गल्तीहरू स्विकार्न किन यति गाह्रो हुन्छ?

17 डिसेम्बर 2024

मण्डलीमा म भिडियो कार्य रेखदेख गर्ने व्यक्ति हुँ। एक दिन, एक सिस्टरले मलाई हतारमा फोन गरिन्। उनले एउटा भिडियो राम्ररी जाँचेकी थिइनन् र यसलाई फेरि बनाउनुपर्ने भयो, जसले गर्दा ढिलाइ भयो र थप जनशक्ति र स्रोतहरू लाग्‍ने भयो। भिडियोको नाम सुन्दा, याद आयो कि मैले नि भिडियो जाँच्‍न मद्दत गरेकी थिएँ तर कुनै समस्या देखेकी थिइनँ। कलपछि, यो सब के भएछ भनेर पत्ता लगाउन हतारिएँ, र भिडियोको नामको हिज्जे गलत भएको देखेँ। निश्‍चय नै, कामका गल्तीहरू अगुवालाई रिपोर्ट गरिनुपर्छ, र भविष्यमा अरूले यस्ता समस्या नभोगून् भनेर हाइलाइट गरिनुपर्छ। तर त्यसपछि, मैले यस्तो आधारभूत गल्ती कसरी गरें, र अगुवाले यसपछि मलाई कसरी हेर्लान् भनी सोचेँ। कतै उनले कर्तव्यमा म गम्भीर वा भरपर्दो छैन पो सोच्‍नेहुन् कि? त्यसो भयो भने त, मैले इन्चार्जको पद गुमाउनेछु। त्यसपछि, मैले ब्रदर-सिस्टरहरूलाई भिडियो बनाउँदा एकदमै ध्यान दिनु महत्त्वपूर्ण छ भनी कसरी जोड दिन्थेँ भनेर सोचें। यदि मैले गल्ती गरेको सबैले थाहा पाए भने, तिनीहरूले म इन्चार्ज हुन योग्य छैन भन्ठान्‍नेहुन् कि? त्यसरी त मेरो प्रतिष्ठा कहाँ रहन्छ र? तर त्यतिबेला, ममा यो चेतना थिएन। मैले आफ्नै लागि बहानाहरू बनाएँ: “हामी जानाजान लापरवाह भइरहेका थिएनौं। हामीले गर्नुपर्ने जाँच गरेका थियौँ। म यस्ता विशेष परिस्थितिहरू भविष्यवाणी गर्न सक्दिनथेँ। भएको क्षति त उल्ट्याउन सकिँदैन, तर भविष्यमा म अझ सावधान रहेसम्म, सबै ठीक भइहाल्छ। यसबाहेक, यो भिडियो जाँच गर्ने म मात्र थिइनँ। के भएको थियो भनेर सबैले थाहा पाइहाले पनि म मात्र दोषी होइन। यो विषय यहीँ सक्किन्छ। सम्बन्धित सबैलाई यो थाहा छ, र त्यत्ति भए पुग्छ।” त्यसैले, मैले अगुवा वा समूहका अरू ब्रदर-सिस्टरहरूलाई भनिनँ। असहज महसुस भए पनि र जिम्मेवारीबाट पन्छिदै छु भन्‍ने जानेर पनि, यो गल्तीले मेरो प्रतिष्ठामा र मेरो पदमा पनि के असर गर्न सक्छ भनी सोच्दा, म केही भएको छैन जस्तो गरी अगाडि बढिरहेँ।

