्यो र त्यति धेरै चिन्ता लाग्न छोड्यो।
पछि, एउटा भेलामा, मैले परमेश्वरको वचनको एउटा खण्ड पढेँ, जसले मलाई एम्माको प्रकृति सार स्पष्ट रूपमा देख्न सहयोग गर्यो। परमेश्वरका वचनहरूले भन्छ: “दाजुभाइ-दिदीबहिनीहरूमाझ सधैँ आफ्नो नकारात्मकता पोखाउनेहरू शैतानका नोकर हुन्, र तिनीहरू मण्डलीमा बाधा दिनेहरू हुन्। त्यस्ता मानिसहरूलाई एक दिन निष्कासित गर्नैपर्छ र हटाइनैपर्छ। यदि मानिसहरूमा परमेश्वरमाथिको आफ्नो विश्वासमा परमेश्वरको डर मान्ने हृदय छैन भने, यदि तिनीहरूसँग परमेश्वरमा समर्पित हुने हृदय छैन भने, तिनीहरू उहाँका निम्ति कुनै काम गर्न असमर्थ मात्र हुँदैनन्, बरु त्यसको विपरीत, तिनीहरू उहाँको काममा बाधा दिने र उहाँको प्रतिरोध गर्नेहरू बन्नेछन्। परमेश्वरमा विश्वास गर्नु तर उहाँप्रति समर्पित नहुनु वा उहाँको डर नमान्नु, बरु उहाँको प्रतिरोध गर्नु भनेको एक विश्वासीका निम्ति सबैभन्दा ठूलो लज्जाको विषय हो। यदि विश्वासीहरू तिनीहरूका बोलीवचन र आचरणमा गैरविश्वासीहरू जतिकै लापरवाह र असंयमित छन् भने, तिनीहरू गैरविश्वासीहरूभन्दा पनि दुष्ट छन्; दुष्ट पिशाचका असली नमुना हुन्। जो मण्डलीमा आफ्ना विषाक्त, दुर्भावपूर्ण कुराहरू पोखाउँछन्, जो आधारहीन अफवाहहरू फैलाउँछन्, बेमेल खडा गर्छन्, र दाजुभाइ-दिदीबहिनीहरूमाझ गुट पैदा गर्छन्—तिनीहरूलाई मण्डलीबाट निष्कासित गरिनुपर्थ्यो। तैपनि अहिले परमेश्वरको कामको फरक युग भएकाले, यी मानिसहरू प्रतिबन्धित छन्, किनकि तिनीहरूलाई निश्चित रूपमा हटाइनुपर्ने हुन्छ। शैतानद्वारा भ्रष्ट पारिएकाहरू जति सबैमा भ्रष्ट स्वभावहरू छन्। तर, कतिपयमा भ्रष्ट स्वभावबाहेक अरू केही पनि हुँदैन भने अरू चाहिँ फरक हुन्छन्: उनीहरूमा शैतानी भ्रष्ट स्वभावहरू हुने मात्र होइन, तिनीहरूको प्रकृति पनि अत्यन्तै दुर्भावपूर्ण हुन्छ। यी मानिसहरूका बोलीवचन र व्यवहारहरू केवल शैतानी भ्रष्ट स्वभावहरूको प्रकटीकरणभन्दा बढी नै हुन्छन्; तिनीहरू खाँटी दियाबलस र शैतान हुन्। तिनीहरू परमेश्वरको काममा अवरोध र बाधा पुऱ्याउनु बाहेक केही गर्दैनन्, त्यसले दाजुभाइ-दिदीबहिनीहरूको जीवन प्रवेशलाई बाधा दिन्छ, र त्यसले सामान्य मण्डली जीवनलाई नोक्सान पुर्याउँछ। ढिलो-चाँडो, भेडाहरूको खाल ओढ्ने यी ब्वाँसाहरूलाई पखालिनेछ; शैतानका यी नोकरहरूप्रति कठोर मनोवृत्ति, इन्कार गर्ने मनोवृत्ति अपनाउनुपर्छ। परमेश्वरको पक्षमा उभिनु भनेको यही मात्रै हो, र त्यसो गर्न नसक्नेहरू शैतानसँगै हिलोमा लडीबुडी गर्दैछन्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सत्यताको अभ्यास नगर्नेहरूलाई एउटा चेतावनी)। यो खण्ड मानिसहरूलाई परमेश्वरको चेतावनी हो। मैले के बुझेँ भने, सत्यता अभ्यास नगर्ने, सधैँ अफवाह फैलाउने, र कलह ल्याउने मानिसहरू परमेश्वरको विरुद्धमा विद्रोह गर्ने र उहाँको विरोध गर्ने मानिसहरू हुन्। त्यस्ता मानिसहरू परमेश्वरका चुनिएका मानिसहरू होइनन्, बरु तिनीहरू शैतानका नोकर र दुष्कर्मीहरू हुन्। तिनीहरूले गर्ने सबै कुरा परमेश्वरको निम्ति शत्रुवत हुन्छन्, र मण्डलीका नियमअनुसार, त्यस्ता मानिसहरूलाई बहिष्कार गरिनुपर्छ। परमेश्वर