एक दिन, मैले परमेश्‍वरका वचनहरू पढेँ: “भ्रष्ट मानवजाति आफ्‍नो वास्तविकता लुकाउन सिपालु हुन्छन्। तिनीहरूले जे काम गरे नि, जस्तो भ्रष्टता प्रकट गरे नि, आफ्‍नो वास्तविकता सधैँ लुकाउँछन्। यदि कुनै गलत कुरा हुन्छ वा तिनीहरूले गलत काम गरे भने, तिनीहरू अरूलाई दोष लगाउन चाहन्छन्। तिनीहरू असल कुराहरूको श्रेय आफै लिन, र खराब कुराको दोष अरूलाई दिन चाहन्छन्। के वास्तविक जीवनमा यस्ता देखावटीपनहरू एकदमै धेरै हुँदैनन् र? हो, एकदमै धेरै हुन्छन्। गल्तीहरू गर्नु वा वास्तविक रूप लुकाउनु: यीमध्ये कुनचाहिँ स्वभावसँग सम्बन्धित छ? वास्तविक रूप लुकाउनु स्वभावसित सम्बन्धित कुरा हो, यसमा एक घमण्डी स्वभाव, दुष्टता र विश्‍वासघात सामेल हुन्छ; र परमेश्‍वरले यसलाई विशेष रूपमा तुच्छ ठान्‍नुहुन्छ। वास्तवमा, जब तैँले आफ्‍नो वास्तविक रूप लुकाउँछस्, तब के भइरहेको छ भनेर सबैले बुझ्छन्, तर तँ अरूले देख्दैनन् भन्‍ने सोच्छस्, र इज्‍जत बचाउन र तैँले केही पनि गलत गरेको छैनस् भनेर सबैलाई सोच्‍ने बनाउन तैँले सक्दो तर्क गर्छस् र आफूलाई निर्दोष साबित गर्ने प्रयास गर्छस्। के यो मूर्खता होइन र? अरूले यसबारेमा के सोच्छन्? तिनीहरूलाई कस्तो अनुभव हुन्छ? दिक्‍क र घिन लाग्छ। यदि गल्ती गरिसकेपछि, तैँले यसलाई सही प्रकारले लिन सक्छस्, र सबैलाई यसबारेमा कुराकानी र टीकाटिप्पणी गर्न, र असल-खराब छुट्याउन, अनि यसबारेमा खुलस्त हुन र विश्‍लेषण गर्न दिन्छस् भने, तेरो बारेमा सबैको विचार के हुनेछ? तिनीहरूले तँ इमान्दार व्यक्ति होस् भन्‍नेछन् किनकि तेरो हृदय परमेश्‍वरको लागि खुला छ। तेरा कार्य र व्यवहारमार्फत, तिनीहरूले तेरो हृदय देख्न सक्नेछन्। तर यदि तैँले भेष बदल्ने र सबैलाई धोका दिने कोसिस गर्छस् भने, मानिसहरूले तँलाई आदर गर्नेछैनन्, अनि तँ मूर्ख र निर्बुद्धि व्यक्ति होस् भनी भन्‍नेछन्। यदि तैँले बहाना वा ढोँग गर्ने कोसिस गर्दैनस्, बरु आफ्नो गल्ती स्विकार्छस् भने, सबैले तँ इमानदार र बुद्धिमान् छस् भनी भन्‍नेछन्। अनि कुन कुराले तँलाई बुद्धिमान् बनाउँछ? सबैले गल्ती गर्छन्। सबैमा दोष र कमी-कमजोरी हुन्छ। अनि वास्तवमा, सबैसित उही भ्रष्ट स्वभाव हुन्छ। तैँले आफैलाई अरूभन्दा धेरै महान्, सिद्ध, र दयालु नसोच्; त्यसो गर्नु बिलकुलै अनुचित छ। तैँले स्पष्ट रूपमा मान्छेको भ्रष्ट स्वभाव अनि मान्छेको भ्रष्टताको सार र सत्यता देखेपछि, आफ्ना गल्तीहरू ढाकछोप गर्ने वा अरूले गल्ती गर्दा तिनीहरूप्रति नराम्रो विचार पाल्ने काम गर्नेछैनस्, तैँले यी दुवै कुरालाई सही प्रकारले सामना गर्न सक्‍नेछस्। तब मात्र तँ समझदार हुनेछस् र मूर्ख कुराहरू गर्नेछैनस्, र यस कार्यले तँलाई बुद्धिमान् व्यक्ति बनाउनेछ। बुद्धि नभएकाहरू मूर्ख मानिसहरू हुन् र तिनीहरू सधैँ आफ्ना ससाना गल्तीहरूमा अल्झिरहन्छन्, जबकि दृश्य पछाडि तिनीहरू छली हुन्छन्। यो देख्नुमा घिनलाग्दो हुन्छ। वास्तवमा, तैँले जे गरिरहेको हुन्छस् त्यो अरू मानिसहरूले तुरुन्तै स्पष्ट रूपमा देख्छन्, तैपनि तँ अझै निर्लज्ज बनी ढोङ्ग गर्छस्। अरूलाई, त्यो एक जोकरले गरेको काम जस्तो लाग्छ। के यो मूर्खता होइन? यो साँच्चै मूर्खता हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। व्यक्तिको आचरणलाई मार्गदर्शन गर्नुपर्ने सिद्धान्तहरू)। परमेश्‍वरका वचनहरूबाट, मैले ढोंग गर्नु, ढाकछोप गर्नु र आफ्नो गल्ती स्विकार्न नसक्‍नु गल्ती गर्नुभन्दा धेरै गम्भीर हुन् भन्‍ने महसुस गरेँ। ती छली र धोकापूर्ण कार्य हुन्! त्यसको विपरित, जब मानिसहरूले आफूलाई उदाङ्गो पार्छन् र गल्तीको जिम्मेवारी लिन्छन्, अरूले तिनीहरूलाई तुच्छ मानेर हेर्नेछैनन्, बरु तिनीहरूले त्यो व्यक्तिलाई सरल र खुला रूपमा सत्य बोलेकोमा आदर गर्नेछन्। हामी सबैले कुनै बेला गल्ती गरेका हुन्छौँ। परमेश्‍वरले यत्तिकै मान्छेलाई गल्ती गरे भनेर निन्दा गर्नुहुन्न— बरू पछि साँच्चै पश्‍चात्ताप गर्न सक्छन् सक्दैनन् भनी हेर्नुहुन्छ। तर मैले यो बुझेकी थिइनँ। गल्ती गर्नु, खास गरी सुपरिवेक्षकको रूपमा गल्ती गर्नु लाजमर्दो कुरा हो भन्‍ने सोच्थेँ— मैले आधारभूत गल्ती गरें भने मान्छेले मलाई हेला गर्नेछन् भन्‍ने लाग्थ्यो। म अरू ब्रदर-सिस्टरभन्दा राम्रो छैन भनेर सोच्लान्, र म प्रतिस्थापित हुँला भन्‍ने लाग्थ्यो। त्यसैले, जब मैले जाँचेको भिडियोमा त्रुटि फेला पर्‍यो, मैले त्यो स्विकार्ने हिम्मत गरिनँ, बरु ढाकछोप गर्न जोड गरेँ। मैले जिम्मेवारीबाट पन्छिन, केही भएको छैन जस्तो व्यवहार गरें, र थामथुम पार्दै मामला लुकाएँ। यसबारेमा ग्लानि त भयो, तर म अझै सबैलाई सत्य बताउन इच्छुक थिइनँ। म अत्यन्तै छली थिएँ। मैले मण्डलीको काममा प्रष्टै हानि पुर्‍याएकी थिएँ, तैपनि एक शब्द बोलिनँ, र गल्ती लुकाउने प्रयास गरें। मैले अगुवा र ब्रदर-सिस्टरहरूलाई मेरो गल्तीको सट्टा राम्रो पक्ष मात्र देख्ने तुल्याएँ। यसरी, सबैले मलाई आफ्नो काममा गम्भीर र व्यावहारिक छु भन्‍नेछन्। अनि मेरो छवि र सुपरिवेक्षकको पद कायम राख्न सक्‍नेछु भन्‍ने लाग्यो। मैले निकै घिनलाग्दो व्यवहार गरेकी थिएँ। मलाई मान्छेले मेरो गल्ती थाहा पाउलान् भन्‍ने डर थियो, त्यसैले आफूलाई ढाकछोप गर्न सकेजति गरें। मैले मेरो कुरूप पक्ष ढाकेँ, मान्छेलाई धोका दिएँ, तिनीहरूबाट सत्य लुकाएँ। म चरित्र वा मर्यादाबिना बाँचिरहेकी थिएँ। म यसरी गल्ती ढाकछोप गर्दै अरूलाई धोका दिइरहन सक्दिनथेँ। त्यसैले, यस परिस्थितिबारे जानकारी गराउँदै, अगुवालाई पत्र लेखेँ, र मैले मेरो भ्रष्टताको बारेमा सबैलाई खुलस्त बताएँ। मेरो उदाहरणबाट सिक्न सकून् भनेर मैले तिनीहरूलाई सत्य बताएँ। यसो गरेपछि, अलि आराम महसुस भयो।