धन्यवाद! अहिले, मेरो हृदय उज्यालो भएको छ, र मैले समझशक्ति प्राप्त गरेकी छु। एम्माको व्यवहारअनुसार, उनी दुष्कर्मी हुन् भन्नेमा म निश्चित छु। “अरूलाई तिनीहरूको सारअनुसार व्यवहार गर्नेसम्बन्धी सिद्धान्तहरू” मा यसो भनिएको छ भन्ने पनि मैले सम्झेँ: “(४) कुनै व्यक्ति आधारभूत रूपमा दुष्ट व्यक्ति, दुष्ट आत्मा, ख्रीष्टविरोधी, वा गैर-विश्वासी हो भन्ने पुष्टि भयो भने, मण्डलीले त्यो व्यक्तिलाई हटाउनु वा निष्कासित गर्नुपर्छ; (५) बारम्बार गलत दृष्टिकोणहरू प्रकट गर्ने, परमेश्वरसम्बन्धी बारम्बार धारणा राख्ने र उहाँको विरुद्धमा रक्षात्मक हुने छली मानसहरूलाई गैर-विश्वासीको रूपमा गन्ती गरिन्छ। तिनीहरूलाई हटाइनु वा निष्कासित गरिनुपर्छ” (सत्यता अभ्यास गर्ने १७० सिद्धान्त, १३२. अरूलाई तिनीहरूको सारअनुसार व्यवहार गर्नेसम्बन्धी सिद्धान्तहरू)। सिद्धान्तहरू अनुसार, दुष्कर्मीहरूलाई मण्डलीमा बाधा ल्याउन नदिनका लागि तिनीहरूलाई मण्डलीबाट निकालिनुपर्छ, ताकि भेला हुँदा वा आफ्नो कर्तव्य पूरा गर्दा अरूलाई बाधा नहोस्। मैले के पनि बुझेँ भने परमेश्वरले दुष्कर्मीहरूलाई मण्डलीमा बाधा दिन अनुमति दिनुहुन्छ ताकि परमेश्वरका चुनिएका जनहरूले सत्यतालाई बुझ्न सकून्, मानिसहरूलाई चिन्न, र तिनीहरूसँग परमेश्वरको वचन अनुसार व्यवहार गर्न सिक्न सकून्। यसको साथै, यसले हामीलाई हाम्रो साँचो कद जान्न, र सत्यता अभ्यास गर्न र मण्डलीका हितहरू रक्षा गर्न सिक्न सहयोग गर्छ। यी कुराहरू महसुस गरेपछि, म परमेश्वरप्रति कृतज्ञ भएँ। परमेश्वरको सुरक्षा र परमेश्वरका वचनहरूको अगुवाइविना, म अझै पनि भावनाहरूको बन्धनमा हुनेथिएँ, दुष्कर्मीको पक्षमा बोलिरहेकी, र एम्माको छलमा परिरहेकी हुनेथिएँ। यो निकै खतरनाक कुरा हो! मैले यी कुराहरू पहिचान गरेपछि, मलाई यो कुराको चिन्ता लाग्न छोड्यो, र मैले निकै ढुक्क महसुस गरेँ।
त्यसपछि, एम्माले मलाई धेरै पटक सम्पर्क गरिन्, तर म उनीद्वारा प्रभावित वा व्याकुल हुन छोडिसकेकी थिएँ। यो अनुभव हासिल गरेपछि, म परमेश्वरप्रति आभारले भरिपूर्ण भएँ। परमेश्वरले नै मलाई केही सत्यता बुझ्न, केही समझशक्ति प्राप्त गर्न, र भावनाका बन्धनहरूलाई त्याग्न सहयोग गर्नुभएको थियो। यो सत्यता मानिसहरूका लागि अत्यन्तै महत्त्वपूर्ण छ। हामीले मानिस र परिस्थितिहरूलाई सत्यताको आधारमा हेर्यौँ भने मात्रै हामीसँग सिद्धान्तहरू हुन्छ, अनि हामी शैतानको बहकाउमा पर्दैनौँ र त्यसद्वारा प्रयोग हुँदैनौँ। परमेश्वर धन्यवाद!
गत वर्ष, म र सिस्टर लीयू मण्डलीको भिडियो कार्यको इन्चार्ज थियौँ। मसँग भन्दा उनीसित व्यावसायिक सीप र अनुभव धेरै थिए, त्यसैले, मलाई समस्या...
आन सुन, चीनमार्च २०२० मा, मैले मेरी आमाको पत्र पाएँ। उहाँलाई एक वर्षभन्दा पहिले नै मण्डलीबाट दुष्ट व्यक्ति भनेर निकालिएको रहेछ। यो अचानक...
स्याओली, चीनसन् १९९८ मा, मेरा तीन दिदीबहिनी र मैले सर्वशक्तिमान् परमेश्वरका आखिरी दिनहरूको काम स्वीकार गर्यौँ। हामी अक्सर सँगै...
येजी, चीनसन् २०२२ मा, म मण्डलीमा नयाँ विश्वासीहरूलाई मलजल गरिरहेकी थिएँ। यो परमेश्वरले मलाई उचाल्नुभएको हो भन्ने मलाई थाहा थियो, त्यसैले...