तर जब मैले हाम्रो कामको सूची खोलेँ, अर्को एउटा भिडियो दुईपटक बनाइएको हो कि जस्तो लाग्यो। यो साँच्चै हो भनी विश्‍वासै भएन। हर काममा कसलाई खटाएँ भनेर जानकारी राख्थेँ, तैपनि कसरी अर्को गल्ती हुन सक्यो? तर जाँच गर्दा, भिडियो वास्तवमै दुईपटक बनाइएको थियो। त्यो बेला, म स्तब्ध भएँ। यो त नराम्रो भयो। मैले भर्खरै अगुवाअघि गल्ती स्विकारेकी थिएँ, र उनले स्थितिलाई विस्तृतमा बुझ्नुअघि नै, मैले फेरि गडबड गरेकी थिएँ। उनले मेरो बारे के सोच्लान्? कतै उनले मलाई सधैँ गल्ती गर्ने र इन्चार्ज हुन अयोग्य भनी सोच्नेहुन् कि? अनि, अरू ब्रदर-सिस्टरहरूले थाहा पाए भने म भरपर्दो रहेनछु भन्ठान्नेहुन् कि? यी आधारभूत गल्तीहरू भइरहे त, अर्कोपटक मैले कर्तव्यमा गम्भीर र जिम्मेवार हुनेबारे सङ्गति गर्दा, के उनीहरूले अझै पनि गम्भीरतापूर्वक लेलान् र? अहँ, अब यो गल्तीको कारण ठ्याक्कै के हो, पत्ता लाउनुपर्ने भो, अनि मूख्य दोषी म नभए हुन्थ्यो भन्‍ने आशा लिएँ। मैले दोषको केही भाग बेहोर्नुपरे नि, त्यो कम हुनुपर्थ्यो। यसरी, मेरो इज्जत नजाने र मेरो हैसियत सुरक्षित हुनेथ्यो। अनि अन्त्यमा, सावधानीपूर्वक निरीक्षण गरेँ, र यो पत्ता लगाएँ कि मैले कार्य तोकेपछि, त्यसलाई पुरानो सूचीमा मात्र रेकर्ड गरेछु, जसले गर्दा समूह अगुवाले फेरि कसैलाई त्यो काम जिम्मा दिए। यसमा शङ्कै थिएन—मुख्य दोषी म नै थिएँ। जब मैले यो बुझेँ, म आत्तिएँ। म कसरी यति अभागी हुन सक्थें? म पर्नै नहुने समस्याहरूमा परेकी थिएँ। कस्तो अभागी! मैले के गर्ने, केही सोच्नै सकिनँ। मैले यो गल्तीबारे अगुवालाई बताउनुपर्छ कि पर्दैन? यदि मैले लगातार दुईवटा आधारभूत गल्ती गरेको सबैलाई थाहा भयो भने, तिनीहरूले मेरो बारेमा के सोच्थे? मैले पहिले पढेका परमेश्‍वरका वचनहरू सम्झेँ। झूट र छलहरू गल्तीभन्दा धेरै गम्भीर हुन्छन्, र तिनलाई परमेश्‍वर झन् घिनाउनुहुन्छ। मलाई मनमा डर लाग्यो। मैले जे भए पनि यो गल्तीबारे अगुवालाई बताउनुपर्थ्यो, तर मैले डर रोक्‍न सकिनँ। म आशङ्काले भरिएकी थिएँ। मेरो मुटु ढुङ्गाले थिचिएझैँ गरी भारी भयो। कर्तव्य निभाउँदा म विचलित महसुस गर्थेँ, र रातमा सुत्न सक्दिनथेँ। मलाई थाहा थियो, यो स्थिति ठीक होइन, त्यसैले, आफूलाई चिन्न मार्गदर्शन माग्दै परमेश्‍वरलाई प्रार्थना गरें।

पछि, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ, र आफ्नो स्थितिबारे बुझाइ प्राप्त गरेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ, “ख्रीष्टविरोधीले जति नै धेरै गलत काम गरे पनि, जुनसुकै प्रकारका गलत काम गरे पनि, चाहे त्यो परमेश्‍वरको भेटी हिनामिना गर्ने, उडाउने, दुरुपयोग गर्ने होस्, वा मण्डलीको काममा बाधा र व्यवधान ल्याएर काम भताभुङ्ग पारेर परमेश्‍वरलाई क्रोधित पार्ने काम नै किन नहोस्, तिनीहरू सधैँ शान्त, स्थिर र निस्फिक्री रहन्छन्। ख्रीष्टविरोधीले जस्तोसुकै दुष्कर्म गरे पनि वा यसले जे-जस्ता परिणामहरू ल्याए पनि, तिनीहरू कहिल्यै आफ्‍नो पाप स्विकार्न र पश्‍चात्ताप गर्न सक्दो चाँडो परमेश्‍वरसामु आउँदैनन्, र तिनीहरू कहिल्यै आफूलाई उदाङ्गो पार्ने र आफ्‍ना गलत कार्यहरू स्विकार्ने मनोवृत्ति लिएर ब्रदर-सिस्टरहरूको अघि आउँदैनन्, आफ्‍ना अपराधहरू कहिल्यै चिन्दैनन्, आफ्‍नो भ्रष्टता कहिल्यै पहिचान गर्दैनन्, र आफ्‍ना दुष्ट कार्यहरूको कहिल्यै पछुतो गर्दैनन्। बरु, तिनीहरू जिम्‍मेवारीबाट पछि हट्न र आफ्‍नो इज्‍जत र छवि पुनर्स्थापित गर्न अरूमाथि दोष थोपर्न दिमाग खियाउँछन्। तिनीहरू मण्डलीको कामको बारेमा होइन, बरु आफ्नै प्रतिष्ठा र हैसियतमा हानि वा असर भयो कि भन्‍ने कुरामा ध्यान दिन्छन्। तिनीहरू आफ्ना अपराधहरूले परमेश्‍वरको घरमा पुर्‍याएका क्षतिहरूबारे विचार गर्ने वा त्यसलाई परिपूर्ति गर्ने उपायहरूबारे कहिल्यै सोच्दैनन्, न त परमेश्‍वरप्रतिको आफ्‍नो ऋण उतार्ने प्रयास नै कहिल्यै गर्छन्। भन्‍नुको अर्थ, तिनीहरू आफूबाट गलत काम हुन सक्छ वा आफूले गल्ती गरेको छु भनेर कहिल्यै स्वीकार गर्दैनन्। ख्रीष्टविरोधीहरूको सोचाइमा, सक्रिय भएर गल्ती स्विकार्नु र तथ्यहरूको इमानदार लेखा दिनु मूर्खता एवं असक्षमता हो। यदि ख्रीष्टविरोधीहरूका दुष्कर्महरू पत्ता लागे र खुलासा भए भने, तिनीहरूले क्षणिक लापरवाहीले भएको गल्ती भनेर मात्रै स्विकार्छन्, आफू कर्तव्यविमुख र गैरजिम्‍मेवार भएको भनेरचाहिँ कहिल्यै स्विकार्दैनन्, र आफ्‍नो जीवनबाट त्यो कलङ्क हटाउन तिनीहरूले अरू कसैको काँधमा जिम्‍मेवारी थोपर्ने प्रयास गर्छन्। यस्तो बेला, ख्रीष्टविरोधीहरूले परमेश्‍वरको घरमा पुगेको क्षति कसरी पुर्ने, आफ्‍ना गल्तीहरू स्विकार्न परमेश्‍वरका चुनिएका मानिसहरूसँग कसरी खुलेर कुरा गर्ने, वा घटेको घटना विवरण कसरी दिने भन्‍नेबारेमा चिन्ता गर्दैनन्। तिनीहरू ठूलो समस्यालाई सानोजस्तो देखाउन र सानो समस्यालाई समस्या नै होइनजस्तो देखाउन उपायहरू खोज्‍न मात्रै चिन्ता गर्छन्। तिनीहरूले अरूलाई कुरा बुझाएर आफूप्रति सहानुभूति देखाउने बनाउन वस्तुगत कारणहरू दिन्छन्। अरूको नजरमा आफ्‍नो प्रतिष्ठा पुनर्स्थापित गर्न, आफ्‍ना अपराधहरूले आफैमाथि पार्ने नकारात्मक असर कम गर्न, र माथिकहाँ आफ्नो खराब छाप कहिल्यै नपरोस् भन्‍ने सुनिश्‍चित गर्न तिनीहरूले सक्दो प्रयास गर्छन्, ताकि माथिबाट तिनीहरूलाई कहिल्यै पनि जिम्‍मेवार तुल्याउने, बर्खास्त गर्ने, अनुसन्धान गर्ने, वा दण्ड दिने काम नगरियोस्। ख्रीष्टविरोधीहरू आफ्ना हितहरूमा कुनै हानि नहोस् भनेर आफ्‍नो प्रतिष्ठा र हैसियत पुनर्स्थापित गर्न, जति धेरै कष्ट भोग्‍न पनि तयार हुन्छन्, र तिनीहरूले जुनसुकै कठिनाइ समाधान गर्न सक्दो प्रयास गर्छन्। ख्रीष्टविरोधीहरूले आफ्‍नो अपराध वा गल्तीको सुरुदेखि नै आफूले गरेका गलत कामहरूको जिम्‍मेवारी लिने अभिप्राय कहिल्यै राखेका हुँदैनन्, तिनीहरूमा आफूले गर्ने गलत कार्यहरूपछाडिका मनसाय, इरादा, र भ्रष्ट स्वभाव पहिचान गर्ने, त्यसबारे सङ्गति गर्ने, त्यसलाई खुलासा वा विश्‍लेषण गर्ने कुनै अभिप्राय हुँदैन, र अवश्य नै तिनीहरूले मण्डलीको काममा आफूबाट भएको हानि र परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा पुगेको नोक्सानीको भरपाइ गर्ने अभिप्राय कहिल्यै राखेका हुँदैनन्। त्यसकारण, तैले यो मामलालाई जुनसुकै दृष्टिकोणबाट हेरे पनि, ख्रीष्टविरोधीहरू आफ्‍नो गल्ती कहिल्यै नस्विकार्ने र कहिल्यै पश्‍चात्ताप नगर्ने मानिसहरू हुन्। ख्रीष्टविरोधीहरू छुटकाराको सबै आशा गुमाएका बेसरम र थेत्तर मानिसहरू हुन्, र तिनीहरू जीवित शैतानभन्दा कमका हुँदैनन्(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु एघार)। परमेश्‍वरका वचनहरूबाट मैले ख्रीष्टविरोधीहरू हैसियत र प्रतिष्ठालाई विशेष महत्त्व दिन्छन् भन्‍ने देखें। कर्तव्यमा जतिसुकै गल्तीहरू गरे पनि वा जतिसुकै कमीहरू भए पनि, वा मण्डलीको कामलाई जति हानि गरे पनि, तिनीहरूले कहिल्यै गल्ती स्विकार्दैनन्। अरूले तिनीहरूका कमजोरी देख्लान् र तिनीहरूलाई तुच्छ मान्लान् भनी डराउँछन्। त्यसैले, तिनीहरूले आफैलाई अपमानित गर्ने गल्ती गरेको महसुस गरेपछि तिनीहरू बेचैन बन्छन्, राम्रोसँग खान वा सुत्न सक्दैनन्। अनि दिमाग खियाउँछन्, गल्तीका प्रमाण लुकाउने र प्रतिष्ठा पुनर्स्थापित गर्ने उपाय सोच्छन्। मेरो व्यवहार पनि त्यस्तै थियो। मैले आफ्नै हैसियत र प्रतिष्ठालाई यति महत्त्वपूर्ण ठानेँ कि काममा समस्या भेट्टाउँदा पनि मैले आफ्नो गल्तीबारे कुनै अफसोस मानिनँ। भविष्यमा गल्तीहरू नगर्न मैले किन यस्तो भयो भनेर मनन गरिनँ। मैले त्यस्ता आधारभूत त्रुटिहरू गरेको थाहा पाएपछि सबैले मलाई कसरी हेर्लान्, र मलाई तुच्छ पो ठान्लान् कि, वा म काम गर्न योग्य छैन पो भन्लान् कि भन्‍ने मात्र सोच्न सकेँ। आफ्नो हैसियत र प्रतिष्ठा कायम राख्न, मैले असहज महसुस गर्दै दिन बिताएँ, यतिसम्म कि सुत्न पनि सकिनँ। मैले गल्तीहरू कसरी ढाक्‍ने, र उदाङ्गो पारिनबाट कसरी बच्ने भनेर मात्रै सोचेँ। म जिम्मेवारीबाट पन्छिन चाहेँ, आफ्नो गल्ती लुकाउन र त्यो पत्ता लगाउनबाट अरूलाई रोक्न चाहेँ। म खडा भएर गल्ती स्विकार्न चाहन्नथेँ। म साँच्चै चरित्र वा मर्यादाहीन छली व्यक्ति थिएँ। वास्तवमा, इन्चार्जको रूपमा म ती प्रक्रियाहरूबारे राम्ररी जान्दथेँ। म मूख्य दोषी थिएँ भन्‍नेमा कुनै शङ्का थिएन। तैपनि, म यसबाट उम्किन सक्छु, वा अरूमा दोष थोपर्न केही प्रमाणहरू भेट्न सक्छु भन्‍ने आश गरेँ। अन्त्यमा, जब जिम्मेवारी पन्छाउन सक्दिनँ भन्‍ने महसुस भयो, खोटी भाग्यलाई दोष लगाउँदै, मैले पीडित बनेको बहाना गरिरहेँ। मैले यो परमेश्‍वरबाट आएको भनी स्विकारिनँ, आत्मचिन्तन गरिनँ, खोटी भाग्यबारे गुनासो मात्रै गरेँ। मैले आफ्ना गल्तीहरू लुकाएँ र आफ्नो हैसियत जोगाउन छलमा संलग्न भएँ। यो एक ख्रीष्टविरोधीले गर्ने व्यवहार थियो। जब मैले यो बुझेँ, मलाई डर लाग्यो। यसरी पश्‍चात्ताप नगरी, ख्रीष्टविरोधीजस्तै गरी अघि बढ्नु, कति खतरनाक छ भन्‍ने थाहा थियो।

मैले यो पनि महसुस गरेँ कि म यति जिद्दी र गल्ती स्विकार्न अनिच्छुक हुनुको कारण त म इन्चार्जको हैसियतद्वारा बाँधिनु र नियन्त्रित हुनु पो रहेछ, जसले गर्दा मैले आफ्नो गल्तीको अनुचित हल निकाल्न खोजेँ। मैले यसबारे परमेश्‍वरका केही वचनहरू भेट्टाएँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ, “साधारण र सामान्य व्यक्ति बन्‍नलाई तैँले कसरी अभ्यास गर्नुपर्छ? यो काम कसरी गर्न सकिन्छ? … सबभन्दा पहिले, आफूलाई कुनै नामपदवी नदे, र यसमा नबाँधिई। यसो नभन्, ‘म अगुवा हुँ, म टोली प्रमुख हुँ, म सुपरभाइजर हुँ, मैले जत्ति यो काम अरू कसैले पनि जानेको छैन, यी सीपहरू मलाई जत्ति अरू कसैलाई थाहा छैन।’ आफैले बनाएको पदमा लिप्त नबन्। तैँले यसो गर्नेबित्तिकै, यसले तेरो हातखुट्टा बाँध्‍नेछ, र तैँले भन्‍ने र गर्ने कुरालाई प्रभावित पार्नेछ; तेरो सामान्य सोचाइ र मूल्याङ्कन पनि प्रभावित हुनेछन्। तैँले आफूलाई यो हैसियतको बन्धनबाट मुक्त गर्नुपर्छ; पहिले, आफ्नो आधिकारिक नाम र पदबाट आफैलाई तल झार् र साधारण व्यक्तिको स्थानमा खडा हू; त्यसो गरिस् भने, तेरो मानसिकता सामान्य हुनेछ। तैँले यो कुरालाई स्वीकार गरेर यसो पनि भन्‍नुपर्छ, ‘यो काम कसरी गर्ने मलाई थाहा छैन, र मैले त्यो कुरा बुझेको पनि छैन—मैले केही अनुसन्धान र अध्ययन गर्नुपर्छ,’ वा ‘मैले यस्तो कुरा कहिल्यै अनुभव गरेको छैन, त्यसकारण के गर्ने मलाई थाहा छैन।’ जब तँ आफूले सोचेको कुरा भन्‍न सक्‍ने र इमान्दारीपूर्वक बोल्‍न सक्‍ने हुन्छस्, तब तँसँग साँच्‍चै नै सामान्य समझ हुनेछ। अरूले वास्तविक तँलाई जान्‍नेछन्, तसर्थ तँप्रति सामान्य दृष्टिकोण हुनेछ, र तैँले देखावटी व्यवहार गर्नुपर्नेछैन, न त तँमा कुनै ठूलो दबाब नै हुनेछ, त्यसकारण तैँले मानिसहरूसँग सामान्य रूपमा सञ्‍चार गर्न सक्‍नेछस्। यसरी जिउनु स्वतन्त्र र सहज हुन्छ; कुनै व्यक्ति थकाइलाग्दो किसिमले जिइरहेको छ भने ऊ आफैले यो कुरा आफूमा ल्याएको हुन्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरका वचनहरूलाई बहुमूल्य ठान्‍नु नै परमेश्‍वरमाथिको विश्‍वासको जग हो)। “जब मण्डलीमा कसैलाई अगुवा हुनका निम्ति प्रोत्साहन र जगेर्ना गरिन्छ, उनीहरूलाई सीधा अर्थमा प्रोत्साहन र जगेर्ना मात्र गरिएको हुन्छ; यसको अर्थ उनीहरू पहिलेदेखि नै योग्य अगुवा, वा दक्ष व्यक्ति हुन्, उनीहरू अगुवाको काम गर्नका लागि सक्षम छन्, र उनीहरूले वास्तविक काम गर्न सक्छन् भन्‍ने होइन—यसको अर्थ त्यो होइन। धेरैजसो मानिसहरूले यी कुराहरू स्पष्ट रूपमा देख्दैनन्, र आफ्‍ना कल्‍पनाहरूमा भर परेर, यी प्रोत्साहन र जगेर्ना गरिएकाहरूतर्फ नजर उठाएर हेर्छन्, तर त्यो गल्ती हो। ती प्रोत्साहन गरिएकाहरूले जति नै वर्ष विश्‍वास गरेका भए पनि, के तिनीहरूसँग साँच्‍चै नै सत्यताको वास्तविकता हुन्छ? हुन्छ नै भन्‍ने जरुरी छैन। के तिनीहरू परमेश्‍वरको घरको कार्य बन्दोबस्तलाई सफल बनाउन सक्षम हुन्छन्? हुन्छन् नै भन्‍ने जरुरी छैन। के तिनीहरूसँग जिम्‍मेवारीको बोध हुन्छ? के उनीहरूमा प्रतिबद्धता हुन्छ? के तिनीहरू परमेश्‍वरमा समर्पित हुन सक्छन्? जब उनीहरू समस्याको सामना गर्छन्, त्यस बेला के उनीहरू सत्यको खोजी गर्न सक्छन्? यो सब अज्ञात हुन्छ। के यी मानिसहरूमा परमेश्‍वरको भय मान्‍ने हृदय हुन्छ? अनि, उनीहरूले कतिसम्म परमेश्‍वरको डर मान्छन्? के उनीहरूले केही काम गर्दा आफ्नै इच्छा पालन गर्न सम्भावना हुन्छ? के तिनीहरूले परमेश्‍वरको खोजी गर्न सक्छन्? उनीहरूले अगुवाको काम गरिरहेका बेला के उनीहरू नियमित र बारम्बार रूपमा परमेश्‍वरको इच्छा खोज्न परमेश्‍वरको सामु आउँछन्? के उनीहरूले मानिसहरूलाई सत्य वास्तविकतामा प्रवेश गर्नका निम्ति डोर्‍याउन सक्छन्? तिनीहरू तुरुन्तै त पक्‍कै पनि त्यस्ता कुराहरू गर्न नसक्‍ने अवस्थामा हुन्छन्। तिनीहरूले तालिम प्राप्त गरेका हुँदैनन् र तिनीहरूसँग थोरै मात्र अनुभव हुन्छ, त्यसकारण तिनीहरू यी कुराहरू गर्न सक्‍ने अवस्थामा हुँदैनन्। त्यही कारणले गर्दा कसैलाई प्रोत्साहन र जगेर्ना गर्नुको अर्थ उनीहरूले पहिलेबाटै सत्य बुझेका छन् भन्‍ने होइन, न त यसको अर्थ उनीहरू पहिलेबाटै आफ्नो कर्तव्य सन्तोषजनक ढङ्गले गर्न सक्षम छन् भन्‍ने नै हो।” (वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू)। परमेश्‍वरका वचनहरूबाट, मैले के बुझेँ भने, अगुवा वा इन्चार्ज हुनुको मतलब यो होइन कि तपाईँ केही नगरी अरूभन्दा योग्य, उच्च वा राम्रो हुनुहुन्छ। यो त कामद्वारा सीप विकास गर्ने र तालिम पाउने मौका हो। तालिमले मान्छेका भ्रष्ट स्वभावहरू खुलासा गर्छ, र यसमा सधैँ अवरोध र असफलताहरू हुन्छन्। त्यो एकदम सामान्य कुरा हो। तर जब मैले आफैलाई जिम्मेवार व्यक्तिको स्थानमा राख्थेँ, मैले म उनीहरूजस्तो उही गल्ती नगर्ने, वा उनीहरूले जस्तै भ्रष्टता प्रकट नगर्ने, अरूभन्दा राम्रो व्यक्ति हुनुपर्छ भन्‍ने सोच्थेँ। त्यसैले, गल्ती गर्दा, मैले त्यो स्विकार्न चाहिनँ। ढोंग र ढाकछोप मात्र गरिरहेँ। मैले कठिन र थकाइपूर्ण जीवन जिउँदै, आफ्नो पूरै समय चिन्तामा बिताएँ, किनभने मैले आफ्नै हैसियत र प्रतिष्ठालाई महत्त्व दिएँ। साथै, मैले गल्ती गर्नु र अपमानित हुनु नराम्रै कुरा हो भन्‍ने जरुरी छैन भन्‍ने पनि बुझेँ। यो त परमेश्‍वरको वचनले भनेजस्तै हो, “मूर्ख देखिनु राम्रो कुरा हो। यसले तँलाई तेरा कमीकमजोरीहरू र आडम्बर-मोह देख्‍न सहयोग गर्छ। यसले तेरो समस्या कहाँ छ भन्‍ने देखाउँछ र तँ सिद्ध व्यक्ति होइनस् भनेर स्पष्‍टसित बुझ्‍न सहयोग गर्छ। मान्छे कोही पनि सिद्ध हुँदैन र मूर्ख देखिनु सामान्य कुरा हो। हरेक मान्छे कुनै न कुनै बेला मूर्ख देखिएको वा लज्‍जित अवस्थामा परेको हुन्छ। हर व्यक्ति असफल हुन्छ, हरेकले हण्डर खान्छ, र हरेकमा दुर्बलता हुन्छ। मूर्खतापूर्ण व्यवहार गर्नु नराम्रो कुरा होइन। जब तैँले आफूलाई मूर्ख तुल्याउँछस् तर लज्‍जित वा निराश हुँदैनस्, तब त्यसको अर्थ तँ लाजपचेको व्यक्ति होस् भन्‍ने हुँदैन; यसको अर्थ त तैँले आफू मूर्ख देखिँदा त्यसले आफ्नो प्रतिष्ठामा असर गर्छ भनेर वास्ता गर्दैनस् र तेरा विचारहरूमा आडम्बरले ठाउँ पाउन छोड्छ—तँ आफ्‍नो मानवतामा परिपक्‍व भएको छस् भन्‍ने हुन्छ। यो एकदम राम्रो कुरा हो! के यो असल कुरा होइन र? यो असल कुरा हो। जब तँ मूर्ख देखिन्छस, तब आफूले राम्ररी काम गरेको छुइनँ वा आफ्नो भाग्य राम्रो छैन भन्‍ने नसोच्, र यसका वस्तुगत कारणहरू नखोज्। यो सामान्य कुरा हो(वचन, खण्ड ६। सत्यताको पछ्याइमा – १। सत्यता कसरी पछ्याउने (२))। वास्तवमा, गल्तीहरूको यो शृङ्खला र तिनलाई लुकाउने मेरो लज्जास्पद प्रयासहरूपछि, मैले अन्ततः आफ्नो बारेमा केही ज्ञान प्राप्त गरें। मैले म मेरा ब्रदर-सिस्टरहरूभन्दा राम्रो रहेनछु भन्‍ने देखेँ। मैले आफ्नो हैसियत र प्रतिष्ठाबारे अति चिन्ता गर्दै, लापरवाही रूपमा कर्तव्य निभाएकी थिएँ। ममा आफ्नो गल्ती स्विकार्ने हिम्मत पनि थिएन। बरु त्यो लुकाएर सबैलाई धोका दिन चाहन्थेँ। म विश्‍वासघाती कपटी थिएँ। वास्तवमा, कर्तव्य निभाउँदा समस्याहरू सामना गर्नु डरलाग्दो कुरा होइन। जबसम्म तपाईँ खुला र इमानदार हुनुहुन्छ र गल्तीहरूलाई मनन गर्दै शान्तिसाथ सामना गर्नुहुन्छ, भविष्यमा यस्तै समस्याहरूबाट जोगिन र अझै पनि केही प्राप्त गर्न सक्नुहुन्छ। मानिसहरूमा हुनुपर्ने मनोवृत्ति र समझ यही हो। अब मैले परमेश्‍वरको इच्छा बुझेकी थिएँ, त्यसैले अरूले मेरो बारेमा के सोच्लान् भनी वास्ता गरिनँ। मैले हाम्रो कामलाई असर पारिसकेकी थिएँ। भविष्यमा ती गल्तीहरू दोहोर्‍याउनबाट जोगिन म यी गल्तीहरूको कारण के थियो भन्‍ने कुराको जडसम्म पुग्नुपर्थ्यो।

पछि, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ: “जब व्यक्ति गम्भीर र जिम्‍मेवार बन्छ, र आफ्‍नो सारा हृदय र शक्ति लगाउँछ, तब काम राम्ररी पूरा हुनेछ। कहिलेकहीँ, तँ गलत मनस्थितिमा हुन्छस्, र तैँले दिनको उज्यालोजस्तो स्पष्ट समस्या पनि पत्ता लगाउन वा भेट्टाउन सक्दैनस्। यदि तँ सही मनस्थितिमा हुन्थिस् भने, पवित्र आत्‍माको अन्तर्दृष्टि र अगुवाइद्वारा, तैँले समस्या पहिचान गर्न सक्‍नेथिइस्। यदि पवित्र आत्‍माले तँलाई डोऱ्याउँदै र सचेत गराउँदै हृदयमा स्पष्ट हुन र गल्ती कहाँ छ भनेर जान्‍न सहायता गर्नुभएको भए, तँ विचलनलाई सच्याएर सत्यताका सिद्धान्तहरूका लागि लागिपर्न सक्नेथिइस्। यदि तँ गलत मनस्थितिमा भएको अनि बेहोसी र लापरवाह बनेको भए, के तैँले यो गल्ती देख्न सक्‍नेथिइस्? तैँले देख्‍न सक्‍नेथिइनस्। यसबाट के देखिन्छ? यसले देखाउँछ कि मानिसहरूले आफ्नो कर्तव्य राम्ररी निभाउन तिनीहरूको सहकार्य र मनोभाव एकदमै महत्त्वपूर्ण छ, र तिनीहरूले आफ्‍ना विचार र अभिप्रायहरू कता निर्देशित गर्छन् भन्‍ने पनि महत्त्वपूर्ण छ। कर्तव्यको दौरान मानिसहरूको मनस्थिति कस्तो छ, र तिनीहरूले कति शक्ति लगाउँछन् सो परमेश्‍वरले सूक्ष्म रूपले जाँच्‍न र देख्‍न सक्‍नुहुन्छ। मानिसहरूले आफ्नो सारा हृदय र शक्ति लगाउनुपर्छ, र सहकार्य नै मुख्य कडी हो। मानिसहरूले आफ्नो कर्तव्यमा र आफूले गरेका कुराहरूमा कुनै अफसोस हुन नदिने, र परमेश्‍वरको निम्ति ऋणी नरहने प्रयास गरे भने मात्रै, तिनीहरूले आफ्‍नो सम्पूर्ण हृदय र शक्तिले काम गरिरहेका हुन्छन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरका वचनहरूले भन्छन, जब कसैको मानसिकता गलत हुन्छ, जब तिनीहरू कर्तव्यमा हुस्सू र लापरवाह हुन्छन्, तिनीहरूले आँखैअगाडिको गल्तीहरू देख्न सक्दैनन्। मेरो अवस्था परमेश्‍वरले भन्नुभएजस्तै थियो। यी गल्तीहरू मेरो आँखैअघि थिए-अलि बढी ध्यान दिएकी भए, मैले ती सजिलै पत्ता लगाउन सक्थेँ। तर मैले त देख्दै देखिनँ। एउटा भिडियोमा फेरि काम गर्नुपर्‍यो र अर्को दुईपटक बनाइयो, र हाम्रो जनशक्ति र स्रोत त्यसै खर्च भयो। वास्तवमा, यो मेरो त्यति बेलाको मानसिकतासँग धेरै नै सम्बन्धित थियो। मैले म यो काममा अनुभवी छु र मलाई यो कार्यप्रवाह कण्ठै छ भन्‍ने सोचेँ, त्यसैले म यो काम सुरु गर्दा जति सतर्क भइनँ। म अहङ्कारी र लापरवाह थिएँ। खास गरी प्रारम्भिक जाँचको सन्दर्भमा, मैले यो सरल छ, र आफ्नो पछिल्लो अनुभवको आधारमा त्यतिकै गर्न सक्छु भन्‍ने सोचेँ। मैले ध्यान दिइनँ, सावधानीपूर्वक काम जाँचिनँ, र अन्त्यमा, त्यस्ता आधारभूत त्रुटिहरू गरेँ। र यो सब म अहङ्कारी स्वभावमा जिइरहेकी, र कर्तव्यमा झारा टारिरहेकीले गर्दा भएको थियो। पछि, मैले कर्तव्यमा गरेका गल्तीहरूबारे ब्रदर-सिस्टरहरूलाई खुलेर बताएँ। हाम्रो काममा भएका समस्याहरू सारांशित गरें, र भविष्यमा यस्ता समस्याहरू रोक्न मद्दत गर्ने केही मापदण्डहरू प्रस्ताव गरें। यो गरेर, मैले मनमा केही शान्ति पाएँ।

चाँडै नै, मलाई नयाँ प्रोजेक्ट इन्चार्ज बनाइयो। तर मैले यस प्रकारको भिडियो पहिले कहिल्यै नबनाएकीले, मसँग यसबारे विस्तृत ज्ञान थिएन, त्यसैले निर्माणको दौरान केही समस्याहरू देखा परे। कहिलकाँही म अरूले के सोच्लान् भनेर चिन्तित भए पनि, घमण्डले नियन्त्रित नभई, मैले ती समस्याहरू सही मानसिकतासाथ सम्हालेँ। यसलाई फेरि हुन नदिन, मैले हरेक समस्याको अभिलेख गरेँ र विकृतिहरू सारांशित गरेँ। यसो गरेपछि, म परमेश्‍वरको मार्गदर्शन देख्न सक्षम भएँ, मण्डलीलाई गाँज्‍नुअघि नै, कैयौँ समस्याहरू पत्ता लगाएँ र सुल्झाएँ। यो अनुभवद्वारा, मैले पूरै हृदयले कर्तव्य निभाउँदा, परमेश्‍वरको मार्गदर्शन र सुरक्षा पाइन्छ भन्‍ने बुझेँ। साथै, गल्ती वा असफलताले लज्‍जामा पर्नु नराम्रो कुरा होइन भन्‍ने सिकेँ। यसले मलाई मेरो आफ्नै कमजोरी र भ्रष्टता देख्न, आफ्नो घमण्ड पन्छ्याउन र आफूलाई सही व्यवहार गर्न मद्दत गऱ्यो।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

लापरवाह बन्दा भएको क्षति

सन् २०२१ को अक्टोबरमा, मैले नयाँ विश्‍वासीहरूलाई मलजल गर्ने काम थालेँ। एक हप्तापछि, मलाई आफूले सिक्‍नुपर्ने कुरा धेरै रहेछन् भन्‍ने महसुस...

दयाको ऋण तिर्ने बोझबाट मुक्त

झेङ् ली, चीनमेरा बुबा म नौ वर्षकी हुँदा बित्नुभो, अनि मेरी आमाले कठिन परिस्थितिमा म र मेरा चार दाजुभाइ र दिदीबहिनीलाई हुर्काउनुपऱ्यो। मेरी...

चापलुसीबाट के आउँछ

सन् २०१९ मा म वाङसँगै काम गर्ने अगुवा चयन भए। हाम्रो अन्तरक्रियाको क्रममा, मैले थाहा पाएँ कि उनले चीनमा धेरै वर्ष नेतृत्व पदमा सेवा गरेका र...

आफ्‍नो कर्तव्यलाई कसरी हेर्ने

झोङ्गचेङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरमाथिको मानिसको विश्‍वासको सबैभन्दा आधारभूत माग भनेको ऊसँग इमानदार हृदय...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्